६३ वर्षे उमेरमा विवाह गर्ने तयारी, एक दशकदेखि ‘लिभिङ टुगेदर’ बसेका रहेछन् । प्रेम र युद्धमा सवै जायज छ ।
त्यागी कम्युनिष्ट नेताका रुपमा चिनिने एमाओवादी नेता शशी शेरचन (स्वनाम साथी)लाई पार्टीले ६३ वर्षको उमेरमा विवाहको अनुमति दिएको छ । १० वर्षदेखि आफूभन्दा २९ वर्ष कान्छी इञ्जिनियर किरण गौतमसँग ‘लिभिङ टुगेदर’मा रहँदै आउनुभएका स्वनामले आफ्नो प्रेम र विवाहबारे अनलाइनखबरसँग भन्नुभयो( ‘मलाई त किरणसँग बस्नुपर्ने छ । सँगै बस्न अनुमति दिनुपर्छ भन्ने बाटैको मान्छे हैन म । शोषण, शासन र उत्पीडन छैन भने जसलाई जति अनुकल पर्छ, त्यही गर्न पाउनुपर्छ ।’
दुईजनाको मन मिले विवाह गर्न जरुरी नहुने र साम्यवादमा पूर्ण यौन स्वतन्त्रता हुने मान्यता राख्दै आउनुभएका सर्वहारा नेता स्वनामले साथीहरुको आग्रहअनुसार विवाह उत्सव गर्न तयार भएको अनलाइनखबरसँग बताउनुभयो । कसैसँग लिभिङ टुगेदरमा बस्न पार्टीको अनुमति लिइरहनु नपर्ने उहाँले बताउनुभयो ।
बुढेसकालमा अनमेल विवाह गर्न लागेको बताउनेहरुको आलोचना गर्दै उहाँले भन्नुभयो( ‘हाम्रो त प्रेम विवाह हो । प्रेम र युद्धमा साधारण कुरा हुँदैन । रङको भेद छैन, उमेरको भेद छैन, जातको भेद छैन । लिङ्गको पनि भेद हुँदैन । पुरुष(पुरुषमा पनि प्रेम हुन सक्छ । हामीले देखेकै छौं नि ।’
दुबै मृगौला काम नलाग्ने भएर चीनमा उपचार गर्न गएका बेलामा होस् या विरामी अवस्थाका कठीन दिनहरुमा, किरणले १० वर्षदेखि स्वनामलाई साथ दिँदै आए पनि वहाँहरुवीच वैवाहिक सम्बन्ध थिएन । बुढेसकालमा आफूजस्तो जोगी र हरिकंगाललाई किरणले साथ दिनु ठूलो कुरो भएको स्वनामको भनाइ छ । बुढो मान्छे भए पनि आफूले किरणलाई प्रेसर गरेर यस्तो सम्बन्ध नबनाएको भन्दै उहाँले प्रेमलाई उमेरले नछेक्ने बताउनुभयो । स्वनामसँग विवाह गर्न लाग्नुभएकी किरणका परिवार पनि कम्युनिष्ट आन्दोलनमा सरिक छ । किरणका दाजु जीवन गौतम एमाओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
आफू र किरणको प्रेमलाई लिएर पार्टीभित्र विभिन्न प्रतिक्रिया आउने गरेको तर्फ संकृत गर्दै स्वनामले अनलाइनखबरसँग भन्नुभयो( ‘हाम्रा पार्टीमा धेरै मान्छेहरु छन्, कोही कपालमा जेल लगाएर ठाडो पार्ने, कोही अलिअलि फट्याइँ गर्ने पनि छन् । साधु सन्त पनि जम्मा भएका छौं । साथीहरुलाई लाग्यो कि लिभिङ टुगेदरमा मात्र बसेर पुग्दैन, विवाह पनि गर्नुपर्छ भनेपछि हामी तयार भयौं । हामी त खुसी छौं । मेरा साथीहरुले १० वर्षदेखि स्वीकार गरिदिनुभएको थियो । कतिपय साथीहरुलाई अनुमति नदिई यसो गर्ने भन्ने लागेको थियो होला । उहाँहरुलाई पनि सहज भयो ।’ समाजसँग उहाँको आग्रह छ, यो प्रेमको मामिला हो, त्यसैले हामीलाई क्षमा गरिदिनुहोला ।
