विनोद ढकाल
म एउटा पत्रकार हुँ । पेशाको पहिचान यस्तो भएपनि मेरो खास पहिचान नागरिकताका आधारमा नेपाली उमेर समुहका आधारमा युवा हो । मेरा सवै परिचयभन्दा मलाई प्यारो लाग्ने युवा हो । खासगरी यौवनाको अवस्था यस वेला ममा आएको मेरो वयस्क विचार र जोसका कारण म यस परिचयबाट सामाजिक रुपमा अघि बढ्न चहान्छु । समयलाई चिन्न सक्नुपर्छ भन्ने मान्यताबाट अघि बढ्दा मलाई यस्तो लाग्छ । तर युवाको नाममा अहिले यतिधेरै कामहरु भइरहेको छ जसका कारण मैले मेरो यस परिचयलाई छायाँमा राखेर पेशागत हुलियालाई बजारीकरण गर्नुपर्ने बाध्यता छ । खासगरी उमेर समुहका आधारमा हुन थालेको राजनीति त्यसमा पनि प्रवेश गराइएको अराजक गतिविधिको पात्र र त्यसलाई नाम दिइएको युवा संगठनका कारण म पेशागत परिचयप्रति आकर्षित भएको हुँ । म कुनै खास राजनीतिक दलको सामान्य सदस्य हुँ । मलाई स्वतन्त्र र निर्भिक भएर राजनीतिक गर्ने रहर पनि छ । तर मलाई सकि्रय राजनीतिका नाममा त्यसले सिकाएको अराजक कामको सदस्य बन्नु छैन । त्यति नगरी नेपाली राजनीतिक दलमा अघि बढ्न नसक्ने ठोकुवा मेरा अगुवाहरुको थियो । फलतः मैले त्यस्तो राजनीतिक दलको सदस्यतालाई सकि्रय बनाउन चाहिन । र स्वतन्त्र युवाका रुपमा आफ्नो क्षेत्रबाट अभियान थाल्ने सोच राखें । मैले यति लेखिरहँदा सवै मेरो अनुभवका बारेमा मात्र व्याख्या गर्न खोजेको होइन । यो मजस्ता अनेकन युवाहरु जो मेरो सम्पर्कमा आउन सकेका छैनन् जानेका छैनन् वा मेरोजस्तो स्वतन्त्र विचारलाई संगठित बनाउन सकेका छैनन् उनको प्रतिनिधित्व गराउन चाहिरहेको छु । अनि जो युवा हुन् तर कुन बाटोमा जाँदा उचित हुन्छ भनेर अलमलमा परेका छन् उनीहरुका लागि युवाका नाममा भइरहेका केही दृष्टान्तलाई उल्लेख गर्न चाहिरहेको छु ।
युवा स्वरोजगार कोषमा युवाका नाममा लाखौं रकम सरकारबाट विनियोजन भयो । त्यसको प्राप्तिका लागि एउटा राजनीतिक दलले आफू आवद्ध भएका युवालाईमात्र बाँड्ने चलन बढ्यो । जसको िहंसात्मक प्रतिकारमा अर्को युवा संगठन उत्रियो । जसको नाम हो युवा संघ नेपाल । यी घटनाहरु युवाका नाममा भएका दृष्टान्तका लागि काफी छ । अधिकांश युवा जमातहरु अध्ययनका क्रममा विभिन्न राजनीतिक दलका भातृ संगठनको सदस्यता लिएर राजनीति थाल्छन् । राजनीति परिवर्तनका लागि हुने ज्ञान भन्दा पनि राजनीति प्रत्याक्रमणका लागि भन्ने बुझाई युवा वर्गमा छरिन थालिएको छ । जसले गर्दा संगठित संस्था कुनै सामाजिक कामका लागि भन्दा पनि टेण्डर ठेक्का पट्टा हुलदुङ्गामा कुनै व्यक्ति विषेशको सम्पत्ति आर्जनको मुख्य झुण्ड बन्ने गरेको पाइन्छ ।
खासगरी युवा जमात तीन प्रकारले गलत बाटोमा लाग्ने गरेका छन् । पहिलो कुनै गलत अम्मलको प्रयोगमा लाग्नु । जसले जीवनलाई जेल र दिमागलाई कुनै खास विषयकेन्द्रित बनाई जालोहरुको दुनियाँमा पुर् याउने गरेको छ । दोस्रो सृजनात्मक क्षमता चिन्न नसक्दा राजनीतिक नामको संगठनमा लागि त्यसको गलत मार्गतिर उत्साहि हुनु । जसले िहंसामो प्रतिविम्ब भरिदिने गरेको छ । र तेस्रो तथा अन्तिम असामाजिक व्यक्तिवादमा हिँड्नु जसले सामाजिक कर्मप्रति कहिले पनि सकारात्मक सोचको विकास हुँदैन । अधिकांश युवाहरु अहिले यी तीनप्रकारका कमजोरीका पछाडी लागेका छन् । जसको सुध्रन सक्ने मौका हुन्छ तर ति मौकालाई पहिचान गर्न नसक्दा अन्यौलमा रहेका छन् ।
