Wednesday, June 26, 2013

भाण्टाको चमात्कार, चाहना की बलात्कार ?

भण्टा प्रकरणमा पत्रकार पक्राउ गरेपछि यसको उखान र यसले निम्त्याएका विषयको बारेमा मैले  http://passionbinod.blogspot.com/2013/06/blog-post_22.html  लेखें । त्यो व्लगलाई अझ विस्तार बनाउँदै पत्रकार साथी प्रकाश तिमिल्सिनाले लेखे । त्यसपछि भण्टा प्रकरण कुनै क्याम्पसमा मात्र होइन अव त लडाकू शिविरमा भएको कुरा पनि तानिएको छ । यो, प्रकरणको थप कथा पढ्नुहोस् ।
 

लडाकु शिविरमा बैगुन (भन्टा) प्रकरणः अस्पतालको यात्रा

बैगुन (भन्टा) बारेमा लेखे पछि एकजना माओवादी साथीले भने, ‘प्रकाशजी, बैगुनले त तेस्रो डिभिजन (लडाकु शिविर, शक्तिखोर)मा पनि निकै दुःख दिएको थियो ।’  उनका अनुसार बैगुनका कारण एक लडाकु चेली अस्पताल पुग्नु परेको थियो । त्यो घटना उनी मसँग स्मरण गर्दै थिए, ‘अस्पताललाई नै लगेर भाच्चिएको "बैगुन"लाई निकाले पछि ठिक भएर पुनः लडाकु शिविरमा फर्किन ।’ 

#                     #                            #
यौनका मामिलामा कम्युनिष्टहरु निकै अनुदार हुन्छन । यौन भनेको निकै तुच्छ चीज हो, जो सम्झनु पनि पाप हो भने झै गरी । यौनका मामिलामा अलिकति तल माथी भयो भने उनीहरु ‘साँस्कृतिक बिचलन’ ग¥यो भन्दै डन्डा हान्न सुरु गर्छन् । माओवादी युद्धकालको पछिल्लो समय यौनका सबालमा उद्धार देखिए पनि त्यो भन्दा अघि भने यौनका मामिलामा थुप्रै उपल्लो स्तरका नेतालाई  कारवाही गरिएको थियो । त्यो ‘साँस्कृतिक बिचलन’लाई दस्तावेजीकरण समेत गर्ने काम गरियो ।

