Tuesday, December 31, 2013

०१३ मा मेरो वितेका पल



  • आफुले आफ्नो बारेमा लेख्नु र भन्नुमा मान्छेहरु घमण्डीको संज्ञा दिन्छन् । यथार्थ र आडम्बरीको काम नगरी निरन्तर आफ्नो हृदयलाई स–शब्द उतार्नका लागि मलाई कुनै कठिनाई भएन । मैले निरन्तर मेरो शव्दहरु र त्यसका प्रत्येक पात्रहरुसँग यथार्थ पूर्ण रुपमा राख्न सफल भएँ । मलाई गर्व छ मप्रति नै, २०१३ मा । 
  • म एउटा लेखक हुँ । लेख्ने मेरो पेसा हो । अनि, संवेदनाहरु र भावनाहरु समेटेर कथाको उचाई दिनु, मानिसहरुलाई पढ्नका लागि उत्प्रेरित गर्नु मेरो कर्तव्य । मभित्र कतिपय संवेदनाका अन्य थाकहरुको खाता मैले खोल्न सकिन, मेरो कमजोरी नै थियो, सायद । यद्यपि, केही बजारमा पाठकको हातमा पु¥याउने कोसीस गरें । यसबाट केही मान्छेहरुको मन दुखेको पनि थाहा पाएको छु । त्यसकुराप्रति म सचेत छु । म जीवनलाई अरुको भावनासँगको अन्तरंगमा नयाँ ढंगबाट उठाउने प्रयत्न गर्नेछु । 
  • २०१३ मा मसँग भएका अनेक उतारचढावमा मलाई लाग्यो होला उनीहरु दोषी छन् । तर, त्यसलाई मैले प्रत्यक्ष वा परोक्ष रुपमा अभिव्यक्त गर्न सकिन । म आजैबाट ती सवै दोष आफुमा केन्द्रित गर्न चहान्छु । दोषका कारणहरु अरुलाई दिएर आफु चोखो बन्ने प्रयत्न मैले गर्ने छैन । राम्रो नराम्रो सवैको दोष आफुमा नीहित राख्दै मभित्रबाट मित्रहरु कमलका रुपमा उदाउन भन्ने मेरो अपेक्षा छ, २०१४ ले उनीहरुलाई सफल बनाओस् ।
  • वास्तवमा हरेक वर्षहरु मेरो आर्थिक जीवन कष्टकर नै वितिरहेका छन् । २०१३ पनि कुनै सफल वर्षका रुपमा वितेको छैन । काम गर्ने र दामका लागि लामो समयसम्म प्रतिक्षा वा आफु पीडामा परेको दयादृष्टिको भाव देखाउनुपर्ने अवस्था आयो । यो निकै दुखदायी समय बनिरहेको थियो । सृजनात्मक काममा लागेको मानिस जहिलेपनि आर्थिक समस्यामा हुन्छ, भन्छन् । अनि, मजस्तो मान्छेचाँही सँधैभरी नै आर्थिक कष्टमा उभिरहेको हुन्छ । सहरको नयाँ अनुहार र गाउँको सोझो र निस्कपट व्यवाहारले आर्थिक जीवन बलियो हुन सकेन । आशा गरौं, २०१४ सहरीयाजस्तो बन्नेछ । 
  • धेरैले गरिरहने वाचा तर बारम्बार तोड्ने गरेको कुरा हो, रक्सी छाड्ने कुरा । म भन्छु जव मधुशालामा प्रवेश हुन्छ अनि केही कुराहरु स्मृतिका पानामा फर्किएर आउँछन् । म झुठो वाचा गर्दिन, मधुशालाका मेरा प्रवेशहरु न्युनिकरण हुनेछन् तर निमिट्यान्नचाँही गर्दिन । जव निमिट्यान्न पार्छु, मेरो जीवनका लेखन उर्जाहरु पनि कमजोर बन्नेछन् भन्ने मलाई लाग्छ । २०१४ मा ०१३ को निरन्तरताको क्रमभंगचाँही पक्कै हुनेछ । 
  • सत्यवादी बन्नु गलत होइन । सत्यतामा हिँड्नु गलत होइन । आडम्बरमा रमाउन नचाहनु गलत होइन । तर, अहिलेको समाज, अहिलेको विश्व, युरोप र अमेरिकाका लागि यो गलत सावित हुन्छ । मेरो २०१३ मा यस्ता धेरै सत्यहरु गलत सावित भएका छन् । त्यसमा मलाई कुनै गुनासो छैन । संवेदनाहरु र सत्यताहरुको मिलनले एउटा उत्कृष्ट साहित्यको जन्म गर्दछ । त्यो साहित्य जसलाई मानिसहरुले काल्पनिक ठान्छन्, किनभने यहाँ झुठको खेती ज्यादा हुन्छ । यो सहरको आडम्बरबाट उम्किएर सत्यतामा बाँच्ने प्रयत्न, २०१४ मा मिलोस्, मलाई ।  
  • अन्त्यमा, धेरै कुराहरु छन् जो मैले लेख्नैपर्ने पनि थिए । र, लेखेर साध्य नहुने पनि छन् । यद्यपि, यत्ति भन्छु– ०१३ मा मैले मेरो जीवनका हरेक पात्रहरुसँग, देशविदेश, अफिस, सडक जहाँपनि कुनैपनि प्रकारको अन्याय गरेको भए, मन दुखाएको भए, चित्त बुझाउन नसकेको भए, ३६५ दिनको चक्रमा भएका गल्ती भनेर माफी दिनुहोला । यो माफी मेरा लागि नयाँ सिकाइको बाटो हुन्छ । जसलाई दिन मन छैन, दिन इच्छा लाग्दैन, वहाँहरुको आगामी बर्ष मेरो भन्दा एक सय गुना राम्रो होस् भन्ने शुभकामना दिन चहान्छु ।
                                                                                                                        धन्यवाद साथीहरु ।  

नेपाली नेताको यस्तो छ मति, संविधानसभामा प्रेमिका र श्रीमति

शेरबहादुर, खुमबहादुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झाले आफ्ना श्रीमति पठाए, शरतसिंह भण्डारीले भने प्रेमिका पठाएका छन् । 
संविधानसभा अव पारिवारिक अड्डा बन्दैछ । संविधानभन्दा भ्रष्टाचार बढ्ने शंका ज्यादा छ । 

संविधानसभा जनताको अधिकार लेख्ने थलोका रुपमा भन्दापनि आफ्ना प्यारीको जागिर बनाउँदैछन् नेता । संघर्ष गर्नेलाई छाडेर श्रीमतिको पेटीकोट बनाउने प्रयत्न भइरहेको छ, संविधानसभा । पार्टीका लागि योगदान गर्ने तर अवसर नपाउने महिला कम छैनन् । दलहरुभित्र कार्यकर्ताले तिव्र असन्तुष्टि राख्नुको कारण पनि मौकामा अवसर नदिनु नै हो । क्षेत्रीय हुन् वा ठूला राजनीतिक दलका नेता उनीहरुले मौकामा आफ्नो पार्टीलाई परिवारवादमा हावी बनाउने गरेका प्रमाण देखाइसकेका छन्, संविधानसभामा आफ्ना पत्नीहरु र प्रेमिकालाई लैजाने सिफारिस गरेर । दलहरुमा महिला कार्यकर्ता कम छैनन्, जसले दिनरात दलका लागि काम नगरेका हुन् । तर, संविधान निर्माणजस्तो मौकामा नेताहरु हावी हुँदा संघर्षशील राजनीतिक कार्यकर्ता भने पछाडी नै पारिएका छन् । 
संविधानसभामा दलहरुले समानुपातिक नामावली बुझाउने मिति हिजो सकियो । प्रायः ठूला साना सवै दलहरुले आफ्ना सभासदको नाम सिफारिस गरिसकेका छन् । कतिपय दलका श्रीमान्श्रीमति नै संविधानसभा छिर्दैछन् भने कतिपय प्रत्यक्षतर्फ हारेका र संविधानसभा जान नपाएका नेताका श्रीमतिमात्रै पनि संविधानसभा जाँदैछन् । 
संविधानसभामा ठूलो दल बनेको नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र प्रभावशाली नेता खुमबहादुर खड्काका श्रीमतिहरु संविधानसभा जाने भएका छन् । देउवापत्नी डा. आरजु देउवा राणा र खुमबहादुरपत्नी शिला खड्का संविधानसभामा पुग्ने भएका छन् । उनीहरुलाई महिला कोटामार्फत संविधानसभा छिराइएको छ । देउवाका जोइपोइ नै भाग्यशालीका रुपमा देखा परेका छन् । अघिल्लो संविधानसभामा पनि दुवैजना सदस्य थिए । ‘नयाँको नाम परेको छैन, श्रीमतिहरुचाँही राखिएका छन् ।’ एक कांग्रेस नेताले भने,‘तर, केन्द्रिय सदस्य सवै परेका छन् ।’ शिलाले भने प्रत्यक्षतर्फको उमेदवारी फिर्ता गरेकी थिइन् र उनलाई खुमबहादुरको दबादमा समानुपातिकको सुचीमा राखिएको थियो । एमाले नेता अमृतकुमार बोहरा र उनकीपत्नी अष्टलक्ष्मी शाक्य समानुपातिकमा संविधानसभा जाने भाग्यशालीका रुपमा देखा परे । सिफारिसमा विवाद भएपनि उनीहरु जोइपोई नै संविधानसभामा पुग्ने भएका छन् । 
उता, निर्वाचनको प्रत्यक्षतर्फ हारेका मधेसवादी दलका नेताहरुले पनि श्रीमतिलाई समानुपातिकबाट संविधानसभा छिराउने भएका छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, संघीय सद्भावनाका अनिल झा पनि श्रीमतिलाई संविधानसभा पठाउने नेता हुन् । आफु हारेपनि महतोले श्रीमति शैलकुमारी देवीलाई समानुपातिकमा सिफारिस गरेका छन् । त्यस्तै झाले श्रीमति डिम्पल झालाई समानुपातिकमा राखेका छन् । त्यस्तै मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि श्रीमति सरिता यादवलाई समानुपातिकमा पठाउने भएका छन् । उनी प्रत्यक्ष निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ मा पराजित भएका थिए । उता, राष्ट्रिय मधेस समाजवादी दलका अध्यक्ष शरतसिंह भण्डारीले भने आफ्नी प्रेमिकालाई संविधानसभामा समानुपातिक सभासदमा सिफारिस गरेका छन् । उनले निर्जला राउतलाई सिफारिस गरेका छन् ।

Sunday, December 29, 2013

नेपालमा सयको यौन बजार, गधाको दुध लिटरको २ हजार

मान्छेभन्दा पनि गधा हुने भए धनी 
लु पढ्नुहोस्...यस्तो छ, कहानी । 

खासगरी नेपालमा चलेको बजार पनि अघोषित रुपको यौन बजार नै हो । तर, यहाँ मान्छेको यस्तो बजारको डाक वडाबड पनि हजार भन्दा माथि हुँदैन । अव यो बजारमा रुमल्लिनुभन्दा पनि गधा पाल्ने चक्करतिर धाउनुचाँही उत्तम हुने देखियो । काम नहुनेलाई गधा भनिन्छ, तर यहाँ गधा त उल्लेख्य धनको पोको बोकेर बसेको प्रमाणित भएछ । उसको दुधको मुल्य दुई हजार प्रतिलिटर भयो ।
नेपालमा अच्छा अच्छा यौन बजारमा पाँच सयदेखि हजारसम्मको मात्र आम्दानी हुन्छ । तर, भारतमा यो प्रमाणित भयो की, गधाले दुई हजार रुपैंया लिटरको दुध दिने रहेछ ।  
गधा भनेर अब कसैलाई हाँसोको पात्र बनाउनुअघि एक पटक सोच्नै पर्ने भएको छ । किनभने पोथी गधाको दुधमा पाइने पोषण तत्त्वले उसको महत्त्वलाई बढाइदिएको छ । यही खुबीका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हाल गधाको दुध प्रतिलिटर दुई हजार भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । धेरै महँगो मूल्य तिर्दा पनि ग्राहकहरूले चाहेजति पाउन सकिरहेका छैनन् ।
गधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गरेका छन् । पोथी गधाको दुधको यो अहिले मात्रै बढेको होइन । इटिप्टकी राजकुमारी क्लियोपेट्रा अति सुन्दर हुनुको रहस्य उनले प्रयोग गर्ने गरेको गधाकै दुध थियो । आन्ध्रप्रदेशको तेलंगाना र तटीय क्षेत्रमा राज्य विभाजनका कारण गतिरोध कायमै रहेको बेला त्यहाँका बजारहरूमा उत्तरी तेलंगानाबाट गधाहरूको झुन्डसहित आएकाहरूको चर्चा खुबै भइरहेको छ । उक्त समूहले बजारमा गधाको दुध उच्च मूल्यमा बेचिरहेका छन् । दुध बेच्नेहरू भन्छन्, ुगधाको दुध नवजात शिशुहरूको स्वास्थ्यका लागि सर्वोत्तम पोषण दिने खालको छ ।ु शिवाजीपालेममा जी लिंगाम्मा नामकी एक महिलाले गधाको एउटा जोडीका साथ दुध बेच्दै गर्दा त्यहाँ ग्राहकहरूको ठूलो लाइन थियो ।
चार परिवारका २० जना १५ जोडी गधाका साथ तेलंगानाका अदिलाबाज जिल्लाबाट तटीय क्षेत्रमा आएका छन् । लिंगम्माले भनिन्, ुहामी एक कप ९२५ मिलि० गधाको ताजा दुध २ सय रुपैयाँमा बेच्छौं, यदि कसैलाई धेरै चाहिए दुई हजार प्रतिलिटरमा दिन्छौं ।ु दुध महँगो भए पनि खरिद गर्नेहरूको कमी छैन । लिंगम्माले आफूहरूले अघिल्लो वर्ष पनि यसरी नै दुध बेचेर दैनिक सात सयदेखि ८ सय रुपैयाँ कमाएको बताइन् । दुध खरिद गर्न लाइनमा बसेकी एक गृहिणी के सत्यवतीले लिंगाम्मासँग ७५ मिलि दुध किन्न आएको बताइन् ।
उनले भनिन्, ुमेरी छोरीले शिशू बालिका जन्माएकी छन्, उनको लागि दुध लिन आएकी हुँ ।ु चिकित्सकहरूका अनुसार महिलाको स्तनबाट प्राप्त हुने दुधमा भन्दा गधाकोमा ल्याक्टोस धेरै बढी हुन्छ । उनीहरू भन्छन्, ुप्राचीन कालमा ६ देखि ८ महिनासम्मका बालबालिकालाई दम र श्वाससम्बन्धी एलर्जीबाट बचाउनका लागि गधाकै दुधको बढी प्रयोग हुन्थ्यो । कस्मेटिक प्रडक्टहरूमा समेत प्रयोग गरिन्छ । विश्वकै महँगा डेरी उत्पादनहरूमा पनि गधाको दुध प्रयोग गरिएको हुन्छ ।

अपोजिटले नियाल्ने ‘फस्ट लुक्स’

 राजकुमारीको यौवनले एउटा ‘कोब्लर’ लाई जुत्ता बनाउने ऊर्जाको बयान त्यसमा उल्लेख गरिएको छ । उसले हरेकपटक बनाएका जुत्ताहरू एकभन्दा अर्को राम्रो थियो र जुत्ता राजकुमारीले मन पराएकी थिइन् । 

