निर्माता छविराज ओझाको असल श्रीमति बन्न नसकेकी रेखा थापाको समाज सेवा सानो छैन । मिडियाहरुले जे लेखे पनि कत्तिपनि उनी हिचकिचाइनन् । बरु, आफु समाजसेवामा लागेर आमा बनेको घोषणा गरिन् । आखिर रेखा थापाले किन यसो भनिन् ?
जान्नका लागि उनको अनुभव नै पढौं ।
मैले नपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दागर्दै पनि मेरो मनको एउटा अन्तर हृदयमा समाज सेवाप्रति ज्यादै नै झुकाव थियो । र, चलचित्रको माध्यमबाट मैले समाजसेवा गरेजस्तो लाग्छ । किनकि मैले ८र९ वटा चलचित्र निर्माण गरिसकेकी छु, गरि नै रहेकी छु र गरि नै रहन्छु पनि । चलचित्रको माध्यमबाट मैले समाजमा मनोरञ्जन दिएँ, यो पनि एकप्रकारको सेवा नै हो ।
यो १० वर्षको दौरान मलाई धेरै अवसरहरु प्राप्त नभएका होइनन् । विभिन्न ठाउँबाट मलाई धेरै राम्रा राम्रा अवसर आउँदा आउँदै पनि मलाई यही देशको माटो बढी प्यारो लाग्यो । मेरो आफ्नो देश । मेरो कर्म भूमि । मेरो जन्मभूमि । त्यसकारणले गर्दा मलाई के लाग्यो भने दर्शकदीर्घाबाट जुन प्रकारको माया र ममता पाएकी थिएँ मैले, यो माया मैले चलचित्रको माध्यमबाट मात्रै दिन सकिरहेकी थिएँ । प्रत्यक्षरुपमा दर्शकको घरदैलोमा अर्थात्, आम जनताको घरदैलोमा जान पाएकी थिइँन । र, मलाई मेरो मनमा के लाग्यो भने समाजको सेवा त गर्नुपर्छ, तर कसरी गर्नुपर्छ भन्नेमा पनि अलिकति अन्योलमै थिएँ । कुन माध्यमबाट जाऔं रु कुन वर्गलाई समातौं रु हाम्रै देशमा एउटा पिछडिएर बसेको आदिवासी, राउटे जातिका लागि मलाई काम गर्न मन लाग्यो ।
उहाँहरुलाई सहयोग त जसले पनि गर्ला तर अलिकति चेतनायुक्त कुराहरुको माध्यमबाट उहाँहरुलाई त्यो जंगलबाट निकाल्न पाइयो भने र, उनीहरुका छोराछोरीलाई उच्च शिक्षा दिएर परिवर्तनमा ल्याउन सकियो भने सम्भवतः यो आदिवासी, यो जनजाति भन्ने कुराहरु नरहलाजस्तो लाग्यो । र, यही शिससिलामा रेखा थापा फाउन्डेसनको जन्म भयो । मैले यो घोषणा गरेकी थिइँन तर हङकङ जाँदाखेरि चाँहि मैले अब घोषणा गर्दा हुन्छ भनेर यस कारणले घोषणा गरें कि पूर्वतयारीहरु समाप्त भइसकेका थिए ।
राउटे वस्तीको यात्रा जाँदा
म विहान पाँच बजे उठें । र प्रार्थना गरें । म धर्मकर्ममा एकदमै विश्वास गर्ने महिला पात्र हुँ । मेरो गन्तव्य भनेको राउट बस्ती थियो । राउटे जातिहरु थिए । त्यो ठाउँसम्म पुग्दाखेरि मैले विभिन्न कुराहरु अवलोकन गर्ने अवसर पनि पाएँ ।
