Wednesday, January 30, 2013

त्यो लोकल, त्यो राँगाको खुट्टाको सुप

डी. विनोद
सात सालको क्रान्ति सफल बनाउने प्रायः सबै नेतासँग उनको संगत थियो। उनी कम्युनिस्ट राजनीतिमा लागे २०२५ सालतिर, पुष्पलाल श्रेष्ठसँग भेटेपछि। अहिले पुष्पलाल अध्ययन समाजका अध्यक्ष छन्, लोककृष्ण भट्टराई। पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष र अष्ट ज अभियान नेपालका अध्यक्ष पनि हुन् उनी। 
देशका ठूला नेताहरूसँगको संगत र मित्रताले पनि उनलाई महत्वाकांक्षी बनाएन। हातमा छाता, टाउकोमा नेपाली टोपी र अनुहारमा झुस्स दाह्री लिएर उनी काठमाडौँका गल्ली-सडकमा हिँडिरहेका भेटिन्छन्। राजनीतिमा लागेर राजधानीमा महल ठड्याउनेप्रति उनका कुनै प्रतिक्रिया छैनन्। ‘जो व्यक्तिगत मुनाफाका लागि राजनीतिलाई व्यापार बनाइरहेका छन्, तिनको के कुरा गर्नु?' उनको टिप्पणी छ।
चार दशकअघिको आफ्नो यौवन र राजनीतिक बन्दी जीवन बेलामौका सम्भि्कन्छन् उनी। जेल पर्दा उनी १८ वर्षका थिए। उनलाई आफ्नो इतिहासप्रति गर्व छ किनभने उनले विपी कोइराला, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीजस्ता हस्तीसँग संगत गर्न पाए। ‘सात वर्षको जेल जीवनका क्रममा मैले उहाँहरूजस्ता नेतासँग संगत गर्न पाएँ,' उनी भन्छन्।
जेलजीवनदेखि उनका अन्तरंग मित्र थिए किसुनजी। ‘किसुनजी, मनमोहन अधिकारी, सिद्धिलाल सिंह, विश्वकान्त मैनाली, सिपी गजुरेलसहित हामीहरू जेलमा थियौँ,' उनी सम्झन्छन्, ‘जेलमा रमाइलो गरेर दिन काट्ने गजबका पात्र थिए किसुनजी। किसुनजीको जोक्समा हामी खुब हाँस्थ्यौँ। मनमोहनजी मुसुक्क हाँस्थे। उनमा अलिकति पनि उत्ताउलोपन थिएन तर रमाइलो गर्ने बानी थियो।' 
क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिनुपर्छ भन्ने तत्कालीन पञ्चायती सरकारको विरोधमा आन्दोलनमा जुटेका थिए लोककृष्ण। सोही अभियोगमा तत्कालीन सरकारले उनलाई १० वर्षको जेल सजाय तोकेको थियो। विराटनगरमा पक्राउ परे उनी, २०२७ सालमा। तीन वर्षपछि राजकाज अपराधमा ओखलढुंगा हुँदै काठमाडौँ जेलमा पुर्यागइएको थियो उनलाई। सात वर्ष जेलजीवन बिताएपछि तत्कालीन राजा वीरेन्द्रको आममाफी घोषणामा जेलबाट छुटेका थिए उनी। 
अहिले नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल, एमाले नेता केपी ओली, राधाकृष्ण मैनाली, खुमबहादुर खड्का तथा कांग्रेस नेता दमननाथ ढुंगानासँगै जेल बसेका थिए उनी। जेल बस्दा तीन मोहरमा पाउने राँगाका खुट्टाको सुप, सिद्धिलाल सिंह, विश्वकान्त मैनालीका बाबा-आमाले दशैँको मौकामा जेलमा पुर्यााइदिएको लोकल रक्सीको स्वादलाई बिर्सन सक्तैनन्। रक्सीको मन्द नशामा उनीहरू रमाइला जोक्स गर्थे। सम्भि्कन्छन्, ‘किसुनजी जोक्स मास्टर थिए। उनका ‘ननभेज' जोक्स जेलमा निकै लोकप्रिय थिए।'
जेलबाट छुटेपछि वामपन्थी राजनीतिमा सक्रिय उनले कांग्रेस र कम्युनिस्टको एकता आन्दोलनको संयोजनका लागि ‘दूत'को काम पनि गरेका थिए। लौहपुरुष गणेशमान सिंह र मदन भण्डारीको भेट म्हैपीस्थित देवनारायण महर्जनको घरमा उनैले गराएका थिए। ‘त्यो भेट गराउने जिम्मा मैले पाएको थिएँ। महर्जनको घरमा बनेको ‘पियोर तीनपाने' को चुस्कीको मजासँगै सिंह र भण्डारीबीच बहुदलीय जनवादमा जाने सहमति भएको थियो,' उनले विगत कोट्याए, ‘चार घण्टाको त्यो बसाइ दुई फरक धारका राजनीतिक शक्तिको साझा सहकार्यमात्र थिएन, राजनीतिका धुरन्धर खेलाडीका मित्रतालाई गाढा बनाउने अवसर पनि थियो।'

बागबजारमा रहेको वाङ्दी लामाको रेस्टुरेन्टमा मःमः खाएर भ्रष्टाचारविरोधी आन्दोलनका लागि पुष्पलाल र बिपीको विचारमा अडिग रहने साझा संकल्प अहिले पनि उनले बिर्सेका छैनन्। मःमः पसलमा निकै राजनीतिक छलफल भएको थियो। ‘त्यो पनि हाम्रो सेल्टरजस्तै थियो। आन्दोलनका चर्चाहरू त्यही होटलमा बसेर गरिन्थ्यो,' उनी सम्झन्छन्।
२०४६ सालको आन्दोलनको तयारीका लागि गणेशमान सिंह, मोहनविक्रम सिंहदेखि मदन भण्डारीसम्मलाई एकै ठाउँमा भेट गराउने काममा सक्रिय थिए लोककृष्ण। ‘आन्दोलन सफल भयो, किसुनजी प्रधानमन्त्री भए। त्यसबेला पनि वामपन्थीहरू ईश्वरका नाममा नभई जनता र सत्यनिष्ठाका नाममा शपथ खान्थे,' उनले सम्भि्कए, ‘माओवादीले पनि पहिलो पटक त्यसै गरेको थियो। अवस्था उही त भयो। जनताले के पाए र?' 
ज्ञानेन्द्र शाहले सत्ता हत्याएपछि उनलाई पनि मन्त्रीपरिषद्मा लागि बोलाएका थिए रे। तर, ज्ञानेन्द्रको प्रस्तावलाई उनले नकारे। द्वन्द्वका समयमा तत्कालीन नेकपा माओवादी र सरकारको संवादका लागि पनि उनले सेतुको भूमिका निर्वाह गरेका थिए। 
अहिलेको राजनीतिबाट दिक्क छन् उनी। भन्छन्,'सात सालका नेता सबै देशभक्त थिए। अहिलेका नेतामा देशभक्तिको कुनै लक्षण छैन। सबै विदेशीको भर पर्छन्।'

-शुक्रबार साप्ताहिकमा प्रकाशित, यो समाचार नागरिकन्युजको यो http://www.nagariknews.com/friday/52794-2013-01-29-09-35-53.html लिंकमा पनि पढ्न सकिन्छ । 

Monday, January 28, 2013

मिस्टर लालध्वज

विनोद ढकाल
एकीकृत नेकपा माओवादी सम्बद्ध क्रान्तिकारी पत्रकार संघले मोरंगका मित्र गोकुल पराजुलीले यो साता फेसबुकमा आफ्नो स्ट्याटस राखे,‘दैलेखबाट बसाई सर्नेलाई के गर्न सकिन्छ र ?’ यो उनको स्ट्याटसमा अनेक प्रकारका कमेन्ट आउनुनआउनु अलग कुरा भए । तर, आफुलाई पत्रकारको कोटीमा राखेर समग्र महासंघ नै आन्दोलनमा होमिएका बेला पराजुलीको उक्त स्ट्याटसको मर्मचाँही आफु माओवादीको ‘खास कार्यकतार्’ हुँ भन्ने नै थियो । विचारमा समर्थन राख्नु र कार्यकर्ता बन्नु फरक कुरा हुन् । विचारमा समर्थन भएपनि न्यायको आन्दोलनको विगुल छेडिएका वखत उनको यो कुतर्कपूर्ण स्ट्याटसको महत्व त देखिदैन तर पत्रकारिताका नाममा संवेदना र भावनालाई विर्सिएर पार्टीकारिताको वफादारिताचाँही प्रष्ट झल्कन्छ । हुन त मोरंगमा यसरी पार्टीकारिताको वकालत गरी सामाजिक सञ्जाललाई नै कुरुप बनाउने अनेकन नाम छन् । ती व्यावसायीक व्यक्ति होइनन् । तर, पराजुलीजस्ता व्यावसायीक मित्रको सामाजिक सञ्जालको अभियान पनि उल्टोबाटोतिर लम्किएको देखिन्छ । यता, प्रेस युनियनले सरकारको राजीनामाको माग गर्दै आन्दोलन चर्कायो । संगठित रुपमा नै युनियनको यो आन्दोलनपनि पत्रकारको मर्मभन्दा पनि सरकार ढाल्नेकेन्द्रित देखिन्छ । आन्दोलनको आह्वान गरी सरकार बहिर्गमनको माग गर्नु पनि कुनै खास पत्रकारिता वा अहिलेको खास मुद्दाचाँही होइन । पत्रकारको अहिलेको खास मुद्दाचाँही पत्रकारले न्याय दिनबाट राज्य किन पन्छिरहेको छ ? भन्ने हो । पत्रकारहरु किन जिल्लाबाट विस्थापित हुन बाध्य भएका हुन् ? भन्ने हो । यी दुई फरक पार्टीकारिताजस्तो देखिने पत्रकारिता कुसल यात्रामा छैनन् । यतिवेला समग्र पत्रकारीताले पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तले तत्काल कारवाहीको भागीदार बन्नुपर्छ, सरकारले उक्त कुरामा न्यायिक छानविन पुरा गरी तत्काल कारवाही गर्नुपर्छ भन्ने अभियानमा जुट्ने बेला हो । तर, राज्य एउटा न्यायिक बाटोमा नभई पार्टी परिचालनको रणनीतिमा चलेको छ । यी अहिले प्रत्यक्ष देखिएका घटनाक्रम हुन् । अनि, यी घटनाक्रमको संरक्षण गर्दै न्यायको घाँटी थिच्ने प्रयत्नमा लागेका छन् प्रधानमन्त्री डा. बाबुराम भट्टराई उर्फ मिस्टर लालध्वज ।

संसार विचित्रको छ । यी विश्वका फरक पाटोहरुमा फरक प्रकारका घटनाक्रमहरु बुझ्न, महसुस गर्न पढ्न पाइन्छ । कतै न्याय पाउनका लागि महिनौ आन्दोलन गर्नुपरेको अवस्था छ भने कतिपय ठाउँमा एउटा जनावरले पनि आरामले, कानुनसम्मत र न्यायसम्मत प्रकारले अधिकार प्राप्त गरेको खबर पढ्न पाइन्छन् । ती मुलुकका जनावरका तुलनामा पनि नेपाली अधिकारकर्मी, पत्रकारको हैसियत कायम राख्न सरकारमा रहेकाहरु निर्लज्जसाथ असफल भएको साधारण विश्लेषणले सावित गरिदिन्छ । एउटा जनावरले पनि न्याय पाउने खबर अखबारका पानामा छापिएकै छन् । तर, त्योभन्दा नि महत्वपूर्ण मुद्दाका रुपमा उठेको मुद्दाले मुलुकमा मुठभेडको अवस्था आउँदासम्म पनि न्याय पाउने गुञ्जायस हुन सकेको छैन । पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारवाहीको माग गरिएको प्रकरणले अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय बजार तातेको छ । सोही प्रकरणकै कारण आज दैलेखमा रहेका सवै अखबारका सञ्चारकर्मीहरु क्षेत्रीय सदरमुकाममा सुरक्षा खोज्न बाध्य भएका छन् । अनि, थापका परिवारले न्याय पाउने कुरा त परै जाओस् । खुल्ला रुपमा राज्यलाई नै परिचालन गरी न्यायलाई मार्ने प्रयत्न भइरहेको छ ।
न्यायको चर्चा गर्ने र ओठे प्रतिबद्धतालेमात्र न्याय दिन सकिदैन । प्रधानमन्त्रीको पद भनेको न्यायको सिंहासनजस्तै हो । उक्त सिंहासनको दृुरुपयोग गरी मिस्टर लालध्वजको उदण्डताको पराकाष्टले आज एउटा जिल्ला सञ्चारकर्मीविहीन हुन पुगेको छ । उनले जतिसुकै न्यायका कुरा गरेपनि अष्ट्रेलियामा एउटा बाख्राले पाएको न्यायबाट मानिसको संवेदनाको अर्थ बुझ्नुपर्ने आवश्यकता देखिएको छ ।
बाँच्नलाई घास खानु बाख्रीको अधिकार हो । भोको पेट भर्ने क्रममा उसले घासको साथ संयोगबश फूल खाइदिइन् भने यसलाई ठूलो अपराध मानिएन । अस्ट्रेलियामा एक निदोष बाख्रीलाई फूल खाएको अभियोगमा जरिवाना गरिएको थियो । तर, यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चलेको थियो । यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज ग¥यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाँससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् ।
यो अन्याय विरुद्ध बाह्री मालिक जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर शनिबार पढियो । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताएकी थिइन् ।
यो उदाहरण न्याय मार्न खोज्ने मिस्टर लालध्वज र तिनको पार्टीका उदण्ड नेताकार्यकर्ताको दिमागमा भरियोस् । न्यायलाई रोक्न कुनै वादको दृष्टान्तबाट हेरिनु आपत्ति जनक हो । न्याय भनेको अन्तर्राष्ट्रिय मुल्यमान्यताअनुसार चल्दछ । मुलुकको कानुनअनुसार हुने गर्दछ । तर, राज्यले व्यवस्था गरेको अन्तरिम संविधानमा उल्लेखित विषयलाई कुल्चिएर मिल्काएको छ अनि एमाओवादीको पार्टीको घोषणापत्रबाट मुलुक चलाउने प्रयत्न भइरहेको छ । जुन दुखदायीमात्र होइन खेदपूर्ण पनि छ ।

