Thursday, March 15, 2012

नेपालीको साइबर सेक्स


विनोद ढकाल
काठमाडौं-झण्डै छ वर्ष अघि एक नेपाली नागरिक अमेरिकामा साइबर सेक्सको शिलशिलामा पक्राउ परेका थिए । तत्कालिन अमेरीकी गुप्तचर प्रहरीले वातवरण तथा पर्यावरण विषयमा पिचडी गरिरहेका चितवनका गोविन्दबहादुर बस्नेतलाई साइबरसेक्स अपराध गरेको भन्दै पक्राउ गरेको थियो । एक १५ वर्षिय किशोरीलाई साइबरसेक्स अपराध गरेपछि उनी पक्राउ परेका थिए । उनी सेक्सुअल गफगाफमा व्यस्त भएका वेला प्रहरीले पक्राउ गरेको थियो । एक छोरा र श्रीमति पनि रहेका बस्नेतलाई अदालतमा मुद्दा समेत परेको थियो । उनी चितवनका पूर्व शिक्षक रहेको त्यसबेलाका अमेरिकी अखबारहरुले सार्वजनिक गरेका थिए ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै अव साइबरसेक्स पनि बढेको छ । नेपालीले पनि साइबरसेक्सलाई अहिले बढावा दिएका छन् । फेसबुक याहुच्याट रुम र विभिन्न प्रकारका भिडियोच्याटहरु मार्फत साइबर सेक्स बढेको छ । नेपालभित्र र नेपालदेखि नेपाल बाहिरसम्म पनि यसरी साइबरसेक्समा नेपालीहरु अव्वल हुँदै गएका छन् । नेपालकै भिन्न ठाउँमा भएका जोडीहरु छुट्टिएर बस्नुपरेको अवस्था होस वा नेपालदेखि विदेशसम्म रहेका जोडीहरु हुन् । अहिले त्यस्ता जोडिले साइबरसेक्सलाई बढावा दिएका छन् । युवाजोडीहरु प्रेमका लागि र वैवाहिक जोडीहरु जीवनका लागि पनि साइबरसेक्सप्रति आकर्षित भएका छन् ।
श्रीमतिलाई इजरायल पठाएका काठमाडौंमाबासीे रविन्द्र गौतम भन्छन्-ुघरमा बसेजस्तो हुँदैन । मेरोमात्र नभएर उसको सन्तुष्टिका लागि पनि हामी कुराकानी र भिडियो च्याटमा केही सेक्सुअल कामहरु गरिरहेका छौं । जसले हामीले घरमै भएको अनुभुति गर्छौं । सुखदुखका कुराकानी त भइहाल्छ त्यसबाहेक जीवनको महत्वपूर्ण पाटो सेक्सलाई पनि कसरी प्रयोग गर्ने भन्ने शिलशिलामा हामीले यसो गरेका हौं ।ु रियल सेक्सको मज्जा नपाएको ुसर्कलुले त साइबर सेक्सको प्रयोग बढाएकै छन् । सेक्सलाई जीवनचक्रको एउटा महत्व ठान्ने सर्कलमा पनि साइबरसेक्सको महत्व उत्तिकै हुन थालेको छ । सेक्सुअल साइटहरुलाई आफ्नो कम्प्युटर ल्यापटप लगायत प्रविधिका विभिन्न क्षेत्रमा राखेर युवा तन्नेरी तथा जवानहरुमा पनि यो क्रम बढेको पाइन्छ । ुसेक्स जीवनको एक आनन्द हो यसको सहज उपयोग इन्टरनेटमार्फत गर्न सकिन्छ । मैले निरन्तर मेरो अष्ट्रेलियामा रहेकी प्रेमिकासँग साइबरसेक्सको मजा लिने गरेको छु ।ु काठमाडौंवासी दिलीप सुव्वा भन्छन्ुउनको र मेरो सम्बन्धलाई कायम राखेको छ । म यहाँ काम गर्न र उनी त्यहाँ निर्भिक रुपमा पढ्न पाइरहेकी छन् ।
बुझ्नेहरुले साइबरसेक्सलाई उपयोगी बनाउन सकेका छन् । सहरमा सुविधाहरु बढ्दैजाँदा र मानिसहरु प्रविधिको प्रयोगमा जति अव्वल हुँदैछन् त्यहि गतिमा उनीहरुको जीवनशैली पनि परिवर्तन हुँदैछ । साइबरसेक्स सन्तुष्टिको गतिलो बाहना बन्न थालेको छ । युवा तथा किसोरहरुले पनि प्रेमदेखि सेक्ससम्मको प्रस्ताव इन्टरनेटको माध्यम बनाउन थालेका छन् । हात हातमा भएका मोवाइल होस वा साथमा भएका ल्यापटप । वा घरमा भएका कम्प्युटरका स्क्रिनहरु । मौका मिल्नासाथ आफ्ना मिल्ने मानिसहरुसँग सेक्सका कुराकानी नगरी चित्तै बुझ्दैन अहिलेको पुस्तालाई । ुसेक्स तेस्रो विश्वका लागि पनि सामान्य हुन थालेको छ । इन्टरनेटका साइटहरु हेर् यो साथीहरुसँग कुराकानी गर् यो । र चित्त बुझायो ।ु वागमती कलेजका एक छात्र भन्छन्ुसाइबरसेक्स कसले गर्दैन र सवै भन्न डराउनेमात्र हो । प्रत्येकले साइबरसेक्सको प्रयोग गरिरहेको छ । म पनि गर्छु इन्टरनेटमा बस्न पाएको वेला ।

