Thursday, March 15, 2012

जसले कर्म सिकाए…


सुवेदार साप । जीवनको आधा शताव्दि र एक दशक पार गरिसकेका उनै सुवेदार साप । अहिले पनि कलमका तिखा निभहरु उनका हातका शान बनेका छन् । ब्रसका टुप्पामा चोपिएको इनामेलको मेल अनेकन अक्षरहरुबाट समाजलाई दर्शाइरहेका छन् । कसैका भित्तामा विवाहका सन्देश कुनै भित्तामा शिक्षाका उपदेशमुलक वाणीहरु । कसैको चेहरामा मस्तीको पेन्टिङ् कसैको जीवनमा ज्योतिका अक्षरहरु । उनको अहिलेको दैनिकी हो । उनको सन्देश छ- दुनियाँमा नगन्य छन् उपभोक्तावादीहरु । हरेक विषयलाई उपभोगी नजरबाट अन्दाज गर्नुहुन्न । त्यस्तो अन्दाजले जीवनलाई सीमित सुखको माहौलमा अभ्यस्त गराउन सक्छ ।


तीन छोरी एक छोराका धनी उनी भौतिक प्रयोजनका सम्पत्तिमा गरिव छन् । गरिवि उनको नियती होइन बाध्यता बनेको छ । किनभने उनले सीपलाई व्यावसाय नभई सेवाका रुपमा लिएका छन् । नेपाली सेनाको २१ वर्षे नोकरी छाडेको अर्को २१ वर्ष पुग्न लागेको छ । तर त्यसबीचका केही वर्षमा कथित माओवादीका नाममा उनलाई यातनाको सिकार पनि बनायो यहि राज्यले । पि_िल्सएका ओठ कमजोर आर्थिक हैसियत स्कुले नानीहरुको संरक्षण यीनै विषयहरुमा उनी अव्वल थिए । खासगरी आफ्ना सन्तानलाई व्यवाहारिक ज्ञान दिने विषयमा सुवेदार सापको योगदान उनका सन्ततिले भुल्दा त्यो एउटा पापको खण्डचाँही हुनसक्ने मेरो अनुमान छ ।

साइकलमा पि_िल्सएको छ चाक । १५ वर्षसम्म त्यहि बुढो साइकलमा चढेर एउटा सानो बजारमा पुग्छन् उनी । उनी अहिले पनि आफ्नो कर्मप्रति उत्तिकै दम्भ गर्छन् । एक छोरालाई कर्मशिल र गैरभ्रष्ट चरित्रको कर्मको सीप दिएका सुवेदार साप जवान छोराले सम्पत्ति कमाएन भन्ने विषयमा िकंचित दुखी छैनन् । बरु साह्रो गाह्रो परेको बेलामा उल्टै आर्थिक सहयोगको प्रस्ताव पनि गर्छन् । जाली समाज भ्रष्ट सहर र त्यसमा रुमलिएको देशमा गैरभ्रष्ट सेवा र परिश्रमको मुल्य चुकाउने शिक्षा अहिलेपनि उनको मुल उदेश्य हो । कतिपय मानिसहरुको सेवामा जीवन अर्पण गरेका छन् । घरमा आएका पाहुनालाई अतिथि देवो भवः को भनाइको पुष्टिकरणचाँही उनको घरमा हुन्छ । सामान्य पिल्लर नलगाएको पक्की घरको बासमा दैवेले उनको साथ दिएको छ । चिया र चुरोटका भुक्तभोगी उनी जीवनलाई देवकोटा पथ र सन्तानलाई उदेश्यप्रतिको मृगतृष्णा राख्नुपर्छ भन्ने शिक्षाको अम्मली बनाउन सक्षम छन् । फलतः उनको एकमात्र छोरा जसले पत्रकारिता विषयलाई आफ्नो जीवनको सार ठानेको छ । प्रविधिको प्रयोगसँगै एक्काइसौं शताव्दिको पत्रकारितामा पहुँचवाला सहरमा संघर्षको जीवनलाई गुजारिरहेको छ । उसले कोरेका शव्दलहरु समाचारीय रुपमा सहरमा विलिन त भएका छन् तर ती अर्थपूर्ण भएका प्रतिकि्रयाहरु विस्तारै आउन थालेका छन् । सुवेदार साप कलाकार चिन्तामणी ढकाल उनको जीवन सादा छ अनि विचार उच्च छ । त्यहि विचारको गतिमा हिडिरहेको उनको सन्तान अक्षरहरुले आज व्लगमा यो पोष्ट गरिरहेको छ ।

No comments:

Post a Comment