Tuesday, March 27, 2012

बलियो जग बन्ने धोको


काठमाडौं–प्रचारमुखि दुनियाँमा पर्दा अगाडीबाट चर्चा कमाउन खोज्नेहरुको ताँती नै हुन्छ । जति आवरणहरुले चर्चा कमाउने गरेको छ, त्यस चर्चाको अन्तरनीहित सत्यका पात्रचाँही अरु नै हुन्छन् । अर्थात, पर्दापछाडीबाट परिश्रम र मेहनतका फोहरा नछुटाउने हो भने पर्दा अगाडीका कामहरु स्वादिला र चोटिला बन्न सक्तैनन् । हुन त जीवन पर्दा अगाडीको नाटक हो, संसार नाट्यमञ्च र हामी कलाकार । कोही पर्दा पछाडी छ भने जसले जीवन र जगतचलाई चलाउने गर्दछ, जो आजसम्म आस्थावान त छ तर सार्वजनिक गर्ने हिम्मत हामी पात्र’मा छैन । यस्तै भावनाहरुको प्रेरणालाई स्रोत बनाएर प्रतिष्पर्धाको भीँडमा हिँड्नु उनको सोख हो । एक आम युवती, सरल स्वभाव, मुल्याङ्कनयोग्य कामको खोजी गर्ने बानी यहि विशेषतालाई पछ्याउने नाम हो, मिनाक्षी कोइराला । पत्रकारिताकी विद्यार्थी, कलाकारीताकी अव्वल सिकारु । जसले तीनवटा म्युजिक भिडियोमा आफ्नो निर्देशनको कौशलता देखाउने भरपूर प्रयास गरेकी छन्, अव कुनै खास चलचित्रको सहनिर्देशनको प्रस्तावित उमेद्वार पनि हुन् ।
म्युजिक भिडियो होस वा फिल्म त्यसको प्राविधिक, निर्देशनको काम राम्रो हुँदा त्यसको सफलता देखिन्छ तर कमजोर हुँदा त्यो जति नै राम्रा कलाकारहरुको जमात खडा गरेपनि त्यसको परिणाम बजारले देखाउने निश्चितै छ । आवरण भन्दा पनि परिश्रम सुन्दर हुनुपर्छ भन्ने चाहनामा विश्वास गर्छिन् उनी । २१ आंै शताव्दिमा नेपाली युवतीहरु प्राविधिकपक्षमा पनि उत्तिकै बलिया हुनसक्छन् भन्ने उदाहरण बन्ने प्रयासमा छिन् उनी । भन्छिन्,‘युवतीहरु पर्दा अगाडीको सुन्दरताका लागिमात्र रोज्ने परम्पराको विकास भएको छ । तर, पर्दापछाडीका काममा पनि हामी उत्तिकै अव्वल छौं भन्ने कुराचाँही बुझ्न जरुरी छ ।’
हुन त विश्वबजारमा युवतीको सुन्दर आवरणलाई पर्दा अगाडीका मञ्चहरुमा व्यापारको नमुनाका रुपमा प्रस्तुत गर्ने प्रचलन बढेको छ । पश्चिमा मुलुकदेखि लिएर पूर्वी सभ्यतामा विकास उन्मुख मुलकमा पनि यो क्रमको तिव्रता छ । नेपाली कलाकारिता पनि यहि क्रमको निरन्तरता नै बन्ने प्रयासमा छ । नमुना देखाएर कमसल सामानको विक्रि गर्नु क्रेताप्रतिको विश्वासघात हो । अझ, कलाकारिताले यसो गर्नुचाँही आफ्नै लोकप्रियता गुमाउने आत्मघाती हतियार हो । भौतिक सुन्दरतालाई विक्रि गर्न सक्थिन उनी, किनभने सहरमा उनको भौतिक सुन्दरताले धेरै सुन्दरीको ताज पहिरिनेहरु मात खानसक्छन् । ‘जुन क्षेत्रमा हात हालिएको छ, त्यसक्षेत्रमा हामी युवतीहरु पनि बलियो जग बन्नसक्नुपर्छ भन्ने मेरो धारणा हो । मलाई सुन्दर घर बन्ने होइन, बलियो जगमा उभिएको सुन्दर, बलियो र टिकाउ घर निर्माण गर्ने रहर हो । म त्यो जग कसरी बन्ने भन्ने सिकाइको क्रममा छु ।’
कामलाइ बुझ्ने समाज बटुल्नु अहिलेको आवश्यकता हो । को पुरुष को महिला हैन, को काममा अव्वल छन्, कसले राम्रो काम गर्न सक्छन् भन्ने प्रतिष्पर्धा अहिलेको आवश्यकता हो । समानताका आवाजहरु, अधिकारका प्रयोगहरु भाषण, शव्द र अक्षरबाटमात्र होइन हरेक क्षेत्रमा हरेक प्रकारले व्यवाहारिक बन्नुपर्छ भन्ने सोच कोइरालाको छ । उनी आफुले अँगालेको कलाकारिताको क्षेत्र त्यस्तै बनाउने सानो झुण्डको सहयोगी हात बन्न रुची देखाउँछीन । गायक शिव परियारको कुनै नयाँ म्युजिक भिडियोका लागि कलाकारको खोजी गरिरहँदा चियागफमै उनी भन्छिन्,‘त्यो नमुना रुपले होइन, कलाकारिताले भरिएको हुनुपर्छ । रुपका कलाकार सहरमा धेरै छन्, कलासहितका कलाकार अत्यन्तै कम छन् भन्ने मैले अनुभव गरेकी छु ।’
अनुसन्धान सहितका वास्तविक परिघटनालाई चित्रण हुनेगरि नेपाली समाजको दृश्यलाई पर्दामा उतार्ने महत्वकांक्षी योजना उनले बनाएकी छन् । भर्खर सुरु भएको आफ्नो क्यारिअरको लामो अनुभवपछि समाजले पचाउने, जनताले पत्याउने, ठूलो नभएर राम्रो काम सकेसम्म पुरा गरेरै छाड्ने उनी बताउँछिन् ।

