Friday, March 16, 2012

सेक्समा ठगि !



विनोद ढकाल
सुन्धाराको एउटा डिस्को । अघिल्तिर अर्धनग्न नाच चलिरहेको छ । चुरोटको धुवाँ र वियरको गन्धले डिस्कोबार निकै तातेको छ । नाच्नलाई तयार भएका अर्धनग्न केटीहरुको हुल भिन्न भिन्न टेवलमा मादक भएर बसेका सहरीया धनाड्य र नवधनाड्यहरुसँग सामान्य रसलिलामा डुवेका छन् । साँझ छिप्पिएर रातमा ढलेको छ । अनि रात छिप्पिएर मध्यरातको नजिक पुगिरहँदा मातेका युवतीहरुले आफ्ना शरिरमा भएका केही कपडाहरु पनि विस्तारै उतार्दैछन् । र त्यहि रमझम मान्नेहरु हजारमाथि हजारका नोट अघिल्तिर खसाइरहेका छन् । र पछिल्तिरको काउन्टरमा ५ रुपियाँ पर्ने चुरोटको दाम पनि ५० रुपियाँका दरले चढिरहेका छन् । दुई सय पर्ने वियरको दामपनि दुई हजारका दरले उठिरहेका छन् । प्रायःगरी काठमाडौंका रात्री क्लवहरु डिस्को÷बारहरुमा यस्ता दृश्यहरु सामान्य बन्दै गएका छन् । पश्चिमा संस्कृति हुर्कदो छ भने एउटा खास यौन बजारका रुपमा काठमाडौं विकसित हुँदै गएको छ । ुयी सामान्य दृष्टान्तमात्र हुन् । यी भन्दा अझ गतिला उदाहरणहरु मसाज सेन्टर तथा होटल र लजहरुमा व्यापक पाइन्छन् ।ु एकजना होटल व्यावसायीले भनेुयहि नै पनि हाम्रो व्यापारको मुख्य आम्दानी हो । यति भएन भने व्यापार चलाउन गाह्रो हुन्छ र महंगीको सहरमा खर्च धान्न पनि कठिन हुन्छ ।
विज्ञापन लगायतका विभिन्न ठाउँहरुमा महिलाको प्रस्तुतीकरणका आधारमा व्यापार चलाइने गरिएको छ । महिलालाई बजारीकरण गरिएको काठमाडौंको रात्री जीवन निकै कठिन छ । डिस्को होस वा दोहोरी महिलाको खेती लगाएर धन आर्जन गर्ने थलो भएको छ । यस्तो बजारीकरणलाई कार्यरत महिलाहरुले पनि ुआफ्नोु उच्चतम आम्दानीको व्यापार बनाएका छन् । उनीहरुले काठमाडौंको व्यापारमा घुलमिल हुनका लागि रात्री यौन बजार अपनाएका हुन् । कोही आफ्ना श्रीमान् विदेश गएकाले आम्दानीको बाटो बनाएका छन् भने कसैले काठमाडौंको खर्च धान्ने व्यापारका रुपमा लिएका छन् । तर उनीहरु र उनको प्रयोगबाट व्यावसाय चलाइरहेकाहरुले पनि ग्राहकहरुलाई ुमुर्गाु बनाइरहेका छन् । भर्खरै राजधानी छिरेका प्रविण कार्की दोहोरी छिरेका थिए । उनलाई राजधानीको रात्री जीवनबारे त्यति उल्लेख्य रुपमा थाहा नभएको बताउँछन् । कार्की भन्छन्-ुडटपेन खोसेकी केटिले केहीबेरमा आफ्नो टेलिफोन नम्बर लेखी र डटपेन फिर्ता दिई ।ु उसले स्पष्ट संकेत गर्दै लेखेकी थिइ-ुदिउँसोको मज्जा लुट्ने हो भनेमात्र फोन गर्नुस । राती मलाई फुस्रद हुन्न ।ु न्याप्किन पेपरमा यस्तो लेखेर डटपेन फिर्ता पाएका उनी भन्छन्-ुमेरो पहिलो पल्ट थियो । तर यसरी आफ्नो ग्राहकको खोजी हुँदो रहेछ । म दोहोरीको मज्जा लिन गएको थिएँ । मलाई अरुवेलाका लागि पनि अफर गरियो । तर त्यो त्यति विश्वासिलो र मैले रकम तिरेअनुसार भरपूर उपभोग गर्न पाउने प्रकारको भन्ने चाँही मलाई लागेन ।