शुटिङमा जाँदा म चलचित्रको चरित्र भएर हिरोइन भएर गाउँमा पुग्ने गथेर्ं भने योपटक साँच्चैको यो देशको जनताका रुपमा म घरबाट निस्कें । यसक्रममा जुन दृश्यहरु अवलोकन गर्ने अवसर पाएँ, बाटो भत्केको, गाडीको जामहरु । नेपाल भनेको सिस्टमेटिक नहुने । नेपाल भनेको काठमाडौं मात्रै हो भन्ने प्रकारको भ्रम धेरै व्यक्तिहरुमा छ । तर, जब थानकोट काटेर बाहिर गइन्छ, रियल नेपाल त्यहाँ रहेछ भन्ने कुरा यसपालि मलाई अनुभूति भयो । बाटोमा लस्कराम जाम थियो, त्यहाँ कति बिरामीहरु थिए होलान् ।
मैले सुर्खेत पुग्नु छ । त्यहाँ गएर मलाई के डर लाग्यो भने म राउटे जातिलाई कन्भिन्स गर्न सक्छु कि सक्दिँन रु त्यहाँ पुगेपछि मेरा अनुभूतिहरु कस्ता हुन्छन् होला रु त्यहाँ पुग्दाखेरिका क्षणहरु कस्ता होान् भनेर म कल्पनामा पुलकित हुन थालें ।
मेरो विचारमा रातिको ११ वा १२ बजेको थियो । जुन ठाउँबाट सुर्खेततिर जानुपथ्र्यो, म जुम्लातिर लागेंछु । सुर्खेतको बजार पुग्नलाई जम्माजम्मी पाँच किलोमिटर थियो । रातिको समय थियो । फेरि म फर्किएर आएँ र सुर्खेततिर लागें । रातको करिब १ बजिसकेको थियो ।
बिहान ७ बजे उठें । मेरो मुख्य गन्तव्य राउने जाति भएको ठाउँमा पुग्नु थियो । वीचमा बाटोको समस्याले गर्दा गाडी अड्किने समस्याहरु भयो । जुन ठाउँमा पुग्नुपर्ने हो, त्यहाँ गाडी पुग्दैनरहेछ । आधा घण्टा पैदल हिँडेर त्यो वस्तीसम्म पुग्दाखेरि एकप्रकारको एक प्रकारका अचम्म लाग्यो मलाई । त्यो वस्तीका महिला पात्रहरु, पूरष पात्रहरु, बच्चाहरु हामीलाई प्रतिक्षा गरेर बस्नुभाको रहेछ । वहाँहरुसँग एकैछिन भलाकुसारी गरें । र त्यहीक्रममा धेरै कुराहरु जान्ने अवसर पनि पाएँ । मैले त्यहाँ महिला पात्रहरुलाई सोधेकी थिएँ, तपाईहरुलाई थाहा छ, महिला हिंसा भनेको के हो रु तर त्यो उहाँहरुलाई थाहा छैन के हो महिला हिंसा भनेर । जुन शहरमा, टेलिभिजनमा महिला हिंसाका नारा गुञ्जिइरहेका हुन्छन्, तर त्यो ठाउँमा गएर बुझ्दाखेरि उहाँहरुलाई नै थाहा छैन । यो महिला हिंसा भनेर हामी बुझ्नेहरुलाई मात्रै रहेछ । ती निर्दोष नारीहरुलाई त केही पनि थाहा रहेनछ । हामी कसका लागि काम गरिरहेका छौं भनेर मैले मलाई नै प्रश्न गरें ।
म राउने वस्तीतिर लागें । त्यो दिनचाहिँ राउटे वस्तीमा कूल पूजा रहेछ । हामीले हाम्रो कूल पूजामा कोही पनि व्यक्तिलाई प्रवेश दिँदैनौं । अनि मलाई पर्यो टेन्सन । कूल पूजा भएकाले आजको रात त्यहीँ बस्नुपर्ने रहेछ । मैले भनें, म एक रातमात्रै होइन, एक हप्ता एक महिना पनि बस्न तयार छु । तर, उहाँहरुलाई नभेटी जान्न ।