हामीमाझ प्राविधक ज्ञानको कमी छ । जुन राज्यले व्यवस्था गर्नुपर्ने हो तर गरेको छैन । राज्य साचालन गर्ने शासकहरु त्यहि समाजका हुन जसलाई परिवर्तनको कुनै मतलव हुँदैन । परिवर्तन भनेको कुनै खास राजनीतिक मुद्दामा तर्क गरेर अरुलाई पछार्नु भन्ने राजनीतिबाट अभिप्रेरित समाजमा प्राविधिक सामाजिक तथा विकासबारेको अध्ययन त्यसको सहुलियत र प्रयोगात्मक ज्ञानमा बृद्धि गर्नु भन्ने जानकारी नहुनु हो । एउटा निकै गहन विषय के हो भने विराटनगरमा रहेको बुढानिलकण्ठका एकजना विद्यार्थीले नासालाई नै चुनौति दिनेगरि गुरुत्वाकर्षण सम्बन्धि कुनै खास विषयलाई उठाए । जसको प्रमाणिकरणका लागि उनलाई नासाले बोलायो । तर यो राज्यले उनलाई खर्च गरेर नासासम्म पुर् याउने हिम्मत राखेन । पोखरामा एकजना युवाले सोलारबाट चल्ने सवारी र अर्का युवाले दाङ्मा वनस्पतीबाट उर्जा निकाल्ने प्रयोग गरे । यो सरकार र यसका वरीपरि घुमेका युवा संगठनहरुले त्यस्ता ज्ञानलाई प्रयोगशालाबाट विश्व समुदायमा लैजानुपर्छ भन्ने तत्परता देखाउन सकेनन् । यति हुँदाहुँदै हामी कुनै खास राजनीतिक दलको पछि युवा भएको हुंकार गर्दै किन हिँड्ने कुनै झुण्डका लागि हतियारको प्रयोग किन गर्ने वरोजगार भएको भन्दा पनि वेरोजगार बनाइएको छ । शिक्षाको गुणस्तर हेर्ने हो भने नेपाली विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई विश्वबजारमा कुनै ठाउँमा स्थान छैन । किन किनभने यहाँको ज्ञानको उच्चतम प्रयोग प्राविधिक रुपमा गर्न सकिएको छैन ।
संगठित हुनु आफैंमा राम्रो काम हो । तर त्यो संगठनले कस्तोप्रकारको काममा लागि पर्ने त्यो साजालले कस्तो प्रकारको बाटोलाई खोल्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । गीतसंगितमा हामी मज्जाले रमाउने गरेका छौं । त्यहाँ सृजनशिल युवाहरुको जमात छ । खेलकुदमा युवाहरुको जमात छ हामी रमाउने गर्छौं । तर यी सवै पाटालाई नियन्त्रण गर्ने राज्य संयन्त्रमा युवाको भुमिका शुन्य छ । राज्यको विकासका लागि गर्ने विभिन्न काममा युवाको भुमिका शुन्यप्रायः छ । सृजनशिल कामको पहिचान र उत्प्रेरणा दिने निकायमा युवाको भुमिका शुन्यप्रायः छ । प्रविधिपूर्ण राज्यको निर्माणका लागि युवाको सदस्यता वा युवाको संलग्नतालाई महत्व दिइएको छैन । चाहे माओवादी नामको राजनीतिक दल होस वा एमाले अथाव नेपाली कांग्रेस । मधेसी मोर्चा नै किन नहोस सवै क्षेत्रमा युवालाई एउटा िपंजडाको सुँगा बनाइएको छ जसले उनीहरुको अभिष्टताको रटाइमा हिँड्नुपर्ने बाध्यता छ । हामी स्वतन्त्र रुपमा कहिले अघि बढ्ने एकजना विश्वविद्यालयका मेरा मित्रलाई सोधें युवाका विषयमा कुनै खास थेसिस लेख्ने हो उनले भने-ुनाई म त लेख्दिन ।ु मैले सोधें किन ुयुवा राजनीति र अलमलिएको यात्रामा रुमलिएको एउटा झुण्ड हो । यो निकै कठिन विषय हुनसक्छ ।ु- उनले भनेुतपाई बरु पत्रपत्रिकामा यसबारे लेख लेख्नुस ।ु यो निकै गहन र गतिलो विषय थियो मेरो लागि । त्यसैले मैले यस आर्टिकलको शिर्षक पनि यहि राखेको हुँ ।
No comments:
Post a Comment