दैनिक जीवनको प्राविधिक सुरुआतचाहिँ बाथरुमदेखि बेडरुमसम्म हुन्छ । यो बनेर देखिनेहरूको जीवनको छोटो दैनिकी हो खासगरी सेलिब्रिटी बन्ने होडमा सहर छिरेकाका लागि । त्यसमा पनि कृत्रिम सुन्दरताका भोगी, युवतीभन्दा पनि युवाका लागि यो टिप्स अनिवार्य हुन सक्छ । 
जुत्तालाई निकै सरलरूपमा व्याख्या गरिन्छ । जति सरल रूपमा जुत्ताको उदाहरण हामीले दिने गर्छौं, त्यति सरल नहुँदो रहेछ, जुत्ताको कथा । तपाईंले कस्तो जुत्ता लगाउनुभएको छ रु यो चर्चा खुट्टा देखाइने हरेक ठाउँमा हुन सक्छन् । तपाईंले जुत्ता आफ्ना लागि मात्र लगाउनुभएको हो र रु पक्कै आफ्ना लागि त हो नै तर तपाईंभन्दा ज्यादा त्यसको ख्यालचाहिँ सहरमा हिँड्ने हरेक युवतीले गरेका हुन्छन् । युवकले युवतीको व्यक्तित्वलाई कहाँबाट नियाल्छन् रु त्यसबारे उल्लेख गर्नु उपयुक्त नहोला तर युवतीले युवकको व्यक्तित्वचाहिँ विश्लेषण गर्ने तपाईंको लगाइमा फरक पर्छ । कुनै विद्वान्ले भनेका छन्, युवकलाई नियाल्ने क्रममा युवतीको पहिलो नजर जुत्तामा पर्छ । जुत्ताबाट उनीहरू युवकको व्यक्तित्वलाई मनमनै विश्लेषण गर्छन् ।
त्यसो त जुत्ताको विषयमा एउटा रुसी कथा निकै रमाइलो छ । ‘राजकुमारीको जुत्ता’ शीर्षकको कथा अत्यन्तै रोचक थियो जहाँ जुत्ताको महत्वलाई दर्साइएको छ । राजकुमारीको यौवनले एउटा ‘कोब्लर’ लाई जुत्ता बनाउने ऊर्जाको बयान त्यसमा उल्लेख गरिएको छ । उसले हरेकपटक बनाएका जुत्ताहरू एकभन्दा अर्को राम्रो थियो र जुत्ता राजकुमारीले मन पराएकी थिइन् । सडकमा जुत्तालाई टल्काउने मानिसहरूलाई थाहा छ, त्यसको महत्व । उनीहरू सडकमा हिँड्ने हरेक व्यक्तिको जुत्तालाई हेर्छन् र बनाउने विषयमा सुझाव दिन्छन् । जुत्ताले मानिसको व्यक्तित्व झल्काउने भएका कारणले नै फेरेर जुत्ता लगाउनेहरू कम छैनन् । 
जुत्ताको चर्चा अफिसमा हुन्छ, कलेजमा हुन्छ अनि चौतारामा पनि । जुत्ताको महत्व पार्टीमा हुन्छ, खेलमा हुन्छ अनि अन्य ठाउँमा पनि । मानिसहरू ठाउँअनुसार जुत्ताको प्रकारमा रमाउँछन् र यही बजारमा नेपाली उद्योगको अहिले विशाल उपस्थिति छ । त्यसकारण पनि नेपाली बजारमा फस्टाएको छ— जुत्ता उद्योग । जुत्ता बजारमा मानिसको भिड नहुने भए, चल्दैनथे एक्स्पो र अन्य विविध जुत्ता विशेष कार्यक्रम । 
जुत्ताको कुन ब्रान्ड हाम्रा लागि उपयुक्त हुन्छ रु अलिकति हिल भएका र बजारमा बज्ने जुत्ता देख्दा मानिसको वैचारिक मनोविज्ञान र उसको व्यक्तित्व ठम्याउन सकिन्छ । जो शिक्षण पेसामा लागेका छन्, उनीहरूको जुत्ता भलाद्मी देखिने हुन्छ । टल्किने र सफाचट जुत्ता उद्यमीले लगाउँछन्, अझ महिलाको ‘हिलबेस’ जुत्ताका फरक–फरक महत्व छ । मनोवैज्ञानिक रूपमा विश्लेषण गर्ने हो भने पनि जुत्ताले मानिसको शरीरका विभिन्न भागलाई प्रष्ट्याउने कोसिस गर्छ ।
नेपालमा पनि जुत्ताका सौखिन कम छैनन् र नेपाली जुत्ताबजारको उपस्थिति पनि कमजोर देखिएको छैन । लगानीमैत्री वातावरणको अभाव देखाउँदै मुलुकका प्रतिष्ठित उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द तथा धराशायी हुँदै गइरहेका बेला जुत्ता व्यवसाय भने फस्टाउँदै गइरहेका छन् । स्वदेशी ब्रान्डका जुत्ता चप्पलले नेपाली बजारमो हिस्सा बढाउँदै गइरहेको व्यवसायी बताउँछन् ।
नेपालमा उत्पादित जुत्ता चप्पलले नेपाली उपभोक्ताको कुल मागको झन्डै ५५ प्रतिशत हिस्सा ओगट्न सफल भएको नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघले जनाएको छ । नेपालमा अहिले वार्षिक ५ करोड जोर जुत्ता चप्पलको माग छ जसमध्ये ३ करोड जोर जुत्ता चप्पल स्वदेशमै उत्पादन हुने गर्छ ।
जुत्ताको महत्व जति छ, त्यति नै यसको बजार बढिरहन्छ । मानिस खाली खुट्टा जन्मिन्छ तर जुत्ताविना जीवनयात्रा गर्नचाहिँ सक्दैन । नेपालीको आम्दानीअनुसार खर्च गर्न सक्ने हैसियतका लागि नेपाली जुत्ता नै उपयुक्त हुने देखिन्छ ।

जियासँग टाँसिएको मन, एमालेभित्र अलपत्र भुवन

एमाले दल हो अनि जिया दलदल हो । दलदलबाट दलमा छिर्नका लागि भुवनले अझै मिहेनत गर्नुपर्छ भन्ने पाठ सिकेका छन् की रिसले चुर भएका छन् ?
000
हुन त यस्ता चर्चामा आइरहने भुवन पनि रेखा थापाभन्दा कहाँ कम छन् र ? उनी पनि संविधानसभा निर्वाचनको दौरानमा मुर्गा बनाइएका अर्का कलाकार हुन् । 
एमाओवादीले रेखालाई बनायो, एमालेले भुवनको देनको बली चढायो ।  


अभिनेत्री जिया केसीसँग मन टाँसिएको चर्चासँगै मिडियामा छाएका पुराना अभिनेता भुवन केसी संविधानसभा निर्वाचनका क्रममा नेकपा एमालेको चुनाव प्रचारमा खटिए । देशव्यापी रुपमा उनी चुनावी मैदानमा दौडिए, समानुपातिक सभासद बन्ने निश्चिततामा । तर, जसै एमालेले निर्वाचन आयोगमा समानुपातिक सुची बुझायो, तसै भुवनको मन पनि चर्कियो । किनभने त्यहाँ भुवनको नाम थिएन । हुन त एमालेका भेट्रान नेताहरुको नाम नअटेको ठाउँमा भुवनजस्ताको के अट्थ्यो र ? प्रत्यक्षमा काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवार बनाएर एक रातमा नै नाम हटाइएका भुवन झण्डै झण्डै राप्रपा नेपाल छिरेका थिए । तर, उनी त्यहाँ पनि गएनन् । जस्तो भएपनि आफु एमाले नै भएको बताउने भुवनलाई थाहा थिएन, राजनीतिक दल जियाको मनजस्तो होइन भन्ने ? हुन त भुवनले बुझ्नुपर्ने के हो भने जिया र एमाले एउटै होइनन् । जिया प्रेमको दलदल हुन्, एमाले राजनीतिको दल । अनि, कसरी उस्तै हुनसक्छ ? प्रेममा चाँडो प्राप्ति हुन्छ, अनि राजनीतिमा ढिलो । रेखा थापाको राजनीतिक जीवनबारे टिप्पणी भइरहँदा ढुक्क र मख्ख परेका भुवनपनि राजनीतिक दलमा लाग्दा सहिद बनाइएका अर्का पात्र हुन् । 
जिया केसीको बारेमा धेरैले लेखिसकेका छन् । उनी अंग प्रदर्शन गर्न रुचाउने नयाँ अभिनेत्री । कथाले माग्दा जतिसुकै र जस्तोपनि गर्नसक्ने उनको कला देखेर भुवन लठ्ठीएपनि होला । भुवनको व्यक्तित्वसँग जिया भुतुक्क भएकी रे । तर, एमाले जिया त होइन, भुवन नहुँदै सक्किने । प्रदिप नेपालजस्ता नेतालाई त सभासद नबनाउने एमालेले भुवनलाई किन बनाउँथ्यो र ? देशभरका सभामा भाषण गर्न लगाएर पार्टी दोस्रो बनेपछि भुवनले आफुलाई एमाले भनेपछि नै हो भन्ने बुझाई छ । 
तर, जे होस् अव भुवनले सपनाको महल छाडेर फिल्मतिर ध्यान दिए हुने भयो । त्यसमा उनलाई एमालेको सहानुभुति रहलाजस्तो लाग्छ । 


Saturday, December 28, 2013

काठमान्डू र रात्री जीवन

साइबर लभ–११

 तिम्रो ठमेल मान्छेले मान्छे किन्ने, चुस्ने र थुक्ने एउटा अघोषित 
रातोबजार बनीसकेको छ । तिमी बसेको सहरभन्दा आधुनिक । 