दैलेखका पत्रकार सुर्खेत पुगेर न्याय मागीरहेका छन् । ट्रकका ट्रक अर्ध सैनिक बल वाइसीएललाई पेस्तोल सहित दैलेख छिराएपछि त्यहाँका पत्रकार साथीहरु सुरक्षाको खोजीमा जिल्ला छाड्न बाध्य भएका हुन् । पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता च्यात्छौं भन्नासाथ हिंस्रक र उदण्ड बनेर निक्लिएको माओवादी रवैयाले अहिले मुलुकलाई फेरि हिंसा र द्वन्द्वतिर धकेलेको छ । त्यसको सुरुआत नै पत्रकारमाथिको आक्रमण र हत्याको अर्को संखला बनाउने प्रयत्न भएको छ । यसले निम्त्याउने संकट र रणसंग्रामको सवै जिम्मा प्रधानमन्त्री र एउटा नेता भएको नाताले पनि मिस्टर लालध्वजले लिनुपर्ने हुन्छ । हरेक तानाशाहहरुको पहिलो सिकार पत्रकारिता हुने गरेको छ । जनताको सुचनाको अधिकार बोकेर हिँड्ने पत्रकारमाथिको आक्रमण, प्रेसमाथिको आक्रमणबाटमात्र आफ्नो तानाशाही व्यवस्थालाई बलियो बनाउन सकिने सोच उनीहरुमा हुन्छ । ज्ञानेन्द्र शाहले आफ्नो शासनको सुरुआत नै प्रेसविरुद्ध राज्यका सवै शक्तिको प्रयोग गरी सुरु गरेका थिए । त्यसबेला पनि अधिकारका निम्ति, स्वतन्त्रताका निम्ति पत्रकारिता जगतले व्यापक आन्दोलन छेडेको थियो । सोही आन्दोलनको ज्वालामुखि बढ्दै जाँदा एउटा तानाशाही व्यवस्थाको अन्त्य भएको थियो । फेरि, मुलुकमा दोस्रो तानाशाही उदाउने परिस्थितिमा छ र उसले दैलेखबाट आक्रमण सुरु गरेको छ । मुलुक विकास भन्दापनि बर्बादिको बाटोमा लम्किएको छ । १५ वर्षसम्मको माओवादीको हिंसाकै कारण मुलुकमा विकासका काम सुचारु ह्ुन सकेनन्, अहिले उसको तानाशाही सोच र भ्रष्टाचारको सीमा नाघनु विकासको बाधक पनि बनिरहेको छ । न्यायका कुरा प्राप्त गर्नु त परै जाओस् ।
न्यायको खोजी पत्रकारिता जगतलेमात्र गरेको होइन । अधिकारको लडाइमा प्रेसमात्र लडिरहेको छैन । मानवअधिकार र सुरक्षाको खोजीमा नागरिक सतह नै उर्लिएका प्रत्यक्ष घटनाहरु छन् । तर, सरकार त्यसमा पनि दमनकारीको रुपमा उत्रिएको छ । वाइसीएलको काम प्रहरीबाट गराइरहेको छ, सरकारले । न्यायका लागि यतिवेला चौतर्फी रुपमा सरकारको विरोध भएको छ । अकुपाई बालुवाटार आन्दोलनमा अधिकारको सुरक्षाको माग गर्दा अपांग र महिलामाथि प्रहरी लगाएर निमर्मता देखाउने मिस्टर लालध्वजको सरकार अन्धो, बहिरो र कानो भएको छ । आफूलाई उद्दारवादी नेताका रुपमा परिचित गराउने मिस्टर लालध्वज इतिहाँसकै सवैभन्दा नालायक पात्रका रुपमा परिचित भएका छन् । उनले महिला, अधिकारकर्मी, पत्रकार, अपांग कोही पनि चिन्न सकेका छैनन् । बहुलाएको साँढेजस्तो जसलाई पनि आक्रमण गरी आफ्नो कुर्सी जोगाउने र भ्रष्टाचार बढाउने काममा लिप्त भएका छन् । एकातिर यसरी निरंकुश बनेको उनको सरकारले उनकै कुर्सीको दुरुपयोग गरी पत्नी हिसिला यमीले खुलेआम रकम मागेका कुरा पनि आइरहेका छन् । भर्खरै काठमाडौं विकास प्राधिकरणबाट सरकारी निर्णय गरी हटाइएका केशव स्थापितको पदको मुल्य २० लाख रुपियाँ निर्धारण गरेको, महानगरपालिकामा कार्यकर्ता भर्तीकेन्द्र खोलेका खबरले पनि मिस्टर लालध्वजको व्यक्तिगत चरित्रको एउटा पाटो खुला रुपमा बाहिर आएको छ । यी र यस्ता घटनालाई बारम्बार निरन्तरता दिने मिस्टर लालध्वजको राजनीतिक कार्यदिशा कतातिर बग्नेछ, आमसाधारणले नियालिरहेका छन् ।
सोमबार तरुण साप्ताहिकको नियमित कोलम सरोकारमा प्रकाशित


Monday, January 21, 2013

लक्षीराम घर्ती र बाबुरामलाई अर्ती

विनोद ढकाल
नेपाली समाजमा, खासगरी सहरमा एमाओवादीको प्रवेशसँगै राजनीतिका फरक रुपहरु देखा परे । एउटा जंगली हात्ती सहर छिरेपछि गर्ने उदण्डताका कुनैपनि रवैयालाई उनीहरुलै बाँकी राखेनन् । शान्ति प्रकृयाको बाटोबाट गिरीजाप्रसाद कोइरालाको लगाममा बाँधिएर सहर छिरेपनि उनीहरुले लुट, कुट र झुटको बाटोलाई निरन्तर कायमै राखे । सत्ता बाहिर रहँदा सडकमा ताण्डव देखाउने, नागरिक सर्वोच्चताका फुस्रा कुरा गर्नेदेखि राष्ट्रिय स्वाधिनताको नारामा आमसाधारणलाई अल्मल्याउने भन्दा केही काम गरेनन् । त्यसबेलको राजनीतिक आन्दोलनले आफुलाई राष्ट्रवादी सावित गर्ने प्रयासमा माधव नेपाल सरकारलाई ‘कठपुतली’को संज्ञा दिनेको सरकार, उसले गरेका काम के रहेछ भन्ने मुल्याङ्क जनसाधारणले टोलटोलमा प्रष्टसँग गरिसके । अझ नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रष्टसँग भनिदिए–‘बाबुराम सरकार नै कठपुतली हो ।’ यो सरकारले निर्दलीय व्यवस्था जसरी आफ्नो भुमिकालाई प्रस्तुत गरिरहेको छ, भ्रष्टाचारलाई जसरी बढावा दिइरहेको छ त्यसो समीक्षा राजनीतिक परिवर्तनसँगै हुँदै जानेछन् । सत्ता परिवर्तनसँगै पनि हुनेछ । त्यसअघि यो सरकारले अपराधलाई जसरी संरक्षण गरिरहेको छ त्यसको समीक्षाचाँही प्रत्येक दिन सडकबाट, सभाबाट भइरहेकै छन् । यहि सरकारले गरेको उदण्डताबाट पनि भइरहेका छन् ।
यहि सत्तामा रहँदा आफैंले गरेभोगेका अपराधलाई राजनीतिक रंग दिएर फिर्ता लिने काम पनि गरियो । यस्तै अपराधीलाई उन्मुक्ति गरेपछि रिसले चुर भएका पार्टीका मजदुर नेता शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई भृकुटीमण्डपको विस्तारित वैठकमा थर्काएका उदाहरण पनि छन् । आक्रमण गर्नेसम्मका मुद्दा फिर्ता लिएको भन्दै शालिकरामले थर्काउनुलेपनि कति अपराधी छुटेभन्ने कुरा अनुमान लगाउन असहज छैन । पार्टीभित्र आफ्नो विचारमा समर्थन नगर्ने व्यक्तिसम्मलाई संरक्षण नगरी प्रधानमन्त्री भट्टराइले आफ्नो अभियानलाई लगातार बढाए । त्यतिमात्र होइन झण्डै चार सय अपराधीको मुद्दा फिर्ता लिँदा राजनीतिक अवस्थाको नाम दिइयो । त्यहाँसम्मपनि सडकमा कुनै चर्चा थिएन तर जव गैरराजनीतिक विषयमा तत्कालिन नेकपा माओवादीले पत्रकार डेकेन्द्रराज थापाको हत्या गरेको अनुसन्धान थालियो, प्रधानमन्त्रीले पदको दम्भमा उक्त अनुसन्धानलाई प्रभावित बनाउने रवैया अपनाए । अहिलेसम्मपनि उनी सोही रवैयामा सक्रिय छन् । अझ उनी र उनको पार्टीले उक्त अनुसन्धान प्रभाव पार्नका लागि आफ्ना भ्रातृ संगठनहरुलाई पनि परिचालन गरिसकेका छन् भने ठाउँ ठाउँमा पुगेर परोक्ष धम्की पनि दिन थालेका छन् । पीडित परिवार, उसको गाउँ, समाज र मुलुकको संवेदनामाथि पदीय शक्तिको प्रयोग गरिएको छ ।

