Thursday, September 19, 2013

रोजी भाग–२

किन नेपाली समाजमा सम्बन्धहरु प्रतिस्थापन हुने गरेका छन् ? सम्बन्ध, विस्तारका आधार र यसले बनाएको फरक पारिवारिक दुनियाँ किन भत्किन्छ ? यो अल्पमानसिकतामा गाँसिएको सम्बन्धको कारण हो अथवा वयस्क हुन नसकेको विचारको कारण हो ? सम्बन्ध विस्तारका कतिवटा आयामहरु हुन्छन् ? कति प्रभावकारी सुत्रहरु हुन्छन् ? सम्बन्धका आधारहरु सामान्य र झिनामसिना कारणहरुबाट टुट्ने हो अथवा महत्वकांक्षाहरुबाट प्रभावित भएर फेरिपनि विच्छेदका अवस्थासम्म आइपुग्ने हो ? के हो ? सम्बन्धका आधारहरु ? अनि मानिसहरु किन सम्बन्ध भत्किएको समयमा फेरीपनि हामीजस्ता मानिसहरुसँगको अर्को सम्बन्ध गाँस्न चहान्छन् ?
आज रोजी अलिक विचरणको मुडमा भेटेको छ, विवेकले । रोजीको कोठी छिर्नासाथ उसले सोधेका यी अनेक प्रश्नको उत्तर दिने क्षमता विवेकले अहिले नै राखेको छैन । रोजी निरन्तर यस्ता प्रश्नहरुतिर किन लम्किरहेकी छ ? विवेकको मनमा अर्को प्रश्न उठेको छ । रोजीहरु सहरभरी छन्, कति रोजीहरु मेरी रोजीजसरी सोचीरहेका होलान् ?, विवेक फरक कोणतिर लम्किन थालेको छ । ग्रन्थहरुदेखि, वेदहरुदेखि नगरशोभीनिका नाममा, परिका नाममा युवतीहरुलाई मनोरञ्जनको साधन बनाइएकै छ, कलियुगकी नयाँ परिका रुपमा रोजी खुलेकी नै छे । तर, यत्ति धेरै दार्शनिकहरु किताव लेख्नेतिर नलागेर किन अघोषित कोठीहरुतिर लागेका होलान् ?, विवेक व्याख्या खोजीरहेको छ ।
रोजीको फुर्सद भएर होला आज ऊ नयाँ सम्बन्धका बारेमा विवेकलाई व्याख्या गरेर सुनाइरहेकी छ ।
यतिवेला नेपाली समाजमा युवा सम्बन्ध दैनिकजसो ठूलो संख्यामा विच्छेदका रुपमा अघि बढेको छ । कानुनी आधारका रुपमा यसरी विच्छेद भएका सम्बन्धहरु किन जोडिए ? अपरिपक्व निर्णयको कारण थियो अथवा सामाजिक रितले यसलाई प्रभावमा राख्यो ? यी सरल प्रश्न भएका छन् । सम्बन्धकोे सम्मान वा त्यसकोको भुमिकालाई प्रभावकारी बनाउनका लागि आफ्नो ‘व्यक्तिगत रमाइलो वा जिस्म फरोसी सम्म’को कारण प्रभावकारी देखिन्छ । शक्तिको दुरुपयोगका कारण समाज कहाँ पुगेको छ ? खोज्नेबेला आएको छ ।
विवेक दंग छ । उसले काम गर्ने संस्थाभन्दा निक्के विवेकशिल ‘वेश्याहरु’सँगको संगतबाट । विचारका वेश्याहरुभन्दा कर्मका वेश्याहरु कति इमान्दार हुन्छन् । वैचारिक वेश्याहरुको विवेक थाहा हुन्न, कर्मका वेश्याहरुको एउटै काम हुन्छ । र, इमान्दारीतापूर्वक त्यो पुरा हुन्छ । विवेक सोचमग्न भयो । उ दिमागमा खेलाइरहेको छ– पारिवारिक खुसी, पारिवारिक सम्बन्धलाई कायम राख्न नसक्नुको पछाडीको मुख्य कारण एकअर्काको स्वतन्त्रतामाथिको बाधा । या, निरन्तर गल्तीको परिणाम । एकथरी प्रचारात्मक रुपमा आएको ‘पितृ सतात्मक’ सामाजिक प्रणालीलाई दोष दिन्छन् तर त्यतिमात्र होइन अधिकअधिकारको दुरुपयोग पनि हो ।
रोजीका वक्षतिर आँखा सार्दै विवेकले थप कुरामाथि विश्लेषण ग¥यो । मात्र, यहि फरोसीका लागि मानिसहरु किन असमाजिक भइरहेका छन् ? संवेदना र आपसी समझदारी सम्बन्धको मेरुदण्ड हुन् र लामो समयसम उक्तिलाई व्यवाहारिक कार्यान्वयनको पक्षलाई बलियो बनाउने आधारको कमी देखिनु समाजमा दुर्भाग्यपूर्ण हो । नयाँ सम्बन्धपछि आफुमा नआएको परिवर्तन नै बाधक हो अथवा के हो ?
रातको १२ बज्न लागेको छ, विचारमा डुवेकी रोजी अव नशामा डुव्न चहान्छे, नशामा विश्लेषण गरिरहेको विवेकी त्यहि कर्ममा जुट्ने तयारीमा छ, जहाँ रोजीका अंगहरु उत्ताउला देखिएका छन्, विवेकका विचार र कर्महरु राक्षसी हुने तरखरमा छन् ।

..रोजी निरन्तर यहि व्लगमा आउनेछ...भाग ३ को प्रतिक्षा गर्नुहोला ।

No comments:

Post a Comment