प्रेम कहानी स् स्वनामकै शब्दमा
हाम्रो विवाहलाई पार्टीले स्वीकृति प्रदान गरेको हो । हामी १० वर्षदेखि सँगै बस्दै आएका छौं । फेरि एउटा उत्सव पनि गरौं भन्ने हो । रमाइलो पनि गरौं भन्ने हो । तिमीहरुको सम्वन्धलाई हामी अहिलेको प्रचलित भाषामा विहेबारी मान्दछौं भन्यो हो पार्टीले । औपचारिक समारोह गर्ने, नगर्ने मेरो जिम्मा छैन । साथीहरुले आवश्यक ठान्नुभो । गरौं, किन नगर्ने भनेर हामी तयार भएका हौं ।
हामी कम्युनिष्ट मान्छेहरु, महिला र पुरुषका बीचमा हजारौं सम्वन्ध हुन्छन्, जसमध्ये एक प्रणयको हो । त्यो सम्वन्धलाई अनुमति माग्न जरुरी छैन । तर, वर्गीय समाजमा अनुमति लिनुपर्छ । लमी लगाएर मिलाउनु पथ्र्यो ।
हामी त सँगै बसिरहेका थियौं । यो पनि गर्नुपर्ने आवश्यकता भयो, गरौं । यो मलाई मात्र हैन, पार्टीका साथीहरुलाई पनि आवश्यक लाग्यो । मलाई पनि के भयो र, यो पनि एउटा तरिका हो भन्ने लाग्यो । यो गरेर कसलाई अन्याय भयो र रु भएको छैन । त्यसो भए रमाइलो किन नगर्ने भनेर गर्न लागेका हौं ।
यसमा अमिक शेरचन, लीलामणि पोखरेल, इन्द्रमाया लामा र लक्ष्मी लामाले पहल गर्नुभएको हो । हामीलाई पनि लाग्यो, यो ९विवाह० पनि गर्नुपर्छ । मैले अस्तीको दिन निवेदन दिएको थिएँ । हामी १० वर्षदेखि जीवनसाथी रहेकोमा विवाह भएको औपचारिकता दिनुपर्ने भयो भनेर निवेदन हाल्यौं । ठीक छ भनेर हिजो स्वीकृत गरिदिनु भएको छ ।
म सबैलाई धन्यवाद दिन चाहन्छु मेरा साथीहरुलाई । कार्यालयका मुख्य सचिवले तपाईहरुको स्वीकृत भएको छ, ल खुसी मनाउनुस्, बधाइ छ भनेर फोन गर्नुभयो । मैले उहाँलाई सुनाउँदा उहाँ खुसी हुनुभयो । राम्रो कुरा हो । ठूलो पार्टीमा विविध खालका साथीहरु हुनुहुन्छ, कहाँ हुन्छ यसरी पनि भन्नु सक्नुहुन्थ्यो । तर, उहाँहरुले स्वीकार गर्नुभएको किरणजीले पनि आभार व्यक्त गर्नुभएको छ ।
हाम्रो एमाओवादी पार्टीमा धेरै मान्छेहरु छन्, कोही कपालमा जेल लगाएर ठाडो पार्ने, कोही अलिअलि फट्याइँ गर्ने पनि छन् । साधु सन्त पनि जम्मा भएका छौं । धेरैखालका मान्छे जम्मा भएका छौं । साथीहरुलाई लाग्यो कि लिभिङ टुगेदरमा मात्र बसेर पुग्दैन, विवाह पनि गर्नुपर्छ भनेपछि हामी तयार भयौं ।
