Saturday, June 15, 2013

अनामनगरका सेलिब्रिटी

नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओली भन्दा केही कम अरुभन्दा अलि ज्यादा उखानतुक्का जानेका छन् यीनले । हुन त यीनि पनि ओलीका गाउँका नै हुन् । अनामनगर चोकमा यीनको खोजी निक्कै हुन्छ । खासगरी नेपाल विद्यार्थी संघका कार्यकर्ता उनका फ्यान हुन् ।
उनका तुक्का गजवका छन् । उनको नाम अन्तिममा पढ्नुहोला तर त्योभन्दा अघि उनको एउटामात्र तुक्का यस्तो छ ।
–दुइजना जुम्ल्याहा सँधै घाँस काट्न जान्थे । एउटा लिम्बु बुढाले देखिरहन्थ्यो रे । एकदिन एकजनामात्र गएको देखेछ र सोधेछ, ‘नानी एकजनामात्र जाँदैछन् । पोहोर मर्ने तँ की अर्की हो ?’

पेसाले पत्रकारिता गर्ने यी मित्रसँग यस्ता तुक्काका खानी नै छन् । यसैकारण पनि यीनि अनामनगर चोकका सेलिव्रिटी भइसकेका छन् । उनको सामान्य तर्क छ, आफुअनुसारको हैसियत भएकाहरुलाई सहयोग गर्ने । कसैले उनलाई सहयोग माग गरे आफुभन्दा ठूलो हैसियतको भए आफ्नै तहमा आउनुपर्ने उनको तर्क छ ।

उनी आलोचना पत्रिकाका सम्पादक पनि हुन् । निक्कै मिलनसार मित्र गंगा बराल गजवका सेलिव्रिटी हुन् । अनामनगर चोकमा उनको खोजी तिव्र हुन्छ । उनका कुरा सुनेर निक्कै मित्रहरु हाँसोमय हुन्छन् । एक कीसिमले हाँस्यपात्र नै भन्दा पनि फरक नपर्ला । नपत्याए किरणकुमार मगर, माधव धिताल र प्रकाश तिमिल्सिनालाई सोधे हुन्छ ।



No comments:

Post a Comment