Saturday, June 29, 2013

बैंक रोबरीमा वैगुन अर्थात् भण्टाको भुमिका

'घनचक्कर'मा भण्टा सेलिव्रिटी बनाइएको छ ।
फिल्ममा पात्रको भुमिका निक्कै महत्पपूर्ण हुन्छ । अनि त्यसमा प्रयोग गरिएका प्रपहरुको भुमिका पनि त्यत्तिनै महत्वपूर्ण हुने नै भयो । चुरोट पिउने, रक्सी पिउने, सेक्स, कण्डम आदीइत्यादी फिल्मका प्रपहरु हुन् । जसले फिल्म हेर्नका लागि दर्शकलाई उत्तेजित बनाउने गर्दछ ।
गएको सुक्रबार विश्वभर रिलिज भएको फिल्म घनचक्करले पनि यी कुनै प्रपलाई छाडेको छैन । र, अरु भन्दा अलग प्रपको प्रयोग गरेको छ । त्यो हो वैगुन अर्थात् भण्टा । सामान्यतया भारतमा भण्टाको प्रयोग अत्यधिक हुँदैन । यसअघिका व्लगहरुमा मैले भण्टाबारेका केही उखान, त्यसका कारण र निम्त्याएको समस्याका बारेमा सवैसँग सेयर गरेको हुँ । यहि शिलशिलामा भण्टा त फिल्मको सेलीव्रिटीका रुपमा पनि चलेको यो पहिलो पल्ट लेख्दैछु ।
निक्कै समयपछि सिभिल मलमा रहेको क्युएफएक्स सिनेमामा घनचक्कर रिलिज भएको दिन नै हेर्न गएको थिएँ । मैले आफुलाई फुर्सदिलो ठानेर महत्वपूर्ण र रममाइलो दिन बनाउनका लागि त्यहाँ केही समय विताउने प्रयत्न गरेको थिएँ । त्यो प्रयत्न सफलमात्र भएन, अत्यधिक रमाइलो भयो । जव फिल्म सुरु भएको केही मिनेटमा नै भण्टाको भुमिकालाई प्रस्तुत गरियो ।
हुन त त्यो फिल्ममा भण्टाको तीन सीन छ, खासगरी । पहिलो जहाँ तरकारी बोकेर आएको बुढोले ट्रेनमा फिल्मका भिलेनलाई भण्टा दिएर भाग्छन् । त्यो काँचो भण्टा मुला र गाँजर जसरी त्यो भिलेनले चपाएर बैंक रोबरीको योजना हिरोसँग सार्वजनिक गर्दछ । काँचो भण्टा चपाउने प्रपले फिल्मलाई अलिक बलियो बनाएको थियो ।
योजना बनिसकेपछि दोस्रो ठाउँमा भण्टा फेला पर्दछ । जहाँ हिरोले पनि चपाउँदै हिरोइनसँग बैंक रोबरीको योजनाबारे सोध्छ । अनि, रोबरीका लागि स्वीकृति लिएर रोबरी गर्दछ । बैंक रोबरी सक्सेस भएपछि पैसा राखेको ठाउँ विर्सेर हिरो त्यसको खोजीमा लाग्दछ । वास्तवमा ऊ घनचक्करमा पर्दछ । पैसा खोजीको आरोह र अवरोह नै फिल्मको मुख्य कथा हुन्छ । उक्त पैसा हिरोले खाएको अभियोग लगाएका ती दुई भिलेनसँग तेस्रो सीनमा पनि भण्टाको राम्रो कथा आउँछ । दुई सेकेण्डको सीनमा भण्टा देखिन्छ र एउटा भिलेनले भन्छ, बैंक रोबरी किनेर स्याउ किनेर राखेको छ । यो हाम्रो पैसाको स्याउ हो । वास्तवमा त्यो स्याउ नभएर भण्टा नै हुन्छ । नपत्याए घनचक्कर फिल्ममा यी सीनहरुलाई ध्यान दिनुहोला ।

No comments:

Post a Comment