Thursday, March 22, 2012

बाबुरामको हैसियत देखियो -गजुरेल


अन्ततः माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराइको लोकप्रियतालाई कमजोर देख्ने चाहना पुष्कमल दाहाल प्रचण्डको नै भएको पार्टीका एक नेताले सांकेतिक रुपमा खुलासा गरे । प्रचारबाजी र यथार्थ फरक हुने भएकाले पार्टीभित्र बाबुरामको हैसियतबारे आफुहरु जानकार रहेको तर जनमानसमा मिडियाबाजीले त्यसको प्रयोग गर्नु आवश्यक रहेको उनको अभिव्यक्तिको भाव थियो । सरकार, बाबुरामको हैसियत र उनले दिएका आश्वासनहरुको अपूर्ण खेती र अहिले उनीविरुद्ध देखिएको त्यहि जनसतहको यथार्थ उनी प्रचण्डभन्दा प्रभावशाली नभएको प्रमाण रहेको ती नेताले दर्शाउने प्रयत्न गरे । कांग्रेस नेता रामशरण महतपछि बोलेका ती नेताले मिडियाबाजीले शक्ति वा प्रशंशकहरु बटुल्न सकेपनि राजनीतिमा त्यो नै तथ्य नहुने बताएका थिए ।
दाहालका नजिकका पात्र पोलिटव्युरो सदस्य हरिवोल गजुरेलले बाबुरामको लोकप्रियता सतहीमात्र भएकाले त्यो सतहमा आउनु आवश्यक देखिएको अभिव्यक्ति दिए । उनले यसो भने–‘पार्टीमा अध्यक्ष भन्दा बलियो कोहीपनि हुन सक्तैन । लोकप्रियताका हिसावले होस वा राजनीतिक ओजका हिसावले अध्यक्ष बोलियो हुन्छन् । निसन्देह प्रचण्ड बलिया थिए–छन् । तर, कान्तिपुर लगायतका केही मिडियाहरुले अतिरञ्जित प्रचार गरेपछि बाबुरामको राजनीतिक हैसियत नाप्नुपर्ने नै थियो । सरकार गठनका समयमा आएपछि यसले यथार्थ रुप पायो । अहिलेको बाबुरामको असफलतालाई उनको प्रचारवाजीसँग जोडेर हेर्दा सवैले विश्लेषण गर्न सक्छन् । रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा गजुरेलले यसो भनेका थिए । उनले बाबुरामले शान्ति प्रकृयाका लागि सेना समायोजनको काममात्र अघि बढाएको तर अरु सवै साख गुमाएको बताए । शान्ति र संविधान बाहेकका अन्य विषयमा बोलेर आफ्नो हैसियतको परिचय बाबुराम आफैंले दिएको उनको अभिव्यक्ति थियो ।

2068-12-9, Gajurel speech in reporters' club, putalisadak.

No comments:

Post a Comment