Monday, March 26, 2012

अस्तित्वमा प्रत्याक्रमणको नियती

विनोद ढकाल

नेपाली कम्युनिष्ट आन्दोलनलाई देखेका, भोगेका र सहभागी भएर अहिले निस्क्रिय रहेकाहरु सरल विश्लेषण गर्छन–‘नेपाली कम्युनिष्ट पार्टीहरु एक भएर बस्न सक्तैनन् ।’ चाहे ती एकीकृत माक्र्सवादी–लेलिनवादीको फुटको कथा हुन् वा एकताकेन्द्र मसाल टुक्रिएका इतिहाँस हुन् । अथवा, जनमोर्चाको विभाजनका तथ्यहरु अघि सारेर होस्, यस्तै सरल विश्लेषणका टिप्पणीहरु अहिलेको एकीकृत माओवादीभित्र देखिएको विवादको सन्दर्भमा सुन्ने, देख्ने र बोल्ने गरिएको छ । एकथरीले नेपाली आन्तरिक राजनीतिमा हुने हलचलको दोष छिमेकी मुलुक भारतलाई जोडेर टिप्पणी गर्छन् । केही आधारहरुलाई देखाएर त्यस्ता विश्लेषणहरु जनसतहमा देखा पर्न थालेका छन् । उनीहरु भन्छन्– नेपाली राजनीतिमा भविष्य निर्धारणको खेल नयाँ दिल्लिका विशिष्ट होटलहरुमा हुने गरेको छ । राणा शासनको अन्त्य होस, पञ्चायतकालका अघिपछिका घटनापरिघटना हुन् अथवा ०४६ सालको आन्दोलनको पेरीफेरि । पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका अन्तरनीहित कारणहरु हुन् वा माओवादी जनयुद्धकालदेखि १२ बुँदे सम्झौता, शान्ति प्रकृयाका कदमहरु र दोस्रो जनआन्दोलनले स्थापित गरेको नेपाली गणतन्त्रको उल्लास । सवै प्रकरणमा नयाँदिल्लिको दृष्टि दाहिने नै थियो । यस कुरालाई भारतका परराष्ट्र मामिलाकारहरुले स्वीकार गर्दछन् । जवसम्म दक्षिण एसीयाको केन्द्रिय राजनीतिमा आफ्नो प्रभाव रहन सक्तैन, तवसम्म भारतले दक्षिण एसीयामा जमेको आफ्नो भुमिकालाई कायम राख्न सक्तैन । दक्षिण एसीयाका कमजोर राज्यहरुले भारतको विरोध गर्दा त्यहाँको विरोधी शक्तिको आयतनलाई उसले राम्रैसँग हेक्कामा राखेको हुन्छ । यो सन्दर्भ बढि से बढि नेपाली राजनीतिसँगपनि सम्बन्धित छ । खासगरी, पछिल्लो चरणमा एकीकृत नेकपा माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पनि । भारतविरुद्ध थालिएको अभियानका क्रममा उनी जति क्रान्तिकारी देखिए, उनको पार्टीले त्यति नै राजनीतिक मुलधारमा क्षति व्यहोरेको थियो । यहि कुरालाई पार्टीका विभिन्न भेलाहरुमा छलफल गरेर भारतसँग नयाँ ढङ्गबाट सम्बन्ध सुधारको नीतिलाई प्रचण्डले पछ्याए । उपाध्यक्ष डा. बाबुराम भट्टराइलाई प्रधानमन्त्री बनाएर आफ्नो कुटनीतिक सम्बन्धको आयतनलाई बढाएपनि प्रचण्डले आफुभित्रका विद्रोहीधारको ‘चड्कन’ पाएका छन् । युद्धकालमा गद्दारीको नाममा हटाइएका मणि थापा, पार्टीबाट प्रचण्डलाई नक्कली माओवादीको नाम दिएर विभाजन भएका मातृका यादव लगायतका नेताहरुसँगको मोर्चावन्दिमा अहिले विद्रोही धारका नेता मोहन वैद्यको नेतृत्व देखिएको छ, जुन प्रचण्डका लागि ठूलै घाटा भएको अनुमान सहज छ । प्रचण्डले जनयुद्ध कालमा होस वा त्यसपछिका समयमा पार्टीको प्रशिक्षणमा जसरी अन्य राजनीतिक दलको अस्तित्वलाई धावा बोल्ने ‘स्कूलिङ’को विकास गरे, त्यसरी नै त्यहि नियतीको शिकार आफैं बनेका छन् अहिले, वैद्य पक्षका नाममा पार्टी विरुद्ध नै सुरु भएको मोर्चाको घोषणाले । दुई लाइन संघर्षलाई उतारचढावको भुमिकामा नेतृत्व गर्दै आएका प्रचण्डले आफ्नो खास नीतिलाई माओवादीभित्र प्रतिपादन गर्न सकेका छैनन् । उनले त्यस्तो प्रयत्नपनि गरेनन् । माओवादीको कुनै स्थायी नीति बनाउन प्रचण्ड कमजोर भए । स्थापना कालदेखि दुईलाइन संघर्षमा हुर्किएको माओवादीलाई ढाडमा टेकेर टाउकोमा हान्ने ‘स्कूलिङ’ गराउन उनी अभ्यस्त भए । जसको मार अन्य राजनीतिक दलहरुले खेपेर माओवादीसँगका अनेकन सम्झौतामा आउन बाध्यकारी भएका थिए । तर त्यस्तो स्कूलिङले ल्याउनसक्ने प्रत्याक्रमणको खतराबारे उनी खबरदारी रहेनन् । स्कूलिङ्को परिणती हो, अहिले विद्रोही बताउनेहरुले उनैको पार्टी र सरकार सत्तालाई धावा वोल्ने मोर्चावन्दि गरेका छन् जुन प्रचण्डको ढाडमा बसेर टाउकोमा हान्ने प्रयास पनि हो ।
एउटा साधारण उदाहरण छ– तपाई सन्तानहरुलाई जस्तो व्यवाहारिक शिक्षा प्रदान गर्नुहुन्छ उनीहरुको चरित्र त्यहि नै हुन्छ । छिमेक, समाजमा त उसले त्यो चरित्रलाई निर्देशनका रुपमा प्रयोग गर्छन र हुर्किदैजाँदा त्यहि व्यवाहारलाई आफ्नै घरभित्र प्रयोग गर्छन्, त्यसलाई अचम्मित भएर हेर्नु मुर्खता हुनेछ । बरु, समयमा आफुले गतिलो शिक्षा दिन नसकेको भनेर विगतलाई सम्झिएर भक्कानिनुको विकल्प हुँदैन । त्यसैले सन्तानको गतिलो र सभ्य ‘परवरिस’ नहुँदा त्यसैबाट घर भाँडीने सामाजिक उदाहरणलाई हरेक क्षेत्रको व्यवाहारिक पक्षसँग तौलेर हेर्नैपर्ने हुन्छ । राजनीति सैद्धान्तिक लडाई अवश्य हो तर त्यसका अलावा व्यवाहारिक र महत्वकांक्षी भुमिका पनि हो । पार्टी प्राथमिक सत्ता हो । त्यस सत्ताको निरन्तरताका लागि सवै सदस्यहरुलाई मिलाएर जानसक्नु कौशलता हो । त्यो कौशलतालाई प्रचण्डले कायम राख्न सकेनन् । स्वभाविक हो, पार्टीको नाममा उपयोगवादी शैलीलाई उनैले बढावा दिए जसका कारण उनीमाथि नै विद्रोही स्वर गर्जनुलाई अस्वभाविक मान्न सकिदैन ।

माओवादी स्कूलिङको यो स्वभाविक नतिजालेचाँही मुलधारको राजनीतिमा अस्वभाविक असर पार्ने निश्चितप्रायः छ । प्रथमतः माओवादीको पार्टी आकारमा यसले क्षति पु¥याउनेछ । त्यसबाहेक संक्रमण र तरल अवस्थामा रहेको मुलधारको राजनीतिको ‘स्पिरिट’मा यसले गतिलो धक्का पु¥याउने छ । एकै पार्टीबाट सहमति र सहकार्यका अलग, भिन्न मतहरु आउँदा संविधानसभाको विवाद समाधान, सेना समायोजन र शान्ति प्रकृयाका कामहरु रोकिनेछन् । यसअघि चर्किएको विवादका क्रममा पनि यस्ता अवरोधहरु देखा परिसकेका हुन् । सरकार परिवर्तनका विषयले शान्ति प्रकृयाको काम र जनसंविधानको मुद्दाले लोकतान्त्रिक संविधान निर्माणको दलीय सहमतिलाई उल्झनमा पार्ने देखिन्छ । जसका कारण शान्ति प्रकृया र संविधानका काम रोकिनेछन् । मुलधारको राजनीतिमा माओवादीभित्रको अस्तित्वको प्रत्याक्रमणको चङ्गुल समग्र नेपाली जनताको चारवर्ष अघिको अनुमोदनको उपलव्धीहिन परिणाम बन्नेछ । संविधान जारी हुनसक्ने छैन र फेरिपनि सवै नेपालीको हार हुनेछ ।