यौनका विषयमा जसरी एसीयाका अन्य धनाड्य मुलुकहरु खुल्ला छन् पश्चिमा मुलुकहरुमा यौनलाई सामान्य मानिएको छ । नेपाल सरकारले यस्तो मान्यता दिएको छैन । कानुनतः दुई नम्बरी व्यावसायका रुपमा यौन व्यापारलाई लिएपनि राजधानीमा यस्ता व्यापारलाई कानुनले मान्यता दिए सरह उद्धार मनोवृत्तिमा बढाउन थालिएको छ । उसो त काठमाडौंमै पनि विभिन्न विदेशी यौनबजारमा उदाङ्गिएका दृश्यहरु देख्न नपाइने होइन । तर यौनबजारको उचित मुनाफा उपभोगकर्ताले नपाउने प्रकारको व्यापारबाट नेपाली युवाहरु ठगिइरहेका छन् । एसीयाकै सेक्स सीटिका रुपमा परिचित थाइल्याण्डमा नेपाली युवाहरु कस्सीएर जाने क्रम बढेको छ । थाइल्याण्डको पटैया लगायतका ठाउँमा युवाहरु जाने क्रम तिव्र छ । भर्खरै थाइल्याण्डको यौन बजार पुगेर आएका एकजना युवा भन्छन्-ुनेपालमा पनि गुप्तरुपमा यस्ता बजारमा म छिरेको हुँ । तर पटैयामा रकम तिरेअनुसारको उपभोग गर्न पाइन्छ ।ु सेक्सका लागि युवति छान्ने त्यस अगाडीका डाइटहरु र सेक्सको भरपूर उपभोगपछि पनि डाइटका विषयमा उनीहरु सतर्क छन् । अन्य सेवा सरह सेक्समा पनि सन्तुष्टि दिनु त्यहाँको व्यापारको कुशल पक्ष रहेको ती युवाले बताए । भनिन्छ अन्य खानाहरुजस्तै सेक्स पनि मानवीय जीवनको मुख्य आवश्यकता हो । मानिस सेक्समा सन्तुष्ट हुन सकेन भने उसले सृजनात्मक काम गर्न सक्तैन । घरमा नपाएको सेक्सको सुख युवा÷युवतीले बजारमा खोज्छन् । यौनबजारका रुपमा उदार हुँदै गएपनि काठमाडौंमा यसको ठगी बढेको अनुभव धेरै युवायुवतीले व्यहोरेका छन् । ुसेक्स इज वन अफ दी मस्ट होलसम व्युटीफुल एण्ड नेचुरल इक्सपेरियन्स द्याट क्यान बाई ।ु कुनै अंग्रजी लेखकले भनेका छन् । अर्थात ुयौन एउटा यति सुन्दर प्राकृतिक अनुभव हो जसलाई पैसोले किन्न सकिन्छ ।ु तर उनले के पनि भनेका छन् भने यसको भरपूर उपयोग गर्ने व्यवाहारिक ज्ञान चाँही त्यो खरिदकर्तामाथि हुनुपर्छ र यौनलाई जसले विकि्र गर्छ उसमा पनि हुनुपर्छ । यो भनाइलाई इंगित गर्ने तर यसको उल्टो चरित्रको यौन बजारका रुपमा अहिले विकसित भइरहेको छ काठमाडौं । एकातिर होटल तथा लज व्यावसायीहरुले त सेक्सलाई कानुनी बजारका रुपमा स्थापित गराउन सके त्यसबाट विदेशी तथा स्वदेशी व्यापार बढ्ने प्रस्ताव पनि राखेका छन् । तर यसको