बाँच्नेहरुलाई मृत्युको सपना पनि भयानक लाग्छ । उदण्डतामा रमाउनेहरुका लागि यातनाको प्रताडना सामान्य लाग्नसक्छ । संवेदनाहिन तर्कनाहरुले मानवताको घाँटी थिचिरहेको पाइन्छ । गुरिल्ला युद्धबाट क्रान्तिको स्वरुपमा व्याख्या गरिएको विषयलाई सवैले पचाइदिएकै कारणले पनि एमाओवादी र तिनका अन्धभक्तहरु अहिले मानिसको संवेदना, मानवअधिकार र न्यायलाई तर्कको तराजुमा तौलिन उद्दत छन् । थापा हत्याप्रकरण, त्यसका दोषीलाई कारवाही हुने वा नहुने भन्ने विषयमा उनीहरु तर्क छाडिरहेका छन्, एक मानव हुनुका नाताले पनि घटनाक्रम अति दुखदायी बनाउने प्रयत्न भएको पाइन्छ ।
पत्रकारिता पेशामा लागेर ज्यान गुमाउनुपर्दाको पीडा कति भयानक हुन्छ होला, त्यसको अनुमान गर्न सहज छैन । आर्थिक, सामाजिक र राजनीतिक जोखिमबाट लोकतन्त्रमा नै पत्रकारिता खतरामा परेका बेला, युद्धकालको साहस सामान्य थिएन । पत्रकार सामाजिक अभियन्ता र जनताको वकालत गर्ने अधिकारकर्मी पनि भएका नाताले युद्धका समयमा खानेपानीको विषयलाई लिएर अधिकारवादी कुरा गर्नु पत्रकार थापाको ठूलो युद्ध थियो । त्यो युद्ध मानवताका लागि थियो, अनि जनताको अधिकारका निम्ति पनि थियो । निक्कै भयानक यातनापछिको हत्याका शिकार भएका थापा एउटा ठूलो युद्ध जितेर विते । अहिले दैलेखमा उर्लिएको सर्वसाधारणको आवाज देशव्यापी आन्दोलनको मर्म माओवादीको सरकार ढाल्ने होइन, प्रधानमन्त्री ट्टराई र उनका कानुनी सल्लाहकार मुक्ति प्रधानको रवैयाले लोकतन्त्रको घाँटी थिच्ने प्रयत्नको विरोधमा हो । केही कामरेड पत्रकारहरु नियतवस यस मुद्दालाई ओझेलमा पार्नका लागि अनेकन मुद्दाहरु उठाउँदै हिँडिरहेका छन् । युद्धमा मारिएका अन्य पत्रकारहरुका हत्यारालाई उन्मुक्ति दिनुपर्छ भन्ने मान्यता पत्रकार जगतमा कसैले पनि राख्दैन । माओवादीको सत्ता नै धरापमा परेपछि मनपेट पोलेका कामरेडहरुको रवैयाले लोकतान्त्रिक मुल्यमान्यतामा सर्वसत्तावादी मिसनको वकालत गरेको छ, जुन स्वतन्त्र पत्रकारिताका लागि खतरा पनि हो । मानवीय संवेदना कुल्चिनेहरु सर्वथा अपराधीहरु हुन्, तिनको प्रतिरोधमा उत्रनेहरु झन् ठूला अपराधी हुन् । अपराध गर्ने पश्चातापमा जलेर सजायका लागि तयार छ तर उनलाई बचाउन देशव्यापी रुपमा अहिले राजनीतिक बखेडा उचाल्ने प्रयत्न भएको छ ।
आमसाधारणको बाँच्न पाउने अधिकारलाई कुण्ठित गरेर युद्ध अपराधमा रंगिएका अनुहारहरुले सत्ताको स्वाद पाएपछि आफ्ना संगिन अपराधहरुलाई कानुनी लेपनबाट छोप्ने प्रयत्न भयो, त्यसलेमात्र नपुगेर आफ्नो विचारसमूहका पत्रकारहरुको ¥याली लगाएर प्रतिरोध गर्ने नियत पनि राखियो । त्यहि आन्दोलनबाट आवाज आउन थाल्यो–‘डेकेन्द्रका हत्यारा कारवाही भए, कृष्ण सेन इच्छुकका हत्यारालाई पनि कारवाही हुनुपर्छ । नत्र कसैलाई कारवाही हुनुहुँदैन ।’ पत्रकारिताको मर्मलाई मारेर आएको यस्तो आवाज स्वयम् कृष्णसेनको संवेदनालाई पनि लिलाम गर्ने नियतबाट आएजस्तो थियो । हरेक पत्रकार हत्यारालाई कारवाही हुनुपर्छ भन्ने नजिर स्थापितका लागि डेकेन्द्रका हत्यारा कारवाहीको प्रकृया एउटा सहज उदाहरण हो । तर, राज्यले आफ्ना सवै शक्ति र एमाओवादीले पनि पुरै बल उक्त हत्याका अभियुक्त जोगाउनका लागि खर्च गरेको छ । पार्टीको भ्रातृृ संगठनका रुपमा सक्रिय पार्टीकारिताहरु एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासदेखि बालुवाटारका वैठकमा कालो चिया पिएर सरकार टिकाउनका लागि प्रतिरोध आन्दोलनमा झोसिएका छन् । स्मरण रहोस्, पत्रकारिता पार्टीकारीता होइन, पेशा हो । कलमजीविका लागि बाँच्ने प्रयत्न गर्नुहोस । हत्या अभियुक्त लक्षीराम घर्तीले दिएको लामो बयानको एक अंशले यदि कामरेडहरुको मुटु पोल्न सकेन भने, मानवता र मानव अधिकारको विश्वव्यापी मान्यताबाट उनीहरु विलप हुनुको अर्को बाटो हुँदैन । जो मानव अधिकारको संरक्षणका निम्ति आवाज उठाउनुकोसाटो नियतवस प्रतिरोधमा झोसिन्छन्, उनीहरु पत्रकार हुन सक्तैनन् । ती नागरिकको वकालत गर्नपनि सक्तैनन् । सदासर्वथा ती कार्यकर्ता नै हुन् । 
त्यसका विरोधमा आमसाधारणको आन्दोलन मुलुकमय बनीरहेको छ, त्यसको प्रतिरोधको नियतबाट उनीहरु अफ्ना कार्यकर्ताहरुलाई उक्साए पनि सफल हुनेृ छैनन बरु उनको खास नियत प्रष्टीएको छ । । पत्रकार थापा हत्याकाण्ड अव त्यसै सेलाउने अवस्थामा छैन, नागरिकस्तरमा । यहि हत्याकाण्डको आन्दोलन मुलुकव्यापी छ । हर जिल्लामा सल्किएको आन्दोलनको आवाजलाई दर्जन जति बाबुराम भट्टराइको शक्तिले पनि रोकिनेवाला देखिदैन । किनभने यो न्यायको आन्दोलन हो । यो, पीडाको आन्दोलन हो ।
जसरी हत्या गरेपछि लक्षीराम घर्तीको आत्मा पोलिरहेको छ । उसलाई पश्चातापमा जल्न दिनुपर्छ । उनले गरेका अपराधको सजाय भोग्न उनी तयार छन् । उनले भनेकै छन्–‘आत्मा शान्ति नभएपछि म सजाय भोग्न तयार भएको हुँ ।’ युद्धको क्रममा हज्जारौं घरवारविहीन भएका छन्, युद्धको पीडामा धेरै पिल्सिएका छन् । जसरी घर्ती पश्चातापमा जलेका छन् उनले दिएइको अर्ती बाबुरामले पनि बुझ्न सकुन् । उनले पनि कानुनी बाटोमा अवरोध नगरी घर्तीको पश्चाताप गर्ने मनशायको अर्तीको उपयोग गर्न सकुन् ।

Wednesday, January 16, 2013

ओमानतिर उर्लिंदा नेपाली

डी. विनोद
पछिल्ला समयमा खाडीका विभिन्न मुलुक नेपाली श्रमशक्तिका लागि रोजागरीको गतिलो गन्तव्य बनेका छन् । कतार, साउदी अरब, कुवेत, युएइसँगै बहराइन र ओमानमा पनि नेपाली कामदार जाने क्रम बढ्न थालेको छ । दुतावास नभएपनि ओमान पछिल्ला चरणमा गतिलो गन्तव्य भएको हो । कम लगानी र राम्रो आम्दानी भएकै कारणले पनि नेपाली युवा तथा युवतीहरु ओमानयात्राका लागि तयार हुने गरेका छन् ।
साउदी अरब र मलेशिया पुगेर आएपनि एक पटक ओमान जाने रहरमा अहिले श्रम स्वीकृतिका लागि विभाग धाउने काममा व्यस्त छन्, जनकपुरका राविलास महतो । उनी भन्छन्,‘मलेशियामा र साउदी अरबमा काम गरेर आइयो अव ओमान जाने तयारीमा छु । सुनेको छु, त्यहाँ राम्रो आम्दानी हुन्छ ।’ वैदेशिक रोजगारमै नयाँ मुलुकमा गरिने श्रमको स्वाद लिनका लागि उनी ओमान जान लागेका हुन् । भन्छन्,‘दुईटा देशमा काम गरेर फर्किएँ, अव ओमानमा काम गरेर फर्किने रहरमा जान लागेको हुँ ।’
अन्य खाडी मुलुकको तुलनामा ओमान खुकुलो भएकाले पनि नेपाली श्रमशक्तिको आकर्षण बढेको हो । त्यहाँ रहेका भित्रि कम्पनीहरुमा अवैधानिक रुपमा काम गर्ने नेपालीहरु पनि कम छैनन् । तर, अवैधानिक प्रकृयाबाट जाने कामदार जुनसुकैबेला पनि त्यहाँको कानुनी दायरामा आउनसक्ने भएकाले अहिले श्रम स्वीकृतिमार्फत जानेको संख्या बढेको छ । यद्यपि, अवैधानिक नेपाली कामदारको संख्या पनि कम छैन । निर्माण कम्पनीमा काम गर्नका लागि ओमान जान तयार अर्का व्यक्ति हुन्, काभ्रेका दिपक लामा । भन्छन्,‘ओमान जाने तयारीमा छु । विदेशको अनुभवमात्र होइन, पैसा पनि कमाएर आउने आशा छ ।’ अन्य मुलुकमा कम तलव र ज्यादा काम गर्नुपर्ने तथा कानुन पनि कडा भएको सुनेपछि अलि खुकुलो मुलुक ओमान जान उनी तयार भएका हुन् । लामा थप्छन्–‘रोजगारीमा जानु परेपछि राम्रैसँग आम्दानी गरौं भन्ने रहर पनि हो ।’
पछिल्ला दिनहरुमा ओमान गतिलो गन्तव्य बन्ने गरेको वैदेशिकब रोजगार विभागमा रहेको तथ्याङ्कले पनि देखाएको छ । विभागका अनुसार साउन महिनादेखि मंसिरसम्ममात्र ओमानका लागि श्रम स्वीकृति लिएर जानेको संख्या दुई हजार छ सय २१ पुगेको छ । यो पाँच महिनामामात्र दुई हजार चार सय ३९ पुरुष र एक सय ८२ जना महिला श्रम गर्नका लागि त्यहाँ पुगिसकेका छन् । कतार लगायतका मुलुकमा पुगेका नेपाली कामदारको संख्याको तुलनामा कम भएपनि ओमानजस्तो मुलुकमा भएको मागको आधारमा यो संख्या उच्च रहेको विभागको ठहर छ ।
त्यसो त त्यहाँ पुग्ने महिलाहरुको संख्या पनि उच्च हो । त्यस्तै अहिले महिलाहरु पनि ओमान जाने प्रकृयामा खट्ने कमी देखिएको छैन । उनीहरु लेवर कामको लागि नभई घरेलु कामदारका रुपमा त्यहाँ जाने तयारीमा छन् । सरकारले तयार गरेको न्युनतम आधारको सुविधा ग्यारेण्टि भएपछि खाडीमा पनि समस्या नहुने देखेपछि मोरङ्की सर्मिला राई ओमान जान तयार भएकी हुन् । उनी भन्छिन्,‘कतारको लागि तयारी गरेको थिएँ । तर, ओमानमा पनि राम्रो आम्दानी देखेपछि त्यहाँ जान लागेकी हुँ ।’
ओमानका लागि सरकारले आधिकारीक रुपमा कामदार पठाउनका लागि वैधानिकता दिएको लामो समय भएको छैन । ०६६ सालयतामात्र आधिकारिक रुपमा नेपाली कामदार ओमान जाने बढेको देखिन्छ । तर, त्यसअघि नै अवैधानिक रुपमा पनि उक्त मुलुकमा नेपाली कामदारको संख्या उल्लेख्य थियो ।
हुन त खाडी मुलुकको ओमानमा कार्यरत गैरकानुनी कामदारहरुलाई घर फिर्न दिएको मौका (एमनेस्टी) मा निकै कम नेपाली सहभागी पनि भएकै हुन् । त्यसयता आधिकारीक रुपमा त्यहाँ पुग्नेको संख्या पनि कम नभएको विभागको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष ०६५÷६६ को तथ्याङ्कअनुसार चार हजार एक सय पाँच जना पुरुष र एक सय ४२ जना महिला आधिकारिक रुपमा त्यहाँ पुगेका थिए । पछिल्ला आर्थिक वर्षहरुमै उच्च संख्या थियो । ०६६÷६७ मा दुई हजार ६ सय ७८ पुरुष र ६ सय सात जना महिला त्यहाँ पुगेका थिए । यस आर्थिक वर्षमाचाँही महिलाको संख्या अहिलेसम्मकै उच्च रहेको विभागले जनाएको छ । ०६७÷६८ को तथ्याङ्कअनुसार दुई हजार तीन सय ८५ जना पुरुष र ५७ जना महिला श्रमको खोजीमा ओमान पुगेका थिए भने ०६८÷६९ मा दुई हजार आठ सय ६८ पुरुष र दुई सय ९५ महिला ओमान पुगेका थिए ।
यो आधिकारिक तथ्याङ्क भएपनि भारत तथा अन्य मुलुकको बाटो हुँदै निक्कै नेपाली श्रमशक्ति ओमानमा कार्यरत रहेका छन् । जसको अध्ययनका लागि सरकारले चासो देखाएको छैन ।
हालसम्म ओमानमा झण्डै २० हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ ।


रहर पुग्यो कतारको

खोटाङ दिक्तेलका रमेश हिङमाङ अहिले काठमाडौं अनामनगरमा फेसन टेलरिङ सञ्चालन गरेर बसेका छन् । कपडा सीलाइसम्बन्धि सीप भएका उनी धेरै कमाउने लालसामा ०५७ सालमा कतार पुगेका थिए । न उनले भनेजस्तो काम गर्न पाए, न त भनेजति तलव नै पाए ।
०५७ साल असारमा व्यक्तिगत भिसामा म कतार पुगेको थिएँ । आफुसँग सिलाइसम्बन्धि ज्ञान र सीप भएपनि म धेरै पैसा कमाउने रहरमा फर्निचरको कामका लागि कतार पुगेको थिएँ । न्युनतम आठ सय रियल तलव र आठघन्टा काममात्र भनिएपनि मैले १६ घन्टासम्मपनि काम गर्ने बाध्यतामा परें । मलाई दोहाको नाज्मा भन्ने ठाउँमा सो काममा निक्कै खटाइयो । बंगाली नागरिकको कम्पनीमा मैले त्यो काम गरिरहेको थिएँ । मैले चार सय भन्दा बढि तलव पाउन सकिन र कामपनि लामो समय गर्नुपर्ने भएपछि मैले उक्त कम्पनी छाडे ।
कतार जानका लागि मेरो त्यसबेला नै ६० हजार खर्च भएको थियो । निक्कै चापमा काम गर्नुपर्ने र चारसयमात्र आम्दानी हुने भएकाले मलाई खाने रकम पनि पुग्दैन थियो । घर पठाउने र लगानी उठाउने कुरा त अलग्गै भयो । त्यसपछि मैले कम्पनी छाडेको थिए । आफुले जानेको सिलाई पेसा थियो । त्यो खोज्दै जाँदा भारतको केरला राज्यका एक व्यक्तिको टेलरिङमा मैले काम पाएँ । दोहाकै नेशनल भन्ने ठाउँमा उक्त टेलरिङमा एउटा कोट अथवा अन्य सिलाई वापत सय रियल दिन्थ्यो । मैले त्यो काम सुरु गरें । कम्तिमा चार महिनाजति त्यहाँ काम गरें । टेलरिङमा काम गर्दा कम्तिमा ५०÷६० हजार रुपैंया मेरो मासिक आम्दानी हुने गर्दथ्यो । तर, त्यो मेरो सम्झौता अनुसार काम गर्ने कम्पनी थिएन । त्यहि भएपनि आफ्नो सीपको आम्दानीले नै त्यहाँ बसुन्जेल धान्यो, सम्झौता भएको कम्पनीको पैसाले केही पनि हुँदैनथ्यो ।
सम्झौता गरी गएको कम्पनीमा भनेजस्तो नभएपछि म भागेर काम गरेको थिएँ । पछि मैले टेलरिङको कामपनि छाडें र पुरानै फर्निचर कम्पनीमा तलव बढाउने लगायत सुविधाको माग गर्दै धाउन थालें । बाँकी रहेको नौ महिनाजति म आफ्ना आफन्तकहाँ बसेर कम्पनीसँग बार्गेनिङ् गर्न थालें ।  केही सीप नचलेपछि मैले विदेश नजाने निर्णय गरी मुलुक फर्किएको हुँ । ०५९ सालमा नेपाल फर्किएपछि मैले आफ्नो व्यावसाय थालें । अहिले राम्रै छ ।
आफुसँग सीप भएरपनि विदेश जाने रहरले जुन दुख मैले भोगें त्यस्तो दुख अरुले भोग्न नपरोस । हातमा सीप भए आफैंपनि केही गर्न सकिन्छजस्तो लाग्छ । अर्काको मुलुकमा नेपालीहरुले मरेर काम गर्नुपरेको छ । भनेजस्तो तलव पनि पाइँदैन र दुखमात्र भोगेको मेरो अनुभवले विदेश जानुभन्दा नेपालमै केही गर्नु उचित देखेको छु ।
-आजको शुक्रबारमा प्रकाशित