हामी त खुसी छौं । मेरा साथीहरुले १० वर्षदेखि स्वीकार गरिदिनुभएको थियो । कतिपय साथीहरुलाई अनुमति नदिई यसो गर्ने भन्ने लागेको थियो होला । उहाँहरुलाई पनि सहज भयो यसले अनुमति माग्यो हामीसँग भनेर । मैले अररिनु पर्ने त केही छैन । मलाई त किरणसँग बस्नुपर्ने न छ । साथमा रहनलाई के गर्नु पर्ने हो, त्यो गर्ने न हो ।
म सँगै बस्न अनुमति दिनुपर्छ भन्ने बाटैको मान्छे हैन । शोषण, शासन र उत्पीडन छैन भने जसलाई जति अनुकल पर्छ, त्यही गर्न पाउनुपर्छ ।
उमेरको हद
ठिकै छ । हामीकहाँ सामन्तवादी समाजमा सेतै फुलेका बुढाले विहे गर्थे । यो त त्यो हैन । हाम्रो त प्रेम विवाह हो । प्रेम र युद्धमा साधारण कुरा हुँदैन । रङको भेद छैन, उमेरको भेद छैन, जातको भेद छैन । लिङ्गको पनि भेद हुँदैन भन्ने ख्याल राख्नुपर्छ । पुरुष(पुरुषमा पनि प्रेम हुन सक्छ । हामीले देखेकै छौं नि । अघि नेपाली समाजमा अनमेल बुढाहरुले बच्चाहरुसँग स्वीकृति बिहे गर्थे । यसमा हाम्रो अहिले पनि विरोध छ । प्रेम भयो भने नरोक्नु भन्ने कुरा छ हाम्रो ।
जो साथीहरुलाई त्यस्तो लाग्छ यो त प्रेमको मामिला रहेछ, यसलाई क्षमा गरिदिनुपर्छ भन्न अनुरोध छ । मेरो र किरणजी उमेर २८र२९ वर्षको फरक छ । तर, हामीलाई केही पनि गाह्रो छैन । तपाईको केही कुरा लाग्नु छ भने पो गाह्रो, केही लाग्नु नै छैन । उहाँ स्वतन्त्र महिला हुनुहुन्छ र यो सम्वन्धमा उहाँले नै हो मलाई छानेको । मेरो त केही हात छैन । म उहाँप्रति कृतज्ञ छु कि उहाँले मजस्तो एक नम्बरको हरिकंगाल, जोगीजस्तो मान्छेलाई पनि स्वीकार गर्नुभयो । यो त उहाँको ठूलो कुरा हो । अरु साथीहरुले पनि स्वीकार गर्नु भो । लुकिछिपी केही गरेको छैन हामीले । सबै ओपन छ ।
यसरी भयो हाम्रो मिलन
दोस्रो वार्ताकालमा हामीले शान्तिका लागि काम गर्ने संस्था बनाएका थियौं । त्यो बेलामा उहाँसँग मेरो भेट भयो । उहाँलाई पनि यो काममा रुची भो । त्यो बेलादेखि हामीसँगै छौं । उहाँको परिवारसँग मेरो पुरानो सम्वन्ध हो ।
हामी शान्ति अभियानमा हिँडेका थियौं । उहाँको परिवारमा मेरा लागि ठूलो सम्मान थियो । उहाँलाई बाबुआमाले स्वनाम राम्रो मान्छे हो भन्नु भएकाले प्रभाव पर्यो र संगत भयो हाम्रो । मलाई त धेरै प्रश्न पनि आए शान्ति अभियानमा लाग्दा । त्यसबेला उहाँको साथ पाएँ ।
हामीले रोमियो जुलियटको अगाडि गएर घुँडा टेकेर गुलाफ फूल दिएनौं । सिम्पल कुरा, उहाँलाई मनपर्यो, मलाई पनि राम्रै लाग्यो ।
अनलाइन खबरबाट
No comments:
Post a Comment