विनोद ढकाल
वंक अर्थात ननसेन्स । सेन्स विनाको काम । पागलपन उच्छृङ्खल अथवा यस्ता प्रकारका जे अर्थ लगाएपनि हुने÷गरिने काम । अहिले चर्चामा रहेको कलेज बंक आधुनिक सहरका लागि नयाँ लाग्नसक्छ तर यो युरोप र अमेरिका भारत हुँदै नेपालमा पनि फैलिएको कलेजीयसहरुको नयाँ ुरोगु नै मान्दा हुन्छ । उमेरका हिसावमा भन्ने हो भने समयको मागपनि हुनसक्छ लगनशिलताको दृष्टिमा संगतको परिणाम र आर्थिक हिसावमा धनाड्य परिवारको विग्रदो चाला । शैक्षिक दृष्टिमा कक्षाको हेपाई अथवा त्यहि समुहभित्र छिरेर विचार गर्दाचुही ुचरम आनन्द स्वतन्त्रताको उपयोगु भन्ने बुझ्न जरुरी हुन्छ । यो सेन्सविनाको काम हो । जुन चिजबारे आफूलाई थाहा हुन्न त्यसको अनुभव गर्ने अवसर पनि हो । खासगरी युवायुवती घुम्ने एकअर्कामा फिल्मि शैलीमा ुकिस गर्नेु समुहमा साथीहरुसँग मिलेर अर्को समुह वा कसैलाई जिस्काउने लगायत यसको परिणाम ुसेक्सुको पहिलो अनुभवसम्म पुग्छ । त्यसैले पनि विश्वसमुदायमा यसलाई ुबंकु भनेर नै प्रख्यात बनाइयो । यो आयातित शव्द नेपाली समुदायको सहरी क्षेत्रमा अहिले प्रचुरमात्रामा प्रयोग हुन्छ । यसको अर्थ डिक्सनरीमा पल्टाएर हेर्नुस चाहे अन्यत्र कहीँ खोज्नुस । जवाफ समान र माथि उल्लेखित भन्दा फरक नआउन सक्छ ।
यसबेला आफ्ना घरपरिवार आफ्नो दायित्व भन्दापनि साथीत्व बढि प्यारो हुँदो रहेछ । खेल्नु हिँड्नु डुल्नु वा अनेकन नयाँ कुरा गरौं भन्ने मत मिलेपछि जीवनको लक्ष्यलाई एक किनारमा राखेर युवायुवतीहरु ुबंकुतिर लाग्छन् । काठमाडौंको वेवीलेन डिस्कोको खबरले एकताका नेपाल तताएको थियो । कलेजका धेरै समुहका विद्यार्थीहरु छोटा कपडामा डिस्कोको बारमा उन्माद नाचिरहेका थिए । गुलाफका फूल हातमा लिएर कोपिला सेक्सको उपयोगिताबारे व्यवाहारिक ज्ञान बटुल्ने प्रयत्नमा थिए । त्यो कलेजबंकको एउटा नमूना थियो । किनभने त्यो प्रहरीसम्म पुगेको थियो । मिडियाले सार्वजनिक गरेका कारणले हामी त्यसलाईमात्र बंक हो भन्ने मानसिकता बनाइरहेका छौं । त्यो निश्चयपनि कलेज बंक नै हो । त्यसका अलावा हर प्रकारले ुबंकुहरु भइरहेका छन् । अहिले आएर कुनै खास उमेर समुहमामात्र यसको उपयोग बढेको भन्ने चर्चा चल्न थालेको छ । तर यो भ्रम हो कार्यालय बजारव्यावसाय शैक्षिक संस्थाको शिक्षण समुदायमा पनि यस्ता कामहरु भइरहेका छन् । तर ती सेन्ससहितका ननसेन्स रुपमा बुझ्नुपर्दछ । तर कलेजीयसमा हुने बंकचाँही उमेरको प्रभाव हो । प्रत्येक व्यक्तिले आफ्नो यौवनालाई फर्केर हेर्नुपर्छ सोच्नुपर्छ । कोही विद्यालय छाडेर डाँडाँमाथि