Sunday, January 13, 2013

नैतिकता सकिको राजनीति

विनोद ढकाल

–खानेपानी आयोजनाको रकम कति हिनामिना गरिस् ? खानेपानीको नेता भएर किन आइस् ? हामीले रेडियो नेपालमा प्रतिक्रयावादी राज्यसत्ताको पक्षमा किन लेख्छस् जस्ता प्रश्नहरु सोधेका थियौं । डेकेन्द्र भन्थे–‘आमा किन मलाई जन्म दियौ ? मलाई यो पृथ्वीमा किन ल्यायौ ? मैले के गल्ती गरेको थिएँ र ?’ बारम्बार डाँको छोडेर रुन्थे । मिलिसिया कमान्डर बमबहादुरले उनलाई माओवादी हुन्छस् कि मारौं भनी बारम्बार पिट्दा मलाई माओवादी हुनु पनि छैन, खानेपानीको एक पैसा खाएको पनि छैन । जनताले खानेपानी पाउनुपर्छ भनी आएको हुँ भनेर जवाफ दिन्थे ।
२०६१ साउन २७ गते नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको कोठाको तेस्रो बिममा झुन्ड्याएर दुई दिनसम्म सिस्नुपानी र लौरीले हिर्काइयो । त्यसपछि उभ्याएर छानबिन गर्ने क्रममा छिउडीपुसाकोटका अरुण भन्ने कमरेडले अण्डकोषमा लात्तीले हिर्काएपछि उनी ढले र बेहोस भए । यातना दिँदा शरीर पूरै शिथिल भइसकेको थियो । स्कुल छेवैको मेरो घरमा लगेर पेटीमा राख्यौं । पानी... पानी... भनी कराएपछि श्रीमती अमृताले पानी खुवाइदिइन् । नाडी सुस्त चलेका थिए । दुईजना साथीले नाडी छामेर म¥यो भने ।
सास फुत्केको थिएन जस्तो लाग्छ । त्यसपछि नजिकै रहेको जंगलतर्फ लग्यौं । मकैबारीसम्म घिसारेर लग्यौं । मकैबारी आइसकेपछि ४ हातखुट्टा समातेर उचालेर भीरतर्फ लग्यौं । मेरो घरदेखि २ सय मिटर पर खाल्डो खनेर नौ जनाले गाडेर फकिर्यौं ।  त्यो रात मलाई निद्रै परेन । घर नजिकै गाडिएकाले निकै डर लाग्यो । पछि घर छाडेर माथिको गोठमा बस्न थालें । तल घर बस्दा डेकेन्द्रको छायाँ याद आउथ्यो । हत्याको पश्चातापले अझै पिरोलिरहेको छ । त्यसैले यो सबै घटना विवरण सुनाउन म आतुर थिएँ ।

उल्लिखित अंश पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न रहेका माओवादी कार्यकर्ता लक्ष्मीराम घर्तीले पत्रकारलाई हिरासतमा दिएको बयानको एक अंश थियो । उनको पुरै बयान सुन्दा एक कलमजीवि हुनुका नाताले आँखा रसाउनु स्वभाविक हुन्छ । पत्रकारिता पेसामा लागेर आफ्नो धर्मलाई निरन्तर निभाइरहँदा बयानमा उल्लेख गरेजसरी हत्या गर्ने तथाकथित जनयुद्धले दिएको नयाँ नेपाल भनेको अहिलेको अस्रेल्ल राजनीति हो ? उनका हत्यारालाई जोगाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराइले गरेको अकर्मण्यता नै हो ? यो एक कलमजीविको प्रताडना थियो । स्कूलका हेडमास्टर मुक्तिनाथ अधिकारीको हत्याका अभियुक्तहरु कहाँ छन् ? ती १४ हजार प्रत्यक्ष ज्यान गुमाउने र त्यसबाट प्रभावित परिवारको अवस्थिति के छ ? खोज्ने बेला यहि हो ।
राजनीतिक अपराधका नाममा अपराधीहरुलाई उन्मुक्ति दिने, कानुनी राज्यको उपहास गर्ने र दण्डहीनतालाई बढावा दिने नियतलाई संस्थागत गर्न एमाओवादी उद्दत छ । आक्रोशको ज्वालामुखि कहिले थप्पडका रुपमा त कहिले विरोधका रुपमा आइरहेका वखत अभियुृक्तहरुसम्मको बचाउ प्रधानमन्त्रीको कुर्सीबाटै खुलमखुल्ला हुन थालेपछि मुलुकमा दण्डहीनताको पराकाष्ट कहाँसम्म छ भन्ने कुराको अन्य प्रमाण चाँहिँदैन ।
पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तहरुले हत्याबारे स्वीकारोक्ति गरिहँदा प्रधानमन्त्रीबाटै त्यसको खण्डन हुनुले पत्रकारिता जगत जोखिमको पेसाभन्दा अरु केही नभएको पुष्टि भएको छ । राज्यबाट पत्रकारहरु कुनैपनि समयमा सुरक्षित थिएनन्, छैनन् र हुने सम्भावना पनि कम रहेको निश्चित देखिन्छ ।

दुनियाँमा कहीँ नभएको ‘माओवाद’ नेपालमा देखिन थालेको छ । यो उत्तरी कम्युनिजम भन्दा उदार हो अथवा पश्चिमी कम्युनिजम भन्दा संकुचित हो ? यसको यथेष्ट परिभाषालाई मुल्याङ्कन गर्ने अवस्था आइसकेको छैन । तर, माओवादका नाममा भइरहेको विग्रहको राजनीतिले मुलुकको आर्थिक हैसियतको नेतृत्व गर्न सकेको छैन । न त राजनीतिक परिवर्तनको खास मुद्दालाई संस्थागत गरी अघि बढ्न सकेको छ । राज्यसत्ता कव्जाको नियत बोकेको उग्र कम्युनिजमको लक्ष्य के हो ? र कहाँसम्म राजनीतिक यात्रा हुने भन्ने सैद्धान्तिक र वैचारिक लाइनपनि अहिले स्पष्ट छैन । राज्यसत्ताको नेतृत्व गरेर देशलाई अस्तव्यस्ततामा राख्ने एमाओवादीको लक्ष्य न सहमतीय राजनीतिको दिशामा देखिन्छ न त बहुदलीय व्यवस्थालाई स्वीकार गरी कानुनी राज्यको सम्मानको पक्षमा देखिन्छ । एकलौटी सत्ताकव्जाको नीति हुन सक्छ तर त्यो प्रयोग हुनसक्ने अवस्थामा पनि देखिदैन । ‘बाल हठ् र लिडेढिपीको आकारमा अहिले सत्ताको नेतृत्वमा रमाएको एमओवादी हिंसा, हत्या र अपराधको संरक्षणकेन्द्रितमात्र देखिने उल्लिखित बयानमा संलग्न अभियुक्तहरुको बचाउ प्रकरण लगायतका घटनाले पुष्टि गरेको छ ।
एकीकृत नेकपा माओवादीले स्थापित गरेको हिंसात्मक आन्दोलन र त्यसले निम्त्याएका परिस्थिति र चलिरहेको राष्ट्रिय मुद्दाको सारलाई कुन कम्युनिजमको प्रभाव हो भन्नेबारेमा व्याख्या गर्न अलि असहज भएको छ । तर, राष्ट्रिय राजनीतिसमेतलाई प्रभाव पार्नेगरी देखिएका दण्डहीनतालाई बढावा दिने एमाओवादी अनि राज्यसत्ताको नियत र त्यसले निम्त्याएको नियतीलाई भने सरल विश्लेषण गर्न सकिन्छ । की, माओवादी कुनैपनि मुल्यमा दलण्डहिनतालाई कायम राखेर अस्रेल्ल राजनीतिलाई हावी बनाउन चहान्छ । यो माओवादी विरोधी लाइनको व्याख्या होइन । यो सतहमा देखिएका सप्रमाण आरोप हो । पुष्टि गर्नका लागि देखिएका, चरम उत्कर्षमा विरोध भएका र प्रमाणसहित आएका घटना काफी प्रमाण हुन् । यसबाहेक राजनीतिक दवावका आधारमा माओवादीले मच्चाएको अन्य उदण्डताहरु त छँदै छन् ।

बेलायतमा नेपाली कर्णेल पक्राउ परेपछि नेपाली राज्यसत्ता एक पटक हल्लियो । त्यसको उग्र विरोधमा उत्रियो सत्ता नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादी । उसले आफ्ना विरोधलाई संस्थागत रुपमा पनि राख्यो । युद्धबन्दीलाई यातनाको अभियोगमा नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामालाई बेलायतको प्रहरीले १८ गते पूर्वी ससेक्सबाट पक्राउ गरेको थियो । राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दक्षिणी सुडानमा सैनिक पर्यवेक्षकका रुपमा खटिएका अधिकृत दुई बेलायत पुगेको दुई सातामा पक्राउ परेका थिए । लामालाई बेलायती महानगरीय प्रहरीको ‘काउन्टर टेरोरिजम कमान्ड (सीटीसी) ले पक्राउ गरेको थियो । यो विशेष तहको प्रहरीले युद्ध अपराध र मानव अधिकार हननविरुद्धका मुद्दाका अनुसन्धान गर्छ । यो घटनामा माओवादीको विरोध स्वभाविक थियो अथवा यस विरोधभित्र अरु केही स्वार्थ लुकेका छन् ? यो विश्लेषण अनिवार्य हुनुपर्छ । नेपाली सेनालाई चलाएर सत्ताकव्जाको नियत राख्ने एमाओवादी नैतिकताले नै सेनाका कर्णेल पक्राउको विरोध गर्ला ? तर, यसभित्र लुकेको सारचाँही माओवादीका नेताहरु आफुलाई अपराधी हुनबाट जोगाउने खेलमा लागेका छन् । नेता अग्नी सापकोटा, बालकृष्ण ढुंगेल हुन् अथवा युद्ध अपराधीको नाममा सुचीत भएका अन्य नेताहरु हुन् । उनीहरुका लागि कर्णेल पक्राउ प्रकरण पश्चिमा मुलुकले बन्द गराएको भिसा सो–सरह हो । त्यसकारण उनीहरु यसको उग्र विरोधमा लागेका हुन् । यद्यपि कर्णेल लामालाई बचाउने खेलपनि युद्धअपराधीलाई जोगाउने नियत हो । कर्णेल अपराधी हुन् अथवा नहुन् ? यो मुलुकभित्र सत्य निरुपण आयोग गठन गरी छानविन गर्ने विषय थियो । त्यो समयमा नगराउने माओवादीले यत्तिवेला विरोध गर्नुको अर्थ आफ्नो बचाउभन्दा अरु केही होइन । किनभने राजनीतिक अपराधको नाममा प्रधानमन्त्री डा. बाबुराम भट्टराइले चार सय अभियुक्तहरुलाई आममाफी दिइसकेका छन् ।
परिवर्तनका नाममा अपराधीको संरक्षण गरी जनसाधारणलाई धमिलो पानीको माछा बनाउने प्रयत्नले ग्रसित राजनीतिलाई स्वीकार गरेर नीरिह हुनु जनसाधारणको पनि कमजोरी हो । त्यसलाई स्वीकार गरी प्रतिवादन नगर्ने र सहरीया र भ्रष्ट राजनीतिमा रमाउने अन्य राजनीतिक दलको कमजोरी पनि लुकाउनु स्वभाविक हुँदैन । हत्याका अभियुक्तहरु जेगाउने राजनीति, त्यसका नेताहरु अथवा संलग्नहरु मनवता र मानव अधिकारका पक्षधर हुन सक्तैनन् । त्यसकारण नैतिकता सकिएको राजनीतिमा उनीहरु लामो समय हावी हुँदा अनेक डेकेन्द्र थापाहरुको हविगत नआउला भन्न सक्ने आधार छैन । बाराका पत्रकार बीरेन्द्र साह त्यसका पछिल्ला उदाहरण हुन् भने यहि गैरनैतिक राजनीतिको उपज हुन् ३३ जना मारिएका पत्रकारहरु पनि । त्यसकारण राजनीतिमा नैतिकतालाई प्राथमिक बनाउन दवाव दिने कि नदिने ? उत्तर खोजेर विट मारौं ।
सोमबार तरुण  साप्ताहिकको नियमित स्तम्भर सरोकारमा प्रकाशित

