विनोद ढकाल
नेपाली राजनीति जति तरल छ त्यति नै तरल छ कुटनीति पनि । त्यो तरलताको सावितका लागि पर्यटनमन्त्री लोकेन्द्र विष्टमगरको भ्रमणप्रकरणको भिसा प्रकरणलाई जोडौं अथवा अन्य उदाहरणहरुलाई प्रस्तुत गरौं । कमजोर प्रशासनयन्त्र र राजनीतिको उपज मान्नुपर्छ । तर यी झिनामसिना विषयभन्दा पनि जटिलचाँही सीमा जोडिएका भारत र चीनको नेपालमाथिको दृष्टि र उनीहरुले देखाएको चासो नै हो । स्वार्थविनाको चासो कसैले कसैमाथि देखाउँदैन । चीन र भारतले नेपाली राजनीतिमा धेरै चासो देखाउने गरेका छन् । जवकि विश्वका धनी मुलुकका सुचीमा आउने अन्यले किन देखाएनन् जापानले नेपाली राजनीतिमा हस्तक्षेपको भुमिका निर्वाह नगर्नुको कारण उसका कुनै खास स्वार्थ छैनन् । तर भारत र चीनका आपसी खास स्वार्थ छन् जसलाई उनीहरुले आफ्नो पक्षमा पार्न नेपालमाथि गहिरो दृष्टि राखेका हुन् ।
नेपाली राजनीतिको खास अर्थ भारतको भनिन्छ । प्रजातान्त्रिक आन्दोलनदेखि माओवादी विद्रोहसम्म भारतीय भुमीले देखाएको सहानुभुति यसका मुख्य कारण हुनसक्छ । तर के अहिले नेपाली राजनीतिमा भारतको भुमिका प्रभावकारी छ त यो प्रश्न निकै गम्भिर छ नेपालका लागि र स्वयम् भारतका लागि पनि । यद्यपि सोचेजति कमजोरचाँही भइसकेको छैन । भ्रष्टाचारको दलदलमा फँसेको अति क्रान्तिकारी माओवादीले उसैका कारण नेपालमा आफु थिचिएको विश्लेषण गर्दै आएको थियो । अहिले उसैको दुहाई दिएर आफ्नो सत्तालाई कायम राखेको छ । बरु सत्ता नपाएको चोट भोगेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु भने अहिले भारतसँग ुनाराजु छन् । उनीहरु कुर्लिन थालेका छन्-ुभारतले नेपाली राजनीतिमा हस्तक्षेप गरेको छ ।
भारतका विज्ञहरुको समुहले दक्षिण एसियाको राजनीतिमा भारतको हस्तक्षेपकारी भुमिकालाई जारी राख्नका लागि सुझाव दिएको छ । उसको मुल्याङकनले अहिले दक्षिण एसीयामा भारत कमजोर र चीनको भुमिका प्रभावकारी बन्दै गएको देखाएको छ । नेपाली राजनीतिमा पनि भारतको भुमिका अहिले कमजोर भएको विश्लेषण हुन थालेको छ जसरी चीनको भुमीका व्यापक रुपमा बढेको छ । चीनले विकास सहयोगको कोणबाट नेपालमा आफ्नो भुमिकालाई प्रभावकारी बनाउने प्रयास गरेको छ । जवकी तिव्वती शरणार्थीको विरोधलाई नेपाली भुमिमा नामेट पार्नु उसको स्वार्थ पनि हो । उसले नेपाली भुमिमा आफ्नो सहयोगी हात बढाएर तिव्वती शरणार्थीको चहलपहललाई चारघेराभित्र राख्ने सक्षमता पछ्याएको छ । यसको प्रभावकारीताका लागि प्रधानमन्त्री वेन जियाबाओको भ्रमणलाई पनि औपचारिक बनाएको थियो । चीनको यो भुमिकाप्रति भारतको गहिरो चासो थियो । यो चासोलाई उसले अनौपचारिक रुपमा अभिव्यक्त गरेको थियो । चीनका प्रधानमन्त्री नेपाल आउनु राम्रो कुरा भएको बताएतापनि चीनको भृुमिका बढ्नुचाँही उसले खतरा देखेको थियो ।
