Wednesday, June 5, 2013

बारका नतर्की फिल्मका हिरोइन

नेपाली सिनेवृत्तमा अभिनय क्षमता, अध्ययन र कलाप्रतिको लगावले भन्दा पनि निर्माता/निर्देशकलाई ‘रिझाएर’ हिरो/हिरोइन हुने क्रम बढिरहेको छ । त्यसमा पनि हिरोइनहरू अझ अगाडि देखिएका छन् । कतिसम्म भने डान्स बारहरूका नर्तकीसमेत धमाधम हिरोइन हुन थालेका छन् । जसले गर्दा चलचित्र क्षेत्रप्रतिको आमसोचाइ अझ नकारात्मक हँुदैa गएको छ । यद्यपि क्षमता छ भने जुन पृष्ठभूमिबाट आएको भए पनि त्यसले कुनै असर पुर्‍याउँदैन । नतर्की नै भए पनि आफूलाई निर्खादै लाने हो भने सफल हुन गाह्रो छैन । तर बार डान्सरबाट सिनेमाको रंगीन संसारमा प्रवेश गर्नेको सूची निकै लामो भए पनि कोही पनि सफल भएको देखिँदैन । क्षणिक चर्चा बटुले पनि आफूलाई स्थापित गर्नबाट सबै चुकेका छन् । उषा पौडेलदेखि शुभेच्छा थापा, प्रिया रिजालहुँदै सीमा केसीसम्म कुनै नर्तकी पनि सिनेमामा सफल हुन सकेका छैनन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमरकृति मुनामदनलाई चलचित्रको पर्दामा उतार्दा ‘मुना’की भूमिकामा देखाएकी नायिका उषा पौडेल पनि दरबार मार्गको शो प्यालेस रेस्टुरेन्टमा कम्मर मर्काएर नाच्ने गर्थिन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको लामो समयसम्म पनि उषाले रेस्टुरेन्टमा नाच्न छाडेकी थिइनन् । तर आजकल उनी मुम्बईमा छिन् । नेपाली चलचित्रमा जम्न नसकेपछि करिब तीन वर्ष अगाडि मुम्बई हानिएकी उषा अहिले हिन्दी धारावाहिक शृंखलामा व्यस्त छिन् । डान्सबारको नर्तकीबाट नायिका बनेकाहरूमध्ये तुलानात्मक रूपमा उषा सफल भएको देखिन्छ । यद्यपि उनले पनि नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउन भने सकिनन् ।
नायिका प्रिया रिजाल पनि रेस्टुरेन्टकै नर्तकी हुन् । नृत्य कलामा पोख्त भए पनि उनी चलचित्र क्षेत्रमा क्षेत्रमा सफल हुन सकिनन् । उनले मोडलिङ गरेका केही म्युजिक भिडियो लोकप्रिय भए पनि उनी अभिनीत कुनै चलचित्र सफल भएको छैन । ‘आफ्नो कला जहाँ देखाए पनि हुन्छ’, उनी गर्वका साथ भन्छिन् । उनी अहिले पनि डान्स बारमा नाच्ने गर्छिन् । चलचित्रमा
नायिका भएपछि डान्सबारमा उनको भाउ ह्वात्तै बढेको बताइन्छ । उनी ‘कुमारी आमा’ हुन् अर्थात् अविवाहित भए पनि उनीसँग सात वर्षको छोरो छ । डान्स बारमा नाच्नुका अलवा उनी दुवई, कतारलगायतका मुलुकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न कलाकारको टोली लिएर जान्छिन् । तर फिल्म क्षेत्रबाट भने गुमनामजस्तै भइसकेकी छिन् ।
नरेश पौडेलले निर्देशन गरेको चलचित्र ‘हिरो’बाट नेपाली रजतपटमा डेब्यु गरेकी पूजना प्रधान पनि कुनै बेला दरबारमार्गको बाजुकी रेस्टुरेन्टमा कम्मर मर्काइमर्काइ अर्धनग्न नृत्य गर्थिन् । रेस्टुरेन्टका नियमित ग्राहक पौडेल पूजनाको नाचबाट लठ्ठिएपछि उनलाई हिरोइन बनाएका थिए । तर सोही चलचित्रबाट डेब्यु गरेकी अर्की नायिका रेखा थापा नम्बर वान हिरोइन भइसक्दा पूजना भने हिरोइनको ‘र्‍याङकिङ’मा समेत पर्दिनन् । चलचित्र उद्योगबाट लगभग गुमनाम भइसकेकी पूजना पछिल्लो समय चलचित्र ‘रक्षा’मा दिएको उत्तेजक र अश्लील दृश्यको कारण विवादमा परेकी छिन् । झन् ‘दर्शकले मेरो नांगो शरीर हेर्न चाहन्छन् । नदेखाएर के गरुँ’ भनेर अखबारमा अन्तर्वार्ता दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । उसै त रेस्टुरेन्टबाट आएकी हुनाले उनीप्रति धेरैको नकारात्मक दृष्टिकोण थियो, त्यसमाथि लाज पचाएर अश्लील दृश्य दिएपछि उनी थप आलोचनाकी सिकार भएकी छिन् । यसबाट पनि उनको करियर अन्धकारतिर धकेलिएको प्रतीत भएको छ ।