रातपरेपछि काठमान्डु फरक देखिन्छ । दिउँसो व्यस्त र शालिन काठमान्डु रात परेपछि सीमित वर्गका लागि अभ्यस्त हुने गर्दछ । पुतलीपेटीहरु रंगिन देखिन्छन्, दरबारमार्गहरु डन, गुण्डा, नेता, कलाकार र पत्रकारहरुले खचाखच हुन्छ । प्रहरीहरु पनि उत्तिकै भेटिन्छन् हरेक ठाउँमा । अनि, सार्वजनिक सवारीसाधनहरु दुला पस्छन् र ट्याक्सीहरुको साम्राज्य सुरु हुन्छ । यो आठ बजेपछिको काठमाडौंको दैनिकी बनिसकेको छ । आज ठमेलमा एक नयाँमित्र स्याम्पियन खोल्दैछन्, खुसीको समय बाँड्ने बाहनामा निम्तो पठाएका छन् । काठमाडौंको रात्री जीवनको एउटा पात्र म बन्नु नै छ र ठमेलको त्यो रातको सामान्यज्ञान बटुल्नुपर्ने नै छ ।
‘दाई म मोडेल मिलाइदिन्छु, २० हजार लाग्छ ।’, कोही सडकको दलाल हात तानेर ठमेलको रातमा व्यापारको कुरा गरिरहेको छ । अर्धनशामा पेटीमा हिँडीरहेको मान्छे म । भनिरहेको छु,‘भाई जो यो रातमा ट्याक्सी चढिरहेको छैन, त्यसलाई तिम्रो प्रस्तावको कत्तिपनि प्रभाव पर्दैन, तिमी गलत मानिसलाई प्रस्ताव गरिरहेका छौ ।’ उ फेरि पनि प्रस्ताव अगाडी सार्छ र दबाब दिन्छ,‘दाई समय मिलाउनुस्, फोन नम्बर दिनुस्, मान्छे आएपछि बोलाउँछु ।’ रातको ११ कटिसकेको छ । तर, ठमेल अहिले पनि दिउँसोजस्तो लागिरहेको छ, बत्तीको झिलिमिलिले । तर, यो रात हो भन्ने प्रमाणका अनेक संकेतहरु सल्बलाइरहेका दलाल, रातको कमाइमा जुटेका अनेकन मोडेलहरु, हिरोइनहरु, पर्यटकहरु, पसलेहरुको चहलपहलले देखाइरहेको छ ।
ठमेलको नाम लिनासाथ सामान्य मानिसले बनाउने धारणामा अव फरक भेटेको छैन मैले । त्यो पर्यटकहरुको क्षेत्रमात्र नभएर नेपालीहरुको हरप्रकारको आम्दानीको स्रोतशाला हो । काठमान्डु निक्कै क्रुर छ, यहाँ हैसियतका लागि पैसा र पैसाका लागि यौवनको व्यापार अनिवार्य बनिसकेको छ । अनि, जसले यौवनको व्यापार गर्न जान्दैनन्, उनलाई भ्रष्टाचारको बाध्यता पनि छ । म ठमेलको वरीपरिबाट दरबारमार्गतिर उम्किने कोसिसमा छु । त्यो ठमेलको चौथो रात थियो, जहाँ म फरकप्रकारको दृश्यका लागि पुगेको थिएँ । शेली, हरवखत ठमेलका रातहरुको बारेमा व्याख्या गर्थिन् । त्यसकारण त्यहाँको असली रात मैले बुझ्नुपर्ने थियो–आखिर ठमेलको रातमात्र किन निक्कै चर्चामा छ रु
आज शेली अनलाइन छैनन् । उनीसँग ठमेलको बारेमा बारम्बार कुरा गर्न मन थियो । तर, मैले उनलाई आजै यो कुरा भनिन भने भोली विर्सनेछु । र, पर्सी फेरि ठमेलको बारेमा अर्को धारणा बन्नेछ । त्यसकारण आजै म उनलाई इमले लेख्दैछु ।
शेली । आज म ठमेलको सामान्य घुमाइपछि फर्किएको छु । यो काठमान्डुको एउटा क्षेत्र हो । र, तिमीले बारम्बार व्याख्या गरेको ठाउँ । मैले देखेको ठमेल, तिमीले भनेको ठमेलको अन्तर तिमी नै छुट्याउनु । तिम्रो ठमेल अधिक आधुनिक छ । तिम्रो ठमेल उच्चस्तरीय वेश्याहरुको ओछ्यान बनेको छ । तिम्रो ठमेल मान्छेले मान्छे किन्ने, चुस्ने र थुक्ने एउटा अघोषित रातोबजार बनीसकेको छ । तिमी बसेको सहरभन्दा आधुनिक । तिमी बसेको पहिलो विश्वको पहिलो सहरसँग तुलनायोग्य छ, यहाँको जीवन । किनभने यो ठाउँ पहिलो विश्वबाट फर्किएका कथित पर्यटकहरुको रासलिलाको पाठशाला पनि बनिसकेको रहेछ । क्षीतिजको दृश्य अस्ताउन नपाउँदै, सुरु हुन्छ यहाँको इन्द्रेणीपाराको जीवन । सडक, गल्ली, बार।।।।सवै अभ्यस्त हुन्छन् मात्र, नशामा ।
मानिसहरु दिउँसो सेक्सको सामान्य कुरा गर्नपनि लाज मान्छन्, रिसाउँछन् र भड्कीन्छन् । तर, हरेक रात उनीहरुको ठमेलमय हुँदो रहेछ । मान्छेहरु कति आडम्बर छन्, जो सुकिला चेहरामा पुतलीपेटीमा भेटिन्छन्, त्यत्ति नै राक्षसी पारामा घात हुनेगरि ठमेलका रात चहार्ने गर्दारहेछन् । सायद, आजको रातका लागि धेरैले मलाई पनि त्यहि मुल्यांकन गरे होला । तर, ठमेल पैसा हुनेहरुका लागि हो, गाडी चढ्नेहरुका लागि हो, सडकयात्रीका लागि होइन । निम्न मानिसका लागि होइन । दैनिक हज्जारौं भ्रष्टाचार गर्नेहरुका लागि हो तर दैनिक सयको अपेक्षामा मर्नेहरुका लागि होइन रहेछ ।
शेली, ठमेल जसरी पनि बाँचीरहेको छ, अधिक ध्वनीप्रदुषणमा । मान्छेहरुका तर्ककुतर्क र कर्तुतहरुमा । बस, बचेको केही छैन त्यहाँ । छ केही भने ठमेल भन्ने नाम । र, त्यो नामलाई पनि मानिसहरुले आफु अनुकुल व्याख्या गरिसके, जसरी म गरिरहेको छु अहिले । यहाँ रुप बदलेर काम गर्नेहरु व्यापक छन्, नशामा डुव्न आउनेहरु र नशामा डुवान जान्नेहरु उत्तिकै छन् । नशालु ठाउँ हो यो, यहाँ हरप्रकारका नशाका उपचारहरु छन् । रातो, सेतो, हरियो, कालो कुन नशा लिने रु ठूलो, सानो, मोटो, पातलो रक्सी, म्याक्सी र ट्याक्सी । सवै नशा पाउने रहेछ ।
तिम्रो ठमेलको बारेमा केही घन्टामा जानेको यहि एउटा कुरा लेखेको छ, अरु कुरा फेरि पनि गरौंला । ठमेल चिन्नेहरुले नेपालका अन्य ठाउँहरु चिन्न छाडीसकेको जानकारी नि तिमीलाई दिनैपर्छ, मैले । आजलाई यत्ति नै ।
०००
मान्छेहरु सपनाको तकिया कुन दिशामा फर्काएर राख्छन् रु सपनाको महल कस्तो बनाउँछन् रु यसबारेमा मलाई थाहा छैन । मलाई यत्ति थाहा छ, सपनामा रुमल्लिने मान्छेहरु आज सडकमा रात्रीकालिन जीवनको फरक स्वाद लिइरहेका भेटिन्छन् ।
अधिकतम हिन्दुहरु आज दरबारमार्गका क्रिसमस इभ मनाइरहेका छन्, पर्वका नाममा । त्यहाँ केही रमाइलोका दृश्यहरु देखिरहेको छु । तीनजना मित्रहरुसँग अगाडीको पेटीमा टुक्रुक्क बसेर आजको सहरलाई नियाँलिरहेको छु । मेरो दाहिनेपट्टि हिन्दि गीतमा रमाइरहेका केही झुण्ड छन् अनि देव्रेबटी सडकमै खाँदै गरेका केही युवती, ठूला घरानीयाँ । सायद शेली पनि यो काठमान्डूको दृश्यबारे केही उत्सुकतापूर्वक मलाई सोधिरहेकी थिइन् । तर, यो रात जति रंगिन देखिएको छ, वत्तीहरुको उज्यालोमा त्यत्ति नै दुखी भएर बाँचीरहेको छ, भित्र भित्र । यो सहरमा रमाउनेहरु रमाएका छन् तर रमाइलो देखाउनेहरु सायद अमिलो स्वादमा बाँचेका छन् ।
सडककिनारको पीपलको फेदमा बसेर नियाँलिरहेको छु सडक । सडकमा अनेकथरीका मानिसहरु दौडीरहेका छन् । पर्यटकहरु पनि । ‘ह्याण्डसम, जाने हैन रु’ पछाडीबाट कोट्याएर कसैले भनेजस्तो लाग्यो । फर्किएर हेरेको, एक रात्रीकालिन वेटर, सायद कसैलाई वेट गरिरहेकी थिइन् । र, त्यहि फेदमा बसेको अर्को युवकलाई सोधीरहेकी थिइन् । आवाज नेपथ्यमा थियो, तर आफैंलाई सोधेजस्तो पनि । प्रसन्न र कवि भर्खरैमात्र आए । मेरा अहिलेसम्मको पर्खाइको मुख्य कारण ती दुईजना थिए । मन्द नशामा आइपुगेका उनीहरु मलाई आज सुन्धाराको पात्रसँग भेटाउँदैछन् । त्यस्तो पात्र जसले जीवनको फरक कोणको कथा मलाई सुनाउनेछिन् । उनी कोही महिला पात्र हुन्, जो जीवनका सात सय तीस रात नशामा विताइसकेकी छन्, सहरसँगै, यहाँका मान्छेहरुसँगै । र, तीन भाई सुन्धाराको गन्तव्यतिर लम्किएका छौं ।
०००
बाहिरपट्टि ठूलो गाडी छ । गाडीमा एउटी युवती । जाडोको याममा छोटा कपडामा बसीरहेकी उनको जीउ तातो छ । तर, उनलाई ज्वरो आएको होइन, वियरले तताएको जीउ रहेछ । भनिन्,‘तपाई हो, मलाई सोध्ने रु किन खोज्नुभएको रु’ उनको सोधाई यहि सहरको निरन्तर भेट्ने मान्छेको उद्देश्यतिर प्रहार थियो । तर, म उनलाई पात्रका रुपमा भेट्न चाहिरहेको थिएँ । किनभने मैले शेलीको काठमान्डूको कथा उनलाई सुनाउनुछ, देखाउनुछ र पढाउनुछ । शेलीका लागि मेरो भोलीको अनुभव उनलाई सुनाउनुछ, त्यसकारण ती युवतीको कथा मैले कोर्नुपर्नेछ ।
‘नाम के हो रु’ मैले सोधे ।
‘नाममा के छ र रु कामको कुरा गर्नुस, मिस्टर’ ती युवतीको उत्तर आयो ।’
‘मेरो काम नामबाटै सुरु हुन्छ नी त रु’ म उसलाई गफ गर्ने मेलो बनाइरहेको छु । ‘दिप्ति’ उनले भनिन् । अक्सर रातमा भेटिने युवतीहरुको थर हुँदैन । उनीहरुको त्यो नाममा पनि कति सत्यता छ थाहा छैन । तर, काठमान्डूका रात्रीकालिन जागिर खाने र मनोरञ्जन उद्योगमा उफ्रिनेहरुको त थर नै हुन्न । मलाई उनको थरभन्दा पनि कथासँग मतलव छ । म थरको प्रवाह गर्दिन ।
‘भित्र जाउँ’ उसले भनि । उसको प्रस्तावअनुसार म भित्र गएँ । त्यो भित्र जहाँ नेपथ्यमा हिन्दि गीतको फोहरा र अर्धनग्नहरु नाचीरहेका छन् । दिनभर अभ्यस्त हुने सहरका सुकिला चेहराहरु, अँगालोमा परस्त्री चेपेर धमाधम नशाको मजामा लिप्त छन् । उनीहरु बालकोनीमा बसेका छन्् ।
अनुहारमा चमक देखिन्छ, लालीको । उसैले वियर मगाएर प्रसन्नको छेऊमा लेपासिएर बसी । म, ती दुईमित्र भन्दा टाढा छु । र, एउटा रातको केही घन्टा सुरु भइरहेको छ । म निरन्तर दिप्तिको व्यवाहारलाई नियाँलिरहेको छु । जीवनसँग के सोचिरहेकी छ, उसले रु आफ्नो परिवारको कुन पक्षसँग निराश छ रु अथवा आफ्नो जीवनको कुनचाँही परिवेशसँग प्रतिपक्षी छ रु म छेउतिर सोचीरहेको छु । कविको छेउमा लेपास्सिएर बसेकी उसले एक गिलास वियर तनतन पिउँछे । वास्तवमा आज ऊ वियरको नशामा नतमस्तक भएकी छ । अनि, त्यहाँ आउने अर्धहोस भएका र बेहेस भएकाहरुलाई उत्तेजक बनाइरहेकी छ । उसको भरमा कथित व्यापारीहरु पैसाको विटो उडाइरहेका छन् । काठमान्डूको सुन्धाराभित्रको एउटा घरको भित्र तल्लाको रात फरक ढंगले गुज्रिरहेको छ । अनि मेरो मनमा अनेकप्रकारका प्रश्नहरु पनि उव्जिरहेका छन् । त्यसका उत्तरहरुका लागि म प्रयत्नशील छु ।   ( 

Friday, December 27, 2013

श्रीमति हुन नसकेकी रेखा आमा बनिन्, राउटेबस्तीबाट फर्केर किन यसो भनिन् ?

निर्माता छविराज ओझाको असल श्रीमति बन्न नसकेकी रेखा थापाको समाज सेवा सानो छैन । मिडियाहरुले जे लेखे पनि कत्तिपनि उनी हिचकिचाइनन् । बरु, आफु समाजसेवामा लागेर आमा बनेको घोषणा गरिन् । आखिर रेखा थापाले किन यसो भनिन् ? 

जान्नका लागि उनको अनुभव नै पढौं ।  

मैले नपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दागर्दै पनि मेरो मनको एउटा अन्तर हृदयमा समाज सेवाप्रति ज्यादै नै झुकाव थियो । र, चलचित्रको माध्यमबाट मैले समाजसेवा गरेजस्तो लाग्छ । किनकि मैले ८र९ वटा चलचित्र निर्माण गरिसकेकी छु, गरि नै रहेकी छु र गरि नै रहन्छु पनि । चलचित्रको माध्यमबाट मैले समाजमा मनोरञ्जन दिएँ, यो पनि एकप्रकारको सेवा नै हो ।

यो १० वर्षको दौरान मलाई धेरै अवसरहरु प्राप्त नभएका होइनन् । विभिन्न ठाउँबाट मलाई धेरै राम्रा राम्रा अवसर आउँदा आउँदै पनि मलाई यही देशको माटो बढी प्यारो लाग्यो । मेरो आफ्नो देश । मेरो कर्म भूमि । मेरो जन्मभूमि । त्यसकारणले गर्दा मलाई के लाग्यो भने दर्शकदीर्घाबाट जुन प्रकारको माया र ममता पाएकी थिएँ मैले, यो माया मैले चलचित्रको माध्यमबाट मात्रै दिन सकिरहेकी थिएँ । प्रत्यक्षरुपमा दर्शकको घरदैलोमा अर्थात्, आम जनताको घरदैलोमा जान पाएकी थिइँन । र, मलाई मेरो मनमा के लाग्यो भने समाजको सेवा त गर्नुपर्छ, तर कसरी गर्नुपर्छ भन्नेमा पनि अलिकति अन्योलमै थिएँ । कुन माध्यमबाट जाऔं रु कुन वर्गलाई समातौं रु हाम्रै देशमा एउटा पिछडिएर बसेको आदिवासी, राउटे जातिका लागि मलाई काम गर्न मन लाग्यो ।

 उहाँहरुलाई सहयोग त जसले पनि गर्ला तर अलिकति चेतनायुक्त कुराहरुको माध्यमबाट उहाँहरुलाई त्यो जंगलबाट निकाल्न पाइयो भने र, उनीहरुका छोराछोरीलाई उच्च शिक्षा दिएर परिवर्तनमा ल्याउन सकियो भने सम्भवतः यो आदिवासी, यो जनजाति भन्ने कुराहरु नरहलाजस्तो लाग्यो । र, यही शिससिलामा रेखा थापा फाउन्डेसनको जन्म भयो । मैले यो घोषणा गरेकी थिइँन तर हङकङ जाँदाखेरि चाँहि मैले अब घोषणा गर्दा हुन्छ भनेर यस कारणले घोषणा गरें कि पूर्वतयारीहरु समाप्त भइसकेका थिए ।

राउटे वस्तीको यात्रा जाँदा

म विहान पाँच बजे उठें । र प्रार्थना गरें । म धर्मकर्ममा एकदमै विश्वास गर्ने महिला पात्र हुँ । मेरो गन्तव्य भनेको राउट बस्ती थियो । राउटे जातिहरु थिए । त्यो ठाउँसम्म पुग्दाखेरि मैले विभिन्न कुराहरु अवलोकन गर्ने अवसर पनि पाएँ ।

शुटिङमा जाँदा म चलचित्रको चरित्र भएर हिरोइन भएर गाउँमा पुग्ने गथेर्ं भने योपटक साँच्चैको यो देशको जनताका रुपमा म घरबाट निस्कें । यसक्रममा जुन दृश्यहरु अवलोकन गर्ने अवसर पाएँ, बाटो भत्केको, गाडीको जामहरु । नेपाल भनेको सिस्टमेटिक नहुने । नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने प्रकारको भ्रम धेरै व्यक्तिहरुमा छ । तर, जब थानकोट काटेर बाहिर गइन्छ, रियल नेपाल त्यहाँ रहेछ भन्ने कुरा यसपालि मलाई अनुभूति भयो । बाटोमा लस्कराम जाम थियो, त्यहाँ कति बिरामीहरु थिए होलान् ।

मैले सुर्खेत पुग्नु छ । त्यहाँ गएर मलाई के डर लाग्यो भने म राउटे जातिलाई कन्भिन्स गर्न सक्छु कि सक्दिँन रु त्यहाँ पुगेपछि मेरा अनुभूतिहरु कस्ता हुन्छन् होला रु त्यहाँ पुग्दाखेरिका क्षणहरु कस्ता होान् भनेर म कल्पनामा पुलकित हुन थालें ।

मेरो विचारमा रातिको ११ वा १२ बजेको थियो । जुन ठाउँबाट सुर्खेततिर जानुपथ्र्यो, म जुम्लातिर लागेंछु । सुर्खेतको बजार पुग्नलाई जम्माजम्मी पाँच किलोमिटर थियो । रातिको समय थियो । फेरि म फर्किएर आएँ र सुर्खेततिर लागें । रातको करिब १ बजिसकेको थियो ।
बिहान ७ बजे उठें । मेरो मुख्य गन्तव्य राउने जाति भएको ठाउँमा पुग्नु थियो । वीचमा बाटोको समस्याले गर्दा गाडी अड्किने समस्याहरु भयो । जुन ठाउँमा पुग्नुपर्ने हो, त्यहाँ गाडी पुग्दैनरहेछ । आधा घण्टा पैदल हिँडेर त्यो वस्तीसम्म पुग्दाखेरि एकप्रकारको एक प्रकारका अचम्म लाग्यो मलाई । त्यो वस्तीका महिला पात्रहरु, पूरष पात्रहरु, बच्चाहरु हामीलाई प्रतिक्षा गरेर बस्नुभाको रहेछ । वहाँहरुसँग एकैछिन भलाकुसारी गरें । र त्यहीक्रममा धेरै कुराहरु जान्ने अवसर पनि पाएँ । मैले त्यहाँ महिला पात्रहरुलाई सोधेकी थिएँ, तपाईहरुलाई थाहा छ, महिला हिंसा भनेको के हो रु तर त्यो उहाँहरुलाई थाहा छैन के हो महिला हिंसा भनेर । जुन शहरमा, टेलिभिजनमा महिला हिंसाका नारा गुञ्जिइरहेका हुन्छन्, तर त्यो ठाउँमा गएर बुझ्दाखेरि उहाँहरुलाई नै थाहा छैन । यो महिला हिंसा भनेर हामी बुझ्नेहरुलाई मात्रै रहेछ । ती निर्दोष नारीहरुलाई त केही पनि थाहा रहेनछ । हामी कसका लागि काम गरिरहेका छौं भनेर मैले मलाई नै प्रश्न गरें ।

म राउने वस्तीतिर लागें । त्यो दिनचाहिँ राउटे वस्तीमा कूल पूजा रहेछ । हामीले हाम्रो कूल पूजामा कोही पनि व्यक्तिलाई प्रवेश दिँदैनौं । अनि मलाई पर्‍यो टेन्सन । कूल पूजा भएकाले आजको रात त्यहीँ बस्नुपर्ने रहेछ । मैले भनें, म एक रातमात्रै होइन, एक हप्ता एक महिना पनि बस्न तयार छु । तर, उहाँहरुलाई नभेटी जान्न ।

यसो भनिसकेपछि राउटे जातिका मुखियालाई बोलाइयो । मैले उहाँलाई भनें, म पनि तपाईकै छोरी हुँ । वहाँदेखि म तपाईलाई भेट्न आएकी, मलाई तपाईको वस्तीमा लानोस् । उहाँ एकछिन स्तब्ध हुनुभयो र मलाई एकोहोरो हेर्नुभयो । ल ओके, ओके त भन्नुभएन ल हिँड जाऔं भनेर मलाई लिएर जानुभयो राउने वस्तीमा ।

राउटे वस्तीभित्र जव म प्रवेश गरें, एक प्रकारको दिमागमा शुन्यता भयो । अलिकति नर्भस पनि भएँ । काठमाडौं भन्दा धेरै टाढा पनि छैन सुर्खेत । एकदिनमा पुगिने ठाउँ हो । शहर, सुर्खेत बजार त्यति नजिक छ । त्यति नजिक बसेका व्यक्तिहरु र खोलाको छेउमा बसेका राउटे जातिलाई तुलना गर्न पर्दा दुःख पनि लाग्यो । या त हामी चेतनाविना समाजमा बसिरहेका छौं, या त हामीले उनीहरुलाई चेतना दिनबाट चुक्यौं कि रु वा उहाँहरु आफ्नो प्रथा परम्परामा अडान भएका कारणले पनि हामीले चलाउन सकेनौं कि रु यति धेरै प्रश्नहर आए मेरो दिमागमा, म स्तब्ध भएँ । मजस्तै युवती त्यहाँ थिइन् । मेरी आमाजस्तै आमा पनि त्यहीँ हुनुहुन्थ्यो राउटे वस्तीमा । सानासाना बच्चाहरु साइकलमा,कम्प्युटर, ल्यापटप मोवाइल चलाएका बच्चाहरु मैले मेरै आँखा अगाडि शहरमा देख्ने गर्छु, तर त्यो ठाउँमा जुन प्रकारको परिस्थितिमा उहाँहरु बसेको देख्दा मेरो मन कटक्क खायो ।

मैले फेरि मुखियालाई सोधें, यसरी नै जीन्दगी बिताउने हो त रु अलिकति परिवर्तन हुनुपर्छ कि रु तपाईहरुको धर्म संस्कृति नछाड्नोस् तर अलिकति व्यवस्थित ढंगले विचार परिवर्तन गर्ने हो कि भन्दा हैन, हामी त यस्तै हो भन्नुभयो । तपाईको बच्चाले पढोस् जस्तो लाग्दैन रु मैले सोध्दाखेरि पढेर पनि मान्छे मरिहाल्छ, नपढे पसिन मान्छे मरिहाल्छ, केको लागि पढ्नुपर्‍यो भनेर उहाँले प्रतिप्रश्न गर्नुभयो । उहाँको विचारलाई मैले सम्मान गरें, कन्भिन्सिङको पहिलो चरणमा त म फेल भएँ । मैले त्यो भन्दा अगाडि प्रश्न गर्नै सकिँन । तर, त्यति कट्टर विचार हुँदाहुँदै कूलपूजामा मलाई प्रवेश गराउनु नै मेरो जीवनको सफलता थियो ।

राउटे जातिभित्र पनि एकदुईजनाले मलाई चिन्नुहुँदोरहेछ । यतिधेरै खुशी लाग्यो मलाई । रेखा थापा कहाँ हिँड्दै यहाँ आउँछ भन्नुभएछ उहाँहरुले । मलाई माया गर्ने करोडौं दर्शकहरु भन्दा ती दुई राउटे मलाई प्यारो लाग्यो । मेरा फ्नहरुमा मिसाउन चाहिँन मैले ती राउटे जातलाई । त्यो मेरा लागि सरप्राइज्ड पनि थियो ।

चुम्बनको क्षण

राउटे जातिको कुरा बुझ्दा बुझ्दै अनायासै मलाई एकप्रकारको भावना जाग्रित भएर आयो । र, मलाई‘। । मभित्र पनि मन छ । मभित्र पनि संवेदना छ । त्यो संवेदना, त्यो भावना कसरी व्यक्त भयो, मलाई नै थाहा छैन । मायाको पराकाष्टा नाघ्यो मलाई । उनीहरु पनि हामीजस्तै मान्छे हुन् । हामी साथीहरु भेट्दा हब गर्छौं, किस गछौर्ं । तर त्यो हबिङ र किस थिएन त्यहाँ । त्यसपिछि मैले प्रतिक्रिया हेरेकी थिएँ । म पनि त मान्छे हुँ । उहाँ एकदमे खुशी हुनुभएको थियो । मलाई छाड्न माथि डाँडासम्म पनि आउनुभएको थियो ।

उहाँहरुको संस्कार, अलि फरक रहेछ । महिलाहरुले बाहिरका मान्छेहरुसँग कुरा नगर्ने प्रचलन रहेछ । त्यसलाई पनि मैले स्वीकारें । त्यसपछि फेरि मैले लाष्टमा जाँदाजाँदै उहाँहरुलाई भनें, तपाईहरुको बच्चा दिनु न त म पढाइदिन्छु । भन्दाखेरि उहुँ, नदिने भन्नुभयो । तर मलाई विश्वास छ, उहाँहरुले अवश्य दिनुहुन्छ । त्यसका लागि मैले उहाँहरुसँग कैयौं दिन बिताउनुपर्ने हुन्छ ।

त्यसपछि मैले केही खानेकुरा, खाद्यान्न लिएर गएकी थिएँ, त्यो दिएर त्यहाँबाट निस्किएँ ।

जोगबुढाको यात्रा

त्यसपछि म डडेलधुरा जिल्लास्थित जोगबुढा भन्ने ठाउँको अर्को व्यवस्थित राउटे वस्तीतिर लागें । त्यहाँ रातिको समयमा पनि उहाँहरु प्रतिक्षा गरेर बस्नुभएको थियो । म एकदमै खुशी भएँ । नाचगान भयो । मैले मेरो काली फिल्म पनि देखाएँ । मलाई बच्चाहरु कस्ता छन् होला भनेर रातभरि निद्रा लागेन । बच्चाहरु देख्दाखेरि एकदमै खुशी भएँ ।

मैले बच्चाहरु काठमाडौं लिएर जान्छु भन्दा उहाँहरुलाई कतै खिन्नता त भएको छैन रु मैले उच्च हिक्षा दिन्छु सभ्य नागरिक बनाउँछु भन्ने उद्देश्य थियो । उहाँहरुका आमाका आँखामा आँशु देखें । तर, विवाह गरेर छोरी पठाउँदा पनि त आमाका आँखामा आँशु आइहाल्छ नि । यो पनि एउटा शुभकार्य थियो । मैले सोधें, तपाईहरु दुखी हुनुहुन्छ रु उहाँहरुले भन्नुभयो, हैन, यो खुशीको आँशु हो ।

म आमा भएँ

मैले चारजना बच्चाहरुलाई काठमाडौंमा ल्याएर बाथरुममा नुहाइदिँदाको पहिलो अनुभूतिमा मैले मेरी मम्मीलाई सम्भिmएँ । मेरो पेटबाट नजन्मिएता पनि जुन प्रकारको जिम्मेवारी लिएकी छु, मलाई लाग्छ रगतको नाता नभए पनि जिम्मेवारीका कारण आमा बन्न सकिँदोरहेछ भन्ने कुरा प्रष्ट भयो ।

त्यसपछि मैले स्कुल लिए गएँ । आनन्द कुटीमा । उनीहरुमा पनि एकप्रकारको खुशी देखेर मलाई ज्यादै खुशी लाग्यो ।

स्रोत साभार ः अनलाइन खबरडटकम

Thursday, December 26, 2013

प्रचण्डलाई ज्वरो आउँदा समाचार बन्छ, सिटामोल नपाई मर्ने गरिबको छोरोलाई कसले गन्छ ?

नेपाली राजनीतिका बलिया फिगर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक ज्वरो आयो । सुरक्षा घेरा र स्याहारमा बसेका यी सर्वहारा नेतालाई किन ज्वरो आयो ? पार्टीभित्र र उनको परिवारभित्र ज्वरोको विषय किन रोइधोइको विषय भयो ? अचम्म के छ भने उनलाई ज्वरो आउनु पनि समाचार बन्छ तर सिटामोल नपाएर मरेको आम जनतालाई कसले गन्छ ? अहिले बजारमा आमसाधारणको प्रश्न यस्तो पनि छ । 
बाबुराम भट्टराइले फेसबुके गफ गर्दा अखबारको मुखपृष्ठमा आउँछ सहयोगको अपिल गर्ने पत्रकार पाल्पालीको परिवारलाई कसले पैसा दिन्छ ? यस्ता प्रश्न अहिलेका आम प्रश्न किन बन्न सकिरहेका छैनन् ? प्रचण्डलाई ज्वरो आएको समाचार यस्तो छ । 

प्रचण्डलाई ज्वरो

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार ज्वरो आएपछि पूर्वपोलिटब्यूरो सदस्यहरुको बैठक स्थगित भएको छ । बैठक विहीबार दिउँसो १ बजे पुनः बस्ने नेताहरुले जानकारी गराएका छन् ।
‘अध्यक्षलाई सञ्चो नभएकाले बैठक बस्न नसकेको हो, वैठक विहीबार बस्नेछ ।’ एमाओवादी नेता देवेन्द्र पौडेलले भने,‘उहाँ विरामी भएपछि वैठक बस्ने कुरै भएन ।’ बुधबार दिउँसो १ बजे बस्ने बैठकले आगामी दिनमा पार्टी कसरी अघि बढ्ने भन्नेबारे नेताहरुबाट सुझाव संकलन गर्ने तयारी भएको थियो । तर, अचानक प्रचण्ड विरामी भएपछि एमाओवादी वैठक बस्न सकेन । 

पूर्वपोलिटब्यूरो सदस्यबाट सुझाव संकलन गरिसकेपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाओवादीको कार्यक्रम छ । साथै समानुपातिक सभासदको नामावली तयार पार्ने काम पनि बैठकले गर्न बाँकीे छ ।
मौसम परिवर्तनसँगै फैलिएका रुघाखोकीको भाइरलबाट प्रचण्ड पनि प्रभावित भएको उनका सहयोगीहरुले बताएका छन् । ‘अध्यक्षलाई सामान्य रुघाखोकीको भाइरल हो, निको हुनेछ ।’ उनका सहयोगीले भने,‘ठूलो र सिकिस्त हुनेगरी केहीपनि भएको छैन ।’ ‘डिकोल्ड’ खानेगरीको ज्वरो आएको केन्द्रिय सदस्य चुडामणि खड्काले बताए ।

भोल्तेयरको कुरो सापटी लिएर फेसबुकमा बाबुरामले के राखेका थिए अनलाइनको जागिर पाकिगयो । हुँदा हुँदा पत्रपत्रिकाको पनि उत्तिकै जागिरको मेलोमेसो भयो यो । हुन त राजनीतिमा गसिप बनाउन माहिर बाबुरामले के सोचेर यस्तो लेख्छन् थाहा छैन । तर, उनको फेसबुक स्ट्याटसको समाचार यस्तो छ । 

मित्रहरुबाट बचाऊ ः भट्टराई 
एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराइले शत्रुबाट भन्दा पनि मित्रबाट जोगिनुपर्ने आफ्नो धारणा सामाजिक सञ्जाल मार्फत बुधबार सार्वजनिक गरेका छन् । 
भट्टराईले शुक्रबार आफ्नो फेसबुकमार्फत पार्टी वा सरकारको नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्नु हुन्न भन्ने धारणा सार्वजनिक गर्दा आलोचना र प्रशंसा दुबै खेप्नु परेको थियो । 
उनको यस धारणाबाट पार्टीमा उनको आलोचना थप बढ्दै गएको छ । यसैसन्दर्भमा भट्टराईले फेरि फेसबुक मार्फत नै दुस्मनबाट आफू बच्न तयार रहेको बताउँदै मित्रहरुबाट बचाऊ भन्दै फ्रान्सेली दार्शनिक भोल्तेयरले भनेका कुरालाई टपक्कै टिपेर राखेका थिए । 

उनले स्ट्याटसमा लेखेका छन्,‘चोरको खुट्टा काट्’ भन्दा चोरले नै खुट्टा थुते झैं मैले समकालीन विश्वको सबभन्दा महत्वपूर्ण वैचारिक–राजनीतिक प्रश्न लोकतन्त्रको युग सुहाउँदो नयाँ मोडेलबारे चलाउन चाहेको सार्वजनिक वहसबारे धेरैले अत्यन्तै सकारात्मक धारणा राखे पनि केही वाम वृत्त भित्रकै महानुभावहरुले भने सैद्धान्तिक वहसको प्रक्रियामाथि नै वन्देज लगाउने धृष्टता गरेको देख्दा कम्युनिष्ट आन्दोलन अन्तराष्टिय रुपमा किन रक्षात्मक बन्न पुगेको रहेछ भन्ने बुझ्न थप मद्दत पुगेको छ ।’

उनले अगाडी लेखेका छन्,‘त्यसैले शायद फ्रान्सेली दार्शनिक भोल्तेयरले भनेका थिए– हे भगवान्, मलाई मेरा मित्रहरुबाट बचाऊ, मेरा दुश्मनहरुको सामना गर्न म आफैं सक्षम छु ।’
उनको स्ट्याटसले पार्टीभित्रैबाट आफुलाई प्रहार भइरहेको भन्ने संकेत गरेको छ । उनको उक्त स्ट्याटसको बुधबार दिनभर सामाजिक सञ्जालमै समर्थन र आलोचना भएको थियो ।

बहुमतको सरकार बन्ने निश्चितप्रायः

‘कांग्रेस नेतृत्वमा सामान्य बहुमतको सरकार बन्नसक्छ’
नेपाली कांग्रेसका लागि आफ्नो नेतृत्वमा सहमतीय वा बहुमतीय सरकार बनाउने सजिलो बाटो खुलेको छ । दलहरुबीच भएको चारबुँदे सहमतिले संसदमा ठूलो दलको हैसियतमा प्रवेश गरिरहँदा कांग्रेसलाई आफ्नो एजेण्डामा सहमति जुटाउन सहज भएको छ ।
दोस्रो ठूलो दल नेकपा एमालेले सरकारका लागि सहमति नदिएपनि उसलाई तेस्रो दल एमाओवादीको सहमति हुने निश्चितप्रायः देखिएको छ । एमाओवादी नेता बर्षमान पुनले सरकारका लागि आफ्नो दलको सहमति कांग्रेसलाई हुने घोषणा गरेपछि एमाले सहमतिमा नआएपनि सामान्य बहुमतबाट सरकार निर्माणका लागि कांग्रेसलाई सजिलो हुने देखिएको हो ।
यसै साता भएको कांग्रेस केन्द्रिय समितिको वैठकले सहमति वा बहुमतका आधारमा भएपनि सरकार आफ्नो नेतृत्वमा बनाउने निर्णय गरेको थियो भने राष्ट्रपति परिवर्तनको विषयलाई एजेण्डा पनि बनाएको थिएन । बुधबार एमाओवादी नेताले राष्ट्रपति परिवर्तन गर्ने विषय अनुचित भएकोमात्र बताएनन्, सरकारमा कांग्रेसलाई विना सर्त सहयोग गर्ने घोषणा पनि गरेका थिए । यसले कांग्रेसले सरकार बनाउनका लागि खुला गरेका दुई विकल्पमा नै जित्नसक्ने सम्भावना देखिएको छ ।
राष्ट्रपति पद परिवर्तन गर्नुपर्ने अडान राख्दै आएको दोस्रो ठूलो दल नेकपा एमाले आफ्नो अडानमा कायम रहे प्रतिपक्षी दलका रुपमा बस्नुपर्ने अवस्था आउनेछ । सभासदहरुको संख्याको आधारमा हेर्ने हो भने बहुमतको सरकार बनाउनका लागि कांग्रेसलाई ३०१ जनाको समर्थन चाहिन्छ । त्यसमा कांग्रेसको १९६ सभासद छन् भने समर्थन गर्ने घोषणा गरेको एमाओवादीका ८० सभासद छन् । दुवै दलको सभासद संख्या जोड्दा २ सय ७६ पुग्छ । संविधानसभामा २४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भने सरकारमा नगई प्रतिपक्षमा बस्ने घोषणा गरेका कारण उसका २४ सभासदको समर्थन कांग्रेसमा नरहन सक्छ । सामान्य बहुमतका लागि अव कांग्रेसले एमाओवादीबाहेक २५ सभासद बटुल्न पर्छ । जसमा १३ सभासद रहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले पनि उसलाई समर्थन गर्ने निश्चित छ । लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले कांग्रेस नेतृत्वमा नै सरकार बन्नुपर्ने बताइसकेका छन् । कांग्रेसलाई समर्थन गर्नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका १० सभासद छन् भने अन्य दुई सभासदको समर्थन जुटाउन कांग्रेसलाई असहज हुनेछैन ।
तर, सामान्य बहुमतमा बन्ने सरकार जत्तिकै दोस्रो र चौथो दल प्रतिपक्षमा बस्दा कांग्रेसलाई सरकार चलाउने विषयमा समस्या आउनसके पनि एक वर्षमा
संविधान दिने विषयमा दलहरुको सहमति भएकाले संविधान जारी गर्नका लागि असहज हुनेछैन । ‘सरकारको विषयमा एमालेले अहिले नै सोचिसकेको छैन राष्ट्रपति पदको विषयमा आफ्नो धारणा राखेको हो, परिवर्तन हुँदैन ।’ एमाले नेता रघुजी पन्तले कमाण्डरसँग भने,‘संविधानसभा बसीसकेपछि हामी सरकारको मुद्दामा प्रवेश गछौं, सरकार हाम्रो प्राथमिकता होइन ।’
एमालेले सरकार आफ्नो प्राथमिकतामा नभएको वक्तव्य, कांग्रेसले सरकार जसरी पनि आफ्नो नेतृत्वमा बनाउने निर्णय र एमाओवादीले कांग्रेसलाई समर्थन गर्ने भएपछि बहुमतकै सरकार बन्ने निश्चितप्रायः देखिएको छ ।

Tuesday, December 24, 2013

चिनियाँ नेताले एमाओवादी पात्रलाई भन्दिए–इतिहाँस सवैलाई थाहा छ, अव के हुन्छ ?

चीन नेपालको आन्तरिक राजनीतिको अवस्था कस्तो हुनेछ भन्ने विश्लेषण गरिरहेको छ, उ स्थिर नेपालको पक्षमा उभिएको अधिकारीहरु बताउँछन् ।

नेपाली राजनीतिमा अहिले चीनको चासो स्वभाविक बनेको प्रमाण चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला उपमन्त्री आइ पिङको भ्रमण एउटा ठोस प्रमाण हुनसक्छ । 
नेपाली राजनीतिमा विकास भइरहेको सम्बन्ध र संसदमा एकीकृत नेकपा माओवादीको स्थिति अनि सकडमा नेकपा–माओवादीको राजनीतिक उपस्थितिको विश्लेषण चिनियाँ कम्प्युनिष्ट पार्टीका लागि चासो बनेको छ । त्यसकारण चिनियाँ सत्ताले दुई माओवादीको अवस्था र वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेस, नेकपा एमालेको भुमिकाबारे गहिरो चासो लिएको छ । त्यो चासोको एउटा पाटो थियो नेपालका विदेश मामिला हेर्ने पत्रकारहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीको विदेश मामिला हेर्ने सदस्यबीच सोमबार होटल याक एण्ड यतीमा भएको अनौपचारिक बहस । 
‘नेपालको राजनीति अव कसरी जानेछ ? के समयमा नै नयाँ संविधान आउनेछ ? के एमाओवादीले तोकिएको समयमा बन्दसुचीको सिफारिस गर्ला ? गरेन भने के हुन्छ ? नेकपा–माओवादीलाई कस्तो शक्तिका रुपमा लिइएको छ ?’ चीनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभागमा रहेर एसीया क्षेत्र हेरिरहेकी राओ हुई हुआले पत्रकारसामु आफ्ना यस्ता प्रश्नहरु राखिन् । उनको प्रश्न नेपालको आन्तरिक राजनीतिबारे बुझ्ने अपेक्षाकै थियो । र, पत्रकारहरुले पनि राजनीतिक विश्लेषणको आधारमा आफ्ना फरक धारणा राखिदिए । ‘यो अपेक्षाकृत नतिजा हो, यस्तै आँकलन गरिएको थियो ।’ केहीले यस्तो जवाफ फर्काएका थिए । अनि केहीले भने,‘चीन, भारत र पश्चिमा मुलुकहरुको एजेण्डामा भरपर्छ । तपाइहरुको भुमिकाले नै नेपाली राजनीति र संविधानको विषय टुंगो लाग्छ ।’
एमाओवादी तेस्रो पार्टी हुनुको कारणबारे खुलाउँदै जनयुद्ध, जनसरकार, आन्दोलनको तर्क उठाएका क्रान्तिकारी पत्रकार संघका नेता गोविन्द आचार्यको तर्कमाथि हुआको उत्तर थियो,‘इतिहाँस हामीलाई थाहा छ, को कसरी आयो भन्ने । अव के हुन्छ भन्ने विश्लेषण र सम्भावनाका कुरा गरौं ।’
नेपाली पत्रकारहरुसँगको अनौपचारिक छलफलका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीकी सदस्य हुआ याक एण्ड यती होटलमा ।
तस्बिर ः रासस
चीनलाई नेपालमा संविधान बन्छ या बन्दैन भन्ने चिन्ता छ । र, उसले पत्रकारसँग यसबारेमा बुझ्न चाहेको थियो । उपस्थित झण्डै डेढ दर्जन पत्रकारहरुले संविधान बन्ने साझा विश्लेषण राखेका थिए । त्यसमा हुआ विश्वस्त भइन् ।
चीनको राजनीतिक चासो के हो ? भन्नेबारेमा हुआले त्यति खुलस्त कुरा गरिनन् । तर, उनी भन्छिन्,‘नेपालको अस्थिर राजनीतिक अवस्था होइन, स्थिर नेपाल मित्र राष्ट्रका नाताले हाम्रो चाहना हो ।’ आइ पीङको राजनीतिक भेटमा प्रत्यक्ष सहभागी भएकी हुआले राजनीतिक दलका नेताहरुले चीनसँग गरेको परामर्शको अधिक अंश खुलाइन् । उनले भनिन्,‘नेताहरु सहमतिका लागि लागि परेका छन्, हामीले त्यो बुझ्यौं । सहमतिमै नयाँ संविधान जारी गरिने प्रतिबद्धता उनीहरुले गरेको तथ्य पत्ता लगायौं । सहमतिपछि राजनीतिक स्थायीत्व गरि विकासमा नेपालको भुमिका बलियो हुनुपर्छ भन्ने हाम्रो इच्छा हो ।’
केही पत्रकारहरुले राजनीतिक अस्थिरताका समयमा अन्य मुलुकजस्तै चीनका पनि विभिन्न प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरिरहँदा चीनको राजनीतिक चासो अलिक धेरै नै भइसकेको प्रश्न उठाएपछि हुआले त्यसलाई प्रष्ट बनाउने कोशिश गरिन् । उनले भनिन्,‘नेपाल–चीन मित्रराष्ट्र हुन् । छिमेकी भएका नाताले हामीले सहयोग गर्नुपर्ने दायित्व हुन्छ । पक्कैपनि चीनियाँ प्रतिनिधि मण्डलको भेट राजनीतिकमात्र नभएर पर्यटन, सांस्कृतिक, विकासका लागि पनि भएका छन् । हामीलाइृ नेपालको राजनीतिक चिन्ता छैन तर हामी छिमेकी भएकाले ध्यान दिने प्रयत्नमा हुन्छौं ।

९ पुसमा कमाण्डर पोष्ट दैनिकको एन्कर समाचार 

Saturday, December 21, 2013

गगनलाई दैवको भर, बाबुराम हविगत हुने डर

गगनका गनगन, बाबुरामका राम राम जस्तै हुन थालेका छन्

Gagan Thapa

सेलीब्रेटी हुनु र नेता हुनु फरक कुरा रहेछन् । दुनियाँको नजरमा ठूला, राम्रा र विद्वान भनिएका डा. बाबुराम भट्टराई अहिले फेसबुकमा आफ्ना राजनीतिक कुरा कोर्छन् । वाह वाह र सम्भावनाको व्यक्तिका रुपमा रहेका उनको हविगत पदमा पुगेर काम गर्न नसक्दा, अपराधको क्षयीकरण गर्नुको साटो बढावा दिएका कारण अहिले कुनापसी फेसबुकमा स्ट्याटस अपडेट गर्नुभन्दा अरु केही पनि बाँकी छैन । यद्यपि, बाबुराम अहिले आफ्नो राजनीतिक मुद्दामा लागेका छन् र संविधानसभा जानैपर्ने सकारात्मक सोचमा उभिएका छन् । उनलाई श्रीमति हिसिला यमीका कारण कति बदनामी सहनुप¥यो, अन्य दुईजिव्रे सहकर्मीका कारण कुन ठाउँमा पुग्नुप¥यो कति हेक्का होला र ? बाबुरामले हेक्का राख्न सकुन ।
Dr. Baburam Bhattarai
 
अहिले यहि पथमा देखिएका छन्, कांग्रेस युवा नेता गगन थापा । थापाले संविधानसभाको दोस्रो निर्वाचनमा विजय हासिल गरेपछि खपिनसक्नु स्वप्नील कुराहरु गरिरहेका छन् । टेलिभिजन हे¥यो, रेडियो सुन्यो, पत्रिका हे¥यो, गगनका गनगन सुनिन्छ । उनले यतिधेरै सपनाका कुरा गर्छन् की पुरा गर्ने ठाउँमा पुगे के गर्छन् होला ? राजनीतिमा नयाँ पुस्ताका रुपमा उदाएका उनको सम्भावनाको चर्चा छ । तर, सम्भावनालाई भाषणले होइन, कामले पुरा गर्नुचाँही एउटा राजनीतिक नेताको भविष्य सुनिश्चित गर्ने मार्ग हुन्छ । उनले काम गर्ने मौका मागेर आफ्ना कुराहरु पुरा गर्नसके भने उनी गगन रहलान् नत्र मौका पाउनासाथ बाबुराम जस्ता बनेभने के होला मुलुकको हालत ? 
चुनौतिको घेरामा उभिएर गरेको राजनीतिको प्रतिफल सफल बनाउन सक्नु नै इमान्दारीता हुन्छ । कम बोल्ने खिलराज रेग्मी अहिले काम गरेर चर्चाको शिखरमा पुगेका छन् । मौका पाउँदा हिरा फोर्ने काम गगनले गरेनन भने बाबुरामको राम राम जस्तो बन्लान् भन्ने पीर छ । नजिक हुनेजतिले सुझाव दिनु उनलाई । 

पुतलीपेटी र उनी अर्थात् शेली

स्याउलाई जाली कपडाले लगाएको दृश्य फलफूले व्यापारीकहाँ सामान्य लाग्ने गर्दथ्यो । त्यसको कुनै अर्थ हुदैन भन्ने लाग्थ्यो । त्यो पुतलीसडकको पेटी थियो, जसलाई म ‘पुतलीपेटी’ भन्दछु, जहाँ मेरा रोजका पैदलयात्राहरु निरन्तर चलिरहन्छन् । पुतलीपेटीमा झण्डै यस्ता तीन पसल छन्, मेरो रोजको निश्चित गन्तव्यको सीमासम्म । आज त्यस्तै, जालीदार स्याउको बारेमा मनोसंवादमा रुमल्लिँदै, यात्रा अघि बढेको छ । पुतलीपेटी छिर्नै लागेको थिएँ, त्यहि रोजको स्याउपसल नजिकबाट एक युवती स्याउलाई घेरेझैं पहिरनमा मलाई ओभरट्याक गरी अगाडी लागिन् । मेरो ध्यान विकेन्द्रित भयो, रोजभन्दा । मनोसंवादको क्रमभंग भयो, गतिशिलताको फरकमा दौडन थाल्यो स्वयम्संवाद पनि । 
जालीदार कपडा, पुसको जाडो । सुन्दर युवती, मलाई लागेको । सुन्दरताको सुरुआत र अन्त्यको वयानका लागि सीमा निर्धारण गर्नसक्ने अवस्थामा छैन म । अनि, उनको पहिचानका बारेमा सोच्ने कत्तिपनि फुर्सद भएन । उनी अगाडी अगाडी अनि म कहिले पछाडी र कहिले समान रुपमा पैदलयात्राको मजामा छु । यस्तो मजा जसको मैले वयान गर्नका लागि शव्दहरु खोज्नैपर्ने हुन्छ । उनी पहिचान नभएकी युवती, मेरा अघि । म, पहिचान नभएको युवक, जालीदारका लागि । ‘हिजो महिलालाई नकारात्मक दृष्टिले हेर्नेहरु हिंसाका पीडक हुन् भन्ने परिभाषा सुनेको थिएँ,’मनोसंवाद हुन्छ,‘यो त प्रेमिल नजरको विश्लेषण कहाँ भयो र हिंसा ? उनी पनि त अगाडी अगाडी मुसुक्क मुस्कान छरेर मलाई दृष्टिपानका लागि अपिल गरिरहेकी छन् ।’ सायद उनको सहमति थियो त्यसैले यो कुनै हिंसा होइन । न्युप्लाजाको मोडमा ट्राफिक गाडीलाई रोकिरहेको छ, सायद बाटो काटिदैछ । उनी त्यतै पो लाग्ने हुन् की ? मनभित्र अर्को चिन्ता छ । कति सय पाइला नाघिसकें, थाहा छैन । अक्सर म गन्तव्यसम्म पुग्दा पाइलाहरु गन्ने गर्दछु । ठ्याक्कै तीन हजार चार सय पाइला एक पटक मैले गन्तव्यक्षेत्रसम्म पुग्दा गनेको छु, कार्यालयको पाँचौ तल्लामा उक्लिँदा पर्ने ६० सिढि बाहेक । उनले बाटो काटिनन्, ट्राफिकले सवारी रोक्नुको अर्थ पनि देखिन मैले । ‘गोलो चेहरा, सानो आँखी भौं, चिटिक्क शरिर, मिलेका कपडा, ठूला जुत्ता, गालामा मन्द लाली, तेज आँखा’– जव समान पुग्छु, उनीतिर चिहाएर यत्तिचाँही पत्ता लगाइरहेको छु । पाइला सरीरहेका छन्, शंरदेव मोड आउँछ । म त्यसमोडभन्दा सय मिटर अझै पर पुग्नु नै छ, उनी गल्लितिर छिर्छिन्..मेरो मनोसंवादको एउटा सृंखला त्यहि विश्राम लिन्छ । कुनै परि केही समयका लागि झरिन् र अलप भइन त्यो मोडसँगै । सायद त्यहाँ कुनै मोड नभएको भए उनी पुग्ने गन्तव्य मेरो नजिक हुने थियो र म अझै त्यो संवेदनाको शाव्दिक रसमा केहीबेर भिज्न पाउने थिएँ । 
उनी को हुन् ? कहाँबाट आइन् ? किन केहीबरेका लागि आइन ? र किन हराइन् ? उनको आगमनमा मैले मेरो उनलाई किन विर्सिएँ । मेरो पात्रलाई किन विर्सिएँ । आखिर मैले मेरो कथाको गन्तव्य उनको अधरसम्म र मेरो परेलीसम्म पु¥याउन छ । आज शुक्रबार हो, मैले दिनुछ मेरो पात्रसँगको संवादका हरफहरु, त्यो पत्रिकाको कार्यालयमा । अनि, धेरै हप्तापछि कोरेको त्यो शव्दरेखाको चित्रमा मेरो उनको नाम पनि सार्वजनिक गर्नुछ । कति इमेलहरु आए, पात्र खोल पात्र खोल भन्ने । उनको चासोलाई पनि यहाँनेर पुरा गर्नुछ । कालान्तरसम्म यो अनुभवले कुन मोडमा विश्राम लिन्छ होला ? अघिको मोडमा सिद्धिएको एउटा सृंखलाजस्तो थाहा छैन । तर, आज म मेरो उनलाई सार्वजनिक गराउँछु, मेरो अक्षरमा तर आधा । अर्थात्, नाममात्र । त्यहाँ पुरानाम हुनेछैन । यतिवेलासम्म म करिव करिव गन्तव्य नजिक आइपुगेको छु । अव म पुतलीपेटीको मुख्य चोकमा छु । 
००० 
मेरो पात्र आज खुल्दैछ । त्यो पात्र जसले अघिल्ला संस्करणमा सर्वनाममा लुक्नु परेका थियो । मेरो इन्टरनेटपात्र जोसँग निरन्तर साइबर लभका नौ वटा सृङ्खलामा म सर्वनामको उल्झनमा अलमलिइरहेको छु । उनी अर्थात्, शेली । शेली यो नयाँ नाम होइन यद्यपि यो जीवनको फरक नाम हो, जुन मेरो प्रेमको गतिको मापक पनि हो । 
च्याटवक्सका कुराभन्दा आज बाहिरी संसारको फरक स्वाद निक्कै चाखपूर्ण थियो । यतिधेरै चाखलाग्दो कि म आज च्याटबक्समा उनीसँय यो सन्दर्भमा कुरा गर्न सकिरहेको छैन । मलाई डर छ, मेरो इन्टरनेट संसारमा कुनै युवतीको प्रशंशा गर्नु छ भने उनको छ । रिसलाई वेकावु हुन नदिनु छ, कसैको भने शेलीको मात्र, बस शेलीको । 
मनभित्रका अनेक अपेक्षाहरुको तुलना समान हुन सक्तैन, जुन उनलाई पनि थाहा छ र मलाई पनि । ‘तर तुलना गर्नुपर्छ, अपेक्षाहरुको बहस हुनुपर्छ, यसले संवेदनाको वेगलाई निरन्तर छचल्क्याउने र त्यसको गतिको बारेमा जानकारी दिने काम गर्छ ।’ उनले भनिन् ।
युद्ध र प्रेम समान हुन भन्ने कुरा कसले गरेको थियो ? युद्ध र प्रेम समान होइनन् । युद्ध जसले विध्वसं र विभाजको विउ रोप्छ, प्रेम जसले जीवनको विउ रोप्छ । प्रेम जसले मिलनको अनुभवहरु गर्छ, सहभागीता र संवेदनाको एकतामाथि विगुल छर्छ । त्यसकारण तिमी मसँग जति युद्धको उद्घोष गर, म प्रेमको विगुल फुक्छु । म, त्यो युद्धमा प्रेमका लागि संखघोष गर्छु तर त्यो महाभारतको कुरुक्षेत्रको होइन, प्रेमक्षेत्रको हुनेछ ।
शेली मलाई सदैव नकारात्मक पात्रका रुपमा लिन्छिन् । उनको परिभाषा पनि त्यहि हुन्छ । अनि त म कहिलेकाँही संजय दत्तको खलनायक भन्ने फिल्म हेर्न उनलाई उत्प्रेरित गर्छु । किनभने एउटा नकारात्मक मानिसको फरक कथा त्यसमा प्रस्तुत गरिएको थियो । आज चियापसलमा साथीहरुसँगको भेट गतिलोसँग भयो । अक्सर त्यो चियापसल जहाँ अनेक विषयमा चर्चा हुन्छ । अनि, मेरो कार्यालयमा साथीहरुले गरेजस्तो साइबर लभको चर्चा त्यहाँ पनि हुन्छ, भिन्न ढंगबाट । ‘यस्तो चर्चा छ, तिम्रो र मेरो बारेमा तिम्रो केही भन्नु छ ?’, उनी जवाफ कोर्छिन्,‘आफ्नो बारेमा किन कुरा गर्नु ? केही कुरा पनि गर्न नहुने मान्छे ।’
धन्न अन्य जनावरको नाम उनले लिइनन् । यो मेरो मुलुकमा नराम्रो मानिन्छ, तर उनी बस्ने ठाउँमा जनावरको पनि उत्तिकै अधिकार हुन्छ । त्यसैले सायद उनले अर्को प्राणीको नाम नलिएकी होला । ‘मान्छेहरु अचेल निक्कै परिवर्तन भएका छन् । फरक भइसकेका छन् । त्यसको कारण पनि पत्तो लाइयो ।’ मैले उनको च्याटबक्समा खसाले यो सेन्टेन्स् । खै के भयो उनलाई उनी बेकावु भएर सोध्न थालिन्,‘के हो ? भन्नुपर्छ ।’ म भन्न सकिरहेको छैन । म भन्न चहान्न । किनकी म लेख्न चहान्छु । र, लेखिरहन्छु..अहिलेसम्म लेखिरहेजस्तो । 









Friday, December 20, 2013

एमाओवादीलाई हराए, घरबेटीसँग डराए

पार्टीमा टिकट पाउन सजिलो, काठमाडौंमा डेरा पाउन मुस्किल 


कांग्रेसका चार तारा, डेरा नपाउने सभासद विचरा,
एमालेको घाम, बढि भयो डेराको दाम, 
एमाओवादीको हसिया हतौडा गोलाकारमा, सवै सभासद डेराकै मारमा 
राप्रपा नेपालको गाई, काठमाडौ बाईबाई

अहिले सभासद्हरुले काठमाडौंमा डेरा पाउन सकेका छैनन्, पाउने ठाउँमा अत्यधिक महँगो भनेपछि उनीहरु डराउन थालेका छन् । प्रत्यक्षमा जितेका सभासदहरु कसरी गर्दैछन्, काठमाडौं बस्ने जोहो ? शुक्रबार साप्ताहिकमा छापिएको कथासँगै त्यसको पुरा अंश यहाँ छ । 
नेकपा एमाले सुनसरी क्षेत्र नम्बर २ बाट संविधानसभा निर्वाचनमा जितेका रेवती भण्डारीले काठमाडौंमा डेरा खोज्न आफन्त लगाएका छन् । संविधानसभाको वैठक बस्नुअघि नै काठमाडौंमा आफ्नो पनि व्यवस्था गर्नुपर्ने चटारो उनलाई छ । तर, उनले अहिलेसम्म डेरा पाउन सकेका छैनन् । उनले भने,‘अव संविधानसभा वैठकका लागि काठमाडौंमा बस्नुप¥यो, डेरा खोज्ने काम भइरहेको छ ।’
मंसिरको दोस्रो सातादेखि वानेश्वर क्षेत्रमा डेरा खोज्ने नेताहरुको ताँती लाग्न थालेको छ । संविधानसभा निर्वाचनमा जितेर आएका र समानुपातिक सुचीमा नाम भई सभासद् बन्न लागेकामात्र होइन, तिनका नजिकका मानिसहरु पनि डेरा खोज्न सामुहिक रुपमा हिँड्न थालेका छन् । कतै भाडा दर मिल्दैन भने धेरै ठाउँमा डेरा पाउन मुस्किल नै छ । 
संविधानसभाको वैठकका लागि बासको अग्रिम जोहोका लागि निर्वाचित सभासदहरुले डेरा खोजिरहेका छन् । कतिपय केही समय आफन्तको घरमा बस्ने र त्यसपछि डेरा खोज्ने मुडमा छन् भने कतिपय अहिले देखि नै प्रयास गरिरहेका छन् । दाङ क्षेत्र नम्बर ४ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद बुद्धिराम भण्डारीले पनि डेराका लागि आफ्ना साथीभाई र आफन्तलाई भनिरहेका छन् । तर, उनी केही समयभने आफ्नो भाईको घरमा बस्ने धुनमा रहेको उनका सहयोगीहरुले बताए । ‘डेरा खोज्ने काममा म आफैं पनि लागिरहेको छु, उहाँ केहीदिन भाइको घरमा बसेरै भएपनि डेरा मिलाउने तरखरमा हुनुहुन्छ ।’ उनका सहयोगी भन्छन्,‘अहिले काठमाडौंमा डेरा पाउन मुस्किल छ, त्यो भन्दा पनि संविधानसभा नजिक हुनेगरि त अझै मुस्किल छ ।’
धेरैका डेरा खोज्नुपर्ने बाध्यता एकातिर छँदैछ, केहीलाई भने पुरानै डेरा अहिले निक्कै फलदायी भएको छ । रौतहट क्षेत्र नम्बर ६ बाट निर्वाचित नेकपा एमालेका सभासद रामकुमार भट्टराईलाई भने डेरा खोज्ने चटारो छैन । उनको पुरानै डेरा तत्कालका लागि उपयोगी छ । कालोपुलमा रहेको डेराबाट उनी संविधानसभा धाउने योजनामा छन् । तर, वानेश्वर क्षेत्रमा पनि कोठा खोज्ने काम उनले छाडेका छैनन् । 
नयाँ वानेश्वर चोकमा रहेको संविधानसभा भवनलाई नजिक हुनेगरी त्यस वरपरका क्षेत्रमा डेरा खोज्ने चटारो यतिवेला धेरै सभासदहरुलाई परेको छ । समानुपातिकका सभासदहरुको निक्र्यौल भैनसक्दै पनि डेरा पाउन मुस्किल भइसकेको छ । नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सिताराम मेहताले तत्काल कलंकीमा पढ्न बसेका आफ्ना छोराहरुको डेरामा बस्ने सोच बनाएका छन् । काठमाडौं आएपछि उनले वेग्लै डेरा खोज्ने बताए । तर, डेरा कहाँ खोज्ने र पाइने नपाइनेबारे उनी अनभित्र छन् । उनले प्रतिप्रश्न गरे,‘पाउन मुस्किल छ भन्ने सुनेको छु, कहिँ राम्रो मिल्यो भने बरु खबर गर्नुहोस् न ।’
वानेश्वरलगायतका क्षेत्रमा डेरा पाउन छाडेको राजनीतिक दलका नेता कार्यकर्ता नै बताउँछन् । पाएपनि सभासदले पाउने भत्ताको आधाभन्दा बढि रकमका छन्, कम मुल्यमा त डेरै पाउन मुस्किल भएको गुनासो आउन थालेको छ । ‘अहिले डेरा पाइरहेका छैनन्, साथीहरुले । समुह बनाएरै हिँडिरहेका छन् । काठमाडौंमा आफन्त नहुनेहरुको त विजोग हुन लागेको छ ।’ जनता दल युनाइटेडका निमित्त अध्यक्ष किरण मगरले भने,‘संविधानसभा नजिक बस्नका लागि अहिले डेरा खोज्नेको घुइँचो हुन थालेको छ । 
महँगो भयो डेरा भाडा
वानेश्वर, पुरानो वानेश्वर, अनामनगर, विजुलीबजार, थापागाउँ, बबरमहल, शान्तिनगर गेट, तिनकुने सुविधानगरदेखि कोटेश्वरसम्मका घर र फ्ल्याटको भाडा पनि असाध्यै बढेको छ । यस क्षेत्रमा घर भएकाहरुले एउटा किचन र तीन कोठासहितको फ्ल्याटको भाडादर कम्तिमा २५ हजार रुपैंया प्रति महिना बनाइसकेका छन् ।
अझ यी क्षेत्रका राम्रो व्यवस्था भएका घरहरुको मोलमोलाई ३० हजारसम्म पुगिसकेको बताइन्छ । ‘डेरा माग्नेहरुलाई सस्तो दिन मिल्दैन, राजनीतिक दलको मानिस भएका कारण कति धेरै मान्छेहरुको आवतजावत हुन्छ, त्यो खर्च पनि त बुझ्न प¥यो नी’, अनामनगर क्षेत्रका एक घरमालिक भन्छन्,‘घरको सुरक्षाको कुरा पनि छ ।’
राजनीतिक दलबाट आउने नेताहरुले भनेजति रकम दिने मनसायले पनि यी क्षेत्रका घर मालिकले भाडादर बढाएका छन् । महानगरपालिकाले दिएको मापदण्ड विपरित नै यसरी भाडादर उच्च हुन थालेको छ, जसको मार ती घरमा बस्ने विद्यार्थी र सर्वसाधारण मजदुरहरुमा पनि परिसकेको छ । ‘घरमा आउने सभासदले त भाडा तिर्लान् तर विद्यार्थी र मजदुर मर्कामा परेको विषयलाई नजरअन्दाज गर्न मिल्छ ?’ वानेश्वरमा बस्दै आएको विद्यार्थी अखिलेश भण्डारीले भने,‘सभासदहरुका कारण भाडादर बढेको छ, हामी समस्यामा पर्ने भयौं ।’ 
धारा पाइन्छ, पानी पाइँदैन ?
काठमाडौंमा अर्को समस्या पानी नपाउने हो । डेरा पाएपनि पानीको पर्याप्त प्रयोग गर्न पाइँदैन । पानी एक मुल समस्याका रुपमा देखा परेको छ । पानी खान पनि समस्या हुने,  सवैको अनुभव छ । हरेक विहान म आफैंपनि बाथरुममा पानी नपाउने पीडा व्यहोर्ने मान्छे हुँ । तर, मेरामा लोडसेडिङका कारण पानी नहुने गर्दछ ।

यसबारेको आम मानिसको समस्याबारे विस्तृत र व्यापक कथाचाँही यस पालीको शुक्रबारमा सजना बराल र अम्मर जिसीले लेखेका छन् ।    

Thursday, December 19, 2013

चलचित्र बोर्डको झगडा, औचित्य हिन लफडा, निरलाई किन पर्यो पीर ?


पद र पावर नपाउँदा कम दुखी हुँदैन मान्छे । माओवादीसम्म छिरेर चलचित्र विकास बोर्डको अध्यक्ष ताकेका निर शाहलाई यतिवेला त्यहि बोर्ड वाइयात लाग्न थालेको छ । अहिले नेपाली कांग्रेसको पछि पछि दौडिएका उनी नायिका रेखा थापासँगै बोर्ड अध्यक्ष बन्ने दौडका सहभागी थिए । उछिट्टाइदिएका थिए, तराई तिरबाट काठमाडौं छिरेका, सामान्य नाटकबाजले । पछि कुरो मिलाउन ति नाटकबाजसँग रेखाको सम्बन्ध सुधार भएको चर्चा आयो तर जे भयो, राम्रै भयो होला । यद्यपि, त्यो दौडमा धोका पाएका निरलाई किन पर्यो पीर ? उनले कहाँ र किन भने विकास बोर्डको औचित्य छैन ? अनलाइन खबरको यो समाचारमा उल्लेख छ...

चर्चित निर्देशक तथा कलाकार निर शाहले चलचित्र बिकास बोर्ड खारेजीको माग गरेका छन् । एक कार्यक्रममा आफ्नो लामो मन्तव्य दिने क्रममा शाहले बिकास बोर्डको औचित्य नभएको बताए । बिकास बोर्डले कुनै किसिमको कार्य गर्न नसक्ने तर्क गर्दै शाहले बोर्ड खारेजीको बिषय अब संविधान सभाको भवनमा पनि उठ्ने बताए । उनले बोर्डले कुनै पनि बिषयमा नेतृत्वदायी भूमिका लिन नसक्ने आरोप समेत लगाएका छन् ।
बिकास बोर्डको नेतृत्वलाई सुझाव दिदै शाहले भने, ‘केही पैसा छ भने विभिन्न समयमा आयोजना हुने कार्यक्रममा सहयोग गर्नुहोस् र आफ्नो उपस्थिती जनाउनुहोस् । तपाइहरुले कुनै पनि काम गर्न सक्नुहुन्न भन्ने सबैलाई थाहा छ ।’
बिकास बोर्डको बिषयमा अकस्मात आएको निर शाहको यो भनाइलाई धेरैले गम्भिरतापूर्ण रुपमा लिएका छन् । निर शाहले बोर्डको खारेजीको माग गर्दै गर्दा लामो समयदेखि बोर्डमा कार्यरत सूचना अधिकृत चिरञ्जिवी गुरागाँइले भने आफूहरुले गर्दा चलचित्र बिकास बोर्ड चलेको दाबी गरे । ‘बोर्डमा बारम्बार फेरिने नेतृत्वका कारणले गर्दा यस्तो माग आएको हुनसक्छ, तर बोर्डमा काम गर्ने म र अनुपम निरौला मात्र हो, उनले भने ।

Wednesday, December 18, 2013

रेखा जता छिर्यो त्यतै वर्वाद, घटना र विचारले गर्यो ‘चुम्बन संवाद’

राउटेलाई म्वाई खाएको विषयमा रेखा थापासँगको अन्तर्वाता

सहरमा चर्चा छ रेखा थापा जहाँ छिर्छिन् त्यहाँ विखण्डन नै हुन्छ भन्ने । यो कत्तिको वकम्फुस्से कुरा हो थाहा छैन । तर, घटनाहरुको संयोग त त्यस्तै पो देखिन थाल्यो । एमाओवादीमा छिरिन्, माओवादी विभाजनमात्र कहाँ भयो र निर्वाचनमा तेस्रो भयो । पार्टीमा रेखाले टिकट पाउने हल्ला चल्दा संगठनमा झण्डै विद्रोह नै भयो । जे भयो भयो, त्यसपछि समाजसेवामा लागि राउटे समुदायको सहयोगका लागि निस्किएकी रेखाले म्वाई खाएपछि त झनै बबाल भयो । राउटे समुदायमा नै विग्रह भयो भन्ने हल्ला पनि आयो । त्यतिमात्र कहाँ हो र ? यसले त राष्ट्रिय अखबार ततायो ।

मेरो म्वाइ सस्तो छैन
नायिका रेखा थापा सधै“ चर्चामा । सिनेमा निर्माण गर्दा होस् या श्रीमान् छवि ओझास“ग पारपाचुकेको समयमा होस् । चलचित्र यात्राको समयमा चर्चा र विवादमा छाइरहने रेखा फेरि एकपटक चर्चा र विवादमा तानिएकी छिन् । राउटे समुदायलाई आर्थिक सहयोग प्रदान गर्न उनीहरूमाझ पुगेकी रेखाले एक राउटे पुरुषलाई च्याप्प समातेर म्वाइ“ खाएपछि उनको त्यो म्वाइ“ विवादमा तानिएको छ ।
यतिबेला काठमाडौंबाहिर आफ्नो रेखा फाउण्डेसनका लागि सहयोग जुटाउन लागिपरेकी रेखास“ग मंगलबार फोनबाटै गरिएको म्वाइ–संवाद ।
० जीवनमा धेरैलाई म्वाइ“ खानुभयो होला । यसपटकको म्वाइ“ विवादमा तानियो नि ?
– विवादमा तानिएको होइन । मेरो चर्चालाई देख्न नसक्नेहरूले चलाएको हल्ला हो ।
० के सोचेर राउटेलाई म्वाइ“ खाइयो ?
– म्वाइ“ भनेको मायाको प्रतीक हो । माया लागेर खाएकी हु“ ।
० राउटेलाई देख्दा किन म्वाइ“ खान मन लाग्यो ?
– माया लागेर आयो । तर, यसलाई गलत अर्थ लगाइयो ।
० कस्तो मान्छेलाई देख्दा म्वाइ“ खाउ“m–खाऊ“ जस्तो लाग्छ ?
– मायालाग्दो, मिजासिलो र राम्रो मान्छेलाई देख्दा । 
० त्यस्तो मान्छे जसलाई जहा“ देखे पनि म्वाइ“ खाइन्छ त ? 
हेइन, त्यस्तो हु“दैन । ठाउ“, परिवेश, पात्र सबैको विचार गरिन्छ ।
० म्वाइ“ खानुअघि राउटेस“ग अनुमति लिनुभएको थियो कि थिएन ?
– कसैको पीडा, दुःख र व्यथामा मलहम लगाउन अनुमति लिनुपर्छ भन्ने मलाई लाग्दैन । म त सरकारले पनि नगरेको राउटे समुदायलाई सहयोग गर्न गएकी हु“ । त्यही समयमा भावविह्वल भएर म्वाइ“ खाए“ ।
० जबर्जस्ती म्वाइ“ खानु यौन हिंसा हो कि होइन ?
– हो । तर, मेरो म्वाइ“ जबर्जस्ती थिएन । मेरो म्वाइ“लाई गलत अर्थमा बुझ्नेलाई म सुझाव दिन चाहन्छु कि सहरमा बसेर विरोध गर्नुभन्दा राउटेहरूकै बस्तीमा गएर बुझ्दा थाहा हुन्छ त्यहा“को अवस्था कस्तो छ भनेर ।
० यदि कुनै पुरुषले त्यसरी नै तपाईंलाई म्वाइ“ खाएमा के गर्नुहुन्थ्यो होला ?
– त्यो त म्वाइ“ खा“दाको अवस्था अनि परिस्थितिमा भर पर्छ । किन र केका लागि खाइयो भनेर ।
० जीवनमा अहिलेसम्म कतिजनालाई म्वाइ“ खानुभएको छ ?
– मायालाई सङ्ख्याले नापि“दैन । अनि म्वाइ“ माया नै हो ।
० आफूले खाएको म्वाइ“मध्ये अहिलेसम्मकै सबैभन्दा मीठो म्वाइ“ कसलाई खादा लाग्यो ?
– मेरी आमालाई ।
० म्वाइ“ खा“दाको सबैभन्दा मीठो क्षण ?
– कुन उद्देश्यले खाएको हो त्यसमा भर पर्छ । लामो समयपछि भेटिएको साथीलाई खा“दा मित्रताको क्षण । श्रीमान्लाई खा“दा नजिकको सम्बन्ध अनि राउटे भाइलाई खा“दा उसको दुःख र पीडालाई साथ दिएको क्षणको रूपमा लिएकी छु ।
० राउटेको म्वाइ“ विवादमा आयो नि । उनीहरू रिसाएका छन् भन्ने चर्चा छ नि ?
– गलत हो यो कुरा । विवादमा आएको होइन । विवादमा ल्याइएको हो । म त राउटे समुदायलाई बिनास्वार्थ सहयोग गरिरहेकी छु । उनीहरूका बच्चालाई पढाउन काठमाडौं ल्याउ“दै छु । यस्तो कुरातिर ध्यान छैन तर म्वाइ“को चर्चा बढी भयो ।
० राउटे मुखियास“ग माफी माग्ने विचार गर्नुभएको छैन ?
– यो त माफीको कुरै होइन । निस्वार्थ रूपले खाइएको म्वाइ“ र गरिएको सहयोगमा माफीको कुरा आउ“छ र ?
० अब भविष्यमा कसैलाई म्याइ“ खा“दा विचार गर्नुहुन्छ होला नि ?
– मेरो म्वाइ“ त्यति सस्तो पनि छैन नि जसलाई जहा“ पनि खान्छु । म्वाइ“ भनेको माया, सद्भाव र भावनाको प्रतीक हो ।
० तपाईं माओवाद छाडेर म्वाइ“वादतिर लागेको होइन, त्यसो भए ?
–मैले माओवादी छोडेको पनि छैन र म्वाइ“वादतिर लागेको पनि छैन । यी दुवै अलग कुरा हुन् । (घटना र विचार साप्ताहिकबाट साभार)

रेखाका किस किस्सा र तस्विरहरु 
न राउटेहरु फिल्म हेर्छन्, न रेखा थापालाई चिन्छन् । जसले चिन्छन् उनले चुम्बनको कल्पना गरेका हुन्छन्, भेट्दैनन्, मन खिन्न हुन्छ । जसले चिन्दैनन् उनका गालामा बर्सिन्छ । र त राउटेले भन्दिए उनलाई आइमाई, दाङमा आफ्नो समुदायबाट बाई बाई । रेखा थापाका किसका चर्चा कम भएका होइनन् । तत्कालिन श्रीमान् छविराज ओझासँग अगालो मारेर किस आएको तस्विर सार्वजनिक भएको थियो । झन् ख्याउटे र छोटा खगेन्द्र थापामगरले उनको गालामा बर्साएको किसको अलग चर्चा भयो । पछि, राउटेसँग पनि उनको किसचर्चाले अहिले बजार पिटेको छ ।  

राउटेलाई गरेको किस 




छविलाई गरेको किस 

खगेन्द्रको किस

दामिनी नसम्झिने कोही भएनन्, हिंसाविरुद्ध नबोल्ने कम छैनन्

प्रत्येक शिक्षित नागरिक केही न केही हिंसाशुन्यको पक्षमा उभिन्छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको पनि जोड थियो, शिक्षामा । उनले शिक्षा फरक विभेदहरुको अन्त्य गर्ने सकारात्मक हतियारका रुपमा व्याख्या गरेका थिए 

