विनोद ढकाल
जतिबेला माओवादी सार्वजनिक भएको थियो, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीलाई ‘चील’ को संज्ञा दिएका थिए । अन्य राजनीतिक दलहरू कुखुरा बताएका उनले माओवादीको तुलना अन्यसँग गर्न नमिल्ने दाबी गरे । माओवादी अत्यन्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको उनको जिकिर थियो । उनले आफ्नो दलको क्रान्तिकारितालाई पुष्टि गर्ने क्रममा नेकपा एमाले जस्तो स्थापित राजनीतिक पार्टीलाई कम्युनिस्टका नाममा हिङ बाँधेको टालो मात्र भएको भन्ने टिप्पणीसमेत गरेका थिए । र, अन्य परिवर्तनका मूलधारमा आएका राजनीतिक दलहरूलाई प्रतिक्रान्तिकारीका पक्षपोषकको संज्ञा पनि दिए । यी सबै स्मरणीय छन्– अखबारका पानामा र टेलिभिजनका अर्काइभमा ।
शान्तिपूर्ण नेपालको चाहना राखेका जनसाधारणले माओवादीलाई परिवर्तनको राजनीतिमा स्थापित गराउने धेयले संविधनसभामा बृहत् राजनीतिक दलका रूपमा राखिदिए । यद्यपि एकढिक्का भएर संविधानसभामा आफ्नो मतलाई सुरक्षित गरेको माओवादीको बलकै भरमा गणतन्त्र घोषणा सहज भएको तथ्यलाई नकार्न मिल्दैन । संविधानसभा स्थापनादेखि संघीयताका सवालहरूको बहसको ‘जस’ को भागीदार पनि माओवादी हो । उसको बारम्बारको दाबी पनि यही नै छ, गणतन्त्रर संविधानसभा माओवादीकै कारण सम्भव भएको हो । मान्नुपर्छ, माओवादी एउटा कारण हो, तर जस मात्र लिने राजनीतिक दम्भ बोकेर राष्ट्रको मूलधारमा लामो समय टिक्ने कल्पना चाहिँ विस्तारै ह्रास हुँदै जान सक्छ भन्ने व्यावहारिक यथार्थ अब माओवादीले स्वीकार गर्नुपर्छ । खासगरी त्यस दलका अध्यक्षको हैसियतमा प्रचण्डले ।
क्रान्तिकारी भाषणको हुँकार मात्र क्रान्ति होइन, त्यसको व्यावहारिक प्रयोग र जनस्तरको चाहनालाई स्थापित गराउने अभ्यास चाहिँ क्रान्ति हो भन्ने विषयलाई बुझ्नुपर्दछ । तर अहिले यसो भएको छैन । सार्वजनिक राजनीतिको बाटोमा आएपछि बारम्बार अन्तर्विरोधको कारणमा माओवादीबाटै रोकिँदै आएको शान्ति प्रक्रिया र संविधान निर्माणका काम अहिले पनि अलपत्र छन् । वास्तविकता यही हो, उसको अन्तर्विरोधले देशलाई बन्दी बनाएको छ । र, यो अन्तर्विरोधको डरलाग्दो अभ्यास माओवादीभित्रको विद्रोही शक्तिका रूपमा चिनिने मोहन वैद्य पक्षको पछिल्लो राजनीतिक कदम हो । अहिले वैद्य पक्ष विभिन्न १२ दलहरूसँगको सहकार्यमा आफ्नै क्रान्तिकारी पार्टी, सरकारको विरोधमा मोर्चामा संगठित भएको छ । यसले अन्तर्विरोधको कथालाई प्रस्टोक्ति मात्र गरेको छैन, अब माओवादी फुट्न सक्ने अनुमानलाई अधिकतम रूपमा बल पु¥याएको छ, जसको घाटा शान्ति प्रक्रिया र नयाँ संविधान पाउने जनचाहना खतराको घन्टीका रूपमा देखिन थालेको छ । यसलाई प्रचण्डले कसरी सम्बोधन गर्लान् ? कसरी मिलाउन सक्लान् ? त्यो चाहिँ हेर्न बाँकी छ । यसको कारण वैद्य पक्षलाई प्रचण्डहरूले ‘बाइपास’ गरेको भन्ने आधार बनाइएको छ । त्यसैले पनि आफ्नो राजनीतिक हैसियत खोज्ने प्रयासमा वैद्य पक्षको पछिल्लो