अहिले थेरथोर चर्चा बटुलेकी नायिका शुभेच्छा थापा पनि रेस्टुरेस्टबाटै आएकी हुन् भन्ने यथार्थ कमैलाई मात्र थाहा होला । नयाँ बानेश्वरस्थित रक रेस्टुरेन्ट एन्ड डान्समा नृत्य गर्ने शुभेच्छा तिम्सिनाले सोही रेस्टुरेन्ट मालिक अनिल थापासँग विवाह गरेपछि शुभेच्छा थापा भएकी हन् । विवाहपश्चात् भने उनले रेस्टुरेन्टमा नाच्छ छाडेकी थिइन् । अरू निर्माताले नलिएपछि उनी आफैंले ‘को हुँ म’ नामक फिल्म बनाएर आफैं हिरोइन बनेकी थिइन् । तर फिल्म पूर्ण असफल भएपछि उनी गुमनामजस्तै बनेकी छिन् ।
सयौं लोकदोहोरी गीतमा मोडलिङ गरेकी रञ्जिता गुरुङ पनि कुनै समयमा लोकदोहोरी साँझमा नाच्ने । सञ्चिता दोहोरी साँझहरू नाच्न निकै हिट पनि थिइन् तर पछि लोकगीतमा मोडलिङ गर्न थालेपछि भने उनले डान्सबारहरूमा नाच्न छोडेको बताइन्छ । ‘गोर्खा पल्टन’ चलचित्रमा प्रशान्त तामाङको जोडीको रूपमा अभिनय गर्ने मौका पाए पनि उनको करियरले नयाँ उचाइ लिएन । आजकल उनी घरगृहस्थी सम्हालेर बसिरहेकी छिन् । ‘पलपलमा’, ‘चन्द्रावती’, ‘किनकिन’ जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी नायिका शशी खड्काले पनि सिने क्षेत्रमा प्रवेश गर्नुअघि डान्सबारहरूमा नाच्ने गर्थिन् । म्युजिक भिडियोमा पनि रुचाइएकी शशी बागबजार क्षेत्रका बार तथा रेस्टुरेन्टहरूमा काम गर्ने बताइन्छ । नेपाली चलचित्रमा सोचेजस्तो प्रगति गर्न नसकेपछि उनी पनि उषा पौडेलेको सिको गर्दै डेढ वर्ष अगाडि मुम्बई पसेकी छिन् । मुम्बईमा धारावाहिक टेलिशृंखलामा अभिनय गर्न संघर्ष गरिरहेको उनका नजीकका साथीहरू बताउँछन्
त्यस्तै, लोकदोहोरी गीतकी अर्की हिट मोडल सम्झना बुढाथोकी पनि बार डान्सरबाटै मोडल बनेकी हुन् । म्युजिक भिडियो निर्देशक तथा नायक शंकर बीसीले उनलाई भिडियोमा चान्स दिएका थिए । शंकरकै कारण उनी लोकदोहोरी गीतकी सर्वाधिक लोकप्रिय मोडल पनि भइन् । बागबजारमा डान्स कल्चर सञ्चालन गरिन् । पछि शंकर र सम्झनाबीचको रोमान्सको हल्ला पनि चलेको थियो । चर्चा पाउन ‘हरेक आसनमा यौनसम्पर्क गरेकी छु’ अखबारमा अन्तर्वार्ता छपाउने सम्झनाकै कारण शंकरको परिवार बिग्रेको आरोप पनि लाग्यो । लोकदोहोरी गीतका अलवा ‘बेरोजगार’ चलचित्रमा पनि अभिनय गरेकी सम्झनाको ‘मार्केट’ अहिले निकै घटेको बताइन्छ । उनी मौका मिलेको खण्डमा अहिले पनि डान्स बारमा नाच्न पछि पर्दिनन् । त्यस्तै, सीमा केसी नामधारी नवनायिका पनि रेस्टुरेष्टमा नाच्दानाच्दै चलचित्रमा हिरोइन भएकी थिइन् । असफल निर्देशकको सूचीमा पर्ने बाबु बलामीले उनलाई ‘जंगल लभ’बाट चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । बाबुले निर्देशन गरेको पछिल्लो चलचित्र ‘युज’मा पनि सीमाले नै मुख्य भूमिका निर्वाह गरेकी छिन् । सीमाले अहिलेसम्म बाबुको बाहेक अन्य चलचित्रमा अवसर पाएकी छैनन् । बाबु र सीमाबीचको हिमचिम असाध्यै बढेपछि उनीहरूबीचको सम्बन्धले निकै चर्चा पाएको छ । तर बाबुसँग नाम जोडिएर चर्चा भए पनि अभिनयबाट उनले चर्चा बटुल्न सकेकी छैनन् ।

साभार सामग्री देशान्तर साप्ताहिक र  http://gokarnagautam.blogspot.com

No comments:

Post a Comment