Monday, June 10, 2013

कम छिन् र हिमानी ?


नेपालजस्तो सानो मुलुकमा राजनीतिक उतारचढावको क्रमका कारण विकासको योजनाहरु अलपत्र छन् । राणाको पतन भयो, राजाको उदय निश्चित थियो । राजाको पतन भयो, माओवादीको प्रभुत्व निश्चित थियो । अन्य राजनीतिक दलहरुले केही गर्न सकेको अवस्था अहिले पनि छैन । अहिलेपनि हामी विभिन्न बाहनामा राजनीतिक कुरामा अल्झिरहेका छौं । तर, निश्चितपनि मुलुकका हर नागरिकको मनको कुनै न कुनै भागमा राजसंस्था हुनुपर्छ भन्ने एउटा गहन संवेदना लुकेको छ । राजाको भ्रमणका क्रममा देखिएको जुलुसका फोहोरा हुन् अथवा समर्थकको बाढी । यी प्रमाणका लागि काफि छैनन् र ? 


दरबार जहिले पनि खुनसँग लतपतिएको हुन्छ । तर, दरबारभन्दा पनि ठूलो रगतको खोलासँग बगेर आएको नयाँ जनवादी मुद्दाकेन्द्रित माओवादीले बनाएको खाडलको चर्चा निक्कै नै भइसकेको छ । तर, दरबार माओवादीजति गहिरोसँग डुविसकेको थिएन । अहिले दरबार आउनुपर्छ भन्ने मान्यता धेरैको रहेको छ ।
दरबार निस्क्रिय र गसिपको एउटा उदाहरण बन्नुपर्छ । हामी बेलायती दरबारकी उदाउँदी महारानी केटको सेक्सी फोटो हेरेर मख्ख परिरहेका छौं । केट भन्दा राम्री हामीसँग रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको बारेमा किन नसोच्ने ? हिमानी नेपाली समाजको एक गसिप बन्न सक्छिन् । पछिल्लो समयमा समाजसेवामा लागेकी हिमानीको व्यक्तिगत जीवनभन्दा पनि उनको सामाजिक र राजनीतिक उचाइले नेपाली राजनीतिमा उनको शिर्ष भुमिका हुनुपर्छ भन्ने नै हो । यहाँ रेखा थापाहरु लालअभिवादन गर्दै माओवादी भित्रिन सक्छन् भने हिमानी किन महारानी बन्न सक्तिनन् ? तिनै हिमानीका केही प्रसंगहरु यस्ता छन् ।

भारतीय राजखानदानकी छोरी भएकैले पनि हिमानीलाई ब्रान्डेड चीजको उत्तिकै महत्व छ । उनी हरके ब्रान्डका सामानहरु बोक्न रुचाउँछिन् । सन्तानकी आमा भएर पनि हिमानीको सुन्दरता कुनै विश्वसुन्दरीको भन्दा कम छैन । बरु, उनी अझ सुन्दर र सामाजिक बन्दै गइरहेकी छन् । जव सुन्दर मानिसहरु सामाजिक क्षेत्रमा आउँछन्, अनि राजनीतिक सामाजिक अवस्था झनै द्रुग्द गतिमा दौडन्छ ।
यस्तो सामाजिक काममा लागेकी सुन्दर युवराज्ञीलाई नेपाली राजनीतिको ताज पहिराउन छाडेर पम्फा भुसालहरुलाई राजनीतिमा तान्ने, सुजाता कोइरालाहरुलाई उत्पात सहयोग किन गर्ने ? हिमानीको जीवनभन्दा पनि उनीहरुको जीवनमा जनतालाई धोका दिने र पारिवारिक जीवन विगरिएको कति कहानी छन् । तर, दरबारमा हुर्किएका कारणले केही महत्वपूर्ण काम बाहेक हिमानीको जीवन सामान्य ढंगबाट वितिरहेको छ । 
 


No comments:

Post a Comment