एउटा स्तव्ध इतिहाँस भयो, आइतबार अफगानिस्तानविरुद्ध नेपाली खेलाडीहरुको खेल । राष्ट्रियताको सुत्राधारको रुपमा चलिरहेको साफ फुटवलमा नेपाली इतिहाँसका कयन सुनौला मौकाहरु थिए, ती सवै विफल भए । खेल हो, विफल हुनुमा आश्चर्य मान्नु पर्दैन तर कहिलेकाँही टिम क्याप्टेनको गल्तीका कारण खेल हारिन्छ ।
मैदानभित्र न त प्रशिक्षक छिर्न पाउँछन् न त अन्य अनुभवीहरु । त्यसबेला कसले कुन समयको कुन मौकालाई प्रयोग गर्ने भन्ने जिम्मा र निर्णय टिम क्याप्टेनले नै गर्दछ । जुन नेपाली टिम क्याप्टेनले सही निर्णय गर्न सकेनन् ।
यदि रोहित चन्दलाईमात्र खेलाडी मान्ने हो भने अन्य १० खेलाडीको प्रदर्शन र उनीहरुले देखाएको खेललाई के मान्ने ? जवसम्म मैदानमा स्ट्राइकरहरु बलिया देखिन्छन्, मिड फिल्डरहरु तगडा भेटिन्छन् त्यसबेलासम्म कुनै डिफेन्डरलाई खेलको अन्तिम तीन मिनेट बाँकी रहँदाको सुनौलो मौका दुई पटकसम्म गुमाउनका लागि दिनु टिम क्याप्टेनको गल्ती हो । यसमा चन्दको दोष छैन, यसमा सागर थापाको दोष छ । ८७ औं मिनेटमा पाएको पहिलो पेनाल्टी अवसर र चुनौति, जस र अपजसको भारी बोक्नैपर्ने हुँदा थापा आफैंले प्रहार गर्नुपर्ने थियो । खेलको नियती नै यहि हो, जवसम्म क्याप्टेन आफैंमा सक्षम छु भन्ने भ्रममा बाँच्छन् खेलहरु असफल हुँदै जानेछन् ।
लाखौं नेपालीको सपना तुहाउने काम असामान्य हो । अफगानविरुद्धको खेलमा पाएका अवसरहरु कमजोर निर्णयका कारण नेपालको पोल्टाबाट गुम्यो । ग्रुप अफ डेथ को समुहमा परेका बेला ग्रुप विजेता बनेर गएको नेपाल अन्ततः अर्को ग्रुपको उपविजेतासँग नराम्रोसँग पराजयमा पर्नु एउटा कुरा भयो तर मुटु मिचिनेगरी नै पराजय निम्त्याउनु चाँही दुखद थियो ।
No comments:
Post a Comment