भारत नेपालमा जहिलेपनि आफ्नो हस्तक्षेपकारी भुमिकालाई वर्चश्व राख्न चहान्छ । खासगरी दक्षिण एसीयाली मुलुकहरुमा आफ्नो दवदवा राख्नु उसको राष्ट्रिय नीति नै हो । तर आजभोली उ दक्षिण एसीयाली मुलुकहरुमा कमजोर हुँदै गएको अनुभुति गरेको छ । र अहिले उसले दक्षिण एसीयामा चीनले जहाँ आफ्नो उपस्थितिलाई बलियो बनाएको छ त्यहाँ आफ्नो भुमिकालाई प्रभावकारी बनाउन चहाँदैछ । सार्वजनिक भएकै हो भारतीय प्रधानमन्त्री मनमोहन िसंह नेपाल भ्रमणमा आउनेछन् । केही सातामा उनी नेपाल आउने तयारी पनि भएको बुझिन्छ । उनको भ्रमणपनि नेपाली आन्तरिक राजनीतिमा भारतीय भुमिकाको प्रभावकारीता बढाउने चावी उनले बोकेर आउनेछन् । मख्ख छन् नेपाली राजनीतिकर्मींहरु दुहाई दिइरहेका छन् नेपाली जनताहरु की उनको भ्रमण सफल होस भन्ने । तर त्यो भ्रमणले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्न सक्छ ?
भारतको समस्या पाकिस्तान हो । उसले बारम्बार भन्ने गरेको चीनले पाकिस्तानलाई सहयोग गरेर भारतलाई कमजोर बनाउने प्रयत्न गरिरहेको छ । पछिल्लो पटक नेपालमा बढेको चीनको भुमिकालाई भारतीय साचारमाध्यमहरुले पाकिस्तानीहरुको सहयोगका लागि चीन नेपाल छिरेको बताएका छन् । त्यहाँका रक्षा विज्ञहरुले चीन-नेपाल जोडिने रेलमार्ग वा सुरुङमार्गहरु भारतको खिलाफलमा पाकिस्तानीहरुको सहयोगका लागि चीनको रणनीति भएको बताउन थालेका छन् । र भारतीय संस्थापनले नेपालमा आफ्नो भुमिका प्रभावकारी बनाउनका लागि प्रधानमन्त्री िसंह सहितका अधिकारीहरुको टोली नेपालमा पठाउने तयारी गरेको छ । यसअघि नै भारतले आफ्नो दुतावासमार्फत सवै जानकारीहरु लिने काम गरिरहेको छ । यस विषयलाई पुष्टि गर्ने आधार भारतीय साचारमाध्यमका विशेष रिपोर्टहरु तथा बारम्बार भारतीय जाली नोटको कारोबारका बारेमा भारतले उठाउने प्रश्न पनि हो ।
चीन र भारतका आपसी स्वार्थका कारण उनीहरु नेपाललाई एउटा सीमारेखाको भुमि बनाइरहेका छन् । तर यी दुई मुलुकका आन्तरिक स्वार्थलाई नहेरी नेपालले आफ्नो आर्थिक स्वार्थलाई व्यवाहारिक बनाउने कुटनीतिक भुमिका किन निर्वाह नगर्ने जसरी राजनीतिक तरलतामा यी मुलुकहरु नेपाली भुमिमा छिरेका छन् उनको कुटनीतिक समस्यालाई उपयोग गरेर किन व्यवाहारिक काममा नेपाली संस्थापन लाग्न सकेको छैन ? यो र यस्तै प्रश्नको जवाफ यतिवेला नेपाली जनतालाई चाहिएको छ ।
No comments:
Post a Comment