यसो भनिसकेपछि राउटे जातिका मुखियालाई बोलाइयो । मैले उहाँलाई भनें, म पनि तपाईकै छोरी हुँ । वहाँदेखि म तपाईलाई भेट्न आएकी, मलाई तपाईको वस्तीमा लानोस् । उहाँ एकछिन स्तब्ध हुनुभयो र मलाई एकोहोरो हेर्नुभयो । ल ओके, ओके त भन्नुभएन ल हिँड जाऔं भनेर मलाई लिएर जानुभयो राउने वस्तीमा ।
राउटे वस्तीभित्र जव म प्रवेश गरें, एक प्रकारको दिमागमा शुन्यता भयो । अलिकति नर्भस पनि भएँ । काठमाडौं भन्दा धेरै टाढा पनि छैन सुर्खेत । एकदिनमा पुगिने ठाउँ हो । शहर, सुर्खेत बजार त्यति नजिक छ । त्यति नजिक बसेका व्यक्तिहरु र खोलाको छेउमा बसेका राउटे जातिलाई तुलना गर्न पर्दा दुःख पनि लाग्यो । या त हामी चेतनाविना समाजमा बसिरहेका छौं, या त हामीले उनीहरुलाई चेतना दिनबाट चुक्यौं कि रु वा उहाँहरु आफ्नो प्रथा परम्परामा अडान भएका कारणले पनि हामीले चलाउन सकेनौं कि रु यति धेरै प्रश्नहर आए मेरो दिमागमा, म स्तब्ध भएँ । मजस्तै युवती त्यहाँ थिइन् । मेरी आमाजस्तै आमा पनि त्यहीँ हुनुहुन्थ्यो राउटे वस्तीमा । सानासाना बच्चाहरु साइकलमा,कम्प्युटर, ल्यापटप मोवाइल चलाएका बच्चाहरु मैले मेरै आँखा अगाडि शहरमा देख्ने गर्छु, तर त्यो ठाउँमा जुन प्रकारको परिस्थितिमा उहाँहरु बसेको देख्दा मेरो मन कटक्क खायो ।
मैले फेरि मुखियालाई सोधें, यसरी नै जीन्दगी बिताउने हो त रु अलिकति परिवर्तन हुनुपर्छ कि रु तपाईहरुको धर्म संस्कृति नछाड्नोस् तर अलिकति व्यवस्थित ढंगले विचार परिवर्तन गर्ने हो कि भन्दा हैन, हामी त यस्तै हो भन्नुभयो । तपाईको बच्चाले पढोस् जस्तो लाग्दैन रु मैले सोध्दाखेरि पढेर पनि मान्छे मरिहाल्छ, नपढे पसिन मान्छे मरिहाल्छ, केको लागि पढ्नुपर्यो भनेर उहाँले प्रतिप्रश्न गर्नुभयो । उहाँको विचारलाई मैले सम्मान गरें, कन्भिन्सिङको पहिलो चरणमा त म फेल भएँ । मैले त्यो भन्दा अगाडि प्रश्न गर्नै सकिँन । तर, त्यति कट्टर विचार हुँदाहुँदै कूलपूजामा मलाई प्रवेश गराउनु नै मेरो जीवनको सफलता थियो ।
राउटे जातिभित्र पनि एकदुईजनाले मलाई चिन्नुहुँदोरहेछ । यतिधेरै खुशी लाग्यो मलाई । रेखा थापा कहाँ हिँड्दै यहाँ आउँछ भन्नुभएछ उहाँहरुले । मलाई माया गर्ने करोडौं दर्शकहरु भन्दा ती दुई राउटे मलाई प्यारो लाग्यो । मेरा फ्नहरुमा मिसाउन चाहिँन मैले ती राउटे जातलाई । त्यो मेरा लागि सरप्राइज्ड पनि थियो ।
चुम्बनको क्षण
राउटे जातिको कुरा बुझ्दा बुझ्दै अनायासै मलाई एकप्रकारको भावना जाग्रित भएर आयो । र, मलाई‘। । मभित्र पनि मन छ । मभित्र पनि संवेदना छ । त्यो संवेदना, त्यो भावना कसरी व्यक्त भयो, मलाई नै थाहा छैन । मायाको पराकाष्टा नाघ्यो मलाई । उनीहरु पनि हामीजस्तै मान्छे हुन् । हामी साथीहरु भेट्दा हब गर्छौं, किस गछौर्ं । तर त्यो हबिङ र किस थिएन त्यहाँ । त्यसपिछि मैले प्रतिक्रिया हेरेकी थिएँ । म पनि त मान्छे हुँ । उहाँ एकदमे खुशी हुनुभएको थियो । मलाई छाड्न माथि डाँडासम्म पनि आउनुभएको थियो ।
उहाँहरुको संस्कार, अलि फरक रहेछ । महिलाहरुले बाहिरका मान्छेहरुसँग कुरा नगर्ने प्रचलन रहेछ । त्यसलाई पनि मैले स्वीकारें । त्यसपछि फेरि मैले लाष्टमा जाँदाजाँदै उहाँहरुलाई भनें, तपाईहरुको बच्चा दिनु न त म पढाइदिन्छु । भन्दाखेरि उहुँ, नदिने भन्नुभयो । तर मलाई विश्वास छ, उहाँहरुले अवश्य दिनुहुन्छ । त्यसका लागि मैले उहाँहरुसँग कैयौं दिन बिताउनुपर्ने हुन्छ ।
त्यसपछि मैले केही खानेकुरा, खाद्यान्न लिएर गएकी थिएँ, त्यो दिएर त्यहाँबाट निस्किएँ ।
जोगबुढाको यात्रा
त्यसपछि म डडेलधुरा जिल्लास्थित जोगबुढा भन्ने ठाउँको अर्को व्यवस्थित राउटे वस्तीतिर लागें । त्यहाँ रातिको समयमा पनि उहाँहरु प्रतिक्षा गरेर बस्नुभएको थियो । म एकदमै खुशी भएँ । नाचगान भयो । मैले मेरो काली फिल्म पनि देखाएँ । मलाई बच्चाहरु कस्ता छन् होला भनेर रातभरि निद्रा लागेन । बच्चाहरु देख्दाखेरि एकदमै खुशी भएँ ।
मैले बच्चाहरु काठमाडौं लिएर जान्छु भन्दा उहाँहरुलाई कतै खिन्नता त भएको छैन रु मैले उच्च हिक्षा दिन्छु सभ्य नागरिक बनाउँछु भन्ने उद्देश्य थियो । उहाँहरुका आमाका आँखामा आँशु देखें । तर, विवाह गरेर छोरी पठाउँदा पनि त आमाका आँखामा आँशु आइहाल्छ नि । यो पनि एउटा शुभकार्य थियो । मैले सोधें, तपाईहरु दुखी हुनुहुन्छ रु उहाँहरुले भन्नुभयो, हैन, यो खुशीको आँशु हो ।
म आमा भएँ
मैले चारजना बच्चाहरुलाई काठमाडौंमा ल्याएर बाथरुममा नुहाइदिँदाको पहिलो अनुभूतिमा मैले मेरी मम्मीलाई सम्भिmएँ । मेरो पेटबाट नजन्मिएता पनि जुन प्रकारको जिम्मेवारी लिएकी छु, मलाई लाग्छ रगतको नाता नभए पनि जिम्मेवारीका कारण आमा बन्न सकिँदोरहेछ भन्ने कुरा प्रष्ट भयो ।
त्यसपछि मैले स्कुल लिए गएँ । आनन्द कुटीमा । उनीहरुमा पनि एकप्रकारको खुशी देखेर मलाई ज्यादै खुशी लाग्यो ।
स्रोत साभार ः अनलाइन खबरडटकम
No comments:
Post a Comment