यौनका मामिलामा ‘नैतिकवान र परिवर्तनकारी’ भन्न रुचाउने ‘ढोंगी’हरु नै बढी अनुदार जस्ता देखिन्छन तर यथार्थमा तीनीहरु नै सबैभन्दा बढी कमजोर हुन्छन् । यौन जीवनलाई उपयोग गर्ने तरिका हुन्छन, त्यसलाई उपयोग गर्न धर्म र कानुनले सिस्टम नै बनाइदिएको छ । त्यसले पनि यसको महत्व देखाउँछ । नेपाल जस्तो अबिकशित मुलुकमा मात्रै होइन, कट्टरवादी बाहुल्य मुस्लिम राष्ट्रहरुमा मात्रै होइन, अमेरिका जस्ता स्वतन्त्रता धेरै भएको भनिएका मुलुकमा पनि यौनका मामिला बढी नै चर्चा हुन्छन् । जस्तो कि बिल क्लिन्टन र मोनिका लेवन्सीका यौन प्रसङ्गले विश्वमा नै तहल्का मच्चाइ दियो । 
#                                                    #                                                                    #
हरेक घटनामा दृश्य भन्दा पनि कारणहरु बढी महत्वपुर्ण हुन्छन् । तर शक्तिखोरकी ती लडाकु कमरेडलाई अनुदार कम्युनिष्ट ‘स्कुलिङ’ले रोक्यो वा सामाजिक नियम र बन्धनले वाधा पु¥यायो अथवा नैतिकताको लेपनले रोक्यो त्यो उनले नै जानुन । जे होस्, घटना घटयो र अस्पतालसम्मको यात्रा हुन पुग्यो । तै उनको ज्यान तल माथी केही भएन, उनलाई सञ्चो भयो र उनी सकुशल भइन् । जे होस, आफ्नो मनलाई वाँध्न नसके पछि अन्य तरिकावाट शान्त हुन खोज्दा लडाकु शिविरमा त्यो घटना घट्न गएको थियो । शान्त हुनका लागि फरक तरिकावाट जाँदा उनको ज्यान नै खतरामा पुग्यो । जो अरुलाई पनि पाठ हुन सक्छ ।   (यस घटनामा उल्लेख नाम, मिति र उपचारमा संलग्नहरुको नाम भने काल्पनिक हुन, कसैसँग मिलेमा त्यो संयोग मात्र हुनेछ, यो बाध्यता पाठकले बुझिदिनु होला)
शक्तिखोर स्थित तेस्रो डिभिजन
एक साँझ । शक्तिखोरस्थित तेस्रो डिभिजनको सेक्युरीटी विभागको एउटा घरवाट अचानक कोई रोएको, कराएको आवाज आयो । आवाज सुन्दा लाग्छ, कराउनेलाई ठुलै समस्या परेको छ । त्यसपछि वरपर रहेका केही लडाकु कमरेड त्यहाँ पुग्छन, त्यस्तै २४–२५ बर्ष उमेरकी लडाकु केटी कमरेड त्यहाँ भुईमा लडीबुडी गरीरहेकी छिन् । मानौ, उनलाई निकै गा¥हो भइरहेको छ । पानी मागीरहेकी छिन तर दिने मान्छे वरपर भने कोही छैनन् ।
एक्लै कोठामा बसेकी ती लडाकु केटीले हातको इशाराले पानी माग्छिन, उनको रुवाई सुनेर गएका कमरेडहरुले हतपत पानी दिन्छन् । र, उनको आवाज सुनरे आएका केही कमरेडहरुले तत्काल शिविर भित्रै रहेको जनसैन्य अस्पतालमा लान्छन् । तर, त्यहाँ कुनै उपचार हुन सक्ने अवस्था देखिदैन् । अस्पताल भित्रै उपचार गर्ने प्रयास अन्ततः असफल भएपछि केटी कमरेडलाई भरतपुरस्थित अस्पताल पु¥याउन लैजानु पर्ने जरुरी देखिन्छ । पुर्व घर भएकी ती लडाकु कमरेडको बिजोग देखे पछि राती आठ बजे शक्तिखोर शिबिरवाट उनलाई भरतपुर लाने तयारी गरिन्छ । 
खासमा उनलाई भरतपुर 'रिफर' गर्नुको दुईवटा कारण थिए, पहिलो उनी महिला थिइन, जसको यौनाङ्गमा समस्या देखिएको थियो । अर्को, उनको यौनाङ्गवाट निरन्तर ‘ब्लिडिङ’ भइरहेको थियो, जसको उपचार लडाकु शिविरमा सम्भव थिएन । त्यसकारण लडाकु शिविर भित्रकै गाडीमा राखेर एक महिला सहयोगी कमरेड र एकजना "कोओर्डिनेटर कमरेड" पनि सँगसँगै भरतपुर अस्पतालमा ती केटी कमरेडलाई लैजान्छन् ।
