Friday, September 13, 2013

रोजी

कसले भन्दछ, रोजी वेश्या अनि ठमेलमा विहानी पखसम्म नतमस्तक मदिरामा अश्लिल नृत्य गर्ने तथाकथित सेलिव्रिटी र उच्च घरानीयाहरु इज्जतदार ?

यो ठमेलको रात होइन, किनभने यहाँ रोजीको खोजी छ । जव समस्या र तनावहरु उत्रिँदै जान्छ अनि रोजीको खोजीमा लाग्छ, विवेक । विवेकले ठमेलको रात देखेको छ, तर भोगेको छैन । उसका भोगहरु पुतलीसडकको रोजीको खोपीमा हुन्छ, कहिलेकाँही जव उसलाई तनाव हुन्छ । ऊ तनावको उपचार ‘स्लिपिङ ट्यावेलट’मा होइन, ‘स्लिपिङ टुगेदर’मा खोज्छ । मानौ उसको ठमेल त्यहि हो । ठमेलको रात मदहोसमा हराउनेहरुका लागि हो, रमाउनेहरुका लागि हो । विवेक कुनै रात उन्माद हुन पाएको छैन, खुसीले चुमेर रम्न पाएको छैन । विवेक कुनै व्यापारी होइन । पैसामा हराएको सहरसँग हरेक रात गायव हुने व्यक्ति पनि होइन । खासगरी विवेक एउटा नीजि कम्पनीको कामदार हो ।
रोजीले ६० एमएल ह्वीस्की भरेर ल्याइन र भनिन्,‘यो लिनुस् तनावको औषधी, यसले तपाइका हरेक तनावलाई मन्द गतिमा मनोरञ्जनमा परिवर्तन गर्दै लैजानेछ ।’ ह्वीस्कीले तनावलाई मेट्ने भए अहिले पुरै सहर मातेको हुनेथियो । तर, नमातेको एउटा पंक्ति मस्त निद्रामा पनि त छ । रोजी विस्तारै आफ्ना कपडाका खातहरु हटाएर शरिरको चापलाई हलुका बनाउन थालेकी छ । विवेक तनाव घटेको केही महसुस गरिरहेको हुनसक्छ किनभने उसका मगजमा अव समस्याभन्दा पनि यौन सतर्कताको विचरण प्रवेश गरिसकेको छ । सायद, सहरका प्रायः कोठाहरुमा जस्तै, उसमा पनि अवचाँही तनावबाट उन्मुक्त हुने कुनै खास कारण बनिसकेको छ ।
विवेकलाई थाहा छ सहरको कथा । सहर कति फोहोर छ, वैचारिक रुपमा । सहर कति नतमस्तक छ रातमा अनि कति हतारमा छ दिनमा भन्ने । तर, उसले संगत गरेकी रोजीलाई सहरले एउटा फरक नाम दिएको छ, ‘वेश्या’ । रोजीजस्ता कयनलाई यो सहर यहि नामबाट पुकार्छ । यहि नामबाट उसका इज्जतको धज्जी उडाउँछ अनि उसैको नांगो नाच हेर्न बाध्य बनाएर उन्माद हाँसोमा लट्ठीन्छ । ढोंगी समाज, निर्लज्ज सहरबासीसँग कसको के लाग्थ्यो र ? रोजी पनि यहि सोचेर सहरसँग बाध्यात्मक सामिप्यतामा छे, अनि यो सवै बुझेको विवेक रोजीको बाध्यताको संवेदनासँग नजिक छ । त्यसैले रोजी अन्यलाई भन्दा विवेकलाई बढि माया दिन्छे । सम्भवतः ऊ विवेकसँग प्रेम गर्छे ।
०००
कसले भन्दछ, रोजी वेश्या अनि ठमेलमा विहानी पखसम्म नतमस्तक मदिरामा अश्लिल नृत्य गर्ने तथाकथित सेलिव्रिटी र उच्च घरानीयाहरु इज्जतदार ? के यो समाजले हरेक रात पैसा खर्च गरेर ‘जिस्म फरोसी’मा रमाउनेहरुलाई इज्जतदार र बाध्यताको रोटी कमाउनका लागि जीउ मास्न बाध्यहरुलाई ‘वेश्या’को संज्ञा दिने हो ?
उच्चघरानीयाका नाममा प्रख्यातसँग रात विताउने आडम्बरहरुलाई इज्जतदार र आफ्नो यथार्थलिएर हरेक दिन सहरसँग सामिप्य हुनेलाई वेश्याको संज्ञा दिने हो ? ठमेलको रात कुन कोणबाट इज्जतिलो थियो र ? त्यो डिस्को जहाँ टोले गुण्डाहरुको झुण्डले चलाइरहेको छ अनि हातमा हात, कम्मरमा हात, हातमा गिलास, मुखमा चुरोट, लेपासीएको अंग्रेजी नाच र थकित भएपछि ‘कपल रुम’को खोजीमा हिँड्नेहरुको दिउँसोचाँही इज्जतिलो ? 
आज विवेक दरबारमार्गमा पनि पसेन । सिधै ठमेलको रातलाई नियाँल्न आएको छ । त्यो ठमेल जसका सडकहरु जिस्म फरोसीका लागि पर्खाइमा अभ्यस्त छन्, जसका घरहरु सुरिला, तेजिला, गजल, रकमा मस्त छन् ।
क्रमश....यो कथा निरन्तर आउनेछ, यहि व्लगबाट...

No comments:

Post a Comment