१३ चैत, २०६८ हिमालय टाइम्स दैनिकमा प्रकाशित लेख हो ।

क्षयीकरण हुँदै तीनपाते माओवादी

विनोद ढकाल
जतिबेला माओवादी सार्वजनिक भएको थियो, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई ‘चील’ को संज्ञा दिएका थिए । अन्य राजनीतिक दलहरू कुखुरा बताएका उनले माओवादीको तुलना अन्यसँग गर्न नमिल्ने दाबी गरे । माओवादी अत्यन्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको उनको जिकिर थियो । उनले आफ्नो दलको क्रान्तिकारितालाई पुष्टि गर्ने क्रममा नेकपा एमाले जस्तो स्थापित राजनीतिक पार्टीलाई कम्युनिस्टका नाममा हिङ बाँधेको टालो मात्र भएको भन्ने टिप्पणीसमेत गरेका थिए । र, अन्य परिवर्तनका मूलधारमा आएका राजनीतिक दलहरूलाई प्रतिक्रान्तिकारीका पक्षपोषकको संज्ञा पनि दिए । यी सबै स्मरणीय छन्– अखबारका पानामा र टेलिभिजनका अर्काइभमा ।
शान्तिपूर्ण नेपालको चाहना राखेका जनसाधारणले माओवादीलाई परिवर्तनको राजनीतिमा स्थापित गराउने धेयले संविधनसभामा बृहत् राजनीतिक दलका रूपमा राखिदिए । यद्यपि एकढिक्का भएर संविधानसभामा आफ्नो मतलाई सुरक्षित गरेको माओवादीको बलकै भरमा गणतन्त्र घोषणा सहज भएको तथ्यलाई नकार्न मिल्दैन । संविधानसभा स्थापनादेखि संघीयताका सवालहरूको बहसको ‘जस’ को भागीदार पनि माओवादी हो । उसको बारम्बारको दाबी पनि यही नै छ, गणतन्त्रर संविधानसभा माओवादीकै कारण सम्भव भएको हो । मान्नुपर्छ, माओवादी एउटा कारण हो, तर जस मात्र लिने राजनीतिक दम्भ बोकेर राष्ट्रको मूलधारमा लामो समय टिक्ने कल्पना चाहिँ विस्तारै ह्रास हुँदै जान सक्छ भन्ने व्यावहारिक यथार्थ अब माओवादीले स्वीकार गर्नुपर्छ । खासगरी त्यस दलका अध्यक्षको हैसियतमा प्रचण्डले ।
क्रान्तिकारी भाषणको हुँकार मात्र क्रान्ति होइन, त्यसको व्यावहारिक प्रयोग र जनस्तरको चाहनालाई स्थापित गराउने अभ्यास चाहिँ क्रान्ति हो भन्ने विषयलाई बुझ्नुपर्दछ । तर अहिले यसो भएको छैन । सार्वजनिक राजनीतिको बाटोमा आएपछि बारम्बार अन्तर्विरोधको कारणमा माओवादीबाटै रोकिँदै आएको शान्ति प्रक्रिया र संविधान निर्माणका काम अहिले पनि अलपत्र छन् । वास्तविकता यही हो, उसको अन्तर्विरोधले देशलाई बन्दी बनाएको छ । र, यो अन्तर्विरोधको डरलाग्दो अभ्यास माओवादीभित्रको विद्रोही शक्तिका रूपमा चिनिने मोहन वैद्य पक्षको पछिल्लो राजनीतिक कदम हो । अहिले वैद्य पक्ष विभिन्न १२ दलहरूसँगको सहकार्यमा आफ्नै क्रान्तिकारी पार्टी, सरकारको विरोधमा मोर्चामा संगठित भएको छ । यसले अन्तर्विरोधको कथालाई प्रस्टोक्ति मात्र गरेको छैन, अब माओवादी फुट्न सक्ने अनुमानलाई अधिकतम रूपमा बल पु¥याएको छ, जसको घाटा शान्ति प्रक्रिया र नयाँ संविधान पाउने जनचाहना खतराको घन्टीका रूपमा देखिन थालेको छ । यसलाई प्रचण्डले कसरी सम्बोधन गर्लान् ? कसरी मिलाउन सक्लान् ? त्यो चाहिँ हेर्न बाँकी छ । यसको कारण वैद्य पक्षलाई प्रचण्डहरूले ‘बाइपास’ गरेको भन्ने आधार बनाइएको छ । त्यसैले पनि आफ्नो राजनीतिक हैसियत खोज्ने प्रयासमा वैद्य पक्षको पछिल्लो घोषणा आएको मानिन्छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा हाकाहाकी माग्ने वैद्य पक्षले आफ्नो अस्तित्वको खोजीमा फरक मोर्चा निर्माण गरी एक महिने आन्दोलनको घोषणा गरेको छ । पार्टीभित्र आफ्नो हैसियतको प्रमाण पेस गर्ने अर्को विकल्प अब वैद्यमा नरहेको पछिल्लो मोर्चाबन्दीले पुष्टि गरेको छ । यद्यपि, यसलाई सैद्धान्तिक र वैचारिक लडाइँको संज्ञा दिइएको छ । सार्वजनिक भएकै हो, यो वैचारिक विन्दुमा मात्र छैन । सैद्धान्तिक लडाइँ अर्थपूर्ण राजनीतिको विशेषता मानिन्छ । सिद्धान्तको जगमा उभिएर गरिने गुट–उपगुटको वकालत वा संघर्षका नाराहरू आफ्नै हैसियत नापिने यन्त्रहरू हुन् । क्षणभरमा यसको परिणाम त देखिन्न, अन्ततः जनस्तरले नै यसको हैसियतलाई प्रमाणित गरिदिन्छ । यो यात्रामा माओवादी जनविद्रोह र शान्ति र संविधानको दुई अलग दिशातिर चक्कर लगाएर हिँडिसकेको छ । यो माओवादीभित्रबाटै अस्तित्व खोजीको आन्दोलनका रूपमा बुझ्न जरुरी छ । जसरी प्रचण्डले राष्ट्रमा आफ्नो शक्तिलाई ‘चील’ को नाम दिएर व्याख्या गरेका थिए, त्यही निरन्तरताको सानो रूपमा पार्टीभित्र देखिएको शक्ति व्याख्याको कारण वैद्य पक्षको पछिल्लो मोर्चाबन्दीलाई बुझ्नु पर्दछ । यद्यपि, सबैले बुझ्न जरुरी छ– को शक्तिशाली भन्ने अन्तर्संघर्षमा कोही नामेट भएर जान्छन्, कोही बहुलाएर हिँड्छन् ।
उच्छृंखल, अव्यावसायिक र उद्दण्ड चरित्रलाई नेपाली जनजिब्रोमा ‘उम्रिंदैका तीनपाते’ भनिन्छ । संयोग मानौं प्रचण्ड, किरण र बाबुराम भट्टराई नामका तीनधारीय चरित्रले उम्रिएको माओवादी अहिले त्यही उखानको भावभन्दा पर राख्नु तुलनीय छैन । तीनपाते बिरुवा हेर्दा राम्रो, हलक्क बढ्ने प्रकारको देखिन्छ, तर त्यसले राम्रो फल दिँदैन भन्ने उदाहरण चाहिँ अहिले माओवादीभित्र देखिएको अन्तर्विरोधको पराकाष्ठा, उसैका कारणले अप्ठ्यारोमा परेको राष्ट्रिय राजनीति र संविधानसभाको स्थितिलाई स्मरण गर्दा हुन्छ । संयोगवश, संविधानसभामा नेपाली जनताले उस्तै प्रकारले निर्णायक विन्दुका ‘कर्ता’ का रूपमा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेसहितको तीनदलीय शक्ति स्थापित गरिदिएका छन् । जसको फल अहिलेसम्म जनसाधारणले प्राप्त गर्नसकेका छैनन् ।
नेपाली राजनीतिक बहसमा जारी रहेका शान्ति, संविधान, सेना समायोजन, विद्रोह, सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय महŒवाकांक्षाहरू हरप्रकारले माओवादीको राजनीतिक अवस्थासँग ठोक्किएका छन् । अर्थात्, यो देशको भविष्य र दुर्गति दुवैको कारण माओवादी नै हो । जसरी गणतन्त्र, संविधानसभाको जस उसले दाबी गरेको छ, त्यो भत्कनु र बिग्रनुको दोष पनि उसैले लिनुपर्दछ । खासगरी, माओवादीका ‘तीनपात’हरूले । यसर्थ, अन्तर्विरोध समाधान गरी नागरिक अनुमोदन र जनचाहनाको कदर गर्न माओवादीमा बुद्धि पलाओस् ।