उचित कानुनी प्रावधानमा महिला अधिकारवादी महिला संगठनहरु र राजनीतिक दलहरुको विरोध छ । जसले कानुनी मान्यता पाएको छैन तर बजार फस्टाउँदो छ जसमा उपभोक्ताहरुमात्र ठगिने गरेका छन् । कुनैपनि चिज खरिद गरेपछि उपभोक्ताले त्यसको सन्तुष्ट उपयोग गर्न पाउनुपर्ने बजारसम्बन्धि नियमै हो । त्यसको प्रयोगमा वाधा आउने वा ठग्ने प्रचलन बढ्दै जाँदा व्यापारी मौलाउने र उपभोक्ता जहिल्यैपनि ठगिमा परिरहने क्रम चलिरहन्छ । त्यसको उदाहरण हो नेपाली सेक्स बजार । र यस्ता ठगिको मुख्य शिकार प्रायगरि युवाहरुमात्र हुने गरेका छन् । नेपाली बजारमा युवाहरु मात्र यौन बजारमा धाउने गरेका छन् । हाल कहिँकतै महिला उपभोक्ताहरु पनि ग्राहकको खोजिमा हुने गरेको सुनिएतापनि यसबारे कुनै तथ्य जानकारी प्राप्त हुन सकेको छैन ।
सेक्सको उचित उपयोग गर्न नपाउँदा वा त्यसको प्रयोगमा वाधा आउँदा मानिस एकप्रकारको मानसिक तनावमा पर्दछ । जसले उसका अन्य सृजनात्मक कामहरु पनि सकारात्मक रुपमा गर्न सक्तैन । नेपाली समाज समुदायमा सेक्समाथि उदारता नदेखाएका कारण धेरै युवायुवती पीडित हुने गरेका छन् । जसको विकल्पमा बलात्कारजस्ता आपराधिक गतिविधि बढ्ने गरेको पाइन्छ । ुसेक्सको कानुनी बजार हुँदा उपभोक्ताले सहज रुपमा आफ्नो यौन सन्तुष्टि निसङ्कोच लिन पाउँछ । जसले सृजनात्मक काम गर्नेहरुका लागि तनाव न्युनिकरण गर्छ भने बलात्कार जस्ता सामाजिक अपराधहरुको पनि न्युनिकरण हुने सम्भावना अधिकतम रहन्छ ।ु यौन विशेषज्ञहरले भनेका छन्ु नेपाली समाजमा बढेका अपराध तथा यस्ता तनावका समस्याहरु कम गर्नका लागि पनि सेक्स बजारलाई स्थान दिइनुपर्ने विषयलाई नकारात्मक रुपमा लिन हुँदैन ।ु बरु अहिले सेक्सका नाममा भइरहेका उपभोक्ता ठगिने क्रमलाई कसरी नियन्त्रणमा लिने हो त्यसबारे सोच्नु उपयुक्त हुने विशेषज्ञहरुले सुझाव दिने गरेका छन् । विशेषज्ञहरुका अनुसार सन्तुष्ट यौन सम्बन्धका लागि मस्तिष्क निसङ्कोच हुनुपर्दछ । तर नेपाली यौन बजारमा त्यस्तो सन्तुष्टि लिन मुस्किल छ । कानुनबाट बर्जित भएका कारण बजारमा खरिद गरेर पनि सशंकित वातावरणमा यौन बजारमा उपभोक्ताहरु पुग्ने गरेका छन् । जसले सोचेजति सन्तुष्टि प्राप्त गर्न सक्तैनन् । ुप्रहरीको डर समाजको परिवन्ध र यौन साथीको चाहनालाई पनि बुझेर बजारमा पुग्नु पर्दछ यसकारणले पनि हामी ठगिइरहेका छौं ।ु यौन उपभोक्ताहरुको गुनासो रहने गरेका छन्ुयति हुँदाहुँदै पनि मनको बाँधलाई कसरी नियन्त्रणमा राख्ने भनेर हामी त्यस बजारमा पुग्ने गरेका हौं ।

No comments:

Post a Comment