Thursday, January 10, 2013

अभिरुची



युएइतिर नेपाली नारीको लर्को

डी. विनोद
नेपाली महिला कामदारहरु अहिले खाडी राष्ट्रतिर आकर्षित भएका छन् । कुवेतमा बैधानिक बाटो खुलेपछि ठूलो संख्यामा महिलाहरु त्यसतर्फ पुगेका थिए । तर, कुवेतसँगै अव साउदी, मलेशिया, कतार र खासगरी युएइमा नेपाली महिलाको चाप बढ्न थालेको छ । ‘अन्य खाडी राष्ट्रभन्दा दुवईमा स्वतन्त्र छ र पैसा पनि राम्रो छ भन्ने सुनेर जान लागेको हो । केयरगिभर र अचेल सपिङ मलमा पनि कामको अवसर पाइने भएर प्रयास गरिरहेकी छु ।’ कैलालीकी कल्पना अर्यालले भनिन्,‘आम्दानी गरेर आफ्नो र परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि जान लागेकी हुँ ।’
अर्यालमात्र होइन, खाडी मुलुकमा राम्रो आम्दानी हुने सोच राख्ने महिलाहरु निक्कै छन् । पछिल्लो समयमा युएइ र कुवेतका लागि महिलाहरुको चाप उल्लेख्य हुने गरेको छ । अझ, खाडी मुलुक मध्येमा नै युएइ पहिलो रोजाई भएको बताउँछिन्, सर्लाहीकि विन्दु सापकोटा । भन्छिन्,‘लगानी सवे देशमा उत्तिनै हुन्छ । तर, अन्य मुलुकभन्दा सुरक्षित र नेपालीको पहुँचपनि राम्रो भएका कारण म युएइको कुनै ठाउँमा जाने तयारी गरिरहेकी छु ।’ उनले राहदानी बनाइसकेकी छन्, अव वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा परामर्श गरेर उनी रोजगारीमा जाने तयारीमा छिन् । विभागको मुल गेटमै भेटिएकी सापकोटा थप्छिन्,‘व्यक्तिगत रुपमा पनि पर्याप्त रुपमा एजेन्टहरु लागि परेका छन् कसरी जाँदा राम्रो हुन्छ भनेर बुझ्न आएकी हुँ, अन्य कानुनी प्रकृयाको बारेमा पनि जानकारी लिन आएकी हुँ ।’
हरेक दिन वैदेशिक रोजगारीका लागि महिलाको जाने संख्या पनि बढिरहेको छ । प्रत्येक वर्ष दोव्वर प्रतिशतका आधारमा महिलाहरु वैदेशिक रोजगारीमा गइरहेको तथ्याङ्क विभागसँग छ । त्यसमध्येपनि पछिल्ला केही महिनामा खाडी र त्यसमा पनि युएइको आकर्षण बढि रहेको देखिएको छ । त्यसो त आर्थिक वर्ष ०६९÷७० को तथ्याङक अनुसार युएइमा लागिमात्र दुई हजार छ सय महिला १५ महिला पुगेका छन् । यस अघि महिलाको संख्या उल्लेख्य रुपमा थिएन । गएको मंसिर महिनामामात्र तीन हजार संख्यामा झण्डै पाँच सय महिला युएइका लागि उडेका छन् । ‘सुरक्षित र गतिलो गन्तव्य हुने भएका कारण खाडी भएर पनि युएइ महिलाको आकर्षण भएको हुनुपर्छ ।’ बोर्ड अधिकारी अशोक गौतमले शुक्रबारसँग भने,‘सुरक्षित रोजगारीको विषयमा जानकारी राखेर जाने महिलाहरुको संख्या पनि बढिरहेको छ ।’
हुन त खाडी राष्ट्रमा रोजगारीका लागि महिलालाई न्युनतम उमेरहदपनि कायम गरिएको छ । महिलामाथि हुने यौनलगायतका हिंसाका कारण सरकारले कम्तिमा ३० वर्ष उमेर पुगेपछिमात्र महिलालाई वैदेशिक रोजगारीमा जाने अनुमति प्रदान गर्न नियमन गरेको छ । तथापी खाडी राष्ट्रमा घरेलु कामदारका लागि महिला जानेक्रम बढिरहेको छ, त्यसमा पनि पछिल्ला दिनहरुमा युएइ गतिलो गन्तव्यका रुपमा लिन थालिएको छ ।
हुन त युएइ रोजगारीको गन्तव्यका रुपमामात्र परिभाषित भएको छैन । नेपाली विद्यार्थीहरुका लागि शैक्षिक गन्तव्यका रुपमा पनि विकास हुँदै गइरहेको छ । एसियामा युरोपको झल्कोदिने र कानुन पनि खुकुलो हुँदै गएका कारण युएइतिर नेपालीको आकर्षण बढेको स्वभावित मान्न थालिएको छ । ‘अन्य मुलुकहरुभन्दा अलि खुकुलो र व्यावसायीक देखिन थालेको छ, अहिले त नेपाली विद्यार्थीहरुका लागि पनि आकर्षण बनेका कारण महिलाको आकर्षण बढ्नु स्वभाविक हो ।’ वैदेशिक रोजगार तथा शिक्षाबारे परामर्शदाताका रुपमा काम गरिरहेका काठमाडौंका सुधिर अधिकारी भन्छन्,‘कम लगानी र राम्रो आम्दानी तथा सुरक्षित गन्तव्यका रुपमा विकास हुँदै जानु नै आकर्षण बनेको छ ।’
                                                                 एम्बुलेन्स कराउँदा थर्कमान्
अहिले काठमाडौं अनामनगरमा दाजुले चलाएको रेष्टुरेन्टलाई सम्हाल्दै आएका खोटाङ, बाक्सिलाका मोहन राईले वैदेशिक रोजगारीका क्रममा मलेशियामा सात वर्ष विताए । 

२०५८ साल असोज महिनामा मलेशिया गएको थिएँ । त्यसबेला पहिलो पटक सरकारले वैदेशिक रोजगारीका लागि मलेशिया जन नेपाली युवालाई वैधानिकता दिएको थियो । त्यसबेला संस्थागत रुपमा जाने भएतापनि म एजेन्ट मार्फत पुगेको थिएँ । लेवर कामका लागि मलेशियाको जोहर बानुपात भन्ने ठाउँमा पुगियो । त्यहाँको पेपर रिसाइकल फ्याक्ट्रिमा लेवरको काम पाइएको थियो । काम निक्कै गाह्रो थियो । एक हजारभन्दा पनि बढि केजीको पेपरको रोललाई दुई जनाले उठाउनुपर्दथ्यो । जम्मा दुई सय २० रिङगीटका लागि उक्त काम गरिरहेका थियौं ।  जेनतेन काम गरिरहेपनि गएको तीन महिनामा कम्पनी डृुव्यो र हामी अलपत्र बन्यौं ।
कम्पनी डुबेपछि त्यहाँबस्ने कुरा आएन । त्यसपछि हामी अवैधानिक रुपमा भागेका थियौं । त्यसबेला क्वालाम्पुरमा राम्रो आम्दानी हुन्छ भन्ने सुनेका थियौं । केही साथी सहित म पनि क्वालाम्पुरतिर भाँगे । हामीसँग अन्य कम्पनीमा काम गर्ने भिसा पनि थिएन । क्वालाम्पुरमा नेपालीहरुको राम्रै उपस्थिति भएकाले त्यति गाह्रो भएन । तथापी, म अवैधानिक रुपमा उक्त ठाउँ पुगेको हुनाले समस्या भोगिरहेको थिएँ । पाँच महिनासम्म त बेरोजगार भएर बसियो । नेपाली बसेका होस्टेलमा बास बस्ने र आफुले कमाएको पैसोले खाने काम गरेर पाँच महिना विताइयो । पाँच महिनापछि हामीलाई मलेशिया बोलाउने एजेन्ट फेला पा¥यौं र उसले कामका लागि भिसा लगाइदिएपछि सेक्युरिटी गार्डको काम फेरि गर्न थालें । नेपालीले खोेलेको गोर्खा सेक्युरिटि गार्डमा राम्रो काम गरेपनि केही साथीहरुको इश्र्याका कारण त्यहाँपनि छाड्न प¥यो । इलिगल भनेर कम्पनीमा पोल लगाएपछि त्यहाँपनि पाँच महिनामा नै मेरो जागिर गयो ।
जागिर गएपछि अलपत्र बनेको मलाई राम्रो अवसर आएको थियो । मलेशियामा घर बनाएका बाला राना भन्नेको घरमा पनि सुरक्षा गार्डको जागिर पाइयो । खानबस्न दिएर त्यसबेला आठ सय ५० रिंगेट पाउन थालें । रवाङ भन्ने ठाउँमा रहेको उक्त घरमा काम गर्दागर्दै फेरि धेरै पैसो कमाउने लोभ जाग्यो । क्वालाम्पुरमा एक हजार पाँच सय रिंगेटको जागिर फालाफाल छ भन्ने हल्ला चलेपछि म त्यो काम छाडेर केही महिनामै फेरि क्वालाम्पुरतिर भागे । ममात्र होइन, मसँगै यसरी अवैधानिक भएका झण्डै ५८ जना नेपाली क्वालाम्पुर पुगेका थियौं । सवैजना एकैचोटी पक्राउ प¥यौं ।
पक्राउपछि हामीलाई हजार जनाभन्दा बढि राख्ने शिविरजस्तो ठाउँमा पु¥यो । मान्छेमात्र थिए । सवै अवैधानिक रुपमा मलेशियामा रहेका । झण्डै तीन महिनासम्म चिसो भुँइमा कुखुराको खोरजस्तोमा बास बस्नुप¥यो । केही नेपाली साथीहरुको सहयोगमा त्यहाँबाट निस्कने मौका पाइयो । हुन त मैले मेरै साथीको धोकाका कारणपनि त्यहाँ पुग्नुपरेको थियो । जेलजस्तो शिविरबाट छुट्कारा पाएपछि म नेपाल फर्किएँ । पैसा कमाउन सकिएको थिएन ।
नेपालमा पनि कुनै काम नभएपछि आएको एक वर्षमा फेरि म वैधानिक रुपमा मलेशिया गएँ । चुचेपाटीमा त्यसबेला रहेको एक म्यानपावर कम्पनीमार्फत म मलेशिया पुगेको थिएँ । तर, न्युनतम तलव उही दुई सय ५० रिंगिट नै थियो । मेरो मेडिकल खराब थियो । त्यहि पनि माछा मार्ने जाल बनाउने जइनेट भन्ने कम्पनीमा काम गर्न पुगेको थिएँ । एक वर्षपछि मेडिकल जचाउँदा म मेडिकल फेल भएँ । त्यसपछि फेरि कम्पनी छाडें र अवैधानिक रुपमा काम गर्न थालें । अवैधानिक रपमा नै थप २ बर्ष सेक्युरिटीको काम गरें । त्यसबेला कम्तिमा २ लाख रुपियाँ कमाएको थिएँ । गएको तीन वर्षमा नेपाल फर्किएँ । मलेशियामा अवैधानिक रुपमा काम गर्नु राम्रो हुँदैन । कुनैवेला पनि त्यहाँको प्रहरीले पक्राउ गरी जेल हाल्न सक्छ । हामी त एम्बुलेन्स कराउँदा पनि तर्सिने गर्दथ्यौं ।
आजको शुक्रबारमा प्रकाशित विदेशको काम ।

Monday, January 7, 2013

Abhiruchi


करोडको विज्ञापन प्रभाव


विनोद ढकाल

आज सहरमा नयाँ रंगबाट
नयाँ ढंगबाट नितम्ब विक्रि हुँदैछ रे,
चर्चा छ, अखबारमा विज्ञापन पनि छ
टिकट भरमार विक्रि भएकै छ रे ।

विदेशबाट झिकाएर, करोडौं लगानी गरेर
मुलुकका तारे होटलमा ल्याइएको नितम्ब
अत्यन्तै आकर्षक छ रे, निम्ता आयो
लौ त्यसको पर्चारपनि गरिदिन प¥यो ।

साँच्चै, त्यो नवसामन्तीहरुको भिँड
नयाँ क्रान्तिकारीहरुको हुलको रौनक
स्वाधिनतावादीले गरेको उद्घाटनपछि
उही वैज्ञापनिक नितम्ब प्रदर्शन भयो ।

जाँडले मस्त भएको काठमाडौं आधारातमा
विदेशी नितम्ब हल्लिएको देखेर होला
उन्माद, उत्तेजक र उफ्राहटमा हाँस्दो छ
रात अत्यन्तै भयानक छ, त्यहि नितम्ब वरिपरि
भोलीपल्ट,
सायद, यी हल्लाहरु करोडौंका हुन्
यी लचकदार चर्चाहरु हज्जारौं तिरेका स्वाद थिए
मदिरा र काँचा पाकेका मासुमा खर्च गर्नुका
अनिगिन्ति खुसीहरुको समीक्षा थियो ।