-(१३, चैत २०६८ तरुण साप्ताहिकमा प्रकाशित लेख हो । )

Friday, March 23, 2012

पर्खाइमा व्यस्त

उकालीहरु पर्खिरहेका छन्,
सडकहरु आतुर छन्,
त्यो पल फर्केला कि भन्दै,
पुसहरु स्वागतका मार्ग कोरीरहेका छन् ।
साँच्चै, गुम्बाहरु सोधीरहेका छन्,
मन्दिरहरु पर्खाइमा छन्,
मुर्तिहरु पछ्यौरी पन्छाउदै,
तिम्रो आगमनलार्इ कुरिरहेका छन् ।
गण्डकीले पत्र कोरेथ्यो,
कर्णालीले सन्देश पठाथ्यो,
महाकाली बाटो हेर्दै टोलाइरहेथ्यो,
नदिहरुले पनि निमन्त्रना पठाथे ।
तालहरुले नाउ खाली गरिसकेका छन्,
गुफाहरुले उज्यालो दिइसकेका छन्,
भीरहरुले अवरोध रोकीसकेका छन्,
त्यो साथलाइ हेर्न घाँसीकुवाहरु रसाइसकेका छन् ।
सवैले व्यस्तता त्यागेका छन्,
अवगुणाहरुलाइ लुकाइसकेका छन्,
त्यहि पलहरुको आशामा
अझै उनिहरु फेरी पर्खाइमा व्यस्त भइसकेका छन् ।

भूल

तिमीले नसम्भmेर के भयो
थोरै आश मर्यो, अलिकति पीडा बढ्यो
जीवन, तिमीसँग होइन, जीवन, मसँग भन्छ
तिमीले विर्सदा नै ठिक भयो, अलिकति आँशु mर्यो

योजनाहरु विफल भए, खुशीहरु पर सरे
आशाहरुले घटाउका एउटा नयाँ चित्र कोरे
भुलहरु भुलाउने प्रयास मैले गर्नै पर्यो
खुशी हुने एक पल किन किन त्यसै टर्यो

बसन्तको नयाँ युगमा नयाँ कुरा मैले सिकें
भिmनो आशको धागोबाट लामो माया थाम्दै टिकें
आखिरमा मेरो मात्र माया गनर्ु रहर थियो
फूल ठानें, भूल गरें, तिम्रो कुरा जहर थियो

दिनभरी हात हेरी पर्खी बसें सम्भmनालाइ
रातभरी आश गरें mूठो मेरो सपनालाइ
आखिरमा मेरो मात्र एउटा ठूलो भूल थियो
तिम्रो कुरा काँडा रैछ, मेरो आश फूल थियो

मृत्युदण्ड


यो इजलासबाट पाएको मृत्युदण्ड
मेरो मृत्युका लागि उपहास हो,
एक कसुरमा कयौं मृत्यु भोगीरहेको मान्छे
मेरो इजलासले सयौं पटक मारिसक्यो
, पनि जीउँदो मान्छे
केही अक्षरहरुमा बाँचीरहेको भन्छन् भौतिक देख्नेहरु
अक्षरहरु मृत्युका लागि नै कोरिएका रहेछन्
फेरि एक पटक मृत्युदण्ड पाएँ
मेरो इजलास त्यति सफा, निर्मल निश्चल भएर
शव्दहरु मनका कुना कुनामा ठोक्दै
निर्णयहरु सुनाउँछ
वकालत गर्ने शव्दहरुलाई
मनका दिवारहरुले छेकिरहेको ,
निर्दोष ठहर्रगर्न लागि परेका मित्रहरु
लागिरहेका छन् बारम्बार निर्दोष सावित गर्न
तर, बारम्बारको मृत्युदण्ड भोगिरहेको मान्छे
मेरो इजलास सुनाइरहन्छ, भोगिरहन्छु
निरन्तर मृत्युदण्डहरु, एक जुनीमा , सातजुनीसम्म

This poem had written ago 2 year.

Thursday, March 22, 2012

बाबुरामको हैसियत देखियो -गजुरेल


अन्ततः माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइको लोकप्रियतालाई कमजोर देख्ने चाहना पुष्कमल दाहाल प्रचण्डको नै भएको पार्टीका एक नेताले सांकेतिक रुपमा खुलासा गरे । प्रचारबाजी र यथार्थ फरक हुने भएकाले पार्टीभित्र बाबुरामको हैसियतबारे आफुहरु जानकार रहेको तर जनमानसमा मिडियाबाजीले त्यसको प्रयोग गर्नु आवश्यक रहेको उनको अभिव्यक्तिको भाव थियो । सरकार, बाबुरामको हैसियत र उनले दिएका आश्वासनहरुको अपूर्ण खेती र अहिले उनीविरुद्ध देखिएको त्यहि जनसतहको यथार्थ उनी प्रचण्डभन्दा प्रभावशाली नभएको प्रमाण रहेको ती नेताले दर्शाउने प्रयत्न गरे । कांग्रेस नेता रामशरण महतपछि बोलेका ती नेताले मिडियाबाजीले शक्ति वा प्रशंशकहरु बटुल्न सकेपनि राजनीतिमा त्यो नै तथ्य नहुने बताएका थिए ।
दाहालका नजिकका पात्र पोलिटव्युरो सदस्य हरिवोल गजुरेलले बाबुरामको लोकप्रियता सतहीमात्र भएकाले त्यो सतहमा आउनु आवश्यक देखिएको अभिव्यक्ति दिए । उनले यसो भने–‘पार्टीमा अध्यक्ष भन्दा बलियो कोहीपनि हुन सक्तैन । लोकप्रियताका हिसावले होस वा राजनीतिक ओजका हिसावले अध्यक्ष बोलियो हुन्छन् । निसन्देह प्रचण्ड बलिया थिए–छन् । तर, कान्तिपुर लगायतका केही मिडियाहरुले अतिरञ्जित प्रचार गरेपछि बाबुरामको राजनीतिक हैसियत नाप्नुपर्ने नै थियो । सरकार गठनका समयमा आएपछि यसले यथार्थ रुप पायो । अहिलेको बाबुरामको असफलतालाई उनको प्रचारवाजीसँग जोडेर हेर्दा सवैले विश्लेषण गर्न सक्छन् । रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा गजुरेलले यसो भनेका थिए । उनले बाबुरामले शान्ति प्रकृयाका लागि सेना समायोजनको काममात्र अघि बढाएको तर अरु सवै साख गुमाएको बताए । शान्ति र संविधान बाहेकका अन्य विषयमा बोलेर आफ्नो हैसियतको परिचय बाबुराम आफैंले दिएको उनको अभिव्यक्ति थियो ।