के हो साइबर सेक्स
तेस्रो व्यक्तिसँग इन्टरनेटमा गरिने वा लेखिने यौनजन्य कुराकानीलाई साइबर सेक्स अन्तर्गत राखिएको छ । आफुसँग भएका सेक्सका अनेकन अनुभवहरुलाई इन्टरनेटका त्यस्ता कोठाहरुमा लेखिनुपनि साइबर सेक्स अन्तर्गत पर्दछ । एक किसिमले साइबरमार्फत हुने यस्ता कृयाकलापलाई वास्तविक सेक्सका रुपमा पनि परिभाषित गरिएको छ । जीवनमा प्रयोग नगरिएका अनेकन सेक्सुअल कुराकानीलाई इन्टरनेटका भित्तामा राखिएको हुन्छ । मानिसहरुले राख्ने गरेका छन् । जसलाई साइबरसेक्सको संज्ञा दिइएको छ । यस्तो कृयाकलाप साथीहरु जोडिहरुमा प्रायगरी हुने गरेको छ । यस्ता भित्तामा सहभागीहरुले सेक्सका नयाँ अनुभवहरु कसरी गर्न सकिन्छ भनेर पनि लेख्छन् अथवा यस्ता धारणाहरु सार्वजनिक गर्दछन् ।

साइबरसेक्सबाट मानिसहरुले फोन हुँदै रियल सेक्ससम्मको यात्रा गर्न सक्छन् । यीनिहरु कुराकानी र नयाँ सृजनात्मक सेक्सका विषयलाई प्रयोगात्मक अवस्थासम्म पुर् याउन सक्छन् । वा यत्तिमै पनि सन्तुष्ट हुन सक्छन् ।

फाइदा
- साइबरसेक्सबाट शारिरीक रुपमा यौनसम्पर्क गर्दा बढ्न सक्ने यौनजन्य रोग गर्भ रहने जोखिम हुँदैन । यो युवाका लागि शारिरीक रुपमा सुरिक्षत सेक्स हो । यो यौजन्य विचार र उत्तेजनाहरु प्रवाह हुन्छन् । त्यसैबाट सन्तुष्टि लिन्छन् यसका प्रयोगकर्ताहरु ।
- साइबरसेक्सबाट सामाजिक वा पारिवारिक जीवनमा अप्ठ्यारो पार्दैन । यसबाट प्रयोगात्मक सन्तुष्टि भन्दापनि यौनजन्य कुराकानीबाट सन्तुष्टि दिने काम हुन्छ । र समाजमा बलात्कार लगायतका घटनालाई पनि साइबरसेक्सले न्युनिकरण गरेको छ ।
-इन्टरनेटमार्फत बन्ने सम्बन्ध भएकाले वास्तविक जीवनमा मानिस आत्मसन्तुष्टि रहन सक्छ । जसका कारण अन्यसँग उसको सम्बन्ध अर्थपूर्ण रुपमा टिक्नसक्छ ।

No comments:

Post a Comment