यो इजलासबाट पाएको मृत्युदण्ड
मेरो मृत्युका लागि उपहास हो,
एक कसुरमा कयौं मृत्यु भोगीरहेको मान्छे
मेरो इजलासले सयौं पटक मारिसक्यो
र, पनि जीउँदो मान्छे
केही अक्षरहरुमा बाँचीरहेको भन्छन् भौतिक देख्नेहरु
अक्षरहरु त मृत्युका लागि नै कोरिएका रहेछन्
फेरि एक पटक मृत्युदण्ड पाएँ
मेरो इजलास त्यति सफा, निर्मल र निश्चल भएर
शव्दहरु मनका कुना कुनामा ठोक्दै
निर्णयहरु सुनाउँछ ।
वकालत गर्ने शव्दहरुलाई
मनका दिवारहरुले छेकिरहेको छ,
निर्दोष ठहर्रगर्न लागि परेका मित्रहरु
लागिरहेका छन् बारम्बार निर्दोष सावित गर्न ।
तर, बारम्बारको मृत्युदण्ड भोगिरहेको मान्छे
मेरो इजलास सुनाइरहन्छ, म भोगिरहन्छु ।
निरन्तर मृत्युदण्डहरु, एक जुनीमा र, सातजुनीसम्म ।

This poem had written ago 2 year.
No comments:
Post a Comment