उही विज्ञापनको असर थियो, सायद
उही खर्चालु पर्चाको प्रभाव थियो
अखबारमा,
उही कार्यक्रम सफलताको बधाई पनि थियो
अर्कातिर थियो,
'मुगुमा खाद्य संकट, कुहिइएका चामल बाँडिए'
खबरशिर्षकमा मेरो नजर अडियो ।

Sunday, January 6, 2013

समाजिक अपराध र राजनीतिक दिशा

विनोद ढकाल

–कुवेतबाट फर्किएकी युवतिको अध्यागमनमा प्रहरीद्वारा बलात्कार ।
–झापाको चिया वगानमा प्रेमीसँग घुम्न गएकी एक युवतीको गत बुधबार राती सामुहिक बलात्कार भयो । चार जनाले बलात्कार गरेका थिए ।
–राजधानीमा २४ वर्षिय युवाद्वारा छ वर्षिय बालिका बुधबारै बलात्कृत ।
–इलाममा यौन दुव्र्यवाहारका घटना बढेको प्रहरीको रिपोर्ट ।
र, आफ्नै तीन वर्षिया छोरीलाई यौन दुव्र्यवाहार गरेको खबर ।

नेपाली राजनीति कुन दिशामा छ, कानुन र गृहप्रशासन कहाँ छ ? अनि, नेपाली समाज कुन दशातिर लम्किरहेको होला ? यहि विषयमा आम विश्लेषणको आवश्यकता देखिन्छ, उल्लिखित केही समाचारीय शिर्षकहरु पढेर । यो कुनै लामो समयसम्मका घटना विवरण होइनन्, वितेको एक सातामा प्राथमिक स्थान पाएका र सार्वजनिक भएका घटना विवरण हुन् । यस्ता निक्कै घटनाहरु भएका हुनसक्छन् जुन अखबारसम्म आउन सकेका छैनन् । संचारस्रोतसम्म ल्याउन पाएका छैनन् र बाध्यताबस चलिरहेको हिंसाविरोधी आन्दोलनको अर्को थप मुद्दा बन्न सकिरहेको छैन ।
नेपाली अखबारमा शनिबाररसम्म छाएका प्राथमिक खबर हुन् यी । गत १८ डिसेम्बरमा भारतको नयाँ दिल्लिमा एक युवतीमाथि बसमा सामुहिक बलात्कार भएपछि भारतमा त्यसको विरोधमा कडा आन्दोलन भइरहेको छ । लाखौं महिलाहरु सडकमा उत्रिएका थिए । बलात्कृत युवतीको सिंगापुरमा मृत्यु भएपछि महिलाहिंसा विरोधी आन्दोलन भारतबाट चर्को रुपमा आयो । सोही खबरमा विचार विमर्श गरिरहेका बेला वैदेशिक रोजगारीबाट फर्किएकी नेपाली युवती (सीता) लाई विमानस्थलमा बलात्कार भयो । उक्त खबरपछि नेपाली अधिकारकर्मीहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । यता महिला हिंसाको आन्दोलन चलिहरेको समयमा बलात्कारका घटनाहरुका खबरले अखबारका पाना तताइरहेका छन् । यहाँसम्मकी छ वर्षिया र तीन वर्षिया बालिकालाई समेत बलात्कार गरेको भन्ने खबर अखबारमा पढियो । यी मान्छेरुपी दानवहरुको कर्तुतका उदाहरणहरु थिए । जसले हरेक पाठकलाई स्तव्ध तुल्याउनु स्वभाविक बनेको थियो ।

हुन त शिक्षा र समझदारीमा उल्लेख्य प्रगति नगरेको नेपाली समाजमा यस्ता घटना भइरहेका छन् । अझ महिला हिंसाका अन्य प्रकारका घटनाहरु हर ठाउँमा भइरहेका छन् । न्युनिकरणका लागि अभियानहरु जारी छन्, यद्यपि घटनाहरुको कमी भएको देखिदैन । महिलाहिंसाका पीडकका लागि नेपाली कानुनमा उल्लेखित सजाय अहिलेसम्म ठिकै छ । तर, हिंसापीडकले सजाय पाएको गतिलो नजिर नहुँदापनि समाजमा यस्ता घटना बढिरहेका हुन् ।
घरेलु हिंसामा सरकार गम्भिर नभएको भन्दापनि अधिकारकर्मीहरुले राज्यसँग सामाजिक सुरक्षाको विषयमा गम्भिर रुपमा काम गर्न नसकेका हुन् अथवा के हो ?  अधिकारवादी संस्थाहरु घटनाप्रधान आन्दोलनमा अभ्यस्त हुने गरेका छन् । घटनाहुनु अगावै विमानस्थल वा अन्य सरकारी, गैर सरकारी प्रतिष्ठानमा महिलाको सुरक्षाको विषयमा सम्भावित घटनाका विषयमा गहन छलफल हुन सकेका थिएनन् । अहिले प्रतिष्ठानहरुमा उम्लिएको यो विषय ‘प्रतिक्रियात्मक’ आन्दोलनको दह्रो विषय बनेको छ । तर, कसरी सुरक्षा प्रदान गर्नं सकिन्छ, कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा अधिकारवादीहरुको ध्यान पुग्न सकेको छैनजस्तो देखिन्छ । यद्यपि, यी घटनाका पीडकहरुमाथि कडा कारवाहीको माग सवैले गर्नुपर्दछ ।
बलात्कार विश्वको परिप्रेक्षमा नै कानुनी अपराध हो । सरकारले बलात्कारीलाई कडा सजाय दिनुपर्छ । तर, कसैको पीडालाई मुद्दा बनाएर अधिकारकर्मीहरुको नाममा गैर सरकारी संस्थाहरुको अनावश्यक हल्लाले पीडितले कति न्याय पाउन सक्ला ? कमजोर न्याय प्रणाली, कमजोर राज्यप्रणाली र राजनीतिकेन्द्रितमात्र मुलुकमा सामाजिक सुरक्षाका विषयमा कमैमात्र छलफल हुने गरेको छ । समाजको गति, शिक्षा र आवश्यकताका बीचमा राज्यको भुमिका र प्रयोगका विषयमा यसबीचमा छलफल हुन नसक्दापनि यस्ता सामाजिक अपराधहरुले बढावा पाइरहेका छन् । र, पछिल्ला समयमा भटाभट यस्ता घटनाहरु सार्वजनिक हुनु र पीडकहरुले उन्मुक्ति पाइरहने कामचाँही सरकारको कमजोरी, कानुनको बलियो प्रयोग नुहुनु नै हो ।

राज्य निरंकुश बन्दै गइरहेको छ । कानुनलाई बलियो बनाउने आधार समाप्तिमा लागिरहेको छ । सरकार परिवर्तन र नयाँ सरकारको बहसमामात्र केन्द्रित भएको राजनीतिले सामाजिक परिवर्तनको पयार्यको भुमिका निर्वाह गर्न सकेको छैन । स्वतन्त्रता प्राप्तिको छ वर्ष वितिसक्दा हामी अझै अधिकारका सवालमामात्र आन्दोलन गरिरहेका छौं । सुरक्षाका सवालमा मात्र हाम्रा अभियानहरु केन्द्रित भएका छन् । त्यसको व्यवस्थापनको पक्षमा भने हामीले अहिलेसम्म पनि व्यवाहारिक काम र चिन्तन राख्न पाएका छैनौं । दोष कसलाई दिने ? भड्कीलो समाजको गति, वेरोजगारीको समस्या र सामाजिक शिक्षामा कमजोरी देखाएको राज्यलाई दिने की ? हरेक मानिस आफैंले यो दोष लिने ?

भनिन्छ, सामाजिक परिवर्तनको पयार्य नै राजनीतिक परिवर्तन हो । समाजको दिशालाई राजनीतिक व्यवस्थाले नेतृत्व गरेको हुन्छ । तर, जहाँ राजनीतिक दिशा नै कता जाने र कसरी जाने भन्नेकुराको दोधार छ, त्यहाँ सामाजिक दिशानिर्देश कसरी हुन सक्छ ? जवसम्म स्थिर राजनीतिक व्यवस्था र कानुनको कडा कारवाही हुँदैन तवसम्म नेपाली समाजमा भएका यस्ता घटनाको न्युनिकरण हुने सम्भावना कम हुन्छ । बलात्कारजस्तो संगिन अपराधको सजाय भारतमा १४ वर्ष जेल सजाय छ भने नेपालमा १५ वर्ष छ । भारतको तुलनामा नेपालमा यस्तो सजाय ठूलो हो । अझ, विभिन्न चरणका अपराध र त्यसका कारणलाई उल्लेख गरेर नेपालका विभिन्न ठाउँका अदालतहरुले दुई सय वर्षसम्म जेल सजाय सुनाएका नजिरहरु पनि छन् । खासगरी, महिलाबेचविखनका  सवालमा यस्ता सजायहरु सार्वजनिक भएका थिए । यहि नजिरलाई कानुनी तरिकाबाट प्रभावकारी रुपमा सरकारले लागु गरे केही हदसम्म महिलाहिंसाका घटनाको न्युनिकरण हुने सम्भावना छ । अर्कोतर्फ हामीसँग सामाजिक अपराधलाई राजनीतिकरण गरेर त्यसलाई राजनीतिक अपराधका नाममा मुद्दा फिर्ता लिने प्रचलन हावी भएको छ । जुन सरकारले अपराधलाई फिर्ता लिने गरेको छ, त्यसले अन्य सामाजिक अपराधको गम्भिर छानविन र कारवाही गर्न सक्छ भन्ने हेक्का राख्न पनि कठिन छ।

अहिलेको दवावको आन्दोलनमाथि पनि केही सैद्धान्तिक प्रश्न उठेका हुन सक्छन् । यद्यपि, यो आन्दोलन दोषीलाई कारवाही गर्ने तहसम्म अझ दवावमुलक भएर जानुपर्दछ । महिला होस वा पुरुष हिंसाका कुनैपनि घटनाको भत्र्सना सहित हर क्षेत्रबाट विरोृध हुनु जरुरी छ । सडक, सामाजिक सञ्जाल, राजनीतिक वृत्त सवैतरिबाट दवावमुलक आन्दोलन भएमात्र समाजमा हुने यस्ता घटनामा न्युनिकरण आउने सम्भावना देयिखन्छ । अन्यथा, विरोधहरु भइरहने र घटनाहरु भइरहने क्रम भने निरन्तर चलिरहला ।

Friday, January 4, 2013

बलात्कारीको मुलुकमा



तिमीले त्यो अपराध गरेका छौ
मसानघाटमा तिम्रो बास होस
मुर्कुटाहरुको बस्तीमा जीवन विताउनु
पापीहरुको सहरमा निर्लज्ज बन्नु
–यस्तै श्राप दिएकी थियौ ।

जीवनभर सुखी र खुसी नहुनु
लासहरुको स्कर्टिङ होस तिमिलाई
अपराधको कठोर भुमीमा पर्नु
अपराधीहरु तिम्रा भुमीपति हुन्
–यसै भनेकी थियौ ।

सुन्दर इतिहाँस भएपनि तिमी कालोपात्र बन्नु
चर्चा र बरदानभित्र दुखमात्र झेल्नु
संसार उँचो हुँदा तिम्रो कद निँचो होस
घरवरिपरि नरहत्याराको बास होस
–यसरी चिच्याएकी थियौ ।

त्यसैले सायद,
हत्याराहरुको नेतृत्वलाई स्वीकारेर
बलात्कारीको मुलुकमा
यसरी शव्द कोर्ने पीडा भोगिरहेको छु ।

–विनोद ढकाल

गुमेको मुटु

-विनोद ढकाल

धेरै समयपछि फेरि,
मेरो मुटु कहीँ छाडियो, हरायो ।
मबाट अलग भयो, छुट्टियो
डेरा स¥यो, नासो बन्यो अन्त कतै ।

जसी मुटुविना नै धड्कन
धड्कन वेगरै रक्तसञ्चार
रक्तसञ्चारको विकल्प प्रेमबाट
दशकअघि बाँचेको थिएँ ।

फेरि, सास कतैबाट चलेजस्तो
थाहा छैन कहाँबाट चल्यो
स्वासप्रश्वासले सहारा टेक्यो
थाहा छैन, कहाँ टेक्यो ।

जसरी हावाविना बाँचिएको थियो
बाँचेको महसुस हुँन्नथ्यो
पैँचो प्रेम गुमाएपछि
थाहा थिएन कसरी बाँचिन्थ्यो

मैले विर्सिएको थिएँ– चोरी हुन्छ मुटु
कल्पना गरेको थिइन– हराउँछ धड्कन
अपेक्षा थिएन– अन्तै सर्नेछ सास
विश्वास थिएन– फेरी हुन्छ प्रेम ।

लामो समयपछि फेरि,
मुटु हरायो । छुट्टियो । विर्सिएँ कतै
धड्कन विलिन भयो । अलप भयो ।
सास अन्तै पुग्यो । खै, कहाँ पुग्यो ।
थाहा छैन, उनले भेट्टाइन\भेट्टाइनन् ।  