2068-12-9, Gajurel speech in reporters' club, putalisadak.

Monday, March 19, 2012

My Photos Of Saanga





कसले दियो ज्ञानेन्द्रलाई धोका ?

-विनोद ढकाल
काठमाडौं- मलिन्द्र अनुहारमा नारायणहिटी छाडिरँहदा जनताको फैसला स्वीकार गरेको बताउने ज्ञानेन्द्र पनि अर्कैको भरमा नागार्जुनतिर सरेका थिए देशमा गणतन्त्रको झण्डा फरफराएपनि त्यो केही समयका लागिमात्र हुने आश्वासन उनले पाएका कारण नारायणहीटी सहज रुपमा खाली भएको थियो जसले उनलाई नारायणहिटी खाली गराउनका लागि दवाव दियो त्यसले गिरीजाप्रसाद कोइराला नमर्दै आफ्नो वाचा पुरा नगरेपछि उनी केही समय त्यस्ता मध्यस्तकर्तासँग रुष्ट पनि भए तर फेरि उसलाई खुसी बनाउनुको अर्को विकल्प पनि थिएन ज्ञानेन्द्रसँग केही ुनाराजगीु भएपनि उनले त्यसलाई निर्मल निवासका कुनामा दवाएर राखॆका थिए पाँचवर्षसम्म पनि मध्यस्तकर्ताको कुनै हरियो झण्डा आफुले नदेखेपछि अहिले ज्ञानेन्द्र विस्तारै खुल्ने योजनामा छन् पूर्व दरवारीयाहरुसँगमात्र खुसुरफुसुर गर्ने उनले अव देशभरी आफ्नो संगठनलाई बलियो बनाउने तयारी गरेका छन् सो तयारी मार्फत उनले केही युवाहरुसँग नागार्जुनमा भेट पनि गरेका छन् संगठन बलियो बनाउनका लागि उनले निर्देशन दिएका छन् बारम्बार विभिन्न विवाहको वाहनामा भारत गएर राजनीतिक भेट गरिरहने ज्ञानेन्द्रले आफ्ना समर्थकहरुसँग सांकेतिक रुपमा भारतीय संस्थापनले धोका दिएको जिकीर गरेका छन् उनले भन्ने गरेका छन्-ुहामीलाई जसले विगार्यो उसैले बनाउने ।ु उनको यस्तो संकेतलाई भारतीय प्रधानमन्त्री डा। मनमोहन िसंहका विशेष व्यक्ति करण िसंहको नेपाल वसाई दरवारमा रात काटेको विषयसँग पनि जोडेर हेर्न थालिएको पछिल्लो पटक भारत पुगेर फर्किएपछि ज्ञानेन्द्र अन्य समयमा भन्दापनि बढि हर्षित देखिएका छन् उनले कांग्रेस आइ की अध्यक्ष सोनिया गान्धिसँग पनि गोप्य छलफल गरेको दावी गरिएको थियो उनी नेपाल आउनासाथ शिवरात्री लगायतका धार्मिक कार्यक्रममा सकि्रयमात्र भएनन् पत्रकारहरुसँग पनि गफिएका छन्
पूर्वराजा ज्ञानेन्द्र नेपालको अस्थिर राजनीतिको मौकाको पर्खाइमा छन् उनले मौनतामा नै जित हासिल गर्ने आफ्नो रणनीतिक अभ्यासलाई उपयोगमुखि बनाउने तयारी थालेका छन् शान्ति संविधानको काममा दलहरु असफल हुँदै जाँदा उनी सफलता उन्मुख भएको महसुस गरिरहेका छन् आफुमाथि देखिएको नागरिक भरोसा अभिमतलाई उनले महसुस गरेका छन् धार्मिक कार्यक्रममा मात्र आफ्नो सहभागितालाई सार्वजनिकरण गर्ने ज्ञानेन्द्रले यसबीचमा आफुलाई अधिक बजारीकरण गर्ने योजना गरेका छन् केही साता अघिमात्र सुनसरीमा महापुराणका लागि पुगेका उनले केही दिनपछि वीरगाज पनि जाँदैछन् उनले वीरगाजमा आफ्ना समर्थकहरुसँग बसेर १४ जेठपछिको अवस्थाका बारेमा छलफल गर्ने योजना पनि बनाएका छन् समाचार स्रोत भन्छुपूर्व राजा अहिले आफ्नो पक्षको जनमतलाई अनुभव गरिरहनु भएको वहाँले आफ्ना समर्थकहरुसँग पनि छलफल गर्नुहुनेछ जनताले चाहेको गणतन्त्रले केही समयमा दुखमात्र दिएको अनुभुति भएको वहाँले बताइसक्नु भएको अव के गर्ने भन्ने विषयमा जनताको जनमतलाई पर्खिनुपर्छ भन्ने वहाँको धारणा हो तर अव जनतामा जाने निश्चय पनि वहाँको ।ु जनतामा जानु अघि पूर्वराजाको राजनीतिक सुरक्षाका लागि राजावादी दलहरुको एकता जरुरी देखिएको
ज्ञानेन्द्रको सुझावमा राजावादीहरुले कार्यगत एकतालाई दह्रो बनाउने तयारी समेत गरेका छन् उनीहरुले राजनीतिलाई प्रभावकारी बनाउन संवैधानिक राजतन्त्रको वकालत सडकबाट गर्ने भएका छन् भने युवाहरुको एक संगठन तयार गरी पूर्वराजाको सुरक्षाको व्यवस्था पनि मिलाउन लागिएको केही सातापछि नै पूर्वी नेपालको इटहरीबाट राष्ट्रवादी युवा संघका नाममा संगठित समुह सकि्रय भएर नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने योजनाको अन्तिम चरणमा पुगेको त्यसलाई राष्ट्रवादी युवाको नाममा देशभर संगठित गराएर राष्ट्रिय मुद्दालाई केन्द्रमा दवावका साथ उठाउने उनीहरुको तयारी एक समुहले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर १४ जेठपछि आफुहरु सकि्रय भएर लाग्ने विन्ति समेत चढाएका छन् सहभागी एक युवा भन्छन्-ुहामीले विन्ति चढायौं पूर्वराजाले तपाइहरु सकि्रय भएर लाग्नुस भन्नुभएको अव संविधान संघियताको नाममा देशलाई बर्बादीतिर जान नदिने तयारीमा हामी लागेका छौं ।ु उनले आफ्ना समर्थकहरुलाई सांकेतिक रुपमा आफुलाई जसले विगार्यो उसैले बनाउने बताएका छन् स्रोत भन्छुवहाँको इशारा हामीले बुझ्यौं अव केही महिनामा वहाँले आफ्नो समर्थकहरुसमक्ष कुनै खास सन्देशलाई प्रवाह गर्ने योजना समेत बनाउनुभएको
राजनीतिको हलो १४ जेठसम्म अड्किरहने अड्कल काटेका निर्मल निवासीहरुपनि पर्ख हेरको नीतिमा उत्रिने भएका छन् राजनीतिक दलले गरेको गल्तीका कारण संविधानसभा भङ्ग भएपछि हुने राजनीतिक स्थितिलाई यस पटक आफ्नो पोल्टामा पार्ने योजना नागार्जुन निर्मल निवास खास दरवारीयाका घर-घरमा बन्न थालेका छन् उनीहरुले आफुलाई देशको चौथो राजनीतिक समयको पहिलो शक्तिका रुपमा स्थापित भइसकेको आन्तरिक घोषणा समेत गरेको स्रोत बताउँछ गिरीजाप्रसाद कोइरालाले वेवी किङ्को परिकल्पना गर्नु कृष्णप्रसाद भट्टराइले ०४७ सालको संविधान व्युँताउने कुरा गर्नु प्रचण्डले सांस्कृतिक राजाको परिकल्पना गर्नु अहिले शेरबहादुर देउवाले पनि ०४७ को संविधानको कुरा निकाल्नु संयोगमात्र होइनन्

