Friday, March 23, 2012

पर्खाइमा व्यस्त

उकालीहरु पर्खिरहेका छन्,
सडकहरु आतुर छन्,
त्यो पल फर्केला कि भन्दै,
पुसहरु स्वागतका मार्ग कोरीरहेका छन् ।
साँच्चै, गुम्बाहरु सोधीरहेका छन्,
मन्दिरहरु पर्खाइमा छन्,
मुर्तिहरु पछ्यौरी पन्छाउदै,
तिम्रो आगमनलार्इ कुरिरहेका छन् ।
गण्डकीले पत्र कोरेथ्यो,
कर्णालीले सन्देश पठाथ्यो,
महाकाली बाटो हेर्दै टोलाइरहेथ्यो,
नदिहरुले पनि निमन्त्रना पठाथे ।
तालहरुले नाउ खाली गरिसकेका छन्,
गुफाहरुले उज्यालो दिइसकेका छन्,
भीरहरुले अवरोध रोकीसकेका छन्,
त्यो साथलाइ हेर्न घाँसीकुवाहरु रसाइसकेका छन् ।
सवैले व्यस्तता त्यागेका छन्,
अवगुणाहरुलाइ लुकाइसकेका छन्,
त्यहि पलहरुको आशामा
अझै उनिहरु फेरी पर्खाइमा व्यस्त भइसकेका छन् ।

1 comment: