Thursday, June 13, 2013

डन चक्रेका सेक्रेट कुरा


 काठमाडौंमा विभिन्न हिसावले आफुलाईडन दावी गर्ने सडकका गल्ली गुण्डाहरुको कमी छैन । आफुलाई नेपालको दाउद इब्राहिम सम्झिनेहरु पनि टन्नै छन् । नेपाली राजनीतिले निक्कै डनहरुको संरक्षण गरेको छ । राजनीति आडविना कुनैपनि गुन्डासमुह सक्रिय हुन सकेका छैनन् । अहिले पाँच जना डनलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको छ । गणेश लामा, दिपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीमाथि मुद्दा थियो । दुईजना अदालतमा हाजिर भए । पर्शुराम दुई करोड बुझाउन नसकेर जेल गए अनि जेलबाट नै अदालतमा आएका चक्रे मिलन फेरी धरौटी नबुझाएका कारणले त्यतै हानिए । यी डनहरु मध्ये चक्रे मिलनका खास आधारभुत रहस्य र चाखलाग्दा कुराहरु छन् । उनको व्यक्तिगत जीवन र व्यवाहारबारेका केही प्रसंगहरु ।
–राजधानीको चक्रपथबाट डनगिरीमा उत्रिएका चक्रे मिलनको नाम मिलन गुरुङ हो । उनी पटक–पटक विभिन्न अभियोगमा साजय भोगीरहेका छन् । चरेसकाण्ड उनलाई धेरैपटक लागिसकेको छ । पछिल्लो समय रुपन्देहीमा उनी पक्राउ परेका थिए, अहिले उनी त्यसैको सजाय भोगीरहेका छन् ।
–राजधानीमा चक्रेका पछाडी निक्कै केटाहरुको ग्रुप छ । उनी यस्ता डन हुन् जसका पछाडी निक्कै राजनीतिक युवाहरु दौडिरहेका छन् । उनी एमाओवादी अध्यक्ष प्रचण्ड भन्दापनि ब्रान्डमा विश्वास गर्ने हैसियत राख्छन् । उनले आफुलाई नेकपा एमालेको कार्यकर्ता भएको अभिव्यक्ति दिएका थिए । तर, नेपाली कांग्रेस आवद्ध, एनेकपा माओवादी आवद्धदेखि एमालेका डनसम्म परिचालन गर्ने क्षमता उनी राख्छन् ।
–उनको ग्रुपमा छिर्न चाहने साना र फुच्चे डनहरुका लागि न्युनतम योग्यता पनि छ । कुरा बुझ्न सक्ने र ब्रान्डका लुगाकपडा, जुत्ता लगाउनसक्नेमात्र उनको ग्रुपमा छिर्न पाउँछन् । रिबुक, एडीडास लगायतका कम्पनीमा महँगा लुगा जुत्ता नलाउनेहरुलाई उनले लिँदैनन् ।
–चक्रेको नेटवर्क सम्झौताका आधारमा हुने गरेको छ । उनी नेपालभरीका डन ग्रुपहरुसँग दिगो सम्बन्ध भन्दापनि छोटो सम्झौतामा काम गर्ने मानिस हुन् । कुनको मुख्य आम्दानीको स्रोत कमिशन नै हो । कसैले काम लगाएवापतको कमिशन उनको आम्दानी हो । सानातिना काम उनले गर्दैनन् ।
–उनी अन्य डनग्रुप भन्दापनि अधिक बलिया छन् । उनका ग्रुपमा सामान्य र सडकका वेरोजगार भन्दापनि हुनेखाने परिवारका
सदस्यहरु ज्यादा छन् । चढ्ने गाडीलेखि लगाउने सिक्रिसम्मको उनले ख्याल गर्छन् ।
–चक्रे यतिसम्म मिलनसार छन् की उनले खाने र खुवाउने मामलामा लोभ गर्दैनन् । उनी हरेक अपेक्षा लिएर आएका मानिसलाई खाली हात पठाउँदैनन् रे । पछिल्लो समय विशेष अदालतमा आउँदा पनि उनले त्यहाँका कर्मचारी लगायतलाई खाजा खुवाएका थिए ।
–चक्रेको नामबाट सारा नेपाल थर्किन्छ । तर, चक्रेको पनि एउटा कमजोरी छ । उनी पनि थर्किन्छन् । उनी आफ्नी श्रीमतिसँग अधिक डराउने गर्छन् । 


No comments:

Post a Comment