Miley Cyrus won't mix work with pleasure


Miley Cyrus puts her love life and career separate. The teen star who's currently dating Aussie actor Liam Hemsworth refuses to let anything get in the way of her relationship.

"I will always keep things separate from my boo [boyfriend], that is how we met and that is how it stays. Apart on screen, together off-screen," reports showbizspy.com

Miley recently insisted that she is still the perfect role model for "normal" girls everywhere.

"I take being a role model very seriously and that's why I try so hard to relate to my fans," she added.

Saturday, March 17, 2012

गजेन्द्रनारायणको सपना कता हरायो ?


राई-मधेसका नाममा गजेन्द्रनारायण िसंहले थालेको क्षेत्रीय राजनीति त्यहाँको विकास चेतना र शिक्षाको विषयमा केन्द्रिकृत थियो । उनको विचार मधेसका नाममा राजनीति गर्दा आयातित वा त्यहाँ रहेका व्यक्ति परिवार र समाजलाई शिक्षित बनाएर ुनेपालुसँग रहेको विविधताको परिचय गराउनु नै थियो । यस हिसावले उठेको क्षेत्रीय राजनीतिको अर्थ सद्भाव कायम गर्नु थियो र उनले आफ्नो पार्टीको नाम पनि सद्भावना जुराएका थिए । एक हदसम्म असहज हुनसक्ने आयातित व्यक्तिहरु र हिमाल र पहाडबाट झरेका व्यक्तिबीचको सद्भावना कायम गर्ने सामाजिक बाटो पनि राजनीति नै हुनसक्ने अनुमानमा स्थापित सद्भावना पार्टीले एक हदसम्मको सहयोग सद्भाव र समर्थन मधेसका नाममा पाएको थियो । जसले गर्दा उसको स्थापित कार्यकाललाई असफल भन्न मिल्दैन । तर अर्धचेतनाका अन्य सदस्यहरुका कारण सद्भावना बारम्बार फुट्यो । योसँगै गजेन्द्र नारायण िसंहको सद्भाव बढाउने राजनीतिक सपनाहरु फुट्दै गए र आज मधेसमा सद्भावनाका नामका अनेकन पार्टीहरु छन् । उनको मृत्युमा गहिरो शोकमा डुवेन मधेस न त त्यस्तो हिम्मत तत्कालिन राज्यसत्ताले गरेको थियो । मृत्युपर्यन्त राजनीतिक हवालाका लागि आनन्दीदेवी िसंहलाई उचाल्ने र पछार्ने मधेसी राजनीति कायम रह्यो । आफूलाई केहीहदसम्मको टाठोबाठो मान्ने नेताहरुले अहिले पनि उनको नामको राजनीति गरेका छन् । तर उनको मृत्युपनि अति सामान्य व्यक्ति सरह भयो । मृत्युमा रुनेहरु कम थिए तर त्यसवापत राजनीतिक मुनाफाको जोड घटाउ गर्नेहरु अहिले सत्ताका वरीपरि घुमिरहेका छन् सभासद् मन्त्री र नेता बनेर ।

नेपाली राजनीति असामाजिक जगमा उभिएको झुण्डहरुको महासभामात्र हो । त्यसको खास झुण्ड मधेसी दलका नामका कथित राजनीतिज्ञहरुको संगठन पनि हो । असामाजिक मान्छे भन्नु नै आत्मरतीमा रमाउने र स्वाँठ प्रवित्तिको घमण्डी हो । न उसले कुनै राम्रो काम गर्न सक्छ न गरेको रुचाउँछ । यस्तै आत्मरतीमा रमाउनेहरुको एउटा झुण्ड मधेसी मोर्चाका नाममा संगठित त भएका छन् । तर त्यो त्यति सामाजिक भएको सावित भएको छैन जसले मधेसमात्रका लागि पनि कुनै खास काम गरेर देखाओस । वा अर्का गजेन्द्रनारायणको सपना बोकेर उन्मुक्त राजनीति गर्ने चेष्टा गरोस । मधेसको चेतना विकास र राष्ट्रिय साझेदारीको आवश्यकता छुट्टै मधेसीहरु भेला भएको राजनीतिक दल निर्माण गर्नु वा त्यसको एउटा संगठित अनुहारहरुको वैठक गर्नुमात्र होइन भन्ने बारम्बारका गठित मोर्चाहरु र त्यसबाट बाहिरिएर सत्तामा टाँसिने हर्कतले सावित गरेको छ । संविधानसभामा भेला भएर खैनी लट्याउने र मधेस जलाउने धम्कीपूर्ण भाषाको राजनीतिमा रुमलिएका मधेसी जनताको खातिर भएका सहमतिका प्रश्नहरु सत्ताको बहिर्गमन वा सत्ता साझेदारीका वेलामात्र उठाउने संस्कारको राजनीतिमात्र देखिएको छ । के यहि रहेछ त गजेन्द्रनारायणको सपना यो प्रश्न आम जनताले मधेसी भन्न रुचाउने दलका नेताहरुलाई सोध्न जरुरी छ । र खासगरी सपनाको बाढी वगाएका भरमा मत दिएका मधेसक्षेत्रका जनताले तेस्र्याउनै पर्ने पनि हो । मधेसी जनताले कहिल्यैपनि इन्धनको उचित प्रयोग गर्न पाएनन् । बारम्बार उनले जिताएका नेता आपूर्तिमन्त्री बनेका छन् । मधेसले विकासको मुल फुटाएर भित्रि बजारसम्म राम्रो पुल र यातायातको सेवा पाउन सकेको छैन । बारम्बार उनले जिताएका नेता नै भौतिक निर्माणमन्त्री भए । मधेसी जनता अहिले पनि उचित मुल्यको खाद्य मल रसायनिक मलको आन्दोलनमा छन् । बारम्बार कृषिमन्त्री आफूले जिताएको नेता पाए । स्वच्छ र उचित वातावरणको जिल्लाका रुपमा अहिलेसम्म पनि घोषणा गर्न पाउन सकेका छैनन् बारम्बार वातावारणमन्त्री आफूले जिताएकै व्यक्ति बनेका छन् ।