२०६९ पुस २०




Thursday, January 3, 2013

मलेशियामा पीडा र पलायन

डी. विनोद

खोटाङका पदमबहादुर कट्वालको अहिले कुम चल्दैन । वैदेशिक रोजगारीका क्रममा मलेशियामा अवैधानिक रुपमा पुगेका उनले काम गरेको कम्पनीबाट क्षतिपूर्ति पनि पाएनन् । ३५ वर्षिय कट्वाल मलेशिया स्थित नेपाली दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि नेपाल फर्किए । ‘काम गर्ने क्रममा दुर्घटनामा परेर मेरो देव्रे कुममा चोट पुग्यो ।’ उनले भनेकाछन्,‘एक महिना मलेशियाको अस्पतालमा बसेपछि म नेपाल फर्किएको हुँ ।’ दुर्घटनामा परेर घाइते भएपछि न उनी हिँड्न सक्थे न त कुनै साधारण काम नै ।
प्रवासी नेपाली समन्वय समितिको पहलमा दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि उनी नेपाल फर्किएका हुन् । मलेशिया स्थित लिस्पाल कम्पनीमा कार्यरत उनी अवैधानिक कामदारको सुचीमा भएका कारण क्षतिपूर्ति पाउनबाटपनि बञ्चित भए । अवैधानिक रुपमा वैदेशिक रोजगारीमा जानुको जोखिम व्यहोरिरहेका कट्वालमात्र एक्ला पीडित होइनन् । यस्ता कयन पीडितहरु छन् जो सरकारी, गैरसरकारी संस्था र मानिसको सम्पर्कमा अहिलेपनि आउन सकेका छैनन् ।  त्यस्तै झापाको तोपगाछी–१ का हरिकुमार घिमिरेको पनि मलेशियामा दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका उनलाई वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले नेपाल झिकाएर उपचार गराइरहेको छ ।
धादिङका २२ वर्षिय कमल श्रेष्ठ २०६६ साल भदौ १ गते मलेशिया उडेका थिए । परिवारको आर्थिक सपना बोकेर काठमाडौंको व्लु ओसन ओभरसिजबाट मलेशियामा पुगेका उनका परिवारलाई सन्तोष श्रेष्ठ, कमल श्रेष्ठले छ महिनासम्म उनको बारेमा खबर दिने गरेका थिए । तर, धेरै समयसम्मपनि उनको परिवारसँग सम्पर्क हुन सकेको थिएन । उनका परिवार यता चिन्तामा रहेका बेला झण्डै दुई वर्षपछि उनले घरपरिवारलाई सम्पर्क गरेका थिए ।
उनले २०६८ भदौ २५ गते परिवारलाई सम्पर्क गरी घर र्फकने बताएका थिए । तर, उनी भनेको समयमा घर फर्कन सकेनन् । त्यसबीचमा पनि उनी सम्पर्कविहीन हुन पुगे । झण्डै एक वर्षपछि गत भदौ २५ गते उनले आफ्ना काकाका छोरालाई फोन गरी आफु जेलमा परेको खबर सुनाए । त्यसपछि परिवारमा चिन्ता बढ्यो । ‘परिवारले टिकटका लागि पैसा हालिदिए घर फर्कने छु, मैले कम्पनी छाडेका अर्को कम्पनी गएकाले प्रहरीले पक्राउ गरी जेलमा राख्यो ।’ उनले काका छोरालाई भने,‘टिकटको व्यवस्था गर्ने बतावारण मिलाइ देउ ।’ उनी अहिले जेलबाट छुटेका छन् तर कानुनी प्रकृयाको काम भने सकिएको छैन, मलेशियामा नै छन् । यसरी समस्यामा पर्ने धेरे मानिसहरु मलेशियामा छन् । जो आफुलाई नेपाल फर्काउनका लागि अपिल गरिरहेका छन् । ‘हामीसँग वहाँका परिवारका सदस्यहरु पनि आउने गर्नुभएको छ । हामीले पीडितहरुको बारेमा सोधी खोजी र उद्दारका लागि कागजी सहयोगमा हात हालिरहेका छौं ।’ प्रवासी नेपाली समन्वय समितिकी अस्मिता सापकोटाले भनिन्,‘हाम्रा जिल्ला र कतारमा रहेको सम्पर्क कार्यालय र काठमाडौंमा पनि यस्ता गुनासा आइरहेका छन् ।’
धन कमाएर परिवारको सपना पुरा गर्ने लक्ष्य लिएर झण्डै एक हजार सात सय युवाजनशक्ति मुलुकबाट प्रत्येक दिन बाहिरिने गरेका छन् । सवैका सपना सोचेजसरी पुरा हुने गरेका छैनन् । कही धन कमाएर नेपाल फर्किने गरेका छन्, केही समस्याको चाङमा रुमल्लिने गरेका छन् भने केही उतै पालयन हुने गरेका छन् ।
गतिलो गन्तव्यका रुपमा रहेको मलेशियामा जसरी नेपाली युवा श्रमशक्तिको जाने क्रम बढेको छ, त्यसरी नै पलायन हुने क्रमपनि बढ्न थालेको छ ।
मलेशियामा कार्यरत नेपाली समाजको अध्ययनअनुसार पाँच हजार नेपाली कामदारले विदेशी महिलाहरुसँग विवाह गरी मलेशियामा घरजम गरेका छन् । मलेशियन, फिलिपिनो, इण्डोनेशियन लगायतका देशका महिलाहरुसँग नेपालीहरुले विवाह गरेको तथ्याङ्कमा उल्लेख छ । कम्तिमा दुई हजार नेपाली युवा नेपालमा घरजम भएको तथ्याङ्क मलेशियास्थित नेपाली समाजले निकालेको छ ।
प्रवासी कामदारहरुले मलेशियामा विवाह गरेर बसेको तथ्यलाई मलेशियन सरकारले पनि पुष्टि गरेको थियो । मलेशियाको सवाह राज्यमा मात्र ३६ हजार आप्रवासीका बच्चाहरु रहेको थ्याङ्क सार्वजनिक गरेको थियो । विवाह लगायतका विभिन्न कारणहरु उल्लेख गर्दै मलेशियाबाट प्रकाशित स्थानिय अखबार ‘मलेशिया खबर’ले एघार हज्जार नेपालीहरु त्यहाँ हराइरहेको तथ्याङ्क छ महिनाअघि सार्वजनिक गरेको थियो । अहिले उक्त संख्या बढेको अनुमान गरिएको छ ।
वैदेशिक रोजगारीबारे अध्ययनसहित काम गरिरहेको प्रवासी नेपाली समन्वयन समितिले यस्तो तथ्याङ्क देखाएको हो । विदेशी महिलासँग विवाह गरेर उतै बस्ने नेपालीहरु आफन्तसँग सम्पर्क समेत गर्दैनन् । उनीहरु लमो समय बस्नका लागि पनि यसरी विवाह नै गर्न आतुर हुने गरेको अनुमान गरिएको छ । ‘धेरै नेपालीहरु यसरी पलायन भएका रिपोर्टहरु आइरहेका छन् । केही मानिसहरु पलायन भएर पनि बषौपछि सम्पर्कमा आएका केही उदाहरणपनि छन् ।’ प्रवासी नेपाली समन्वय समितिकी सापकोटा भन्छिन्,‘हामीकहाँ आएका रिपोर्ट र सुचनाहरुले यस्ता कुराको पुष्टि गरेको छ ।’
मलेशियाका लागि बढेको श्रम आकर्षणसँगै त्यहाँ समस्या बढीरहेको हो । ०६९÷७० को मंसिर मसान्त अर्थात् पाँच महिनाको तथ्याङ्कलेमात्र पनि मलेशियामा श्रमस्वीकृति लिएर जाने कामदारको संख्या उच्च पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार मलेशियामा मात्र पाँच महिनामा ६३ हजार दुई सय ३३ नेपाली युवाश्रमशक्ति पुगिसकेका छन् ।

'देश फर्कन पाउँ'

वैदेशिक रोजागारीमा आफन्तको भरमा परिजाँदा पीडा खेप्नेहरु कम छैनन् । गाउँमा एजेन्ट र विदेशमा आफन्तले जारी गरिदिएको भिसामा लाख खर्च गरेर जानेहरु तलव नपाएर पीडित हुनुपरेको छ । काम छाडेर अन्यत्र जान नपाइने र तलव नपाउने पीडा अहिलेपनि बढिरहेको छ । खाडीका प्राय देशमा पीडित नेपाली कामदारहरु न्याय खोज्दै दुतावास पुग्ने गरेका छन् ।
एकसाता अघिमात्र कतारको दोहास्थित दुतावासमा पाँच नेपाली कामदार मुलुक फर्काउन अपिल गर्दै पुगेका छन् । उनीहरुले नेपालमा रहेका आफन्त, अधिकारवादी संस्थासँग पनि सम्पर्क गरिरहेका छन् भने दुतावासमा पनि नेपाल फर्काउन चाँजो मिलाउन अपिल गरेका छन् ।
सप्तरीका क्षति कुर्मी एक साता अघि कतारको दोहास्थित नेपाली दुतावासको शरणमा पुगेका छन् । उनले आफु कार्यरत कम्पनीले छ महिनाको तलव नदिएपछि दुतावासको शरणमा पुगेका हुन् । उनी अहिले नेपाल फर्किने टिकटको पखाईमा छन् ।
‘सुरुको १५ महिना तलव दिएपनि त्यसपछिका दिनहरुमा हामीले काममात्र गर्नुप¥यो, तलव दिने काम भएन । हामीले यहाँ आउन गरेको लगानी पनि उठाउन पाएनौं ।’ उनले दुतावास अधिकारीलाई दिएको बयानमा उल्लेख छ,‘९० हजारका दरले हामीले रकम खर्च गरेर व्यक्तिगत भिसामा यहाँ आएका थिौं ।’ कुर्मीसँगै सप्तरीका अनिलप्रसाद कुर्मी, कमल थापा र रामदास सुनार पनि अहिले दुतावासको शरणमा छन् । त्यस्तै सुनसरीका इन्द्रदेव राययादव पनि दुतावासमा नेपाल फर्काउन अपिल गर्दै आइपुगेका छन् ।
‘हामी पाँचैजना यहाँको ‘इन्ट्रिगल कम्पनी’मा कार्यरत थियौं । तर, कम्पनीले हामीलाई भनेजसरी नियमित तलव दिएन । काममात्र गर्नुपर्ने तलव नपाउने भएपछि मुलुक फर्किनका लागि हामी दुतावासको शरणमा आएका हौं ।’ थापाले बयानमा भनेका छन्,‘यहाँ दुतावासमा पनि बस्न समस्या भइरहेको छ । चिसो छिडिमा हामी बसिरहेका छौं, चाँडो मुलुक फर्किन पाए हुने थियो ।’
सन् २०१० को सेप्टेम्बरमा उनीहरु इन्ट्रिगल कम्पनीमा काम गर्न पुगेका थिए । उनीहरुको उद्दारका लागि प्रवासी नेपाली समन्वय समितिले टिकट लागि पहल गरिरहेको छ । समितिका अनुसार उनीहरुको नेपाल फिर्तिको तयारी भइरहेको छ ।

काममा जानेलाई टिप्स

यदि तपाई वैदेशिक रोजगारीमा जानु हुँदैछ भने निम्म कुराहरुमा ध्यान दिनुहोस ।

–    खर्च र आम्दानीको राम्रो जानकारी लिएरमात्र वैदेशिक रोजगारीमा जानुहोस ।
–    वैदेशिक रोजगारीमा जानुअघि अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनुहोस ।
–    जानी जानी गलत कागजात, व्यावसायीक वा भिजिट भिसामा वैदेशिक रोजगारीमा जानु खतरा हुन्छ । त्यसकारण यस्तो जोखिम उठाउन हुँदैन ।
–    वैदेशिक रोजगारीमा जाँदा आवश्यक सवै कागजातको एक–एक प्रति आफु र परिवारको साथमा अनिवार्य हुनुपर्दछ । यसले समस्या पर्दा सहयोग पु¥याउँछ ।
–    वैदेशिक रोजगारीमा जानु आफ्नोमात्र नभएर परिवारको पनि सल्लाह अनिवार्य हुन्छ । घरपरिवारसँग सल्लाह गरी मानसिक रुपमा रोजगारीमा जानका लागि तयार हुनुपर्दछ ।
–    विदेशमा रहँदा नेपाली दुतावास, घरपरिवार, नेपाली संघसंस्थासँग नियमित सम्पर्कमा रहनुपर्दछ । यसो हुँदा समस्यामा परेका बेला उद्दारका लागि सहज हुन्छ ।
–    आफ्नो करार अवधि सकिएपछि स्वदेश फर्किएर विमा र पुनःश्रमस्वीकृति गरेर फर्किनु पर्दछ । यसो हँुदा विमा रकम र क्षतिपूर्ति सहयोग पाउन समस्या हुँदैन ।
–    विदेशमा कोठामा सुत्दा एसीको प्रयोगपनि सही किसिमले गर्नुपर्दछ । नजानेको कुरा सिकेर जानुपर्दछ । विदेशको वातावरणबारे पहिले नै ज्ञान राख्नुपर्दछ ।
–    खासगरी खाडी मुलुक जाँदा पान पराग, पान मसला, चुरोट, सुर्ती प्रतिबन्ध छ । यसलाई लैजानु हुँदैन र प्रयोग गर्नु हुँदेन । मदिरा पनि प्रतिबन्धित छ ।

Wednesday, January 2, 2013

सायद, जीवित भेटिन्नन्, आत्माहरु


–विनोद ढकाल

कहीँ आत्मा हुन्छ भने
हे आत्मा हो, जगाऊ भुत
जगाउ, विगत र वितेका घडी
म शताव्दिअघि फर्कन्छु ।