घोषणा आएको मानिन्छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा हाकाहाकी माग्ने वैद्य पक्षले आफ्नो अस्तित्वको खोजीमा फरक मोर्चा निर्माण गरी एक महिने आन्दोलनको घोषणा गरेको छ । पार्टीभित्र आफ्नो हैसियतको प्रमाण पेस गर्ने अर्को विकल्प अब वैद्यमा नरहेको पछिल्लो मोर्चाबन्दीले पुष्टि गरेको छ । यद्यपि, यसलाई सैद्धान्तिक र वैचारिक लडाइँको संज्ञा दिइएको छ । सार्वजनिक भएकै हो, यो वैचारिक विन्दुमा मात्र छैन । सैद्धान्तिक लडाइँ अर्थपूर्ण राजनीतिको विशेषता मानिन्छ । सिद्धान्तको जगमा उभिएर गरिने गुट–उपगुटको वकालत वा संघर्षका नाराहरू आफ्नै हैसियत नापिने यन्त्रहरू हुन् । क्षणभरमा यसको परिणाम त देखिन्न, अन्ततः जनस्तरले नै यसको हैसियतलाई प्रमाणित गरिदिन्छ । यो यात्रामा माओवादी जनविद्रोह र शान्ति र संविधानको दुई अलग दिशातिर चक्कर लगाएर हिँडिसकेको छ । यो माओवादीभित्रबाटै अस्तित्व खोजीको आन्दोलनका रूपमा बुझ्न जरुरी छ । जसरी प्रचण्डले राष्ट्रमा आफ्नो शक्तिलाई ‘चील’ को नाम दिएर व्याख्या गरेका थिए, त्यही निरन्तरताको सानो रूपमा पार्टीभित्र देखिएको शक्ति व्याख्याको कारण वैद्य पक्षको पछिल्लो मोर्चाबन्दीलाई बुझ्नु पर्दछ । यद्यपि, सबैले बुझ्न जरुरी छ– को शक्तिशाली भन्ने अन्तर्संघर्षमा कोही नामेट भएर जान्छन्, कोही बहुलाएर हिँड्छन् ।
उच्छृंखल, अव्यावसायिक र उद्दण्ड चरित्रलाई नेपाली जनजिब्रोमा ‘उम्रिंदैका तीनपाते’ भनिन्छ । संयोग मानौं प्रचण्ड, किरण र बाबुराम भट्टराई नामका तीनधारीय चरित्रले उम्रिएको माओवादी अहिले त्यही उखानको भावभन्दा पर राख्नु तुलनीय छैन । तीनपाते बिरुवा हेर्दा राम्रो, हलक्क बढ्ने प्रकारको देखिन्छ, तर त्यसले राम्रो फल दिँदैन भन्ने उदाहरण चाहिँ अहिले माओवादीभित्र देखिएको अन्तर्विरोधको पराकाष्ठा, उसैका कारणले अप्ठ्यारोमा परेको राष्ट्रिय राजनीति र संविधानसभाको स्थितिलाई स्मरण गर्दा हुन्छ । संयोगवश, संविधानसभामा नेपाली जनताले उस्तै प्रकारले निर्णायक विन्दुका ‘कर्ता’ का रूपमा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेसहितको तीनदलीय शक्ति स्थापित गरिदिएका छन् । जसको फल अहिलेसम्म जनसाधारणले प्राप्त गर्नसकेका छैनन् ।
नेपाली राजनीतिक बहसमा जारी रहेका शान्ति, संविधान, सेना समायोजन, विद्रोह, सरकार तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय महŒवाकांक्षाहरू हरप्रकारले माओवादीको राजनीतिक अवस्थासँग ठोक्किएका छन् । अर्थात्, यो देशको भविष्य र दुर्गति दुवैको कारण माओवादी नै हो । जसरी गणतन्त्र, संविधानसभाको जस उसले दाबी गरेको छ, त्यो भत्कनु र बिग्रनुको दोष पनि उसैले लिनुपर्दछ । खासगरी, माओवादीका ‘तीनपात’हरूले । यसर्थ, अन्तर्विरोध समाधान गरी नागरिक अनुमोदन र जनचाहनाको कदर गर्न माओवादीमा बुद्धि पलाओस् ।
-(१३, चैत २०६८ तरुण साप्ताहिकमा प्रकाशित लेख हो । )

No comments:
Post a Comment