स्वभाविक हो राजनीति गर्ने व्यक्तिविशेषको पनि महत्वकांक्षा हुन्छ । उसका व्यक्तिगत स्वार्थहरु पनि रहन्छन् । यस अर्थमा मधेसका नेताहरुले व्यक्तिगत स्वार्थको उपयोग गरे र अरुले गरेनन भन्ने सवाल पनि होइन । नेपाली राजनीतिका सवै दल र तिनका नेताहरु डम्बरु बजाएर भालु नचाउने संस्कारका पछ्यौटे हुन् । र नेपाली जनता उनका डम्बरु र डम्फुका तालमा सडक सदन र सहरमा भोका नाङ्गा हुँदै न्यायको आशा बोक्ने कमजोर नाचका पात्रहरु पनि हुन् । जसरी राष्ट्रिय राजनीतिमा कर्णाली विकासका फुस्रा सान्त्वना मेलम्ची काठमाडौं झारिदिने काल्पनिक अठोट भएका छन् । त्यस्तै मधेसको वेग्लै पहिचान सहितको विकासलक्षित भावनात्मक स्वार्थमा मधेस राजनीतिकेन्द्रित व्यक्तिहरुको चरित्र पनि फरक छैन । ढाँट्नु वा छल्नुको पनि सामान्य रुप हुन्छ तर यहाँ मधेसी जनताहरु बारम्बार ठगिएका छन् । र ठगीमा परिरहँदा पनि उनीहरु चुपचाप राजनीतिलाई सहयोग गरिरहेका छन् । भर परेका छैनन् तरपनि आश गरेका छन् त्यहाँका नागरिकहरुको वडोप्पन नै मान्नुपर्छ । स्रोत साधन कृषि उद्योग कलकारखाना सवैको उचित व्यवस्था हुँदापनि आज मधेसका जनताहरु भारतको पन्जाव विहार वा अन्यत्र रोजगारीका लागि जान बाध्य छन् । १५ वर्ष लगातार मधेसको नाममा ुस्पेशिफिकु राजनीतिक दल र राजनीति भइरहेको छ । तर खै त जनताले राहत पाएको त्यहि राजनीतिका कारण नेताहरुको एउटा महासभा राष्ट्रिय राजनीतिलाई हल्लाउनसक्ने भएको छ । तर खै त मधेसले न्याय पाएको समग्र नेपालमा मधेसले धेरै नेता जन्मायो । धेरैलाई नेता बनायो । तर ती सवै आत्मरतीका अनुहार रहेको कहिल्यै बुझ्न सकेन ।

नेता भन्ने शव्द निकै महत्वपूर्ण र जिम्मेवारीपूर्ण पद हो । नेता आफ्ना लागिभन्दा पनि अरुका लागि महत्वको सवाल बन्दछ । सारा मधेसक्षेत्रमा मतले जिताइएको एउटै उद्देश्य हो सम्बृद्ध मधेसको खोजी । गएको चार वर्षमा मधेसले कुन हैसियतमा आफ्नो विकासलाई मुल्याङ्कन गरेको छ त्यहाँका जनताले कुन हैसियतमा आफु र आफ्नो मताधिकारको उपभोग गर्न पाए यस्ता कुनै प्रश्नको जवाफ अहिलेपनि मधेसी नेताहरुले दिने हिम्मत गर्दैनन् । एकप्रकारले सत्ताका सवै निकायहरुमा मधेसी जनताको पहुँच राजनीतिक संक्रमण होस वा अन्य समय धेरै पटक पुगेकै छ । तर राजनीतिको माकुरी जालमा वेरिएका मधेसी जनताको चेतनाको स्तर उठ्न नसक्दा वा उनीहरुले नचाहेर वा उनीहरुले नगरेर हो सम्बृद्ध मधेसका लागि एउटा सिङ्को भाँच्ने कामपनि हुन सकेको छैन । मधेस निरन्तर एउटा राजनीति मुद्दामा सीमित राखेर सत्ताको मुख्य विषय बनाउने विकल्पमा मात्र राखिएको छ । जसको निरन्तरता पछिल्लो पटक बसेको मधेसी मोर्चाको वैठकले फेरि दियो सरकार छाड्ने वा ढाल्ने धम्कीपूर्ण निर्णय गरेर । सोमबार मधेसी मोर्चाका नेताहरुको वैठक एउटा निचोडमा पुग्यो । उनीहरुसँग गएको चार महिना अघि गरेको चारबुँदे सहमति सरकारले कार्यान्वयन नगरेको र सरकारको भ्रष्ट चरित्रको दोष आफुलाई थोपरेको विश्लेषण गर्दै सरकार छाड्ने चेतावनीसम्म आइपुगे । अव सरकार ढल्ने संकेत पाइसकेका मधेसी नेताहरुको आत्मरतीमा पुरै देशका सम्भावनाका ढोकाहरु बन्द भएका छन् र उनीहरु मधेसी जनताको उन्नती भन्दा पनि आफ्नो आत्मरतीमा रमाउने संकिर्ण राजनीति गरिरहेका छन् । जसलाई दक्षिणीद्वारहरुले पहिले अहिले र भोलीपनि चलाइरहेका हुनेछन् । यहि निरन्तरतामा चल्ने मधेस राजनीति नेपालको इतिहाँसको एउटा खास मुद्दामात्र सावित हुनेछ ।


- written by विनोद ढकाल published in RAJDHANI daily.

Hope I match Bipasha in 'Jism 2': Sunny Leone


Indo-Canadian porn star Sunny Leone hopes that with " Jism 2", she can at least match the standard that Bipasha Basu set with the prequel.

"I have seen her (Bipasha) and she is gorgeous and amazing in the first movie. I hope I can meet up to her standard and not let her down in 'Jism 2'," the 30-year-old said here in an interview.

"I want to do a good job and I hope everybody likes the movie," she added.

Sunny took part in "Bigg Boss 5", and she got lucky when filmmaker Mahesh Bhatt decided to offer her "Jism 2".

She is set to start shooting soon.

Bipasha, who made headlines for her steamy scenes in the 2003 film "Jism", is sure Sunny will do a good job.

"I don't know her but (Mahesh) Bhatt saab always casts someone who suits the role. So I am sure she will do a good job," said Bipasha.

"Jism 2" also stars Randeep Hooda and Arunoday Singh.


Source : Times of India.

Friday, March 16, 2012

किन गहिरियो चीन-भारत दृष्टि ?