चौतारीमा सान्नानीसँग समय व्यतित गरे होलान । कोही कविताका माचपछाड्रीका कुनामा कानेखुसीमा व्यस्त भए होलान् । कोही कलेजभन्दा परका सिनेमा घरको अँध्यारोपनको साहरामा रुमल्लिए होलान् कोही प्राध्यापकको कुसर्ीलाई घुमाएर बसे होलान् । यी र यस्ता धेरै उच्छृङ्खलपना सवैको जीवनमा भएका हुन्छन् कुनै न कुनै रुपमा कहीँ न कहीँबाट । एकाविहानै कलेजबाट घरमा फोन आउँछ ।
पि्र_िन्सपलले विद्यार्थीका बाबालाई भन्छन्-ुतपाइको छोरा वा छोरी वंकतिर लागेकी छ । उसलाई सम्झाउनुहोस ।ु बाबु रिसले चुर भएर सन्तानलाई गाली गर्न तातेर बसेका छन् । भेट हुनासाथ मुखले नभ्याएको हातले पनि पनि भ्याउनेगरि कम्प्लेनको उत्तर माग हुन्छ । तर सोचौं यो समाधान हो त आखिर तिनै बाबुले पनि घरप्रतिको जिम्मेवारीलाई भुलेर गतरात कुनै डिस्कोमा बंक गरेका थिए होला । निश्चय नै यो लेखको भावार्थले धेरैको जीवनमा मेल खान्छ । तर हामी जुन अर्थमा ुबंकुबारे बुझ्ने र बुझाउने काम गरिरहेका छौं । त्यो नै गलत पो हो की सीमित घेराभित्र राखेर कुनैपनि विषयलाई परिभाषित गर्नहुन्न । त्यसका असीमित उदाहरणहरु र व्यवाहारिक प्रयोगहरु पाइन्छन् । जुन कुरालाई हामी नियन्त्रण गर्न चाहन्छौं आखिर त्यहि कुराले निरन्तरता पाइरहेको हुन्छ । अहिलेको सन्दर्भको समस्याचाँही कलेजबंक नै हो । त्यसको न्युनिकरण वा नियन्त्रणचाँही आवश्यकताका रुपमा अघि देखिएको छ । यसलाई न परिवारले नियन्त्रण गर्न सक्छन् न त कलेज वा तिनका पि्र_िन्सपल अथवा अरुकोहीले । जसरी मानवअधिकार हनन् नियन्त्रण र संरक्षणको काम सरकारको नै हुन्छ कलेजबंक नियन्त्रण समाधानको जिम्मेवारी वा अधिकारक्षेत्र पनि ुबंककर्ताुमा नै नीहित हुन्छ । यो एकप्रकारको मनोवैज्ञानिक र उमेरको ुअवैचारिक बाटोु हो । जुन विचार गरेर चालिएको हुँदैन । यसबेला के गर्नु राम्रो वा के गर्दा उपयुक्त हुन्छ भन्ने विचार गर्नसक्ने क्षमता स्वयम् व्यक्तिमा जागृत हुन जरुरी छ । त्यसकारण त्यो क्षमताको पक्षपातीहरुले घर परिवार वा विद्यालय जहाँ भएपनि ुएक्स्ट्रा नलेजु को क्लास दिन र लिन आवश्यक हुन्छ । मानिसहरु चौवाटोमा कता जाने भनेर गन्तव्य भुलेर बसेका हुन्छन् । धेरै गलत बाटोतिर लम्किएका हुन्छन् । तर बाटोको दिशा पहिले नै निर्धारण गरे ऊ अल्मलिदैन । त्यसकारण लक्ष्य वा जीवनको सही बाटोको बारेमा पर्याप्त प्रयोगात्मक उदाहरण सहितका व्याख्या अहिलेका नवपुस्तालाई दिदा राम्रो हुनेथियो ।
यस लेखमा बंकहरु उल्लेख गरिएको छ । यो नेपालीकरण गर्ने प्रयास हो ।
No comments:
Post a Comment