पटाँस पट्कीए जसरी
बुहारीघाँसको लाजजस्तो
कान्लामाथिको श्लीलता ढाकेर
नाङ्गो–उदांगो सहर छाड्छु

दिक्दारी यो कोलाहल
षडयन्त्रका संगिन काँडाहरु
कठपुतली अधिकारकर्म गर्नेहरु
यी सवै छाडेर विलिन हुन्छु

कहीँ कतै आत्माहरु जीउँदा पाएँ भने सोध्नेछु–
के दिएर गएका थियौ ?
के महसुस गरेका छौ ?
के अपेक्षा राखेथ्यौ ?
के पाइरहेका छौ ?
यो कृत्रिम बस्तीमा
सायद,
जीवित भेटिन्नन्, आत्माहरु पनि ।
(१८, पुस, २०६९) 


विदेशी शक्तिस्वार्थमा नेपाली राजनीति

विनोद ढकाल
अन्तर्राष्ट्रिय शक्तिको ध्यान नेपालको सरकारमा रहनुका अनेक कारण हुनसक्छन् । तर, मुख्य दुई शक्तिराष्ट्रहरु चीन र भारतको ध्यान उनका आफ्ना स्वार्थमा केन्द्रित छन् । यी दुई राष्ट्र बाहेक पश्चिमा मुलुकको नेतृत् वगर्ने अमेरिकाको ध्यान झनै तिव्र रुपमा खिचिएको छ ।
यस्ता स्वार्थका उदाहरणहरु उनले गर्न खोजेको नयाँ प्रयोग र सरकारी स्तरका प्रस्तावहरुले पुष्टयाँई गरिरहेको छ । नेपालमा बढ्ने पाकिस्तानी चहलपहल र नक्कली भारतीय नोटमात्र होइन, पाकिस्तानको प्रभावलाई कमजोर पार्न चाहन्छ, भारत । उसले पाकिस्तानको नेपालमा प्रभाव बढ्नु र चीनको पनि भुमिका सक्रियता हुनुले आफु कमजोर हुने कुटनीतिक विश्लेषण गरेको छ । त्यसकारण भारतीय सञ्चारमाध्यमहरुले पनि नेपालमा भएका चीनियाँ सहयोग र पाकिस्तानीहरुप्रतिको सहानुभुतिलाई भारतलाई कमजोर बनाउने नियत भएको खबर गर्छन् । यतिमात्र हैन, भारतीय सरकार संयन्त्र पनि यस कुरामा सजग छ । जसका कारण काठमाडौं लगायतका ठाउँमा उसका जासुसहरुको भुमिका तिव्र हुने गरेको छ । हुन त काठमाडौं खासगरी अन्डरवल्र्ड अपराधको शाखा पनि बन्दै गएको छ । तर, यी सवै घटनाहरु मुलुकको भारत र पाकिस्तानसँग जोडिएको छ भने चीनको समस्याका रुपमा व्याख्या हुने तिव्वती शरणार्थीसँग पनि जोडिएको छ । यी मुद्दाहरु बनेका छन् तर आर्थिक शक्तिका रुपमा विकास भइरहेका चीन र भारतको प्रतिष्पर्धा तथा दक्षिण एसीयामा प्रभुत्व जमाउने स्पर्धाका रुपमा पनि भइरहेको पाइन्छ । यी छिमेकी मुलुकहरुको मुद्दामा नेपाली राष्ट्रियता, राजनीति र सरकारको विषय जतिवेला पनि चक्रव्युहमा परिरहेको छ ।

पछिल्लो समयमा नेपालमा विदेशी शक्तिराष्ट चीनका प्रधानमन्त्री बेन जियाबाओको पाँच घन्टे नेपाल भ्रमणले पनि केही प्रभाव छाडेको थियो । उनको भ्रमण हुनासाथ भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको भ्रमण हुने चर्चा भारतीय दुतावासले गरेको थियो । तर, त्यो अहिलेसम्म पनि हुने टुंगोचाँही लागेको छैन ।
जियाबाओको भ्रमण नेपालसँगको सम्बन्ध विस्तारका लागिमात्र नभएर नेपालमा तिव्वती शरणार्थीको अवस्था र उनीहरुलाई सहयोग गरिरहेको शक्तिको विषयमा जानकारी लिनु पनि रहेको विश्लेषण गरिएको थियो । किनभने त्यसको केही महिनाअघि मात्र नेपालका लागि चिनियाँ राजदुत याङ होउलानले चीन विरोधी गतिविधि तिव्र रुपमा बढेको सार्वजनिक अभिव्यक्तिमात्र दिएनन् । त्यसबारे अध्ययन गर्ने चिनियाँ अधिकारीहरुको रिपोर्ट नै भएको दावी समेत गरेका थिए । चीनीयाँ विशेष टोलीले दिएको रिपोर्टका आधारमा यस्तो भइरहेको पत्ता लागेको उनको धारणा थियो । पश्चिमा शक्तिहरुप्रति लक्षित गर्दै उनले भनेका थिए–‘चीन विरोधमा कसले के के गरिरहेका छन्, हामीलाई राम्रोसँग जानकारी छ । तर, नेपाल सरकार चीन विरोधी गतिविधि नियन्त्रणमा गम्भिर छन् भन्ने हामीलाई लागेको छ ।’
    विश्वको उदयमान शक्ति चीन पछिल्लो समयमा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपकारी भुमिकामा देखिएको छ । उसको लक्ष्य नेपाली राजनीतिको पहुँचमा चीन विरोधी गतिविधिलाई रोक्नु नै हो । उता, अमेरिकाले भने तिव्वतको स्वतन्त्रताका लागि सहयोग गरिरहेको छ । उसले दलाई लामालाई सहयोग गरिरहेको छ । त्यसका लागि पनि नेपालमा हुने गरेको तिव्वत विरोधी गतिविधिको समर्थनमात्र होइन, त्यस्ता शरणार्थीलाई अमेरिका पु¥याउनका लागि पनि निकै प्रभावकारी उपस्थिती देखाइरहेको छ । उसले नेपालले यस कार्यमा सहयोग गर्नुपर्ने धारणा आन्तरिक संसदीय वैठकहरुमा राखिरहेको समाचार संस्थाहरुले उल्लेख गरिरहेकै छन् ।
विश्वको नयाँ शक्तिका रुपमा उदाइरहेको चीनको सैन्यशक्ति, आर्थिक उन्नती र आणविकविकासदेखि पश्चिमा मुलुकहरु डराएका छन् । विशेषगरि विश्वमहाशक्ति अमेरिका चीनको शक्ति संचयसँग भयभीत भएका कारण उसलाई कमजोर बनाउने रणनीतिमा चलेको छ । चीनको आन्तरिक द्वन्द्व नै उसको कमजोरीका रुपमा बुझेको अमेरिकाले स्वतन्त्र तिव्वतको आन्दोलनमा दलाईलामालाई सहयोग गर्नुमा उसको स्वार्थ हुनसक्ने अन्तराष्ट्रि मामिला विश्लेषकहरु बताउँछन् । त्यसलै विश्वमामिलामा अमेरिकीहरुले नेपाली भुमिलाई महत्वका साथ हेरेका छन् । सकभर चीन विरोधमा भारतबाट नै आफूलाई परिचालन गर्नखोजेपनि अधिकतम शरणार्थीहरु नेपाली भुमिमा रहेका कारण पश्चिमाहरुको भुमिका नेपालजस्तो विकासउन्मुख देशमा बढि देखिने गरेको छ । यसमा भारतीय सक्रियताले पनि निक्कै ठूलो प्रभाव पारेको छ । जसका कारण नेपाली विमानस्थलको व्यवस्थापनसम्मको प्रस्ताव भारतले गरेको अवस्थामा हामी बहस गरिरहेका छौं ।
चीनसरकारप्रति देखाउनुपर्ने सहानुभुति र विश्वशक्ति अमेरिकाको दवावको चेपुवामा परेको छ नेपाल । एकचीन नीतिप्रति इमान्दार देखिएको नेपालले निर्वासित तिव्वती धार्मिका गृुरु दलाई लामाको नेपाल प्रवेशका लागि गरिएको आग्रहलाई मानेको थिएन । नेपाल सरकारले उनलाई प्रवेशआज्ञा दिएन । चीनसँगको सम्बन्ध सुधार तथा एकचीन नीतिप्रति इमान्दारीताका लागि नेपालले यस्तो निर्णय गरेको थियो । जबकी दलाई लामा भारत हुँदै पश्चिमा मुलुकहरुमा सजिलै प्रवेश पाउन सफल छन् ।
छिमेकीसँगको सम्बन्ध सुधार र विश्वशक्तिसँगको सहकार्यको निरन्तरतालाई कसरी लैजाने भन्ने अवसर र चुनौतिमा अहिले नेपाल सरकार परेको छ । यसैबेला अमेरिकामा नेपालबारे उठेको छलफलको मुख्य कारण पनि निर्वासित तिव्वतीहरु नै हुन् । तिव्वती शरणार्थीलाई नेपाल हुँदै तेस्रो मुलुक जान नदिएमा अमेरिकालले नेपाललाई दिदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिइसकेको छ । चीनको स्वासित क्षेत्र तिव्वतबाट नेपाल पसेका शरणार्थीहरुलाई अमेरिका लगायतका अन्य मुलुक जानका लागि नेपाल सकारले एक्जिट भिसा उपलव्भ नगराए अमेरिकाले नेपाललाई वार्षिक दिदै आएको लाखौं डलरको सहयोग रोक्ने चेतावनी आउनुले पनि अहिले नेपालको भुमिका कस्तो हुन्छ ? वा बनाउनुपर्छ भन्ने बहस अत्यन्तै महत्वको विषय हुनुपर्ने हो । अमेरिकी कांग्रेसको वैदेशिक साहयता सम्बन्धि समितिमा भएको तिव्वत मामिला सम्बन्धि छलफलमा नेपालले तिव्वती शरणार्थीप्रति गर्दै आएको व्यवाहार नसुधारेमा सहयोग कटौतीमात्र नभई पुरै रोक्ने छलफल भएको छ । तिव्वती शरणार्थीप्रतिको व्यवाहार नसुधारे नेपालका लागि अमेरिकाले गर्दै आएको सहयोक रोक्ने प्रस्ताव संसदमा लैजाने तयारी गरेको ओल्फले फ्रान्सेली समाचार संस्था एएफपीसँग बताएको केही साता अघिमात्र सार्वजनिक भएको थियो ।

अमेरिकाले नेपालको विकासका लागि सन् २०१० मा साढे चार अरव रुपैैंया सहयोग गरेको सरकारी तथ्याङ्क छ । उसले यस बाहेक विभिन्न प्याकेजमा सन् २०१३ सम्म नेपाललाई १६ अरव रुपियाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । यही घोषणाको सहयोग समेत रोक्न सक्ने चेतावनी पनि स्वार्थकेन्द्रित देखिन्छ । नेपालका लागि चीन सहयोगी छिमेकीका रुपमा उदाउँदो छ । उसले नेपालको विकास निर्माणमा र सैन्य बलमा समेत पछिल्लो समयमा खुलेर सहयोग गर्दै आएको छ । स्वार्थ विनाको सहयोग हुँदैन भन्ने सामान्य सिद्धान्तलाई केलाउने हो भने चीन नेपालमा स्वतन्त्र तिव्वतका स्वरहरु सुन्न चहाँदैन । र, वार्षिक विभिन्न कोणबाट सहयोग गरिरहेका अमेरिका लगायतका पश्चिमा मुलुक भने सँधै चीन विरोधी गतिविधि सुनियोस भन्ने चाहना राख्छन् ।
यी र यस्ता निक्कै घटनाहरु छन् । पश्चिमा शक्तिसहित भारतीय संस्थापनले पनि आफ्ना स्वार्थमा काम गर्न नेपाललाई ‘हव’ बनाउने प्रयत्न गरेका छन् । त्यसको दवावमा नेपालका हरेक सरकार प्रभावित हुने गरेका छन् भने चीनले पनि आफ्नो प्रतिरक्षाका लागि नेपाली प्रशासनयन्त्रलाई दवाव दिने गरेको छ । विश्व मानचित्रमा नेपालको आकार सानो भएपनि अहिले विश्वका महाशक्तिहरुबीच महत्वको विषय बनेको छ । विश्वको जल्दोबल्दो विषय ‘स्वतन्त्र तिव्वत’का लागि निर्वासित तिव्वतीहरु र एक चीन नीति मध्ये कसलाई सहयोग गर्ने भन्ने विषयमा अहिले दुविधामा छ नेपाल सरकार । एकातिर चीनको दवाव र अर्कोतिर अमेरिकाको दवाव परेको छ । छिमेकीको नाताले एकचीन नीतिलाई कायम राख्नका लागि चीनको दवाव छ भने शरणार्थीको अधिकारलाई कायम राखि तेस्रो मुलुकको ‘एक्जिट भिसा’ दिनुपर्ने अमेरिकी दवाव छ । चीनले अहिले पनि आर्थिक सहयोग जारी राखेको छ भने अमेरिकाले आफुले भनेको काम पुरा नभए आर्थिक सहयोगलाई रोक्ने चेतावनी दिइसकेको छ ।
तरुण साप्ताहिकको नियमित स्तम्भ सरोकारमा गएको सोमबार प्रकाशित लेख हो ।