Monday, June 17, 2013

नाती प्रेमी प्रचण्ड

पोखरा किन मुड फ्रेस गर्न जान्छन् प्रचण्ड ?
 

दुनियाँका लागि नेपाली कम्युनिष्ट आन्दोलनका नेता भएपनि एमाओवादी अध्यक्ष प्रचण्ड घरका लागि त पुष्पकमल दाहाल नै रहेछन् । उनको पनि परिवार छ । परिवारका सदस्यहरु उत्तिकै मायालाग्दा छन् । कुन चाँही नेताले आफ्नो घर भाँडिएको हेर्न सक्ला र ? माया त माया हो भनेजस्तो मन त सवैको भइहाल्छ नी । प्रचण्डले ल्याएको सिद्धान्त पो माओको हो त आखिर मन त
प्रचण्ड केही दिनका लागि सीतालाई लिएर पोखरा मुड फ्रेस गर्न गएको हल्लाले नेपाली मिडियालाई वेवकुफ बनाएछ । नेता पोखरा गएका हुन्, समाचारको विषय बन्ने भइहाल्यो । त्यहिँमाथि चातुर्य प्रचण्डको विभिन्न बाहना हुन्छ र ? तर, पछिल्लो पटक मुडफ्रेसका लागि पोखरा पुगेका प्रचण्डको असली कुरा भर्खरै पत्ता लागेको छ । उनी कुनै रेष्टुरेन्टमा रेडलेवल वा व्ल्याक लेवलको चुस्की लिन होइन, आफ्ना नाती हेर्न र बुहारी फर्काउने प्रयत्नका लागि पोखरा पुगेका रहेछन् ।
डाइनामिक रिलेशन र डाइनामिक लभका पोख्त प्रकाश दाहालले विना मगर उडाएपछि खलबलिएको सम्बन्ध सुधारका लागि प्रचण्ड गतिलो सेतुका रुपमा उभिने प्रयत्नमा छन् । उनको परिचय अव एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको छोरा भन्दा पनि पोलिटिक्स कभर प्लेव्वाई नै उचित होला । तर उनको चरित्रले प्रचण्डको सात्तो उडाएको त हो नी ? नेपाली समाजमा भन्ने गरिन्छ नी लोग्ने मान्छेले जे गरेपनि हुन्छ, आइमाई खराब हुन भएन भनेर । 
अहिले लाजिम्पाट लालदरबारको कहानी त्यहि ढंगबाट बाहिर आयो । प्रकाशकी आमा सीताले त्यहि पोखरा पुगेको मौकामा ससुरालाई पनि कम्युनिष्ट कुतर्क दिएर फर्किएकी रहिछन् । माओका पाँच श्रीमति थिए प्रकाशले तीनटी गरेर के भयो ? प्रकाशले तीन दर्जन नै श्रीमति ल्याउँदा पनि हुन्छ । त्यसो त जर्नेल गद्दाफी तरुनीहरु राखेर रासलिलामा बस्थे, अव प्रकाश पनि त्यहि हुन त ? कुतर्कका कुरा भन्दा पनि न्यायको कुरामा कोही पनि नजिक आउन चाहेन । तर, प्रचण्डलाई यो समस्या जसरी पनि हल गर्नुछ । प्रकाशको अनुहार नहेर्ने बुहारीको सुरक्षा र नातीको मायाले उनलाई पिरोल्ने गरेको छ ।

मैले त लालदरबारका केही मान्छेहरुले साउती मारेको पनि सुनेको छु, प्रचण्ड नातीको मायाले कहिलेकाँही लालदरबारमा निक्कै बेर घोत्लिन थालेका छन् । नालायक बनेका छोराको चरित्रले आफ्नो शासनलाई कायम नराख्ने भएपछि कम्तिमा नातीको भविष्य बनाउन पाए हुन्थ्यो भन्ने उनको चिन्ता रहेछ । त्यो पनि सीताले सातो लिने गरी कहिलेकाँही उडाउँदिन हुन् ।
हुन त यी प्रसंगहरु प्रकाशका चरित्रसँग जोडिएकामात्र हुन् । विचरी सीतालाई छोराको माया लागेर बुहारीलाई थर्काउँदि रहिछन् । उनले त विना मगरसँगको सम्बन्धलाई सामान्यीकरण गरिदिएका कारणले होला प्रकाशको हौसला उन्माद भएर आएको । उनका सहयोगीहरु पनि भगाउनका लागि उत्तिकै माहिर रहेछन् ।
उता विनालाई भोक न भकारी शोक न सुर्ता छ । प्रकाशले छाडे किरण छँदै छन्, किरणले वेवास्ता गरे, सूर्यतिर लागौंला भन्ने उनको दाउ होला । तर, जे होस् एक विनाको मर्निङ वाकमा प्रकाशलाई आँखाबाट गरेको एक क्लिकले त अहिले प्रचण्डको निद्रा हराम गरेको छ । झ्याँइझ्याँई विवाह गरेर ल्याएको बुहारी माइततिर छिन्, नाती पनि त्यतै रत्तिएको छ । आफु यहाँ नाती खेलाउन नपाएर हैरान । जे भए पनि हजुरबाको मन नातीमाथि, छोराको मन कमरेड साथीमाथि, बुहारीको मन माइततिर, सीताको मन गीताको पाठतिर भएपछि अहिले प्रचण्ड तनावमा छन् ।
लालदरबार स्रोतले भनेको छ, यो महिनापनि प्रचण्ड फेरि मुडफ्रेस गर्ने बाहनामा पोखरा हानिँदैछन्, त्यसबेला नातीलाई काठमाडौं ल्याउने र बुहारीलाई राम्रै्र जागिर लाइदिने सोच उनले बनाएका छन् रे । जे होस् मुलुक हाँक्ने नेताको घर हाँक्न पनि कठिन रहेछ । लालसलामको बीचमा तनावको भाँडो कालो भन्दा कालो बनिरहेकाले कति कुराहरुको फूल उठ्ने हो, अझैं बाँकी छ ।
पिक्चर अभि बाँकी हे मेरे दोस्त भनेजस्तो....

No comments:

Post a Comment