विनोद ढकाल
नेपाली राजनीति जति तरल छ त्यति नै तरल छ कुटनीति पनि । त्यो तरलताको सावितका लागि पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरको भ्रमणप्रकरणको भिसा प्रकरणलाई जोडौं अथवा अन्य उदाहरणहरुलाई प्रस्तुत गरौं । कमजोर प्रशासनयन्त्र र राजनीतिको उपज मान्नुपर्छ । तर यी झिनामसिना विषयभन्दा पनि जटिलचाँही सीमा जोडिएका भारत र चीनको नेपालमाथिको दृष्टि र उनीहरुले देखाएको चासो नै हो । स्वार्थविनाको चासो कसैले कसैमाथि देखाउँदैन । चीन र भारतले नेपाली राजनीतिमा धेरै चासो देखाउने गरेका छन् । जवकि विश्वका धनी मुलुकका सुचीमा आउने अन्यले किन देखाएनन् जापानले नेपाली राजनीतिमा हस्तक्षेपको भुमिका निर्वाह नगर्नुको कारण उसका कुनै खास स्वार्थ छैनन् । तर भारत र चीनका आपसी खास स्वार्थ छन् जसलाई उनीहरुले आफ्नो पक्षमा पार्न नेपालमाथि गहिरो दृष्टि राखेका हुन् ।
नेपाली राजनीतिको खास अर्थ भारतको भनिन्छ । प्रजातान्त्रिक आन्दोलनदेखि माओवादी विद्रोहसम्म भारतीय भुमीले देखाएको सहानुभुति यसका मुख्य कारण हुनसक्छ । तर के अहिले नेपाली राजनीतिमा भारतको भुमिका प्रभावकारी छ त यो प्रश्न निकै गम्भिर छ नेपालका लागि र स्वयम् भारतका लागि पनि । यद्यपि सोचेजति कमजोरचाँही भइसकेको छैन । भ्रष्टाचारको दलदलमा फँसेको अति क्रान्तिकारी माओवादीले उसैका कारण नेपालमा आफु थिचिएको विश्लेषण गर्दै आएको थियो । अहिले उसैको दुहाई दिएर आफ्नो सत्तालाई कायम राखेको छ । बरु सत्ता नपाएको चोट भोगेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु भने अहिले भारतसँग ुनाराजु छन् । उनीहरु कुर्लिन थालेका छन्-ुभारतले नेपाली राजनीतिमा हस्तक्षेप गरेको छ ।
भारतका विज्ञहरुको समुहले दक्षिण एसियाको राजनीतिमा भारतको हस्तक्षेपकारी भुमिकालाई जारी राख्नका लागि सुझाव दिएको छ । उसको मुल्याङकनले अहिले दक्षिण एसीयामा भारत कमजोर र चीनको भुमिका प्रभावकारी बन्दै गएको देखाएको छ । नेपाली राजनीतिमा पनि भारतको भुमिका अहिले कमजोर भएको विश्लेषण हुन थालेको छ जसरी चीनको भुमीका व्यापक रुपमा बढेको छ । चीनले विकास सहयोगको कोणबाट नेपालमा आफ्नो भुमिकालाई प्रभावकारी बनाउने प्रयास गरेको छ । जवकी तिव्वती शरणार्थीको विरोधलाई नेपाली भुमिमा नामेट पार्नु उसको स्वार्थ पनि हो । उसले नेपाली भुमिमा आफ्नो सहयोगी हात बढाएर तिव्वती शरणार्थीको चहलपहललाई चारघेराभित्र राख्ने सक्षमता पछ्याएको छ । यसको प्रभावकारीताका लागि प्रधानमन्त्री वेन जियाबाओको भ्रमणलाई पनि औपचारिक बनाएको थियो । चीनको यो भुमिकाप्रति भारतको गहिरो चासो थियो । यो चासोलाई उसले अनौपचारिक रुपमा अभिव्यक्त गरेको थियो । चीनका प्रधानमन्त्री नेपाल आउनु राम्रो कुरा भएको बताएतापनि चीनको भृुमिका बढ्नुचाँही उसले खतरा देखेको थियो ।
भारत नेपालमा जहिलेपनि आफ्नो हस्तक्षेपकारी भुमिकालाई वर्चश्व राख्न चहान्छ । खासगरी दक्षिण एसीयाली मुलुकहरुमा आफ्नो दवदवा राख्नु उसको राष्ट्रिय नीति नै हो । तर आजभोली उ दक्षिण एसीयाली मुलुकहरुमा कमजोर हुँदै गएको अनुभुति गरेको छ । र अहिले उसले दक्षिण एसीयामा चीनले जहाँ आफ्नो उपस्थितिलाई बलियो बनाएको छ त्यहाँ आफ्नो भुमिकालाई प्रभावकारी बनाउन चहाँदैछ । सार्वजनिक भएकै हो भारतीय प्रधानमन्त्री मनमोहन िसंह नेपाल भ्रमणमा आउनेछन् । केही सातामा उनी नेपाल आउने तयारी पनि भएको बुझिन्छ । उनको भ्रमणपनि नेपाली आन्तरिक राजनीतिमा भारतीय भुमिकाको प्रभावकारीता बढाउने चावी उनले बोकेर आउनेछन् । मख्ख छन् नेपाली राजनीतिकर्मींहरु दुहाई दिइरहेका छन् नेपाली जनताहरु की उनको भ्रमण सफल होस भन्ने । तर त्यो भ्रमणले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्न सक्छ ?
भारतको समस्या पाकिस्तान हो । उसले बारम्बार भन्ने गरेको चीनले पाकिस्तानलाई सहयोग गरेर भारतलाई कमजोर बनाउने प्रयत्न गरिरहेको छ । पछिल्लो पटक नेपालमा बढेको चीनको भुमिकालाई भारतीय साचारमाध्यमहरुले पाकिस्तानीहरुको सहयोगका लागि चीन नेपाल छिरेको बताएका छन् । त्यहाँका रक्षा विज्ञहरुले चीन-नेपाल जोडिने रेलमार्ग वा सुरुङमार्गहरु भारतको खिलाफलमा पाकिस्तानीहरुको सहयोगका लागि चीनको रणनीति भएको बताउन थालेका छन् । र भारतीय संस्थापनले नेपालमा आफ्नो भुमिका प्रभावकारी बनाउनका लागि प्रधानमन्त्री िसंह सहितका अधिकारीहरुको टोली नेपालमा पठाउने तयारी गरेको छ । यसअघि नै भारतले आफ्नो दुतावासमार्फत सवै जानकारीहरु लिने काम गरिरहेको छ । यस विषयलाई पुष्टि गर्ने आधार भारतीय साचारमाध्यमका विशेष रिपोर्टहरु तथा बारम्बार भारतीय जाली नोटको कारोबारका बारेमा भारतले उठाउने प्रश्न पनि हो ।
चीन र भारतका आपसी स्वार्थका कारण उनीहरु नेपाललाई एउटा सीमारेखाको भुमि बनाइरहेका छन् । तर यी दुई मुलुकका आन्तरिक स्वार्थलाई नहेरी नेपालले आफ्नो आर्थिक स्वार्थलाई व्यवाहारिक बनाउने कुटनीतिक भुमिका किन निर्वाह नगर्ने जसरी राजनीतिक तरलतामा यी मुलुकहरु नेपाली भुमिमा छिरेका छन् उनको कुटनीतिक समस्यालाई उपयोग गरेर किन व्यवाहारिक काममा नेपाली संस्थापन लाग्न सकेको छैन ? यो र यस्तै प्रश्नको जवाफ यतिवेला नेपाली जनतालाई चाहिएको छ ।