मुलुकभित्रको स्वतन्त्रता र अधिकारको सवाल त्यतिबेलामात्र पुरा हुनेछ जतिबेला प्रत्येक घरहरु शिक्षित समाजका सहभागी हुनेछन् । बौद्धिक समाजको प्रतिनिधित्व गर्नेछन् र अरुका लागि उदाहरण बन्नेछन् । प्रत्येक घरमा कानुनको व्यवाहारिक र इमान्दारीताका साथ पालना हुनेछ अनि मानिसहरु राष्ट्र, समाज र घरप्रति बढि उत्तरदायी देखिनेछन् । हुन त विश्वसमुदायमा समानताको अभ्यास अहिलेपनि जारी छ । चाहे पूर्ण विकसीत राष्ट्रका अपवादका घटनाहरु हुन् अथवा विकासको गतिमा दौडिएका राज्यहरुमा देखिएका घटनाका सान्दर्भिकता होस् । त्यसमाथि नेपाल अल्पविकसीत राष्ट्र भएकाले पनि नेपाली समाजका समस्या, तिनको निराकरणको पाटो र मुद्दा त अथाह छन् । 
महिलाहिंसाविरुद्धको १६ दिने अभियान । जुन नेपालमा पनि भव्यताका साथ मनाउने गरिन्छ । भर्खरै, सकिएको छ । यद्यपि, अभियानहरु अनेक रुपमा चलिरहन्छन्, मुद्दामाथिको बहस जारी नै देखिन्छ । नेपाली सन्दर्भ अघि छिमेकी राष्ट्र भारत र पाकिस्तानका दुई घटनालाई स्मरणका लागि राख्नु उपयुक्त ठहर्छ ।
दामिनी र मलाला । दामिनीले त्यस वर्र्ष सँगै यस संसारबाट बिदा लिइन् । सन् २०१२ को अन्तिम साता भारतीय राजधानी नयाँ दिल्लीमा उनको अन्तिम संस्कार गरिरहँदा मानौ कि विश्व नै स्तब्ध भयो । छ जना भारतीयले बलात्कार गरी हत्या गरिएकी एक बालिकाको यो घटनाले लज्जित नै बनायो ।
दिल्लीको एक मेडिकल कलेजकी २३ वर्षिया छात्रा दामिनी गत डिसेम्बर १६ मा नयाँ दिल्लीको एक सार्वजनिक बसमा सामुहिक बलात्कार गरेका थिए । आफ्ना केटा साथीसँग हिडिरहेकी उनलाई बसका चालकसहित सो बसमा रहेका ६ जनाले बलात्कार गरे । यो घटनाले विश्वकै ध्यान तान्यो । आधुनिक समाजकै एक पाशविक एवम् असभ्य व्यवहारको पर्याय बनेको यो घटना विश्वमानचित्रमा नै एउटा दरिलो उपस्थिति जनाइसकेको भारतका लागि यो ठूलो लज्जाको विषय बन्यो । आधुनिक सभ्यताको वकालत गरिरहेका करोडौैं भारतीय नागरिकको शिर सरमले निहुरियो । एक छात्रालाई ६÷६ जनाले बलात्कार गरेर हत्या गर्ने जस्तो घटना सुन्नै नसकिने जघन्य अपराध थियो । यस घटनाले भारतमा हुने गरेका निरन्तरका बलात्कारका घटनालाई पनि सार्वजनिक गरिदियो । कतिपय प्रमुख भारतीय दैनिकमा बलात्कारका अपराधको समाचार बन्नै छाडेको थियो । दिनहँु घटना हुन्थे, सधैँ समाचार बनाउन सम्भव थिएन । 
अर्को यस्तै लज्जाजनक घटना भयो दक्षिण एसियाली राष्ट्र पाकिस्तानको पेसावर सहरमा । 
संयुक्त राष्ट्र सङघ तथा विश्वका अन्य सम्पन्न राष्ट्रले बालबालिकालाई शिक्षाको अधिकारका क्षेत्रमा खर्बौ लगानी गरिरहेका छन् तर पूर्णरुपमा सफलता पाउन सकिरहेका छैनन् । यी ज्ञानी बालिकाले भने पाकिस्तान र अफगानिस्तानका लाखांैलाख बालबालिकाका पक्षमा नौ वर्र्षको उमेरदेखि नै सङघर्र्ष थालेकी हुन् ।
पाकिस्तानका कट्टरपन्थी मुस्लिमहरु जो नारी स्वतन्त्रता भन्ने शब्द सुन्न सक्दैनन्, उनले नै ती बालिकालाई गोली हाने । हप्ता दिनसम्म उनको पाकिस्तानमा नै उपचार हुँदा निको नभएपछि पाकिस्तान सरकारले नै बेलायतको एक सुविधासम्पन्न अस्पतालमा उपचार गरेको थियो । अक्टोबर ९ मा मलाला दिवस मनाइन थाल्यो ।
यी दुई घटनाहरु विल्कुल फरक प्रकृतिका थिए तर दुवैको समान कारण भने एउटै नै देखिन्छ, महिलाविरुद्धको हिंसा । चाहे व्यक्तिगत र जीउधनको सुरक्षाको विषय होस् अथवा शिक्षाको अभियानको लागि होस्, महिला अधिकारको पक्षमा बोल्दा हुने जुनसुकै प्रकारको हिंसालाई सहन सकिन्न । विश्वसमुदायमा महिला अधिकारको सवाल उठिरहँदा एउटा ठूलो जनसंख्याको रुपमा रहेको महिलालाई हेपाहा प्रवित्तिको अवस्थामा राख्न सकिँदैन । यी छिमेकी मुलुकहरुमा चर्चा पाएका महिलासम्बन्धि उदाहरण थिए । भारत र पाकिस्तानको तुलनामा नेपालमा महिला अधिकारका पक्षमा कानुनी धारणाहरु बलिया छन् । सहभागीता ती मुलुकहरुको भन्दा पनि निक्कै माथि छ । यद्यपि, महिला ंिहसामा कमि छैन । राजधानी वरपर नै महिलाहिंसाका ठूला घटनाहरु भइरहेका छन् ।
बोक्सी भन्दै कुटपिट गर्ने तीन जनाविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता भयो । सुनौलाबजार गाविस–४ भोर्लेकी ३३ वर्षीया चनमती मगरातीलाई बोक्सीकोे आरोपमा कुटपिट गर्ने स्थानीय ४० वर्षीया सुन्तली मगराती, २४ वर्षीया सीता मगराती र ४५ वर्षीय रूपबहादुर मगरातीविरुद्ध बोक्सीको आरोप लगाएर कुटपिट गरेको विषयमा मुद्दा दर्ता भएको हो । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मुद्दा दर्ता भएपछि उपचार गराउन र उजुरी दिन सदरमुकाम आएका चनमती र झगडा छुट्याउन जाँदा घाइते भएकी पम्फा मगराती गाउँ फर्केका छन् । उनीहरु गाउँमा आत्मसम्मानका साथ बस्ने अपेक्षा लिएर फर्केका छन् । पीडित गाउँ फर्किएका छन् यो हर्षको विषय हो । पीडकले सजाय पाउनेछन् यो पनि कानुनको प्रयोग हुनेछ । राजधानीसँग जोडिएको जिल्लाको यो घटना, यसपछि भएका घटनाक्रमले आम महिलाविरुद्ध हुने हिंसामा कमि आउला ? एउटा प्रश्नचाँही सँधैभरी नेपालीजनका लागि कायम रहने अवस्था देखिएको छ । 
महिलाविरुद्ध हुने हिंसाको १६ दिने अभियान अघिल्लो वर्ष पनि भएको थियो । सायद आगामी वर्षपनि हुनेछ । यद्यपि, घटनाक्रमहरु जारी देखिएका छन्, न्युनिकरणका पाटोमा कहीँकतै कमजोरी भएको महसुस हुन थालेको छ । धादिङको घटना एउटा उदाहरणमात्र हो । यस्ता घटनाहरु वर्षभरी निक्कै ठाउँमा भएका छन् । आखिर किन भइरहेका छन् महिलाविरुद्धको हिंसा ? किन न्युनिकरण हुन सकेका छैनन् ? कसरी न्युनिकरण गर्ने ? कानुनी प्रावधानको प्रयोगलेमात्र न्युनिकरण हुने हो की अन्य उपायहरु यसका लागि प्रभावकारी बन्नेछन् ? समग्र पाटोको गम्भिर बहसचाँही अवको समाजमा हुनुपर्दछ ।  
अधिकार र न्यायका कुरा काठमाडौंको चारघेराभित्र सीमित त रहने हैन ? महिला हिंसाविरुद्धको अभियान होस अथवा महिला अधिकारका सवाल ती कार्यक्रममा मात्र सीमित भइरहेको छ की प्रभावकारी पनि छन् ? नेपाली समाज महिलाविरुद्धको हिंसा भएपछि कानुनी उपचारको खोजी हुनुपर्छ भन्ने अभियानमा जुटेको छ की नागरिक चेतनाको विकास गरी महिलाविरुद्धको हिंसा निमिट्यान्न बनाउनुपर्छ भन्ने अभियानमा छ ? र, हुनुपर्ने के चाँही हो ? नेपाल जस्तो मुलुकमा हुने महिलाविरुद्धका हिंसाका प्रकृति फरक छन् । भौगोलिक र भाषिक तथा सांस्कृतिक रुपमा विविधता भएको मुलुकमा हिंसाका प्रकृतिमा पनि फरकपना निश्चय नै छन् । सवैको समाधान कानुनको सीमालेमात्र पुरा हुन सक्तैन । तर, यी हिंसाहरुको न्युनिकरण निश्चय नै छ । सवैलाई साझा विषयलेमात्र समाधान दिनसक्छ । र, त्यो हो शिक्षा । मतभेद, रंगभेद अथवा जातिय भेद, लिंगभेद सवैको न्युनिकरणका लागि शिक्षा अनिवार्य हुन्छ । प्रत्येक शिक्षित नागरिक केही न केही हिंसाशुन्यको पक्षमा उभिन्छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको पनि जोड थियो, शिक्षामा । उनले शिक्षा फरक विभेदहरुको अन्त्य गर्ने सकारात्मक हतियारका रुपमा व्याख्या गरेका थिए । जव नागरिकहरु सवै हिसावले शिक्षित हुन्छन्, विभेदको अन्त्य हुनेछ । त्यहाँ हिंसा कम र भातृत्व ज्यादा हुनेछ । त्यहाँ समानताको नयाँ प्रारुप खडा हुनेछ । प्रतिशोध भन्दा पनि सकारात्मक समाजको खोजी हुनेछ । मण्डेलाले भनेजस्तै नेपाली समाजको हरेक क्षेत्रमा शिक्षाको राम्रो पहुँच बनाउने हो भने पक्कैपनि महिलाहिंसा न्युनिकरण हुनेछ । किनभने त्यसको एक उदाहरण पाकिस्तानकी बालिका शिक्षाकी अधिकारकर्मी मलाला त हुन् नै नेपाली समाजमा पनि राम्रो भुमिका देखाई हिंसाविरुद्धको अभियानमा सिएनएन हिरो बनेका अनुराधा कोइराला र पुष्पा बस्नेत पनि हुन् । यसर्थ, हिंसा न्युनिकरणका लागि समाज शिक्षित हुन जरुरी छ । 

Monday, December 16, 2013

सिंहदरबार गेटमा प्रचण्डसँग नाचेको, 'आइमाई' भनेर राउटेले मन भाँचेको

रेखा थापा, न माओवादी बन्न सकिन्, न आफुलाई केटी भन्न सकिन् 

एमाले नेता माधव नेपाल भाग्यशाली हुनुमा तीन कारण हुनसक्छन् । उनले राउटेलाई सिंहदरबार पनि देखाए, त्यसै बाहिर उनको विरोधमा सभा गर्ने एमाओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीलाई हराए । त्यतिमात्र कहाँ हो र नेपाली चलचित्रकी नायिका जो नेपालको सरकार गिराउ आन्दोलन चलिरहेका बेला प्रचण्डसँग कम्मर मर्काउन पुगिन्, उनको पनि मन कुटुक्क भाँच्चिएको अवस्था पक्कै हो । जनताले पत्याए, माधव नेपालचाँही दुई ठाउँबाट जितेर सिंहदरबार छिर्ने लाइसेन्स लिन पक्कामात्र भएनन्, शितलनिवास तिरको ताकमा पनि छन् । उनको कुरा यत्ति गरौं । 
तर, न प्रचण्डसँग नाचेको फाइदा भयो, न जंगलतिर राउटेको गालामा ओठले डामेको काइदा भयो । रेखा थापालाई जता गएपनि साढे सातको दशाजस्तो भइसक्यो । नेपाली फिल्ममा उनको भुमिकाको चर्चामात्र सुरु हुन थालेको छ, अर्को चर्चाका लागि चामलको पोको बोकेर राउटेबस्तीमा छिरेकी रेखालाई राउटेले अझै अत्यासमा पारे । चामलको पोको बस्तीमा छाडी राउटेका मुखियालाई गालामा म्वाई खाने रेखाको राउटेले नै आलोचना गरेर भनिदिए, म्वाई खाने आइमाईले दिएको चामल लिन्नौं । राउटे समाजमा त एकप्रकारको तहल्का नै मच्चिएछ नी, गाँठे । अन्नपूर्ण पोष्टले त त्यसबारेमा समाचार बनाएर छापिदियो । 
फिल्ममा हिरोलाई समाएर म्वाई खाने शैलीमा रेखाले जंगलमा पनि सुटिङस्पोट नै सम्झिएर त्यस्तो आलोचना हुनेगरी के म्वाई खाएको ? सहरमा युवा कम थिए र ? भनी चिया चर्चा गर्नेहरु कम छैनन् ।
 हुन त रेखा सामाजिक काममा लागेकी नायिका हुन् । उनले जस्तो समाजसेवाको मार्ग अरु नायिकाले लिन सकेका छैनन् । बस्ती घुमेर, साना झुण्डलाई सहयोग र मायाको दृष्टि कसले पो राख्न सक्छ र ? नायिकाहरुमा चलेकी करिश्मा मानन्धरले नसोचेको काम गरिरहेकी रेखा थापाको सिकोचाँही यस क्षेत्रमा आइरहेका अरु हिरोइनहरुले गर्न बाँकी छ । कोही सगरमाथामा भरिया भएर पुुगेर आएर के भयो र ? राउटे बस्तीमा गएर छुने हिम्मत छ ? 
तर, यतिधेरै सेवामा लाग्दापनि रेखाले कतैबाट जस पाउन सकेकी छैनन् । विचरा, उनको सफलताको कामना गरौं । मचाँही भलो चहान्छु, अनि तपाइहरु नि ?  

Sunday, December 15, 2013

रजनी र शिल्पा छविको अँगालोमा, रेखाको चुम्बन राउटेको गालामा

छवि नयाँ अगाँलो मार्ने, रेखा राउटेलाई किस खाने 

निर्माता छविराज ओझा र नायिका रेखा थापाको चर्तिकला देखेर पनि मान्छे छक्कै पर्छन् । उनीहरुको समाचार देखेर पनि छक्क पर्छन् । रेखाले छविलाई अभिभावक भनिदिएपछि अझ मान्छे झस्किए । छवि र रेखाको उमेरको ग्यापका कारण पारिवारिक सम्बन्ध नराम्रो भएको त रेखाले आमसञ्चारमा भनिदिइन् । तर, छवि पनि के कम उनले पनि नयाँ फिल्म बनाउन थाले र नयाँ नयाँ हिरोइनहरु भित्राउन सक्ने हिम्मत रहेको रेखालाई देखाइदिए । उनले लोफरमा रजनी र लज्जामा शिल्पालाई खेलाएर रेखालाई देखाइदिखए । रेखाभने उता एमाओवादीको राजनीतिमा हार खाएपछि जंगलतिर छिरेकी छिन् । छविको गालामा उनले कतिपटक किस गरिन् थाहा छैन तर राउटेका गालामा गरेको किस तस्बिरले देखाएकै छ । त्यसो त छविले रेखालाई अँगालो मारेको तस्विर कति आए थाहा छैन, एकै पटक रजनी र शिल्पालाई दुईतिर काखी च्यापेको तस्विर आइसकेको छ । 
नायिका रेखा थापा यतिबेला सामाजिक कार्यक्रम सक्रिय रुपमा लाग्न थालेकी छिन् । नेपाली संचारमाध्यममा सधै नै विभिन्न कार्य गर्दै चर्चामा रहने रेखा यतिबेला समाजसेवामा अग्रसर देखिएकी छिन् । हङकङ पुगेर राउटेका बच्चाहरुको आमा बन्ने उद्घोष गरेकी रेखा हाल सुर्खेत पुगेकी छिन् । रेखाले आफ्नै नाममा ‘रेखा थापा फाउन्डेशन’ खोलेर समाजसेवा सुरु गरेकी हुन् । सुर्खेतको बिकट गाउँमा बसोबास गर्दै आएका राउटेहरुको बस्तीमा पुगेर उनले राउटेका ५२ परिवारलाई ५२ बोरा चामल र केही नगद सहयोग गरेकी छिन् । रेखाको यो कामको प्रशंसा गर्दै राउटेहरुले उनलाई पनि आफ्नै सन्तान भएको बताएका थिए । रेखा थापा फाउन्डेशनको टोलीसँगै रेखा आज डडेल्धुरा पुगेर त्यहाँका राउटेहरुसँग भेट गर्ने कार्यक्रम छ ।
रेखा थापा फाउन्डेशनले ५ देखि ९ बर्षसम्मका बालबालिकाहरुलाई काठमाण्डौ ल्याएर शिक्षा तथा पालनपोषणको व्यवस्था गर्ने भएको छ । जसका लागि सुरुवातमा ४ जना बच्चाहरु काठमाण्डौ ल्याउने तयारी गरिएको छ ।
जसका लागि नायिका रेखा थापाले सोमबार २४ घन्टा राउटेहरुसँग जंगलमै बिताउने तयारी गरेकी छिन् । राउेट बच्चाहरुलाई शिक्षा र पालनपोषणको व्यवस्था गर्नुका साथै उनीहरुको आमा बनेर रेखाले नागरिकता दिलाउने उद्देश्य समेत लिएकी छिन् । रेखाले आफ्नो चलचित्र ‘काली’को हङकङ प्रदर्शनबाट उठेको रकम नै हाल यो फाउन्डेशनका लागि उपलब्ध गराएर काम अगाडी बढाएकी हुन् ।
तस्विर अनलाईन खबर र मनोरञ्जनसंसारडटकमबाट