जसरी उनी आफ्नो कोठामा पीडाले छटपटाईरहेकी थिइन । त्यसैगरी जनसैन्य अस्पताल पुग्दा पनि त्यो क्रम रोकिएन, र गाडीमा पनि उनी त्यसैगरी रोई कराई गरिन् । ती लडाकु केटी कमरेडलाई लिएर गएको गाडी चितवन मेडिकल कलेजको आकास्मिक कक्षको ढोकामा पुगेर रोकिन्छ । अस्पताल पुग्दा त्यती खेर रातका त्यस्तै आठ–साढे आठ बजिसकेको थियो ।
तुरुन्तै उनलाई इमरजेन्सीमा भर्ना गरियो र डाक्टरले उनको उपचार तत्कालै सुरु गरे । उपचार सुरु भएको केही बेर मै ‘ब्लिडिङ’ भएको रहस्य खुल्यो । र, डाक्टरले शिविरवाट गएका सहयोगीलाई भनिदिए, ‘यौनाङ्गमा केही कुरा अडकिएको छ, जसकाकारण निरन्तर ‘ब्लिडिङ’ भइरहेको हो ।’ कुरा वुझदा थाहा भयो कि लडाकु कमरेडको यौनाङ्गमा ‘बैगुन’को केही भाग अडकिएको रहेछ । डाक्टरले उपचार सुरु गरे र केही घन्टाको प्रयास पछि सो बैगुनलाई निकालियो र उनलाई राती नै जनरल वार्डमा सारियो ।
डाक्टर र ती नानी कमरेडले भने अनुसार खाना खाए पछि तरकारी खानु पर्ने बैगुनलाई उनले ‘प्रयोग’ गरिछिन् । बैगुन प्रयोग गर्दा गर्दै अचानक भाँच्चियो र यौनाङ्गमा त्यसको टुक्रा अडकियो । आफैले निकाल्ने हरदम प्रयास त उनले गरिन तर कदापी सकिनन् । आफैले निकाल्ने लामो प्रयास गर्दा भाच्चिएको टुक्राले यौनाङ्गमा दख्खल पु¥यायो र परिणाम ब्लिडिङ गरायो । अस्पताल पुगे पछि डाक्टरले बैगुनको बाँकी टुक्रा निकालिदिए । र, त्यसमा मलहम पट्टी लगाई दिए र केही खाने औषधी पनि दिए, जसले यौनाङ्गमा भएको घाउँलाई चाडो नै निको गर्न सहयोग गर्दथ्यो ।
उपचारमा संलग्न डाक्टरले जिस्काएर केटी कमरेडलाई भने,  ‘नानी, अब चाँडै बिबाह गर्नुहोस्, यो खाने चिजलाई प्रयोग भने नगर्नुहोस्, नत्र फेरी दुःख पाइन्छ ।’ जवाफमा नानी मुसुक्क हाँसिन तर लाजले रातो पिरो भइन तर केही  पनि बोलिनन् । भोलीपल्ट उनलाई अस्पतालले डिस्चार्ज ग¥यो र लडाकु चेली स्वास्थ्य भएर पुनः शिविरमा फर्किइन् । 
र अन्त्यमा,
यो पृथ्वी जगतको सबैभन्दा शक्तिवान प्राणी भनेको मानिस हो । उसले संसारमा ठुला ठुला समुन्द्र बाधिदिन सक्छ । बगिरहेका ठुला नदी बाधिदिन सक्छन । पहिरो पनि बाँधिदिन सक्छ । थलचर प्राणीमा सबैभन्दा ठुलो अजङ्गको हाती पनि बाधिदिन सक्छन् । हिस्रक र मांशाहारी सिंह र बाघ जस्ता जीवलाई पनि बाधेर आफ्नो बशमा चलाउन सक्छ । यस्ता कयौं उदाहरण छन, जहाँ मानिसले जित्दै आएको छ । अरुलाई बाँध्दै र आफ्नो बसमा पार्दै पनि आएको छ ।
तर मानिसले आफ्नो मनलाई कहिल्यै बाँध्न सकेन, बशमा राख्न पनि सकेन् । मनलाई बाँध्ने र बसमा राख्न खोज्ने प्रयास गर्दा ठुला–ठुला दुर्घटना भएका छन्, भइरहेका छन् । जस्तो कि शक्तिखोर लडाकु शिविरमा घटेको घटना एउटा उदाहरण हो । जबसम्म मानिसले मनलाई बाँध्ने प्रयास गर्छ, तवसम्म यस्ता दुर्घटना भई रहन्छन् । मनलाई बाँध्नेको पनि सिमा हुन्छ । सिमा भन्दा बाहिर मनलाई वाँध्न हुदैन भनेर समाज र धर्मशाष्त्रले नै बिबाह भन्ने प्रचलन बनाई दिएको छ ।
यद्धपी, विश्वप्रसिद्ध मनोबैज्ञानिक सिग्मण फ्रायडले भने झै ‘संसारका हरेक कुरा यौनवाट निर्देशित हुन्छन र त्यसैमा केन्द्रिकृत हुन्छन्’ भन्ने कुरालाई हामी सबैले त नमानौला तर यो भन्दा पर बुझने ठाउँ पनि त छैन् । किनकी, यौन त जीवनमा अनिवार्य छ, त्यसलाई निषेध गर्न नै सकिदैन ।

source plush : http://prakashujyalo.blogspot.com


No comments:

Post a Comment