Thursday, June 6, 2013

रेखाथापा सम्बन्धि पाँच किस्सा


नेपाली फिल्म इन्डस्ट्रीमा रेखा थापा पछिल्लो पटक निक्कै चर्चामा आएकी अभिनेत्री हुन् । मानिसहरु उनलाई नायिकाका रुपमा रुचाउँछन् । एक हदसम्म आमसञ्चारमाध्यम, राजनीति र गसिपमा आइरहने उनको माग पछिल्ला चरणमा स्वतन्त्र फिल्महरुमा घट्दो छ । आफ्नै व्यानरका फिल्ममा उनले जम्ने कोशिस गरेपनि सफल हुन सकेकी छैनन् । उनका बारेमा पाँच किस्सा यस्ता पनि छन्-


१, मोरङको सलकपुरमा हुर्किएकी रेखा थापा महत्वकांक्षी केटीहरुकोबीचमा अति महत्वकांक्षीका रुपमा परिचित छिन् । उनले आफ्नो करिअरका सुरुआती दिनहरुमा आफ्नो घर विराटनगर बताउने गरेकी थिइन् तर विराटनगरबाट उनको घर चारकोस टाढा नै थियो । उनी बेलामौका झुठ बोल्न माहिर छिन् । त्यसैलेपनि रेखाको अभिनयमा निर्देशकहरु मख्ख हुन्छन् ।


२, रेखा कुटिल वैचारिक पनि छिन् । उनले विराटनगर लगायतका ठाउँमा पर्याप्त सडकनाचमा भाग लिएकी हुन् । उनको पढाई औसतमा पछिल्ला चरणका अभिनेत्रीहरुभन्दा माथि छैन । उनी स्टेजमा नृत्य गरिरहेकै समयमा निर्माता छविराज ओझाको नजर उनमा परेको थियो । ओझाले उनलाई यतिविघ्न मन पराए की रेखाको भविष्य र स्टारडम बन्ने सपनाको बाटो प्रशस्त भयो । फलतः उनले हिरो भन्ने फिल्ममा हिरोइन बन्ने मौका पाइन र राजेश हमालसँग पहिलो फिल्ममै रोमान्स गर्न पाइन । त्यसबेला राजेशको माग अत्यधिक थियो ।


३, आधुनिक चलचित्र क्षेत्रमा ग्ल्यामरका नाममा अंगप्रदर्शनको नयाँ तरिका रेखाले भित्राएकी हुन् । अहिले नेपाली चलचित्र प्रायः एडल्ट सर्टिफिकेट लिएर बजारमा आउन थालेका छन् । त्यो कामको श्रेय रेखालेमात्र पाउँछिन् । यिनी चलचित्रमा जति छाएकी छिन् राजनीतिमा पनि त्यति नै पपुलर हुन थालेकी छिन् । उनको खास महत्वकांक्षा शक्तिकेन्द्रलाई हल्लाउने नै हो त्यसका लागि उनले एमाओवादीका सागरदेखि प्रचण्डसम्मको पहुँच बनाइसकेकी छन् ।

४, रेखा शक्तिसँग रमाउनेमात्र होइन प्रयोग पनि मज्जाले गर्न जान्ने आइमाई हुन् । उनी घरमा छविराज ओझालाई छवि भनेर बोलाउने र घरेलु काम लगाउन पनि उत्तिकै माहिर थिन रे । उनले ठूला र शक्तिशाली मान्छे जस्तै डन गणेश लामा, चन्द्रबहादुर थापा सागर, एमाओवादीका नेताहरु, धरमेन्द्र मरवैता पप्पुसँग संगत बढाइन् । गणेश लामासँग दरबारमार्गमा डिनर, चन्द्रबहादुर थापासँग उनको घरमा भाइटिका र धरमेन्द्र मरवैतासँग भेडेटारको चिसो पनि खान भ्याइसकेकी थिइन् । र,

५, सेलिव्रिटि भएका कारण रेखाले अनेक साम दाम दण्ड भेद गरेकी छन् । उनी आफुलाई सेक्सी भनेको मन पराउँछिन् । तर, उनलाई सेक्सी देखिँदैन भन्दापनि कडा जवाफ दिन सक्छिन् । उनको बोल्ने र कुतर्क गर्ने क्षमता पनि उत्तिकै छ भन्छन् । तर, उनको राम्रो र अति सहज बानी उनी आफ्नी आमालाई निक्कै माया गर्छिन् । परिवारमै उनीमात्र त्यस्ती पात्र हुन् जो आमालाई अथाह माया गर्छिन् । उनले आमाका लागि काठमाडौंमा फ्ल्याट पनि किनिदिएकी थिइन् । 

No comments:

Post a Comment